13/04/2025
२०८१।१२।२९ गते शुक्रवार लुम्बिनी साँस्कृतिक नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रममा जनमत पार्टीको तर्फबाट उपस्थिती जनाउनु भएका हाम्रा केन्द्रीय नेता श्री बिनोद पासवान ज्यू ले जानचासो बिभिन्न मुद्दाहरु उठान गर्नुभएको थियो र उपयुक्त सवालका साथ सुझावहरु समेत प्रस्तुत गर्नुभएको थियो । तर कांग्रेसबाट निर्वाचित मेयर सजरुद्दिन मुसलमानले वहांको सवाल र सुझावलाई सकारात्मक रुपमा लिनुको साटो आफ्नो पदीय गरिमा बिर्सिएर अमर्यादित, अभद्र र गैरजिम्मेवार ढंगले जवाफ दिनुको साटो धमकीपूर्ण तरिकाले दादागिरी शैली देखाएको हुंदा र आफ्ना गुण्डाहरु लगाई आक्रमण प्रयास समेत गरेको हुंदा मेयरको यस हर्कतको हामी कडा शब्दमा घोर भर्त्सना र निन्दा गर्दछौं । यस घटना सम्बन्धमा मेयरले सार्वजनिक रुपमा आत्मालोचना गर्दै माफि माग्न र भविष्यमा आफ्नो शैलीमाथी सुधार गर्ने प्रतिबद्धता दिन जोडदार माग गर्दछु। यस सम्बन्धमा पार्टीको जिल्ला र नगर कमिटीको समेत ध्यानाकर्षण गराउँदै तत्काल कडा कदम चाल्न आग्रह गर्दछु । पार्टीको एक केन्द्रीय नेतामाथी यस किसीमको अभ्रद्रता हामी कसैलाई स्वीकार्य छैन ।
-परदेशी केवट
लुम्बिनी प्रदेश कमिटी सदस्य, जनमत पार्टी ।