Chhapiya khabar tv

Chhapiya khabar tv माछा गाउँ छपियाबाट सञ्चालित
स्थापना:-२०७९/०७/२१
दर्ता:-६७/०७९/८०
पाना नं :-१११४६६८३०

राष्ट्रपति रामचन्द्र पौडेल शुक्रवार बुटवल आउने भएका छन्।बुटवल उपमहानगरपालिका वडा नं. १ मा रहेको जितगढी किल्ला हस्तान्तरण...
04/01/2024

राष्ट्रपति रामचन्द्र पौडेल शुक्रवार बुटवल आउने भएका छन्।

बुटवल उपमहानगरपालिका वडा नं. १ मा रहेको जितगढी किल्ला हस्तान्तरणका लागि राष्ट्रपति पौडेल बुटवल आउने भएका हुन्।

युद्धमार्फत आफ्नो साम्राज्य बिस्तार गर्दै हिंडेको इष्ट इण्डिया कम्पनीलाई पराजित गरी जितगढीमा नेपाली फौजले विजयको झण्डा फहराएको थियो।

अंग्रेज फौजलाई हराएर विश्वभर नेपालीको शिर उँचो बनाएपनि ओझेलमा परेको जितगढीमा नेपाली सेनाको अगुवाइमा बुटवल उपमहानगरपालिकाले विभिन्न ऐतिहासिक संरचनाहरु पुनर्निर्माण गरिरहेको थियो।

सोही जितगढी किल्लालाई शुक्रवार नेपाली सेनाले बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण गर्दै छ।

विक्रम सम्वत् १८७१ पुस २१ गतेदेखि १८७२ वैशाख ७ गतेसम्म जितगढीमा नेपाल अंग्रेजबीच युद्ध भएको थियो।

निर्वाचन मा पराजित ई नेताहरूको राष्ट्रिय सभा मा होडबाजी
03/01/2024

निर्वाचन मा पराजित ई नेताहरूको राष्ट्रिय सभा मा होडबाजी

जाजरकोट भूकम्प प्रभावितका लागि सञ्चालित प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा रु २८ करोड रकम सङ्कलन भएको छ ।  प्रधानमन्त...
03/01/2024

जाजरकोट भूकम्प प्रभावितका लागि सञ्चालित प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा रु २८ करोड रकम सङ्कलन भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता नारायणप्रसाद भट्टका अनुसार कोषमा आजसम्म विभिन्न संस्था तथा व्यक्तिबाट कूल रु २७ करोड ९१ लाख ८९ हजार आठ सय ९९ जम्मा भएको छ ।

बुटवल मिलनचाेकमा त्रायुबाहक बसको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ। बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु १ ख ३३७४ नं. ...
02/01/2024

बुटवल मिलनचाेकमा त्रायुबाहक बसको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ। बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु १ ख ३३७४ नं. को बसले साईकलयात्रीलाई ठक्कर दिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ ।

बुटवल ८ मिलनचोकमा भएको उक्त दुर्घटनामा साईकलयात्री अन्दाजी ४० वर्षीय पुरुष घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक व्यक्तिको पहिचान भने अझै खुल्न सकेको छैन।

अहिले प्रहरीले मृतकको शवलाई लुम्बिनी प्रादेशिक अस्पतालमा राखेको छ भने ठक्कर दिने बस र चालकलाई ईलाका प्रहरी कार्यालय बुटवलले नियन्त्रमा लिएको जनाएको छ।

नवलपुर काे पाहाडी भेग बाैदीकाली गाउँपालिकामा मोटरसाईकल दुर्घटना हुदाँ २ जना घाईते भएका छन् । बौदिकाली गाउँपालिका १ मचेडि...
02/01/2024

नवलपुर काे पाहाडी भेग बाैदीकाली गाउँपालिकामा मोटरसाईकल दुर्घटना हुदाँ २ जना घाईते भएका छन् ।
बौदिकाली गाउँपालिका १ मचेडिको कालिगण्डकी करिडोर अन्तरगतडेढगाउँबाट कावासोती जादैँ गरेको लु ४६ प २३८१ नम्बरको मोटरसाईकल बिजुलीको पोलमा ठोक्किदाँ दुईजना घाईते भएको छन।

घाईते हुनेमा मोटरसाईकल चालक बौदीकाली गाँउपालिका –३ रकुवा बस्ने अन्दाजि ५० बर्षिय यम बहादुर ठाडा मगर र मोटरसाईकल पछाडि सवार बौदिकाली गाँउपलिका –२ बस्ने अन्दाजि ५५ बर्षिय रन बहादुर यस्माली मगर रहेको छ।
स्थानीय काे भनाई अनुसार चालक भन्दा पछाडी सावार गम्भीर घाईते भएकाे छ।

Breaking: काठमाडौँ महानगरका तीन कर्मचारी निलम्बन😮P.S. काठमाडौँ महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनामाथि छानब...
02/01/2024

Breaking: काठमाडौँ महानगरका तीन कर्मचारी निलम्बन😮

P.S. काठमाडौँ महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनामाथि छानबिन सुरु गरेको छ । कार्यपालिकाको निर्णय प्रमाणीकरण र कार्यान्वयनमा अनियमितता गरेको भन्दै महानगरपालिकाका मेयर बालेन शाहले छानबिन सुरु गरेका हुन् ।

छानबिन अघि बढ्ने भएपछि शाहले प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीलाई बिदामा बस्न निर्देशन दिएको मेयरको सचिवालय स्रोतले जानकारी दियो । मेयर शाहको सचिवालय प्रमुख नुरनिधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल, वरिष्ठ शाखा अधिकृत भगवती बिडारी निलम्बनमा परेका छन् ।

प्रमुख प्रशासकीय अधिकृत समेत यो प्रकरणमा जोडिएपछि मेयर शाह आफैँले छानबिन थालेका हुन् । कार्यपालिकाले गरेको निर्णय प्रमाणीकरण गर्दा नियतवश फरक ब्यहोरा लेखिएको आशङ्का छ । कार्यपालिकाले १९ नम्बर वडाको स्वास्थ्य प्रवर्द्धन केन्द्रमा ५ जना कर्मचारीलाई निरन्तरता दिने गरी निर्णय गरेको थियो । तर, निर्णय प्रमाणीकरण गर्दा ६ जना उल्लेख गरेको पाइएपछि छानबिन सुरु भएको स्रोतले जानकारी दियो ।
श्रोत : प्रशासम डटकम

बालकुमारी घटनाका मृतक परिवार र सरकार पक्षबीच चारबुँदे सहमति भएको छ ।सहमतिमा मृतकका परिवारका १/१ जनालाई उपयुक्त रोजगारी य...
01/01/2024

बालकुमारी घटनाका मृतक परिवार र सरकार पक्षबीच चारबुँदे सहमति भएको छ ।सहमतिमा मृतकका परिवारका १/१ जनालाई उपयुक्त रोजगारी यथाशीघ्र उपलब्ध गराउने उल्लेख छ ।

अजा बिहाना ‘धोती दिवस’ मनाउन भन्दै माइतीघरमा भेला भएका सांसद चन्द्रकान्त राउत (सि.के राउत)  सहित 63 जनालाई प्रहरीले पक्र...
01/01/2024

अजा बिहाना ‘धोती दिवस’ मनाउन भन्दै माइतीघरमा भेला भएका सांसद चन्द्रकान्त राउत (सि.के राउत) सहित 63 जनालाई प्रहरीले पक्राउ गरेको छ।

ललितपुरका सीडीओ मन्त्रालय र एसएसपी शाह प्रहरी प्रधान कार्यालय फिर्ता, मृतक परिवारलाई १०/१० लाख राहत
31/12/2023

ललितपुरका सीडीओ मन्त्रालय र एसएसपी शाह प्रहरी प्रधान कार्यालय फिर्ता, मृतक परिवारलाई १०/१० लाख राहत

ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा घाइते भएका अर्का एक युवकको पनि मृत्यु भएको छ । नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायत...
29/12/2023

ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा घाइते भएका अर्का एक युवकको पनि मृत्यु भएको छ । नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले घटनापछि गम्भीर घाइते भएर उपचारका लागि अस्पताल पुर्‍याइएका वीरेन्द्र शाहको पनि मृत्यु भएको जानकारी दिए ।

सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ
29/12/2023

सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ

धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्क साम्पाङले कार्यकक्षमा नेपालका राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएर यलम्बरको रा...
28/12/2023

धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्क साम्पाङले कार्यकक्षमा नेपालका राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएर यलम्बरको राखेका छन् । यलम्बर किराँती राजा हुन

कार्यसम्पादन कमजोर भएको अवस्थामा म कसैलाई माफ गर्नसक्ने अवस्था र मनस्थितिमा छैन । कार्यक्षमता प्रमाणित गर्न सकेनौँ भने क...
26/12/2023

कार्यसम्पादन कमजोर भएको अवस्थामा म कसैलाई माफ गर्नसक्ने अवस्था र मनस्थितिमा छैन । कार्यक्षमता प्रमाणित गर्न सकेनौँ भने कसैले पनि अब ठाउँ ओगटिरहनु हुँदैन, छाडिदिनुपर्छ -प्रधानमन्त्रि प्रचण्ड

रुपन्देही को भैरहवा मा लघुवित्त खारेज को माग गर्दै संघर्ष समिति को विरोध प्रदर्शन,तस्वीर -Tulshi ram Yadav
24/12/2023

रुपन्देही को भैरहवा मा लघुवित्त खारेज को माग गर्दै संघर्ष समिति को विरोध प्रदर्शन,
तस्वीर -Tulshi ram Yadav

 #खानेपानी आयोजना अलपत्र पारेको भन्दै ठेकेदार को फोटो सहित विरोधपूर्वी नवलपरासीको कावासोती नगरपालिका-१३ मा रहेको बौनाह ख...
24/12/2023

#खानेपानी आयोजना अलपत्र पारेको भन्दै ठेकेदार को फोटो सहित विरोध

पूर्वी नवलपरासीको कावासोती नगरपालिका-१३ मा रहेको बौनाह खानेपानी समितिको काम अलपत्र पारेको भन्दै स्थानीयले आयोजनास्थलमा विरोध जनाएका हुन् । उनीहरुले ठेकेदार खोजीदिन सम्बन्धित निकायसँग माग गरे ।

डिभिजन खानेपानी कार्यालय तनहुँमार्फत २०७७ असार २१ गते ठेक्का सम्झौता गरेर ०७९ असार २१ गते योजना सम्पन्न गर्नेगरी काश्यप प्राकृतिक समिर जेभीले ठेक्का लिएको थियो । समयमै काम नसकाएपछि पहिलो पटक ०८० असार २१ गतेसम्म म्याद बढाइएको थियो ।

पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार रुपन्देही आउँदैदिउँसो २ बजे रुपन्देही आइपुगेपछि शाहलाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्...
23/12/2023

पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार रुपन्देही आउँदै

दिउँसो २ बजे रुपन्देही आइपुगेपछि शाहलाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिने मूल आयोजक समितिका सह–संयोजक तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देहीका उपाध्यक्ष अजय कुमार गुप्ताले बताए ।

लुम्बिनी प्रदेश सरकारमा दुई मन्त्री थपेर आइतबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएको छ ।  कांग्रेसबाट प्युठानका सांसद ...
23/12/2023

लुम्बिनी प्रदेश सरकारमा दुई मन्त्री थपेर आइतबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएको छ । कांग्रेसबाट प्युठानका सांसद सरोज थापा र माओवादीबाट बाँकेकी सांसद कृष्णा केसीलाई मन्त्री बनाउने टुंगो लागेको गृहमन्त्री एवं सरकारका प्रवक्ता सन्तोषकुमार पाण्डेयले जानकारी दिए। पाण्डेका अनुसार निजलाई आईतबार नै शपथग्रहण गराईने निर्णय समेत भएको छ।

क्रिसमस मनाउन राक्सिराङ गाउँपालिकाले दियो ३ दिन सार्वजनिक बिदा
23/12/2023

क्रिसमस मनाउन राक्सिराङ गाउँपालिकाले दियो ३ दिन सार्वजनिक बिदा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि आक्रमण भएको छ । पोखरा अमरसिंह चोकमा आयोजित सभामा सम्बोधन...
23/12/2023

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि आक्रमण भएको छ । पोखरा अमरसिंह चोकमा आयोजित सभामा सम्बोधन गर्ने क्रममा शनिबार लामिछानेमाथि लमजुङ घर भई पोखरा बस्दै आएका सन्तोष रानाभाटले खोया प्रहार गरेका थिए । उनले प्रहार गरेको खोया मन्चमा पुगेको थियो ।

23/12/2023

शुक्रबार राति १२ बजेसम्म १४३ हजार ८१२ जनाले कोरियन भाषा परीक्षाका लागि आवेदन दिएका छन्- वैदेशिक रोजगार विभाग इपिएस शाखा

सिमरास्थित जगदम्बा स्टिल, विराटनगरस्थित रिलायन्स स्पिनिङ मिल्स, दाङस्थित घोराही सिमेन्ट र भैरहवास्थित अर्घाखाँची सिमेन्ट...
23/12/2023

सिमरास्थित जगदम्बा स्टिल, विराटनगरस्थित रिलायन्स स्पिनिङ मिल्स, दाङस्थित घोराही सिमेन्ट र भैरहवास्थित अर्घाखाँची सिमेन्ट उद्योगको लाइन काटियो
-६१ उद्योगको २२ अर्ब रुपैयाँ बक्यौता रहेकामा लाइन काटिएका ४ उद्योगको मात्रै ८ अर्ब ७४ करोड

नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएपछि आजदेखि दैनिक चार घण्टा सवारी साधन चलाउन नपाइने...
23/12/2023

नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएपछि आजदेखि दैनिक चार घण्टा सवारी साधन चलाउन नपाइने भएको छ । बिहान १२ देखि दिउँसो ४ बजेसम्म सडक बन्द रहने छ ।

Address

Chhapiya Road
Bhairahawa

Telephone

+9779807575257

Website

Alerts

Be the first to know and let us send you an email when Chhapiya khabar tv posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Chhapiya khabar tv:

Videos

Share

Nearby media companies


Other News & Media Websites in Bhairahawa

Show All

You may also like