रवि लामिछानेले नेपाल प्रहरीलाई भने, जसले भोट पैसामा किन्न खोज्छ त्यसलाई सिधै जेलमा लगेर जाकिदिनुहोस् आदेश पर्खिराख्नु पर्दैन।
रास्वपाका ईलाम क्षेत्र नम्बर २ का उम्मेदवार मिलन लिम्बू!
यतिबेला जताततै लाखे नाच देख्न सकिन्छ। नेवार समुदायको प्रचलित यो लाखे नाचको दृष्य मोरङस्थित मधुमल्ला बजारको हो।
यतिबेला सिम्रन परियारलाई गीत दिनेहरुको लामै लर्को लाग्ने गरेको छ। सिम्रनलाई एकपछि अर्को गीतको अफर आउन थालेपछि पढाई बिग्रिने डरले उनी घर फर्किएकी छिन्। एउटा गीत गाउने भनेर काठमाण्डौ आएकी सिम्रनले यति धेरै अफर आउला उनले सोचेकै थिईनन्।
म बाँच्न चाहन्छु भन्दाभन्दै बसले किचाएर मार्यो त्यसपछि आक्रोशित भीडले बसमा आगो लगाईदिए एक प्रत्यक्षदर्शीले बताएका छन्।
रिलायन्स स्कुलका साहिलको यति मीठो आवाज।
मोरङको मिक्लाजुङ ७, मधुमल्लास्थित रिलायन्स ईङ्लिस स्कुलका बिद्यार्थी शाहिलले गाए यति मीठो गीत।
मधुमल्लास्थित रिलायन्स स्कुलका बिद्यार्थीको नृत्य।
मोरङको मिक्लाजुङ ७, मधुमल्लास्थित रिलायन्स बिद्यालयका भाईबहिनीहरुको नृत्य। बिद्यालयको बार्षिक परीक्षाफल प्रकाशन तथा पुरस्कार बितरण कार्यक्रममा यी बिद्यार्थी भाईबहिनीहरुले नृत्य प्रस्तुत गरेका हुन्।
सफा र क्लियर भिडियोको लागि हाम्रो youtube मा हेर्न सक्नु हुनेछ।
https://youtu.be/TSIzYw8MFBk
तिमी हिड्ने पिच गर्दिन्छु रोड।
मधुमल्लाको होली बिशेष कार्यक्रममा बिहानी कला केन्द्रका भाईबहिनीहरूले नृत्य प्रस्तुत गर्दै।
ताराप्रकाश लिम्बु मधुमल्ला मोरङको होली बिशेष कार्यक्रममा गीत गाउँदै।
गायक ताराप्रकाश लिम्बु गीतगाउँदै। मोरङको मधुमल्लामा मैथिलि समाजले गरेको होली बिसेष सांगितिक कार्यक्रम।
पिउँदिनभन्दा भन्दै पिलायो साथीले।
पिउँदिन भन्दाभन्दै पिलायो साथीले गीत प्रस्तुतगर्दै गायक तथा संगीतकार ताराप्रकाश लिम्बु। मैथिलि समाज मधुमल्लाले मोरङको मधुमल्लामा आयोजना गरेको होली बिशेष कार्यक्रममा उनले यो गीत गाएका हुन्।
महिला भलिबल खेलमा टाँडी माबि विजयी भएको छ।
आज भएको टाँडी माबि मोरङ र कालिका माबि मोरङविचको महिला भलिबल खेलमा टाँडी माबि विजयी भएको छ। उक्त खेल तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत मोरङको मधुमल्लास्थित मिक्लाजुङ सामुदायिक क्याम्पसको खेल मैदानमा भएको थियो।
रातो जर्सी - कालिका माबि
निलो जर्सी - टाँडी माबि
क्रिश्चियन समुदायले गर्यो सांगितिक जन-जागरण कार्यक्रम।
क्रिश्चियन समुदायले आज मोरङको मधुमल्ला बजारमा सांगितिक जन-जागरण कार्यक्रम गर्यो। क्रिश्चियन समुदायले आगामी पौष १० को क्रिसमस डे को पूर्वसन्ध्यामा यसरी कार्यक्रम गरेको हो।
'३३ बर्षदेखि काँग्रेसले जित्यो, एमालेले जित्यो तर तपाई हामीले कहिले जितेनौं। म तपाईलाई जिताउन आएकी हुँ। स्वास्थ्य र शिक्षा निःशुल्क नभएसम्म तपाईले जित्नु हुन्न। मेरो जित तपाईको जित हो। तपाईको छोरीले जितेमात्र तपाईले जित्नु हुन्छ। अहिले तपाईकी छोरी चुनावी मैदानमा छे। हलोमा भोट दिएर जिताउनुहोस्।'
म्यादि प्रहरीले बजारका गल्लीगल्लीमा कुचो लगाएका छन्। आज एका बिहानै म्यादि प्रहरीहरुले बाटोबाटोमा यसरी कुचो लगाएका हुन्। बजारमा ब्यापारी तथा ग्राहकहरुले फालेका फोहोरलाई मोरङको पथरीशनिश्चरे ४ कुशलबजार प्रहरी बिटमा कार्यरत म्यादि प्रहरीले उठाएका छन्। कुशल बजार प्रहरी बिटमा अहिले ३८ जना म्यादि प्रहरी कार्यरत छन्।
केचना कमलपोखरी काण्ड: रामुको हत्या गरिएको हो भन्दै आए परिवारै मिडियामा। भयो एकपछि अर्को यस्तो खुलासा। रामुलाई मारेर घरमा लुकाई पछि पोखरीमा फालिएको परिवारको भनाई। प्रहरी अनुसन्धान प्रभावकारी नभएको परिवारको आरोप।