19/07/2024
एक जना पर्यटक कुनै उधारोले डुबेको शहरमा पुगे। पर्यटकले ३००० रुपैयाँ होटेलको काउन्टरमा राख्दै भने - यो पैसा राख्दै गर्नुहोस्, म पहिले कोठा हेरेर आँउछु। पैसा पाउना साथ होटेल मालिक दौडेर घ्यूवालाको पसलमा पुग्यो र उसलाई तिर्नु पर्ने ३००० रुपैयाँ तिरेर घ्यूको हिसाव चुक्ता गरिदियो। ध्यूवाला दौडेर दुधवाला कहाँ गयो र उसलाई तिर्नु पर्ने ३००० रुपैयाँ तिरेर दुधको हिसाव चुक्ता गरिदियो।
दुधवाला दौडेर गाईवालाकहाँ पुग्यो र उसलाई तिर्नु पर्ने ३००० रुपैयाँ तिरेर दुधको हिसाव चुक्ता गरिदियो। गाईवाला दौडेर दानावालाकहाँ गयो र तिर्नु पर्ने रकम मध्ये खातामा ३००० रुपैयाँ घटाएर आयो।
अन्त्यमा, दानाबाला सोही होटेलमा पुग्यो, जहाँ उसले कहिलेकाँही उधारोमा खाना खाने गर्दथ्यो। उसले ३००० रुपैयाँ दिएर होटेलको हिसाव चुक्ता गरि दियो।
त्यसै वेला पर्यटक कोठा हेरेर फर्केर आए र भने – मलाई कोठा मन परेन। यति भनेर उनले पहिले जम्मा गरेको ३००० रुपैयाँ फिर्ता लगेर गए।
हेर्नोस् त यत्रो दौडधुपमा न कसैले केही पाए, न कसैले केही दिए तर सबैको हिसाब भने चुक्ता भयो। यहाँ कहाँ भयो त गडबडी?
कहीँ गडवड भएको छैन तर यहाँ सबैलाई भ्रम छ कि रुपैयाँ हाम्रो हो। वास्तवमा सबैले यो बुझ्नु जरुरी छ कि हामी सबै खाली हात आएका हौं र खाली हात नै जानूछ ।🙏