Bamti Bhandar,Ramechhap.

Bamti Bhandar,Ramechhap. Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Bamti Bhandar,Ramechhap., Broadcasting & media production company, बाम्ती भण्डार ा, Bhandar.
(1)

रामेछाप जिल्लाकै सुन्दर पर्यटकिय गाउँ समुन्द्र् सतहबाट करिब ३,००० मिटर उचाइमा अावस्थित २०७२को भुकम्पा पश्चात पुर्णनिर्मि...
23/04/2024

रामेछाप जिल्लाकै सुन्दर पर्यटकिय गाउँ समुन्द्र् सतहबाट करिब ३,००० मिटर उचाइमा अावस्थित २०७२को भुकम्पा पश्चात पुर्णनिर्मित साम्तेन छोलिङ गुम्बा बाम्ती भण्डार थोदुङको उदघाटन (राम्ने) समारोह २०८१.

Thodung Gumba Opening 2081. It was destroyed by B.S 2072's earthquake.२०८१ बैशाख ६ गते, दशमीको पुण्य तिथीको दिन परम् पुज्य ञोश्युल खेनरिन्पोक्षेको परमावतार ...

13/04/2024
छात्रवृत्तिको लागि आवेदन पेश गर्ने वारेअत्यन्त जरुरी सुचनाश्री सिद्धेश्वर माध्यमिक विद्यालयका पुर्व विद्यार्थी, उमाकुन्ड...
05/04/2024

छात्रवृत्तिको लागि आवेदन पेश गर्ने वारे
अत्यन्त जरुरी सुचना
श्री सिद्धेश्वर माध्यमिक विद्यालयका पुर्व विद्यार्थी, उमाकुन्ड ६,गुप्तेश्वर स्थायी ठेगाना भइ हाल बेलायत निवासी श्री बुद्ध बराइली द्वारा प्रायोजित छात्रवृत्ति कार्यक्रमको लागि आवेदन माग गरिएको ब्यहोरा सुचित गरिन्छ।
छात्रवृत्ती कार्यक्रमहरु:
१. सिद्धेश्वर शिक्षा पब्लिक क्याम्पसमा अध्ययनरत २ जना विद्यार्थीहरुलाइ प्रती विद्यार्थी प्रती महिना रु ५०००।- चौथो वर्षसम्म।
२. सिद्धेश्वर मा वि बाट कक्षा १०(SEE) उत्तीर्ण गरि कक्षा ११,१२ र स्नातक तह सम्म अध्ययन गर्न चाहने १ जना विद्यार्थीलाई प्रती महिना रु ८०००।- ५ वर्षसम्म।
आवेदन दिने अन्तिम मिति २०८१ बैशाख १८ गते सम्म।
आवेदन सम्बन्धी शर्तहरु र अन्य जानकारिको लागि विद्यालय र क्याम्पसमा सम्पर्क राख्न सुचित गरिन्छ।
निर्मल प्रसाद त्रिपाठी,प्र अ ,सिद्धेश्वर मा वि ९८५४०४००१२
जगदिश बस्नेत, सहायक क्याम्पस प्रमुख, सिद्धेश्वर शिक्षा पब्लिक क्याम्पस एवम संयोजक छात्रवृत्ती कार्यक्रम ९८५४०२२२४०

श्रद्धालु भक्तजनहरुलाई हार्दिक निमन्त्रणा ।रामेछाप जिल्लाको हिमालीभेग, उमाकुण्ड गाउँपालिका - २ बाम्ती भण्डार, थोदुङ डाँड...
05/04/2024

श्रद्धालु भक्तजनहरुलाई हार्दिक निमन्त्रणा ।

रामेछाप जिल्लाको हिमालीभेग, उमाकुण्ड गाउँपालिका - २ बाम्ती भण्डार, थोदुङ डाँडामा स्थानियवासीहरुको अग्रसरतामा निर्मित यस भेगकै पुरानो थोदुङ सम्तेन क्षोलिङ गुम्बा २०७२ सालको विनाशकारी भुकम्पले क्षतिग्रस्त भए पश्चात केही ढिलो नै भएपनि नेपाल सरकार, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, भुकम्पीय गुम्बा पुनर्निर्माण शाखा, ललितपुरको अनुदान तथा विशेषगरि गुम्बाको प्रमुख शरणनायक पुज्यनिय लामा येशे साङपो रिन्पोक्षेज्यू तथा गुरुआमा खाँडो पेमा क्षोडोन रिन्पोक्षेज्यूको आर्थिक सहयोगमा अति मजबुत भुकम्प प्रतिरोधि गुम्बाको बाहिरी संरचना निर्माण सम्पन्न हुनुको साथै विभिन्न उपकारी दाताहरुको आर्थिक सहयोगमा भित्री विशालकाय मुर्ति स्थापना तथा भित्तेचित्र तथा परम्परागत रंगरोगनकार्य पुणर्रुपमा पुरा भएकोे हुॅदा यहि मिति २०८१ बैशाख ६ गते, तदानुसार 2024 April 18, दशमी तिथीको दिन परम् पुज्य ञोश्युल खेनरिन्पोक्षेको याङसी जम्पाल येशे दोर्जे रिन्पोक्षे ज्यू, पुज्यनिय लामा येशे साङपो रिन्पोक्षेज्यू तथा गुरुआमा खाँडो पेमा क्षोडोन रिन्पोक्षेज्यू द्वारा पुननिर्मित थोदुङ सम्तेन क्षोलिङ गुम्बा समुद्घाटन तथा प्राण-प्रतिष्ठा कार्यक्रम र सोही दिन अपरान्ह आयू अभिषेक समेत प्रदान गर्नु हुने भएको हुॅदा यहाॅहरुको भव्य उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दाछु ।

कार्यक्रमको समय तालिका :
मितिः २०८१ बैशाख ६ गते
● विहान १० बजे सम्म पुजाविधिद्वारा पुननिर्मित गुम्बा तथा नवनिर्मित मुर्ति र भित्तेचित्र (थन्का) हरुको प्राण-प्रतिष्ठा कार्यक्रम
● विहान ११ बजे औपचारिक समुद्घाटन तथा संस्कृृतिक कार्यक्रम
● दिउसो १२ः३० बजे सामुहिक भोजन
● दिउसो २ बजे आयू अभिषेक
२०८१ बैशाख ७ गते देखि बुद्ध वचन संग्रह (कंग्यूर) वाचन

स्थानः थोदुङ सम्तेन क्षोलिङ गुम्बा, उमाकुण्ड गाउँपालिका - २, रामेछाप
सम्पर्कः 9861020831, 9868816646, 9841336998, 9844076910

- थोेदुङ सम्तेन क्षोलिङ गुम्बा समिति

प्रकृतिक उपहार Everest Gate way Bhandar Village.
22/12/2023

प्रकृतिक उपहार Everest Gate way Bhandar Village.

सुन्दर हिमाली  गाउँ ा
29/11/2023

सुन्दर हिमाली गाउँ ा

समृद्धी सहकारी सस्था बाम्ती भण्डारले सन्चालन गरेको दुध डेरी तथा प्रशोधन उधोगबाट,हिमाली चिसो हावापानीमा उत्पादन भएको लोकल...
28/11/2023

समृद्धी सहकारी सस्था बाम्ती भण्डारले सन्चालन गरेको दुध डेरी तथा प्रशोधन उधोगबाट,हिमाली चिसो हावापानीमा उत्पादन भएको लोकल नौनी घ्यु तथा प्रशोधन गरिएको घ्यु र दुर्खा खुद्रा तथा होलसेल मुल्यमा चाहियमा सम्पर्क गर्नु होला, धन्यवाद ।

बाम्ती भण्डार ा
20/11/2023

बाम्ती भण्डार ा

21/09/2023

थोदुङ गुम्बा बाम्ती भण्डार ा

16/11/2022

बाम्ती भण्डारका गायक तथा कलाकार पासाङ लामा (सेर्पा) ज्युको प्रस्तुती ा

16/11/2022

सिद्धेस्वर मा.वि. का चन्दादाता एवं पूर्व विद्यार्थी गोल्डेन गुड शेर्पा कन्स्ट्रक्सनका संचालक , नेपाल आदिवासी जनजाती महासंघका केन्द्रीय अध्यक्ष एक प्रेरणादायी व्यक्तित्व श्री गेल्जे लामा शेर्पाज्यूले विद्यालयका सम्पूर्ण विद्यार्थीहरुको लागि ट्र्याक्सुट हस्तान्तरण साथै विद्यालय परिवारद्वारा भव्य स्वागत I 🙏🙏🙏

13/11/2022

बाैद्ध ज्योतिष पात्र अनुसार नवाै महिनाकाे २२ साै तिथिक अर्थात यही मिति २०७९/ कार्तिक २९ गतेको दिन देव अवतरण दिवस अर्थात (ल्ह भब दुई क्षेन) भएको हुँदा उमाकुण्ड २ च्याङमा ओर्गेन क्षाेलिङ गुम्ब धर्मिकस्थलमा हरेक बर्ष जै उक्त दिवस मनाउने भएको हुँदा धर्मप्रति आस्था राख्ने सम्पूर्णमा जानकारी गर्दाछौं अरु दिनमा गरिने धर्म अनि प्राप्त हुने पुण्यकाे तुलनामा यो दिनमा हजारौं गुन बढी प्राप्त हुन्छ्भन्ने धर्मिक मान्यता र विश्रास रहेको छ। देव अवतरण दिवसमा विशेषगरी छ्योर्तेन (चैत्यलाई) सेतो रंग चुना आदिले सिंगार्ने सजाउ गरी पुजा गरेको र प्रत्येक्ष (सजीव)बुद्धलाई पुजा गरेको पुण्यफल एक समान हुन्छ भनी बुद्ध स्वयंले आर्यमन्जुश्रीलाई बताउनु भएकोछ। देव अवतरण दिवसलाई निरन्तरता प्रदान गर्ने सबै जिन्दगको अचिंत्य पुण्य प्राप्त होस् सबै जिन्दग टिमलाई हार्दिक शुभकामना व्यक्त गर्दाछौं l

Bhandar Gonpa🙏🙏🙏
13/11/2022

Bhandar Gonpa🙏🙏🙏

05/11/2022

सामाजिक सुरक्षा भत्ता वितरण सम्बन्धि सूचना!!!
प्रस्तुत विषयमा यस उमाकुण्ड गाउँपालिका वडा नं २ का जेष्ठ नागरिक, जेष्ठ नागरिक एकल महिला, जेष्ठ नागरिक दलित, विधुवा, अपाङ्गता र दलित बालबालिकाहरुको सामाजिक सुरक्षा भत्ता यहि मिति २०७९/०७/२० गतेदेखि २२ गतेसम्म सनराइज बैंक बाम्ती शाखाबाट वितरण गरिने भएको हुँदा जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ। साथै नयाँ सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहिहरुले वडा कार्यालयबाट आफ्नो परिचयपत्र लिइ सामाजिक सुरक्षा खाता खोल्नु हुन समेत जानकारी गराइन्छ ।

नोट:- वडा बाहिर रहेका लाभग्राहीहरुले आफू नजिकैको सनराइज बैंक शाखामा परिचयपत्र लिइ भुक्तानी लिन सक्नु हुनेछ।

थप जानकारीका लागि सम्पर्क नं ९८४२९५१२१६

बाम्ती भण्डार वडा कार्यालय

देउराली र शेर्पा िहल टप बाट देखिने शुन्दर दृश्यहरू ा
05/11/2022

देउराली र शेर्पा िहल टप बाट देखिने शुन्दर दृश्यहरू ा

Address

बाम्ती भण्डार ा
Bhandar

Website

Alerts

Be the first to know and let us send you an email when Bamti Bhandar,Ramechhap. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share


You may also like