Weekly Pathibhara

Weekly Pathibhara A Newspaper from Urlabari,Morang
(6)

पंगेन्हाङ् वंशावली दोस्रो संस्करण विमोचनमेन्छयायेम, २ मंसीर २०८१पंगेन्हाङ् समूदायको वंशावली पुस्तक बिमोचन भएको छ । पंगेन...
17/11/2024

पंगेन्हाङ् वंशावली दोस्रो संस्करण विमोचन
मेन्छयायेम, २ मंसीर २०८१
पंगेन्हाङ् समूदायको वंशावली पुस्तक बिमोचन भएको छ । पंगेन्हाङ् समाज केन्द्रीय समिति अध्यक्ष लाखबहादुर पंगेन्हाङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि मेन्छयायेम गाउँपालिका अध्यक्ष यादव बहादुर खापुङ्गले वंशावली पुस्तक बिमोचन गर्नुभएको हो ।

शनिबार तेह्रथुमस्थित मेन्छयायेम गाउँपालिका-६ सिकिदेममा भएको दोस्रो पुस्तकमा पंगेन्हाङ्हरूको इतिहास, उद्गमस्थल, संस्कार-संस्कृति, रीतिरिवाज, माङगेन्ना यक, मुन्धुम, वंशबृक्ष समावेश रहेको पंगेन्हाङ समाज केन्द्रीय सचिव काजीमान पंगेन्हाङ्ले बताउनुभये । पंगेन्हाङ्को प्रथम संस्करण २०५१ सालमा प्रकाशन भएको थियो । देश तथा बिदेशमा छरिएर रहेका लिम्बू जाति (पंगेन्हाङ समुदाय)लाई एउटै धागोमा उन्ने र आफ्नो इतिहासको खोज अनुसन्धान गरी एक अर्काप्रति पहिचान गराउने उद्देश्यले वंशावली प्रकाशन गरिएको सचिव काजीमानले बताउनुभयो ।
पोक्लाबाङ यकलाई आफ्नो माङगेन्ना यक मान्ने पंगेन्हाङहरू सेङसेङगुम फेदापहाङ, नाम्बो नाम्हाङदिङ, सिदिइङ हुँदै तेनहाङको माइली श्रीमती पट्टीको लाहाङदोखाको सन्तान नै पंगेन्हाङ भन्ने पुस्तकमा उल्लेख छ । पंगेन्हाङहरूको उद्गमस्थल पोक्लाबाङबाट हाल तेह्रथुमको मेन्छ्यायेमको मोराहाङस्थित सिकिदेम स्थानबाट अन्य जिल्लाहरू सुनसरी, मोरङ, झापा, काठमाडौलगायत देश विदेशमा पंगेन्हाङहरूको बसोबास रहेको छ ।

कार्यक्रममा पोक्लाबाङ यक माङगेन्ना लुङधुङ थाम्रुङ फेदाप अध्यक्ष सेसेहाङ हुक्पा चोङबाङ, पंगेन्हाङ समाज संस्थापक अध्यक्ष क्या. शिव कुमार पंगेन्हाङ्, पंगेन्हाङ समाज धरान तराइ उपसमिति सचिब तथा लेखन सम्पादन उपसमिति डिकबहादुर पंगेन्हाङ्लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियोे । पंगेन्हाङ समाज केन्द्रीय सचिव काजीमान पंगेन्हाङको लेखन सम्पादन रहेको छ ।

कार्यक्रमको स्वागत मन्तव्य पंगेहाङ बंशवाली लेखनका मुख्य सल्लाहकार/तदर्थ समिति उपाध्यक्ष श्रीप्रसाद पंगेन्हाङ र पंगेन्हाङ् समाज धरान-तराई उपसमिति सह सचिव/लेखन सम्पादन उपसमिति सूर्यबहादुर पंगेन्हाङले राख्नुभएको थियो । विमोचन कार्यक्रममा केलाङ, सांस्कृतिक झाकी समेतको प्रस्तुति रहेको थियो ।

सुन्झोडा पुलमा टिपरको ठक्करबाट दुई जनाको मृत्यु मोरङको पथरीशनिश्चरेमा मिक्स गिट्टी बोकेको टिपरको ठक्करबाट शनिबार दिउँसो ...
16/11/2024

सुन्झोडा पुलमा टिपरको ठक्करबाट दुई जनाको मृत्यु

मोरङको पथरीशनिश्चरेमा मिक्स गिट्टी बोकेको टिपरको ठक्करबाट शनिबार दिउँसो दुई जनाको मृ*त्यु भएको छ ।
प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत पथरीशनिश्चरे नगरपालिका–२ सुनझोडा पुलमा दिउँसो २ः३० बजेतिर दुर्घटना भएको हो । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २९२८ नम्बरको टिपरले पूर्वतर्फ जाँदै गरेको को २० प ६०७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहालले जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा परेर मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो । मोटरसाइकल चालक पथरीशनिश्चरे–७ का १८ वर्षीय निश्चल आङदम्बे र पछाडि सवार पथरीशनिश्चरे–२ का ४८ वर्षीय प्रितम गौतमको मृत्यु भएको दाहालले बताए ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका उनीहरुलाई उपचारका लागि उर्लाबारीको मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर लगिएको थियो । शरीरका विभिन्न भागमा चोट लागेका दुवै जनाको उपचारका क्रममा ३ः२० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनालगत्तै प्रहरीले टिपर र चालक मोरङको सुन्दरहरैँचा नगरपालिका–६ का ३५ वर्षीय सुरेश राईलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ । क्षतिग्रस्त मोटरसाइकल पनि प्रहरीकै नियन्त्रणमा छ ।
उक्त टिपर निर्माणाधीन पूर्व–पश्चिम राजमार्गमा निर्माण सामग्री ओसारपसारका लागि प्रयोग गरेको पाइएको प्रहरीले जनाएको छ । टिपरको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

उर्लाबारी आगलागी घटना कीर्तिपुर अस्पतालमा उपचाररत २५ मध्ये आठजनाको अवस्था गम्भीर काठमाडौंको कीर्तिपुर अस्पतालमा उपचाररत ...
16/11/2023

उर्लाबारी आगलागी घटना कीर्तिपुर अस्पतालमा उपचाररत २५ मध्ये आठजनाको अवस्था गम्भीर

काठमाडौंको कीर्तिपुर अस्पतालमा उपचाररत उर्लाबारी घटनाका घाइतेमध्ये आठजनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । उपचाररत २५ मध्ये आठजनाको अवस्था गम्भीर रहेको कीर्तिपुर अस्पतालका जलन उपचार विभाग प्रमुख डा. किरण नकर्मीले बताउनुभयो ।

उनका अनुसार घाइते आठजनाको शरीरमा ४० देखि ६५ प्रतिशतसम्म जलन भएको छ । अन्यको अवस्था भने सामान्य रहेको डा. नकर्मीले बताए । शरीरको २० प्रतिशत बढी भाग जल्नुलाई ‘मेजर बर्न’ भनिन्छ ।

यस्तो जलनले शरीरका अन्य अंगहरूलाई असर गर्ने र रोग प्रतिरोधी क्षमता कम हुँदै जान्छ । ४० प्रतिशत भाग जलेमा शरीरका अन्य अंगबाट छाला लिएर प्रत्यारोपण कठिन हुने विशेषज्ञहरू बताउँछन् ।

गत कात्तिक २६ गते मोरङको उर्लाबारी–७, बरगाछीस्थित दीपक कार्कीको घरमा आगलागी हुँदा निभाउन गएका चार प्रहरीसहित २७ जना घाइते भएका थिए । तीमध्ये २५ जनालाई नेपाली सेनाको विमानमार्फत् काठमाडौं ल्याइएको थियो ।

जथाभावी प्लटिङ रोक्न उर्लाबारीमा जग्गा विकास तथा हाउजिङ् निर्देशिका जारीसुमन घिमिरे२ फागुन/उर्लाबारी बढ्दो शहरीकरणलाई व्...
15/02/2023

जथाभावी प्लटिङ रोक्न उर्लाबारीमा जग्गा विकास तथा हाउजिङ् निर्देशिका जारी

सुमन घिमिरे
२ फागुन/उर्लाबारी
बढ्दो शहरीकरणलाई व्यवस्थित गर्न उर्लाबारी नगरपालिकाले जग्गा विकास तथा हाउजिङ् निर्माण सम्बन्धि निर्देशिका – २०७९ स्वीकृत गरेको छ ।

यसअघि जग्गा कित्ताकाट खुल्ला गरेको नगरपालिकाले जथाभावी हुने प्लटिङ र अव्यवस्थित बसोबासलाई व्यवस्थित र योजनाबद्ध बनाउन जग्गा विकास तथा हाउजिङ् निर्माण सम्बन्धि निर्देशिका कार्यपालिका बैठकबाट स्वीकृत गरेको हो । उक्त निर्देशिका पूर्वका शहरहरु मध्ये उर्लाबारीमै पहिलो पटक निर्माण भएको हो ।

पूर्वका विराटनगर, इटहरी, धरान, दमक, विर्तामोड लगायतका शहरमा यस्तो निर्देशिका जारी भएको छैन । तर पछिल्लो समयमा बढ्दो शहरीकरणलाई ध्यान दिँदै भविष्यमा हुने जोखिमलाई अहिलेदेखी नै नियन्त्रण गर्न उर्लाबारी नगरपालिकाले सो निर्देशिका बनाएको हो ।

उक्त निर्देशिका जारी भएपछि अब यहाँ हुने जथाभावी प्लटिङ व्यवसाय रोकिनेछ भने व्यवस्थित शहर निर्माणमा सहयोग पुग्नेछ । उर्लाबारी शहरको विकासलाई दुरदृष्टि राखेरै नगरपालिकाले सो निर्देशिका बनाएको हो ।

गत माघ २६ गतेको कार्यपालिका बैठकबाट स्वीकृत निर्देशिका राजपत्रमा प्रकाशित भएर जारी हुँदैछ । नगरपालिकाले स्थानीय सरकार ऐन २०७४ को दफा ११ को उपदफा ५ को खण्ड क २ ले तोकेको कार्य क्षेत्रभित्र रहि भवन निर्माण तथा शहरी विकास मापदण्ड २०७२, भवन निर्माण मापदण्ड तथा नक्सापास कार्यविधि २०७९, नगरपालिकाको भूउपयोग क्षेत्रको बर्गिकरणका आधारमा जग्गा विकास तथा हाउजिङ् निर्माण स्वीकृति दिने कार्यलाई व्यवस्थित एव. नियमित गर्न नगरकार्यपालिकाले प्रशासकीय कार्यविधि ऐन २०७४ को दफा ४ ले दिएको अधिकार प्रयोग गरी नगरकार्यपालिकाले सो निर्देशिका बनाएको हो ।

यो निर्देशिका लागु भएपछि जथाभावी निर्माण हुने घर, सडक पूर्वाधार, संरचना लगायतलाई रोक लगाउँदै व्यवस्थित शहरको विकासमा सहयोग पुर्याउने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्नीप्रसाद अधिकारीले बताए ।

उक्त निर्देशिका जारी भएपछि कुनै ब्यक्ति वा संस्थाले नगरपालिका वा सम्बन्धित निकायबाट जग्गा विकास तथा हाउजिङ् निर्माण गर्न अनुमति लिनुपर्नेछ ।

जग्गा विकास तथा हाउजिङ निर्माण गर्न इच्छुक ब्यक्ति वा संस्था प्रचलित कानून बमोजिम सम्बन्धित निकायमा दर्ता भएको दर्तावाल संस्था भएको हुनुपर्ने पनि निर्देशिकामा उल्लेख छ ।र

अब जग्गा विकाश तथा हाउजिङ निर्माणकर्ता ब्यक्ति वा संस्थाले नगरपालिकाबाट निर्माणको इजाजत वा सिफारिस पाउन ३ लाखदेखी १५ लाखसम्म धरौटी राख्नुपर्ने व्यवस्था गरेको छ ।

आयोजना सम्पन्न भएर प्रतिवेदन पेश भएपश्चात धरौटी रकम फिर्ता हुने भएको छ । यसबाट कुनै दुर्घटना वा कुनै कारण देखाई आयोजना संचालन गर्ने निकायले बिचैमा आयोजना अलपत्र पारेमा वा त्यसलाई वेवास्ता गरेमा नगरपालिकाले सो धरौटी रकम जफत गरी खर्च गर्न सक्ने व्यवस्था निर्देशिकामा गरेको छ ।

यो निर्देशिका जारी भएपछि जग्गाधनीले आवसिय र व्यवसायिक जग्गाको किनबेच वा जग्गा उपयोगको प्रयोजनका लागि कित्ताकाट गर्दा जग्गाको मोहडा कम्तीमा ३२ फिट र क्षेत्रफल ८ धुर हुनुपर्नेछ ।

एक वर्षमा एक ब्यक्तिले एउटा कित्ताबाट तीन टुक्रा भन्दा बढी कित्ताकाट गर्न पाउँदैन । कृषि क्षेत्रको हकमा जग्गाको क्षेत्रफल दुई कट्ठा हुनुपर्नेछ तर अंशबण्डाको हकमा यो प्रावधान लागु नहुने निर्देशिकामा उल्लेख छ । पहिले नै कित्ताकाट भईसकेको जग्गाको हकमा यि मापदण्ड लागु नहुने उल्लेख छ।

देशकै नमुना राधिका मा. बि लाई हिलो छ्याप्ने काम: भाम्रक समाचारको पछि नलाग्न आग्रहउर्लाबारी, फागुन । मोरङको उर्लाबारी–६  ...
15/02/2023

देशकै नमुना राधिका मा. बि लाई हिलो छ्याप्ने काम: भाम्रक समाचारको पछि नलाग्न आग्रह

उर्लाबारी, फागुन । मोरङको उर्लाबारी–६ स्थित राधिका माध्यमिक विद्यालयले कर्मचारी र शिक्षक नियुक्तिका विषयमा आएका भ्रमपूर्ण समाचारका पछि नलाग्न, कर्मचारी, शिक्षक , अभिभावक र स्थानीय सरकोकारवालाहरूसँग आग्रह गरेको छ ।

प्रचलित कानुनी ब्यवस्था अनुसार नै कर्मचारी, शिक्षक नियुक्ति भएको बताउँदै सहायक प्रधानाध्यापक चुडामणि नेपालले विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापक विरुद्ध आएका समाचार प्रति ध्यानाकर्षण भएको उल्लेख गरे । नेपालले भने–२०७९ साल मङ्सिर १८ गतेको विद्यालय ब्यवस्थापन समितिको निर्णयबाट लेखापाल र ल्याव सहायक पदको विज्ञापन गरिएको हो ।आवश्यकता सम्बन्धि विज्ञापन नगरपालिका ,वडा कार्यालय र विद्यालयमा टाँस गरिएको थियो । विद्यालयकाे वेवसाइटमा समेत विज्ञापन राखिएको भए पनि आवश्यक योग्यता पुगेका निवेदन आएनन्।
त्यसपछि मङ्सिर २९गते निर्णय गरी पुन विज्ञापन प्रकाशन गरियो । थप एकजना प्रशिक्षक माग गरी विज्ञापन गर्ने निर्णय भयो । सोही अनुसार लेखापाल पदको विज्ञापन पुस २ गते दाेस्राेपटक प्रकाशित भयो ।पुनः विद्यालयको वेवसाइट,वडा कार्यालय र नगरपालिकामा समेत विज्ञापन टाँस भयो । प्रशिक्षक पदको विज्ञापन स्थानीय राष्ट्रिय समाचारपत्र दैनिकमा पुस १५ गते प्रकाशित गरिएको थियोे ।

विद्यालय ब्यवस्थापन समितिको पुस २१ गतेको निर्णय अनुसार विद्यालयले तीन वटै पदको परीक्षा गराउन उर्लाबारी नगरपालिकासँग सहजकर्ता माग ग¥यो । नगरपालिकाले विद्यालयको माग अनुसार सबै पदकाे परीक्षा गराउन नगरपालिकाका शिक्षा शाखा प्रमुख अशोक घिमिरेलाई पठायो ।

प्रशिक्षक, ल्याव सहायक र लेखापाल पदको परीक्षा गराउन नगपालिकाले विज्ञको रुपमा पूर्वाञ्चल विश्वविद्यालयका उप प्रा.सन्नीकुमार साहलाई ताेकिदियाे ।त्यस्तै संयोजककाे जिम्मेवारी विद्यालय ब्यवस्थापन समितिका सदस्य दीपेन्द्र थापा ताेकेर परीक्षा गराउने निर्णय भयो । सोही अनुसार प्रश्नपत्र निर्माण गरी परीक्षा सञ्चालन भयो । प्रशिक्षक पदमा एक जनाको मात्रै आवेदन परेको थियो । हामीले स्थानीय अखवारमा नै विज्ञापन गर्दा पनि परीक्षार्थी कोही आएनन् । सात दिनको म्यादमा कोही नआएपछि परीक्षा गराउनु को विकल्प थिएन ।

यस्तै लेखापाल पदकाे परीक्षा सञ्चालन गर्न संयोजक रुद्रप्रसाद न्यौपानेलाई तोकिएको थियो भने विषय विज्ञको रुपमा करुणेश्वर राईलाई नियुक्ति गरिएको थियो । उक्त पदमा पनि दुईजनाको निवेदन परेको थियो तर अर्का परीक्षार्थी परीक्षामा सामेल भएनन । कसैले फर्म भरेर पनि परीक्षामा सामेल भएनन् भने त्यसको जिम्मा विद्यालयले लिन नसक्ने विद्यालयको भनाई छ ।

परीक्षा सञ्चालन प्रक्रियाका सदस्य सचिव समेत शिक्षक चुडामणि नेपालले विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकका नातासम्बन्धका ब्यक्तिहरू परीक्षामा सामेल भएकोले शिक्षक छनौट समितिमा अध्यक्षको कार्यभार ब्यवस्थापन समितिका सदस्य दीपेन्द्र थापालाई र सदस्य सचिवकाे जिम्मेबारी वरिष्ठ शिक्षकको हैषियतले आफूलाई दिएको बताए ।

विद्यालय सबैको साझा संस्था हो । राजनीति पूर्वाग्रह साँधेर समाचार आउँदा विद्यालयको भविष्य र त्यहाँ अध्ययन गर्ने विद्यार्थीको मनोविज्ञानमा असर परेको छ । बैचारिक रुपमा जो जता लागे पनि परीक्षा कानून, विधि र मर्यादा नाघेर नगराएकाे शिक्षकहरूकाे भनाइ छ ।

उर्लाबारीमा चासोक तङ्नाम ३ दिनसम्म  भव्य रुपमा मनाईने १९ मंसिर/उर्लाबारीलिम्बू जातिको महान चाड चासोक तङनाम (उद्यौली पर्व...
05/12/2022

उर्लाबारीमा चासोक तङ्नाम ३ दिनसम्म भव्य रुपमा मनाईने

१९ मंसिर/उर्लाबारी
लिम्बू जातिको महान चाड चासोक तङनाम (उद्यौली पर्व) का अवसर पारेर उर्लाबारी -९ स्थित आम्बारीमा बृहत सांस्कृतिक कार्यक्रम गरि मनाईने भएको छ।

किरात याक्थुङ चुम्लुङ उर्लाबारी नगर समितिको आयोजनामा यहि मंसिर २२ देखी २४ गतेसम्म भव्य रुपमा सांस्कृतिक कार्यक्रमका साथ चासोक तङनाम मनाईने भएको हो।

विहान ७ वजेदेखि साँझसम्म विभिन्न कार्यक्रमका साथ चासोकलाई उत्सवका साथ मनाईने तयारी गरिएको किरात याक्थुङ चुम्लुङ उर्लाबारीकी अध्यक्ष बानु सुब्बाले जानकारी दिईन्।

अध्यक्ष सुब्बाका अनुसार यसवर्ष पनि न्वागी पूजा ,प्रसाद वितरणसहित लोकसंस्कृतिमूलक केलाङ च्याब्रुङ नाच, येवा लाङ,माङलाक प्रर्दशनी, धाननाचको प्रर्दशनी, लिम्बु गीतमा नृत्य ,गीत प्रस्तुत गर्ने कार्यक्रम राखिएको छ। त्यस्तै, छेलो, डोरी तान्ने,हाईजम्प,लङ जम्प प्रतियोगिता हुने छन्।

आधुनिक प्रविधि, जीवनशैली, परिवर्तित समाज, भुमण्डलीकरण आदि कारणले नया पुस्ताले मौलिक सांस्कृतिक चाडपर्वहरु बिर्संदै गएकाले चुम्लुङले व्यबस्थित र सामुहिक रुपमा चासोक तङ्नाम मनाउदै नयाँ पुस्तालाई जानकारी दिने र हस्तान्तरण गर्ने उदेश्यले भव्यता दिन थालिएको अध्यक्ष सुब्बाले बताईन्। उनले यस क्षेत्रमा चासोकलाई साझा सांस्कृतिक चाडको रुपमा विकसित गर्न प्रयास भइहेको जानकारी दिईन।

खेतवारीमा छरपोख गरेर अन्नवाली उव्जाएपछि आफ्नो इष्टदेव तागेरा निङ्वाफुमाङलाई पहिले अर्पण गरेपछि मात्र आफुले खाएर मनाउने खुशियालीको अवसरमा चासोक तङनाम मनाइने गरिएको आयोजक समितिका प्रकाश कन्दङ्वाले बताए। यो चाडलाई लिम्बु समुदायहरु एकअर्काबीचमा एकता र मेलमिलापको रुपमा लिने गरेको कन्दङ्वाले बताए।

सो पर्वको अवसरमा हरेक बर्ष आम्बारीस्थित चासोक तङनामस्थलमा भब्य मेलाको आयोजना हुँदै आएको छ।मेलालाई भब्य र सब्य रुपमा सम्पन्न गर्नका आफ्नो टिम सहित नारद लुङ्फङ्वाले संयोजकको भुमिका सम्हालेका छन्।

उर्लाबारीमा प्रथम उर्लाबारी भेट्रान फुटबल प्रतियोगिता हुने११ मंसिर/ उर्लाबारीउर्लाबारीमा यही मंसिर १६ गतेदेखी प्रथम उर्ल...
27/11/2022

उर्लाबारीमा प्रथम उर्लाबारी भेट्रान फुटबल प्रतियोगिता हुने

११ मंसिर/ उर्लाबारी
उर्लाबारीमा यही मंसिर १६ गतेदेखी प्रथम उर्लाबारी भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ । उर्लाबारी स्थित एरोमा होटलको हलमा आईतबार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताबारे जानकारी दिएको हो ।

आयोजक उर्लाबारी भेट्रान क्लबका अध्यक्ष दिपक पोमु लिम्बुका अनुसार प्रतियोगितामा प्रदेश नं. १ का १२ वटा टिमको सहभागिता रहनेछ । उर्लाबारी नगरपालिकाको आर्थिक सहयोगमा हुने उक्त प्रतियोगिताको उपाधि विजेताले ५१ हजार र उपविजेताले र३१ हजार नगदसहित ट्रफि प्राप्त गर्नेछ ।

मंसिर २७ गतेसम्म हुने प्रतियोगिताको लागि करिव ९ लाख ५० हजार खर्च लाग्ने आयोजकले अनुमान गरेको छ ।

पत्रकार सम्मेलनमा उर्लाबारी नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष भिष्मराज बुढाथोकी र जिल्ला फुटबल संघ मोरङका अध्यक्ष सञ्जिव बुढाथोकीले शुभकामना मन्तव्य राखेका थिए ।

मोरङ क्षेत्र नं १ निर्वाचित प्रतिनिधिसभा सदस्य डिक बहादुर लिम्बुलाई बधाई दिदै प्रतिद्वन्द्वी घनश्याम खतिवडा।
26/11/2022

मोरङ क्षेत्र नं १ निर्वाचित प्रतिनिधिसभा सदस्य डिक बहादुर लिम्बुलाई बधाई दिदै प्रतिद्वन्द्वी घनश्याम खतिवडा।

मोरङ १ मा कांग्रेसका डिगबहादुर लिम्बू  विजयी१० मंसिर/उर्लाबारीमोरङ क्षेत्र नं. १ मा नेपाली कांग्रेसका डिगबहादुर लिम्बू व...
26/11/2022

मोरङ १ मा कांग्रेसका डिगबहादुर लिम्बू विजयी

१० मंसिर/उर्लाबारी
मोरङ क्षेत्र नं. १ मा नेपाली कांग्रेसका डिगबहादुर लिम्बू विजयी भएका छन् । नेकपा एमालेका घनश्याम खतिवडालाई ४३० मत अन्तरले पराजित गर्दै लिम्बू प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

प्राप्त अन्तिम मतगणना अनुसार सत्ता गठबन्धनका साझा उम्मेद्वार लिम्बूले २७हजार २सय ९७ र एमालेका खतिवडाले २६हजार ८सय ६७ मत प्राप्त गरे ।

मत गणनाको सुरुदेखि अग्रता कायम गरेका खतिवडालाई अन्तिम समयमा पछि पार्दै लिम्बू दोस्रो पटक सांसद निर्वाचित भएका हुन् ।

उनी २०७० सालको दोस्रो संविधानसभा सदस्य निर्वाचनमा खतिवडालाई नै हराएर सांसद बनेका थिए । पछि २०७४ मा उनै लिम्बूलाई पराजित गर्दै खतिवडा सांसद बनेका थिए । यस पटक भने लिम्बूले जितेका छन् ।

Address

Biratnagur

Alerts

Be the first to know and let us send you an email when Weekly Pathibhara posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Weekly Pathibhara:

Share

Category

Nearby media companies