ParsaTimes Now

ParsaTimes Now सत्य तपाईको माझमा

15/10/2023

आज राति १२ बजे देखि लागू हुने गरि पेट्रोल र डिजलको मुल्य घटिएको छ ।

20/07/2023

नेपाल आयल निगमले गएको एक आर्थिक वर्षमा ३१ अर्ब बक्यौता र ऋण तिरेर १८ अर्ब रुपियाँ नाफा कमाएको छ ।

दुई वर्षपछि पेट्रोलियम पदार्थको व्यापार गरेर एक वर्षमा १८ अर्ब रुपियाँ नाफा कमाएको हो । अघिल्ला दुई वर्षदेखि घाटामा रहेको निगमले आव २०७९/८० मा १८ अर्ब नाफा कमाएको हो ।

रुस–युक्रेन युद्धका कारण पेट्रोलियम पदार्थको मूल्य बढ्दै गएपछि निगमले भारतबाट महँगो मूल्यमा खरिद गरेर सस्तो मूल्यमा स्थानीय बजारमा बिक्री गर्दा निगम घाटामा गएको थियो । तेल खरिद गरेबापतको रकम भुक्तानी गर्न जग्गा धितोमा बैङ्कबाट ऋण लिएको निगम पछिल्लो १० महिनादेखि अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घट्दै गएपछि तेल खरिद गरेको भुक्तानी तिरेर नाफा कमाउन सफल भएको हो ।

निगमका अनुसार आव २०७८/७९ मा ४८ अर्ब ९५ करोड रुपियाँ घाटा रहेको थियो । त्यस्तै आव २०७७/७८ मा ५९ करोड घाटामा थियो । निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र साहले पेट्रोलियम पदार्थको कारोबार गरेर एक वर्षमा १८ अर्ब रुपियाँ नाफा कमाउन सफल भएको जानकारी दिए।

“रुस–युक्रेन युद्धका कारण महँगोमा इन्धन खरिद गरेर सस्तोमा बिक्री गर्दा दुई वर्षदेखि लगातर निगम घाटामा गएको थियो,” साहले भने, “आव २०७९/८० को भदौ–असोजदेखि अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दै गएकाले इन्डियल आयल कर्पोरेसन (आइओस) को ३१ अर्ब ऋण तिरेर नाफा कमाउन सफल भएका छौँ ।” अन्तर्राष्ट्रिय बजारमा लगातार इन्धनको मूल्य घट्दै गएकाले बिक्री मूल्यमा नाफामा राखेर आइओसीको बक्यौता रकम र ऋण तिर्न सफल भएको उनले जानकारी दिए। गोरखापत्र दैनिकबाट

राजस्व अनुसन्धमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक क्विन्टल सुन बरामद गरेको छ । हङकङबाट आएको सुनसहित विभा...
19/07/2023

राजस्व अनुसन्धमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक क्विन्टल सुन बरामद गरेको छ । हङकङबाट आएको सुनसहित विभाग टोलीले एजेन्ट र भरियालाई पक्राउ गरेको हो ।

सुन ट्याक्सीमा राखेर एयरपोर्टबाट बाहिरिने क्रममा विशेष सुत्रको सूचनाका आधारमा विभागले सुनसहित दुईजनालाई पक्राउ गरेको हो । यो अपरेसन बुधबार बिहान ११ बजेतिरको हो ।

अध्यागमन र प्रहरीबाटसमेत सुन पास गरेर अघि बढिसकेको अवस्थामा विभागले नियन्त्रणमा लिएको हो । दुवैजनालाई विभागले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । यो विभागको इतिहासकै ठूलो अपरेसन हो ।

18/07/2023

बिरगंजको रात्रि मेलामा अश्लिल नाच अरकेस्टा भइ रहेको कारण जनमत पार्टीका युवा कार्यकर्ता द्वारा अश्लिल नाच प्रदर्शन बन्द गर्न जिल्ला प्रशासन पर्सामा ज्ञापन पत्र बुझाएका छन्। न माने शान्ति पुर्ण धर्ना र आन्दोलन समेत गर्न चेतावनी समेत दिएका छन्।

नाबालिकालाई प्रयोग गरी लागु औषध कारोवार गर्ने एक जना मानिस पक्राउ
18/07/2023

नाबालिकालाई प्रयोग गरी लागु औषध कारोवार गर्ने एक जना मानिस पक्राउ

18/07/2023

अवैध रूपमा लैजाने लागेको १० हजार अमेरिकी डलरसहित एक जना पक्राउ
काठमाडौं,
नेपाल एयरलाईन्सको उडानद्वारा काठमाडौंबाट दुबई जान लागेका लेबनान नागरिक ४२ वर्षीय एल यमन महमदलाई अवैध रुपमा बाहिरी मुलुकतर्फ लैजान लागेको १० हजार अमेरिकी डलरसहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्‍याण्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा उनले झोलामा लुकाई लैजान लागेको १ सय दरको १ सय थानमा रहेको उक्त अमेरिकी डलर फेला पारी उनलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान एवं कारवाहीको लागि सोमबार राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ ।

CTEVT द्वारा भारी मात्रामा गरिएको शुल्क बृद्धि तत्काल फिर्ता गर्न अखिल (क्रान्तिकारी) ले आज गंभीर ध्यानाकर्षण गराएको छ ।
17/07/2023

CTEVT द्वारा भारी मात्रामा गरिएको शुल्क बृद्धि तत्काल फिर्ता गर्न अखिल (क्रान्तिकारी) ले आज गंभीर ध्यानाकर्षण गराएको छ ।

16/07/2023

बिरगंजमा सन्युक्त बिद्यार्थी संघले मशाल जुलुस प्रदर्शन गरेका छन।

वीरगंज ठाकुरराम क्याम्पसका बिद्यार्थीहरुले आज वीरगंज घन्टाघरमा निकालेको मसाल जुलुसमा अनेरास्ववियुका क्याम्पस कमिटी उपाध्...
16/07/2023

वीरगंज ठाकुरराम क्याम्पसका बिद्यार्थीहरुले आज वीरगंज घन्टाघरमा निकालेको मसाल जुलुसमा अनेरास्ववियुका क्याम्पस कमिटी उपाध्यक्ष अरमान हास्मी र जिल्ला सचिव पवन यादव घाइते भएका छन।

16/07/2023

गृह मन्त्री नाराणकाजी श्रेष्ठले बोलेको कुरा पूरा गर्नु भएको छ ।

16/07/2023

सेनाको संख्या घटाउने बारेको विवादास्पद अभिव्यक्तिप्रति स्वतन्त्र पार्टीका सान्सद डा.स्वर्णिम वाग्लेले दिए यस्तो प्रष्टीकरण दिएका छन।
उनले प्रस्टीकरण दिँदै लेखेका छन् ‘‘नेपाली सेनाको गौरवशाली इतिहास छ । यो संस्थाको शान झन् बढाउँदै लानुपर्छ । जिम्मेवार सांसदका रूपमा बोल्नुअघि मैले प्रधान सेनापतिज्यूसँग नै भेटेर छलफल गरेँ । अहिलेको आकारबाट धेरै काम गर्नुपर्दा सैनिक संस्था चापमै रहेको बुझेँ र उहाँको यो कुरा मैले संसद्मै राखेँ । अबको बाटो भनेको एकीकृत सुधारको योजना तीन वटै सुरक्षा निकाय आफैले पेस गरुन् र त्यो प्रक्रियामा राजनीतिक सहमति होस, जे गरिन्छ, सुरक्षा निकायकै सम्मतिमा गर्नुपर्छ । आवश्यक भए सङ्ख्या बढाउने, आधुनिकीकरण मार्फत कुल सङ्ख्या घटाउने, वा यथावत् राख्ने । बोझिलो बन्दै गएको सङ्घीयता र कर्मचारी संयन्त्रमा पनि सुधार गर्नुपर्छ । वित्त र सुरक्षा नीति दुबैमा संवेदनशील भएको एउटा राष्ट्रिय दलले गर्ने यही हो ।’

16/07/2023

ब्याजदर निर्धारणमा भद्र सहमति तोडेर प्रतिस्पर्धामा गएसँगै वाणिज्य बैंकहरुले आफूअनुकुल ब्याजदर तोकेका छन् ।

16/07/2023

पल शाहको मुद्दा फैसलाको पूर्णपाठ :

‘पीडितले अस्वीकार गरेपछि जाहेरीकै भरमा दोषी भन्न मिलेन’

16/07/2023

साउन १ गतेदेखि जोगवनी नाकाबाट कुनैपनि उपभोक्ताले एक रुपैयाँको सामान पनि भन्सार नतिरी ल्याउन नपाउने ।

16/07/2023

ललिता निवास प्रकरण : पक्राउ परेका १७ जनालाई थप ५ दिन थुनामा राख्न अनुमति

16/07/2023

नेपालमा आर्केस्ट्रा बन्द भए तापनी महानगरको निगरानीमा अश्र्लील गानामा आर्केस्ट्रा नचाईयो।।

बिरगंज महानगर वार्ड नम्बर २० का वार्ड अध्यक्ष आर.के सिंह पराग ज्युको प्रस्न?भागबन्डाको खेलमैदान बन्दै महानगर ! महानगरबाट...
15/07/2023

बिरगंज महानगर वार्ड नम्बर २० का वार्ड अध्यक्ष आर.के सिंह पराग ज्युको प्रस्न?
भागबन्डाको खेलमैदान बन्दै महानगर ! महानगरबाट अपहेलित वडा र सिकार बन्दै वडा अध्यक्ष ।
बिरगंज महानगरमा भाग दौड भन्दा भागबण्डा बढी ।
वडामा वडा अध्यक्षलाई प्रस्न गर्छन् तेस्को उतर दिने वडा अध्यक्ष तर आफू खुशी निर्णय गरि वडामा काम तामेली गराउन खोज्ने महानहर ।
किसानलाई चहिएको मल २० दिन रोकेर भागबण्डा लगाइयो महानगर ।
किसानले भरेको फरम र सिफारिसको दस्तुर सहित आशा मार्दै छ महानगर, खोइ तिम्रो औषधि छर्ने टंकी, चापाकटर, दूध ट्यांकी, त्रिपाल, मोटर, दमकल महानगर ।।
गोप्य टेन्डर र मिलावटी ढारस तिम्रो महानगर, गाउँ र नयाँ वडा तिमले देखेनौ र महानगर ।।।
मिलावटी बाहेकका ठेकेदारलाई कति सताउछौ ए महानगर, समयमै काम गराउ र वडाको हिसा हैने जिम्मेवारी लाई सम्झ हे महानगर ।।।।
डराउ धम्काउ जनताको काम आउ सम्झौतामा नलाग हे महानगर ।।।।।
वडा पनि पार्टीको हुन्छ र महानगर ?
मलाई थाहा छ यति लेख्दैमा निर्दयी बन्छौ तिमी महानगर तर जिम्मेवारी आ आफ्नो निर्वाह गरौ ।

महानगर मेरो प्रस्न छ वडा बाटै तिमिलाइ
१. मलको कोटा हेरफेर किन गरियो ?
२. योजना अनुगमन कति वटा भयो ?
३. न्यायीक छलफल कति, मुद्दा टुंगो कति लाग्यो ?
४. अपाङ्गता परिचयपत्र बन्न र निर्णय गर्न किन ढिलाइ हुन्छ ?
५. मासिक बैठक अनिवार्य एउटा बस्ने किन बस्दैन ?
६. वडाको सिलिङ्ग किन बढ्दैन तर नगरस्तरियमा बढदै जान्छ ?
७. टेन्डरको सूचना किन नाम चलेको वा सर्बत्र पाउने पत्रीकामा प्रकाशन हुदैन ?
८. e- bidding बाट प्रतिस्पर्धा गरि आएका ठेकेदारलाई किन हैरान गरिन्छ ? टेन्डर गोप्य किन गरिन्छ ?
९. नगर बैठकको निर्णय किन पालन हुदैन ?
१०. नगर बैठकको जनप्रेमी तथा जनहितको निर्णय सार्बजनिक किन समयमा गरिदैन ?
११. कर्मचारीले आफ्नो कार्यको जिम्मेवारी समयमा र सहि ठाउँबाट किन सेवा प्रभाव गर्दैन ?
१२. बिकास समितिका कोठा कार्यालय खै ?
१३. वडाको शिक्षक घर पाएक वडाबाट अन्य वडामा किन सारिएन ?
ठेकेदारले भरिएको मेरो महानगर कति कस्को भागमा, भाग मात्र लगाउ हे महानगर हे महानगर !

15/07/2023

पर्सा जिल्लामा ७५२ जना एचआईभि एड्स संक्रमित, महानगरमा मात्रै २४८ जना ।

Address

Birgunj
43301

Alerts

Be the first to know and let us send you an email when ParsaTimes Now posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to ParsaTimes Now:

Videos

Share

Nearby media companies


Other Digital creator in Birgunj

Show All