13/10/2023
शुद्धीकरण समितिले निर्धारण गरेको मापदण्डअनुसार प्रदेश समितिबाट प्रस्तावित सदस्यका नाम सार्वजनिक गरिएको सूचना
प्रकाशित मिति : २०८० असोज २६ गते
नेपाल पत्रकार महासंघ प्रेस स्वतन्त्रताको रक्षा गर्दै स्वच्छ, व्यावसायिक र जिम्मेवार पत्रकारिताको विकासका लागि कार्यरत नेपाली पत्रकारलाई संगठित गरी उनीहरूको पेशागत हकहित र श्रम अधिकारको संरक्षण र संवद्र्धन गर्दै, सूचनाको हक र विचार तथा अभिव्यक्ति स्वतन्त्रतालगायतका नागरिक अधिकारलाई आत्मसात गर्दै, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा राष्ट्रको वृहत्तर हितका निम्ति पारदर्शी र न्यायपूर्ण समाजको विकास गर्न स्थापित संस्था हो ।
व्यावसायिक र जिम्मेवार पत्रकारिताको विकासका लागि स्वच्छ र व्यावसायिक पत्रकारितालाई प्रवद्र्धन गर्ने हेतुले नेपाल पत्रकार महासंघको विधान, २०६० (पाँचौ संशोधन, २०७५) को धारा ९, धारा १८ तथा ४३ ले दिएको अधिकार बमोजिम २०७९ पुस ८ र ९ गते भएको साधारण सभाबाट गठित महासचिव रोसन पुरीको संयोजकत्वमा पूर्वमहासचिव उजिर मगर, निवर्तमान सचिव रामप्रसाद दाहाल र पूर्वसचिव धर्मेन्द्र कर्ण रहेको ४ सदस्यीय नेपाल पत्रकार महासंघको सदस्य शुद्धीकरण समिति बनाएको थियो ।
सो समितिलाई साधारणसभाले दिएको अधिकारको आधारमा नेपाल पत्रकार महासंघको सदस्य शुद्धीकरण मापदण्ड, २०७९ जारी गरेको र सो मापदण्डलाई नेपाल पत्रकार महासंघको मिति २०७९ चैत्र १६ गते नवलपरासी रामग्राममा बसेको केन्द्रीय समिति बैठकले अनुमोदन गरी नेपाल पत्रकार महासंघको विधान, २०६० (पाँचौ संशोधन, २०७५) को धारा १४(१) बमोजिम लुम्बिनीमा २०७९ चैत्र १७ गते सम्पन्न भएको मिडिया सम्मेलनले समेत पारित गरी मिति २०८०/०१/१५ गते र मिति २०८०/०१/२५ गते शुद्धीकरण मापदण्ड र शुद्धीकरणको लागि सूचनासमेत जारी भएको कुुरा सम्पूर्ण सदस्यहरूलाई विदितै छ ।
सोही आधारमा नेपाल पत्रकार महासंघको साधारणसभा, राष्ट्रिय सम्मेलन, केन्द्रीय समितिको निर्णय तथा अधिकार सम्पन्न शुद्धीकरण समितिको निर्णय र मापदण्डबमोजिम नेपाल पत्रकार महासंघ, शाखा समिति तथा एसोसिएट संस्थाको सिफारिसबमोजिम प्रदेश समितिले पठाएका महासंघका साधारण सदस्यहरूको अन्तिम नामावली तपसिलबमोजिम रहेको छ ।
यसरी प्रकाशित भएको सूचना तथा सदस्यहरूको सन्र्दभमा कुनै उजुरी भएमा यो सूचना प्रकाशित भएको मितिदेखि २०८० कात्तिक ११ गतेसम्म प्रस्तावित नामउपर दाबी विरोध, सफाइको मौका र न्यायका लागि आवहृवान गर्ने समय निर्धारण गरिएको छ । प्रस्तावित नामउपर दाबी विरोध, सफाइको मौका र न्यायका लागि नेपाल पत्रकार महासंघको [email protected] इमेलमा उजुरी गर्नु हुन यो सूचना प्रकाशित गरिएको छ । उल्लेखित इमेलबाहेक महासंघको अन्य इमेलमा पठाएको उजुरीमाथि कुनै कारबाही नहुने व्यहोरा जानकारी गराइन्छ । कुनै सदस्यको उजुर नपरेमा वा प्राप्त नभएमा प्रकाशित नामावलीलाई नेपाल पत्रकार महासंघका सदस्यहरूको नामावली कायम गरिने व्यहोरा समेत सबैको लागी जानकारी गराइन्छ ।
बोधार्थः
१. प्रदेश समिति
२. शाखा समिति
३. एसोसिएट संस्था
यो सूचना नेपाल पत्रकार महासंघका शाखा कार्यालय, प्रदेश कार्यालय तथा एसोसिएट संस्थाका कार्यालय तथा केन्द्रीय कार्यालयको सूचना पाटी तथा नेपाल पत्रकार महासंघको वेभसाइटमा २०८०।०६।२६ गतेको मितिमा प्रकाशित भएको छ ।
रोसन पुरी
महासचिव
https://www.fnjnepal.org/np/page/FNJ-Clean-Membership-Campaign?fbclid=IwAR27woDQEUiJNJtyGcgz7gWxlroK6FPWZeFr4EEleoku7x37XvdhCjPHjbI