Sagol Print Solution

Sagol Print Solution

सार्वजनिक सूचना स्थान : सुख्खानगर, बुटवलहामीसित अहिले विभिन्न विधाका ३ हजारभन्दा बढी किताब छन् । अबका दिन लेखन र पठनमा प...
17/05/2023

सार्वजनिक सूचना

स्थान : सुख्खानगर, बुटवल

हामीसित अहिले विभिन्न विधाका ३ हजारभन्दा बढी किताब छन् । अबका दिन लेखन र पठनमा पूर्णकालीन हुनुपर्ने भएकाले समय दिन नसकिने भएको हुँदा यी किताबहरू बिक्रीमा राखिएका छन् । तपाइँको निजी या सामुदायिक पुस्तकालयका लागि चाहिने किताबको 'प्याकेज' हामी उपलब्ध गराउनेछौँ । किताबहरू ४० देखि ५०% (अर्थात् परेको मूल्यभन्दा बढी) छुटमा उपलब्ध हुनेछ । ५ हजारभन्दा बढी खरिदमा नेपालैभरि फ्री होम डेलिवरी पनि गरिनेछ । थप जानकारीका लागि : 9857052840
(नोट : साथीभाइसितको नियमित भेटघाट बुटवल उ.म.न.पा. ९, कालिकानगर (घर) मै हुनेछ ।)
शेयर गरिदिनुभएमा आभारी हुनेछु ।
पुनश्च: अब केही किताब मात्र बाकी छन् ।
सहयोगका लागि सबैमा हार्दिक धन्यवाद ।

पाेखराबाट अाएका कवि इन्द्र राना प्रतीककाे एकल कविता वाचन साेमबार मण्डला थियटरमा भव्य भयाे । एक जना कविलाई अर्काे सहृदय क...
02/05/2023

पाेखराबाट अाएका कवि इन्द्र राना प्रतीककाे एकल कविता वाचन साेमबार मण्डला थियटरमा भव्य भयाे । एक जना कविलाई अर्काे सहृदय कविले कतिसम्म माया गर्न सक्छ भन्ने उदाहरण पाेखरेली कविहरू तीर्थ श्रेष्ठ, दीपक समीप, सञ्जीव पाैडेल, सुरज उपाध्याय, ईश्वरमणि अधिकारी, थापा लक्ष्मण, अमृत क्षत्रीले देखाए । तीर्थ दाइले यही कार्यक्रमका लागि दुई दिन काठमाडाैँ बसाइ लम्ब्याए । अधिकारी अस्ट्रेलियाबाट काठमाडाैँ एयरपाेर्ट झरेर साेझै मण्डला थियटर पुगे भने दीपक, सञ्जीव, सुरज, अमृत र थापा व्यस्त समय पन्छाएर हिजाे राति १ बजे काठमाडाैँ अाइपुगेका थिए । अमृत भादगाउँले नि:स्वार्थ भावनाका, कविभन्दा पनि धेरै भावुक पर्यटन पत्रकार हुन् जसकाे लामाे तयारी र समर्पण भावले गर्दा कवि प्रतीककाे किताब निस्कियाे, उनलाई ५१ हजार राशिसहितकाे सम्मान समर्पण सम्भव भयाे । उनकै कारण कन्सेप्ट नेपाल यससँग जाेडियाे । उनकाे एउटै स्वार्थ, सही लागेकाे प्रतिभालाई पत्रकारिता र अभियानमार्फत मूलधारमा ल्याउनु जुन हाम्राे पनि चाहना हाे । अनि कवि प्रतीकलाई सुन्न काभ्रेबाट हरिहर तिमल्सिनादेखि काठमाडाैँमा रहेका प्रतिष्ठित थुप्रै कवि, लेखक दिनभरिकाे झरी झेल्दै मण्डला थियटर पुगे ।

अन्त्यमा, एउटा टेलपिस । "हामीसँग दुई अाँखा छन् जसले हामी भाैतिक संसारलाई नियाल्छाैँ । कवि हुन ती दुई अाँखाभन्दा पनि हृदयका अाँखा खुल्नु जरुरी छ । हृदयका अाँखा बन्द भए हाम्रा भाैतिक अाँखा अपूर्ण हुन्छन् । प्रतीकका कविता हृदयका अाँखा खाेलेर लेखिएका अन्तर्दृष्टियुक्त अभिव्यक्ति हुन्," कार्यक्रममा मैले बाेलेकाे कुरा ।😀😀😀
(अभय श्रेष्ठ)

25/04/2023
तपाईंको विद्यालयमा पुस्तकालय निर्माण र व्यवस्थापन सम्बन्धि स्थानीय तहको बजेट परेको छ भने लामो समयसम्म प्रयोगमा आउने पुस्...
17/03/2023

तपाईंको विद्यालयमा पुस्तकालय निर्माण र व्यवस्थापन सम्बन्धि स्थानीय तहको बजेट परेको छ भने लामो समयसम्म प्रयोगमा आउने पुस्तकहरू हामीसँग छन् ।
---------------------------------

हामी तपाईंको विद्यालयमा निम्न अनुसारका पुस्तकहरू राखेर पुस्तकालय बनाउन सघाउनेछौं ।---------------------------------
- देश तथा विदेशका ५० भन्दा बढी प्रतिष्ठित प्रकाशकहरूले प्रकाशन गरेका मध्ये उत्कृष्ट ठानिएका पुस्तकहरू।
- वर्षौं प्रयोग गर्न मिल्ने साहित्य तथा सन्दर्भ सामाग्रीहरू।
- लेखनमा अधिक अनुसन्धान गरिएका पुस्तकहरू।
- सम्पादनमा विषेश ख्याल गरिएका पुस्तकहरू ।
- गुणस्तरीय छ्पाइ भएका पुस्तकहरू।
- सन्दर्भ सामाग्रीका रूपमा प्रयोग गर्न मिल्ने पुस्तकहरू।
- पढ्न रुचिकर पुस्तकहरू।
- पठन संस्कृतिलाई सहयोग गर्न सक्ने पुस्तकहरू।
- विभिन्न पुरस्कारहरूबाट पुरस्कृत पुस्तकहरू।
- विभिन्न पुरस्कारहरूका लागि मनोनित पुस्तकहरू।
- विभिन्न शव्दकोष तथा डिक्सनेरीहरू ।
- शैक्षिक सामाग्रीको रूपमा प्रयोग गर्न मिल्ने चार्टहरू ।
- शिक्षक निर्देशिका तथा पाठ्यक्रमहरू।
- तपाईंले बनाएको सूची अनुरुपका पुस्तकहरू।
---------------------------------
(हामी विश्वास गर्छौं कि विद्यार्थीमा पठन संस्कृतिको विकास गर्न सकेमा शिक्षक तथा विद्यालयको ६०% काम सहज हुनेछ । हामीले छानेर तपाईंको विद्यालयलाई सुम्पन लागेका पुस्तकहरू त्यसै अनुरुप तयार पारिएका छन ।)
9857052840

नेपाल मगर सङ्घ, मगरात लुम्बिनी प्रदेश समितिको दोस्रो अधिवेशनको उद्घाटन सत्र (२०७९ फागुन २७) मा राखिएको किताबको स्टल अगाड...
14/03/2023

नेपाल मगर सङ्घ, मगरात लुम्बिनी प्रदेश समितिको दोस्रो अधिवेशनको उद्घाटन सत्र (२०७९ फागुन २७) मा राखिएको किताबको स्टल अगाडि उभिएर किताब नियालिरहेका एक युवक ।

लुम्बिनी प्रदेशको मुख्य सहरमध्येकाे एक बुटवलमा हामीले बूक क्याफेको तयारी गरिरहेका छौँ । किताबप्रेमी सबैलाई हार्दिक निमन्...
08/03/2023

लुम्बिनी प्रदेशको मुख्य सहरमध्येकाे एक बुटवलमा हामीले बूक क्याफेको तयारी गरिरहेका छौँ । किताबप्रेमी सबैलाई हार्दिक निमन्त्रणा गर्दछौँ ।

नेपाल मगर सङ्घ, तिलोत्तमा नगरपालिकाले हिजो मनाएको मगर सङ्घ स्थापना अर्थात् मगर एकता दिवस ।
28/02/2023

नेपाल मगर सङ्घ, तिलोत्तमा नगरपालिकाले हिजो मनाएको मगर सङ्घ स्थापना अर्थात् मगर एकता दिवस ।

यो किताब पढ्न इच्छुकले हामीलाई सम्पर्क गर्नुहोला है ।मूल्य रू : ४५० मात्र ।
17/02/2023

यो किताब पढ्न इच्छुकले हामीलाई सम्पर्क गर्नुहोला है ।
मूल्य रू : ४५० मात्र ।

Address

Sukhanagar
Butwal
32907

Alerts

Be the first to know and let us send you an email when Sagol Print Solution posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sagol Print Solution:

Share

Category


Other Publishers in Butwal

Show All