Su-Sandesh Weekly Newspaper

Su-Sandesh Weekly Newspaper A Newspaper Published From KAVRE palanchowk DISTRICT ....

कमिशनमा घडेरी !! ललिता निवास जग्गा प्रकरणमा जेल गएका मिनबहादुर को जय होस ! मुलुक बाढी पहिरो बाट प्रताडित छ !!
11/10/2024

कमिशनमा घडेरी !! ललिता निवास जग्गा प्रकरणमा जेल गएका मिनबहादुर को जय होस !
मुलुक बाढी पहिरो बाट प्रताडित छ !!

11/10/2024

बिजया दशमी २०८१ सालको अबसरमा सम्पुर्ण बिज्ञापन दाता शुभ चिन्तक पाठक बर्गहरुमा हार्दिक मङ्गलमय शुभकामना
यदुनाथ गौतम
प्रकाशक /सम्पादक एब सुसन्देस परिवार

09/10/2024

राेशी ९ रजबास हुँदै महाँभारत जाँदै गरेकाे सवारी दुर्घटनामा परि घाइतेहरु
१:- धनलाल तामाङ महाभारत ७ आहाले बाँसपुर बर्ष ४५
२:- राजवीर भाेम्जन महाभारत ७ आहाले बाँसपुर बर्ष ४६ ( गम्भीर )
३:- म्हार्साङ भाेम्जन महाभारत ७ आहाले बाँसपुर बर्ष ११ ( गम्भीर )
४:- सजिना तामाङ महाभारत ७ बन्खु बर्ष १७
५:- सुरेश तामाङ महाभारत ७ बन्खु बर्ष २१
६:- सम्झना माेक्तान महाभारत ५ भलडाँडा बर्ष ३५
७ :- अमृत थिङ महाभारत ५ भलडाँडा बर्ष ३४
८:- लमाे थिङ महाभारत ७ आहाले बाँसपुर बर्ष २१
९:- मुना लामा महाभारत ५ भलडाँडा बर्ष २०
माथि उल्लेखित मध्ये दुई जनाकाे अबस्था गम्भीर रहेकाे जानकारी आएको छ । सबैजनालाई शिघ्र स्वास्थ्य लाभकाे कामना ।

५ वर्षीय बालक आमाको किरियामा 😢काभ्रेको पनौती १ सिलिङ्गेका ५ वर्षीय बालक, बाढीपहिरोमा ज्यान गुमाएकी आमाको काजकिरिया गर्दै...
07/10/2024

५ वर्षीय बालक आमाको किरियामा 😢

काभ्रेको पनौती १ सिलिङ्गेका ५ वर्षीय बालक, बाढीपहिरोमा ज्यान गुमाएकी आमाको काजकिरिया गर्दै गरेको दृश्यले जोकोहीलाई भाव विह्वल बनाउँछ । काजकिरियाको समयमा बालकको मासुम अनुहारमा देखिएको दुखले वातावरण शोकाकुल बनाएको छ । समाजका मानिसहरू सहयोग र सान्त्वनाको हात फैलाउँदै बालकलाई धैर्य राख्न प्रेरित गरिरहेका छन्, तर आमाको अभाव पूर्ति नहुने सत्यले गहिरो पीडा छाएको छ ।

मन्डन देउपुर  नगरपालिकाको  हिगुवापाटी मा   हराएको पार्टि  अब  इतिहासमा  सिमित !  मन्डन देउपुर नगरपालिका
07/10/2024

मन्डन देउपुर नगरपालिकाको हिगुवापाटी मा हराएको पार्टि अब इतिहासमा सिमित ! मन्डन देउपुर नगरपालिका

२०८१ साल असोज १० गते  बिहिवार  सु सन्देश  साप्ताहिक
26/09/2024

२०८१ साल असोज १० गते बिहिवार सु सन्देश साप्ताहिक

२०८१ साल भाद्र २० गते  को सुसन्देस साप्ताहिक !
09/09/2024

२०८१ साल भाद्र २० गते को सुसन्देस साप्ताहिक !

29/08/2024
२०८१साल भाद्र १३  गते  बिहिवार
29/08/2024

२०८१साल भाद्र १३ गते बिहिवार

25/08/2024

वृद्धवृद्धा भइसकेका मान्छेलाई बढी दु:ख दिनुहुन्न भनेर भन्नुभएछ ।” भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयकको दफा १६ मा भनिएको छ— भ्रष्टाचारजन्य कसूरमा त्यस्तो कार्य भएको थाहा पाएको मितिले पाँच वर्षभित्र मुद्दा चलाउनुपर्नेछ । अर्थात् पाँच वर्षपछि भ्रष्टाचार मुद्दा दर्ता नै हुँदै: प्रधानमन्त्री ओलि

2080 साल कार्तिक 2 गते  सुसन्देस साप्ताहिक
19/10/2023

2080 साल कार्तिक 2 गते सुसन्देस साप्ताहिक

२०८० साल असोज ११गते सुसन्देस साप्ताहिक
29/09/2023

२०८० साल असोज ११गते सुसन्देस साप्ताहिक

अभियानले पार्टी र जनता बिचको सम्बन्ध सुमधुर हुने : अनन्तराज कुमार के.सी.ललितपुर, ०९, भदौ/नेकपा माओबादी केन्द्रका उपमहासच...
27/08/2023

अभियानले पार्टी र जनता बिचको सम्बन्ध सुमधुर हुने : अनन्त
राज कुमार के.सी.
ललितपुर, ०९, भदौ/नेकपा माओबादी केन्द्रका उपमहासचिब बर्षमान पुन 'अनन्त'ले माओबादीको तीन महिने अभियानले पार्टी र जनता बिचको सम्बन्ध सुमधुर हुने बताउनुभयो ।

शनिबार नेकपा माओवादी केन्द्रको 'जनतासँग माओवादी : विशेष रुपान्तरण अभियान' अन्तरगतको ललितपुर जिल्लाको बागमति गाउँपालिका स्तरीय विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएको पार्टी उपमहासचिब अनन्तले यो अभियान जनता र पार्टीबिचको सम्बन्ध जीवन्त बनाउन सहयोगी हुने बताउनुभयो ।

नेकपा माओबादी केन्द्र बागमति गाउँ कमिटि अध्यक्ष महेन्द्र घिमिरेको अध्यक्षतामा भएको विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रममा पार्टी स्थायी कमिटी सदस्य ओनसरी घर्ती, केन्द्रीय सदस्य प्रल्हाद लामिछाने, निशा न्यौपाने, ललितपुर जिल्ला समन्वय समिति संयोजक शिब कट्टेल, सदस्य राम आचार्य लगायत बागमति गाउँपालिकाका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

बिस्तारित बैठक र प्रशिक्षण कार्यक्रमले पार्टी केन्द्रिय सदस्य प्रल्हाद लामिछानेको संयोजकत्वमा १९ सदस्यीय पार्टीको बागमति गाउँकमिटि स्तरीय तीन महिने बिशेष अभियान संचालन टिम चयन गरेको गाउँ कमिटि अध्यक्ष महेन्द्र घिमिरेले बताउनुभयो ।

‘गुमेको जनविश्वास फिर्ता ल्याउन रुपान्तरण अभियान’बनेपा । नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य अञ्जना विसंखेले ज...
26/08/2023

‘गुमेको जनविश्वास फिर्ता ल्याउन रुपान्तरण अभियान’
बनेपा । नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य अञ्जना विसंखेले जनताबाट गुमेको विश्वासलाई फिर्ता ल्याउनका लागि ‘जनतासंग माओवादी ः विशेष रुपान्तरण अभियान’ सञ्चालन भएको बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र) बनेपा नगर कमिटीको शनिवार नालामा सम्पन्न भएको विस्तारित बैठकमा बोल्दै उहाँले अब माओवादी आक्रमक भएर अगाडी बढ्ने बताउनुभयो ।
नेकपा (माओवादी केन्द्र)ले विगतमा लिएको जनताको विश्वासलाई बीचमा गुमाएको बताउँदै अब त्यसको पुन प्राप्तीको लागि रुपान्तरण अभियानले भूमिका खेल्ने उहाँको भनाई छ । ‘माओवादी पछिल्लो समयमा रक्षात्मक भएर मात्रै उभियो जसकारणले जनताको विश्वास पनि गुमाउँदै गयौं’ उहाँले भन्नुभयो, ‘अब त्यसको पुनप्राप्तीको लागि पनि आक्रमक शैलीमा अगाडी बढ्नुको विकल्प छैन ।’ हिजोको दिनमा सम्झौताबाट शान्ति प्रक्रियामा आएको कारण पनि माओवादीले सोचेको जस्तो व्यवस्था स्थापना गर्न नपाएको भन्दै अब एक पटक फेरी साँचैको माओवादी भएर उठ्न आवश्यक रहेको उहाँले बताउनुभयो । अहिले सञ्चालन गरेको अभियानबाट अब माओवादी कसैसंग पनि सम्झौता नगरी निर्वाचन जित्ने गरी संगठन निर्माण र जनआधार तयार गर्दै अगाडी बढ्ने दावी गर्नुभयो ।
यसैबीच नेतृ विसंखेले माओवादी नेतृत्वको सरकारले विगतमा र अहिले रचनात्मक कार्य गर्दै मुलुकको समृद्धिको लागि लागिपरेको उल्लेख गर्दै त्यसको सही प्रचार गर्न नसकेको कारण ओझेलमा परेको बताउनुभयो । ‘यसअघि प्रचण्ड नेतृत्वको सरकारले लागु गरेको दलित र एकल महिलालाई भत्ता, स्वास्थ्य चौकीहरुमा निशुल्क औषधी र सुत्केरी महिलालाई भत्ता, दुर्गमका गर्भवती महिलालाई हेलिकप्टरबाट उद्धार लगायतका धेरै प्रत्यक्ष रुपमा जनतासंग जोड्न कामर्यक्रम लागु ग¥यौ, तर त्यसको सही ढंगले प्रचार गर्न सकेनौ ।’ उहाँले थप्नुभयो, ‘अहिले पनि मुलुकमा शुसाशन कार्य गर्नका लागि भ्रस्टाचारमुक्त अभियान सञ्चालन गरेर बेथितिको अन्त्य गर्ने अभियान सञ्चालन गरेर राम्रो कामको शुरुवात गरेको छ, त्यसको पनि सही ढंगले प्रचार गर्न नसक्नु माओवादीको कमजोरी भयो ।’ अब सञ्चालन हुन लागेको अभियानले संगठन र पार्टीलाई सक्रिय बनाएर सबैलाई अभियानमा जोड्दै जनताको आस्थाको केन्द्रको पार्टी बनाउने उहाँले बताउनुभयो ।
सो क्रममा उहाँले विगतमा पार्टीका नेताहरुले पनि संगठन बनाउनेको नाममा व्यवहार र चरित्रको बारेमा नबुझिकन टिपेर जिम्मेवारी दिने गरेको कारण सच्चा र इमान्दार नेता कार्यकर्ता पाखा लाग्ने गरेको र पार्टी जीवनमा नै आँच आउने खालको काम समेत हुने गरेको भन्दै अब पार्टीको विधान सम्मेलन गरेर सुधार गर्दै जानेमा पार्टी केन्द्रित भएको बताउनुभयो ।
नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य गोविन्द बहादुर बटालाले पार्टी संगठन चलायमान बनाउन र गुटउपगुटको अन्त्य गर्नका लागि रुपान्तरण अभियान सञ्चालन गरेको बताउनुभयो । ‘अभियानको क्रममा जनताको बीचमा जाने र निश्क्रिय रहेको नेता कार्यकर्ता र संगठनलाई सक्रिय बनाएर सुदृढिकरणको अभियान थाल्नेछौ. ।’ उहाँले भन्नुभयो, ‘त्यसको लागि पनि केन्द्रिय नेताहरु नै गाउँ गाउँमा जिम्मेवारी लिएर अभियानमा जुटेका छौं ।’ अभियानको क्रममा पार्टी संगठन सुधारका साथै विकास निर्माणको कामको समिक्षा गर्ने र आगामि दिनमा गर्नुपर्ने योजनाको समेत छलफल हुने बताउनुभयो ।
नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश कमिटी सचिवालय सदस्य मिना पाख्रिनले पार्टीको जिम्मेवारी लिने वेलामा तछाडमछाड गर्ने अनि रिपोर्टिङ गर्ने र जिम्मेवारी बहन गर्ने वेलामा निराशा र कुण्ठा मात्रै व्यक्त गर्ने कामलाई समेत रुपान्तरण गर्नका लागि अभियानले भूमिका खेल्ने बताउनुभयो । पार्टी संगठनको काम नगर्ने तर घरभित्र मात्रै बसेर जनयुद्धको कुरा गरेर पार्टी नबन्ने बताउँदै त्यसको लागि जनतामा जान र समृद्ध मुलुक निर्माणको लागि अभियन्ता बन्न आवश्यक रहेको उहाँले बताउनुभयो ।
नेकपा माओवादी पार्टीले नेतादेखि कार्यकर्तासम्म रुपान्तरण गर्दै पार्टीलाई जनताको प्यारो पार्टी र सक्रिय संगठन निर्माणको लागि ‘जनतासंग माओवादी ः विशेष रुपान्तरण अभियान’ सञ्चालन गरेको छ । जस अनुसार काभ्रेपलाञ्चोक जिल्लामा ६ गते जिल्ला पार्टीको पूर्ण बैठक राखेर अभियान सञ्चालनका लगि तयारीमा जुटेको छ । जुन बैठकको मर्म अनुरुप जिल्लाका सबै पालिकाहरुमा बैठक छलफल सञ्चालन गरिरहेको छ ।
जसअनुसार बनेपा, पनौती, भुम्लु, तेमाल लगायतका पालिकास्तरमा बैठक सम्पन्न गरेको छ भने अन्य पालिकाहरुमा तयारी भईरहेको नेकपा (माओवादी केन्द्र) काभ्रेपलाञ्चोकले जनाएको छ । पार्टीले अभियान सञ्चालन गर्ने भएपछि माओवादी नेता कार्यकर्तामा उत्साह थपिएको छ । माओवादी केन्द्रले आगामि १६ गते देशव्यापी रुपमा राष्ट्रिय अभियानको एकसाथ उद्घाटन गर्ने भएको छ ।

09/02/2023
काभ्रे — जिल्लाको बेथानचोक गाउँपालिका-४ मा बस दुर्घटना भएको छ । गाउँपालिकाको वडा नं ४ स्थित चलाल गणेशस्थानको सल्लाफेद भन...
13/12/2022

काभ्रे — जिल्लाको बेथानचोक गाउँपालिका-४ मा बस दुर्घटना भएको छ । गाउँपालिकाको वडा नं ४ स्थित चलाल गणेशस्थानको सल्लाफेद भन्ने स्थानमा मंगलबार साँझ ६ बजेतिर बा ३ ख ४३८५ बस दुर्घटना भएको हो । दुर्घटनामा १७ जनाको ज्यान गएको छ !
जिल्लाको बनेपा नगरपालिका वडा नं ११ बाट ब्रतबन्धका लागि गाउँपालिकाको वडा नं ५ स्थित च्याल्टी पुगेर फर्किँदै गरेको रिजर्भ बस दुर्घटना भएको गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले जानकारी दिए । दुर्घटनामा घाइते भएकाहररु मध्ये १७ लाई मृत घोषणा गरिएको छ ।
घाइतेहरुको शिर मेमोरियल अस्पताल र धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
बसमा सवार कति थिए भन्ने यकिन भएको छैन ।
घटनास्थलमा नेपाल प्रहरी र नेपाली सेनाको टोलीले डोजर समेत प्रयोग गरी उद्धार कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख चक्रराज जोशीले जानकारी दिए ।

दुखद खबर : काभ्रेको बेथानचोक-४ मा रिजर्भ बस Uncontrol भइ भित्तामा ठोकिएर दुर्घटना हुदा कम्तिमा १७ जनाको मृत्यु भएको छ ।
13/12/2022

दुखद खबर :
काभ्रेको बेथानचोक-४ मा रिजर्भ बस Uncontrol भइ भित्तामा ठोकिएर दुर्घटना हुदा कम्तिमा १७ जनाको मृत्यु भएको छ ।

13/12/2022

दुखद खबर :
काभ्रेको बेथानचोक-४ मा रिजर्भ बस Uncontrol भइ भित्तामा ठोकिएर दुर्घटना हुदा कम्तिमा १७ जनाको मृत्यु भएको छ ।

13/12/2022
13/12/2022

काभ्रे बेथान चोक गाउपालिका बस दुर्घटनापछि सिर मेमोरियल अस्पताल बाट थप उपचारको लागि लगिदै १७ जनाको मृत्यु बसमा कति यात्रु थिए एकिन छैन

07/11/2022

काभ्रे२०७९ कार्तिक २१आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि काभ्रे प्रतिनिधि सभा क्ष....

Address

Banepa

Telephone

+9779851106170

Website

Alerts

Be the first to know and let us send you an email when Su-Sandesh Weekly Newspaper posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Su-Sandesh Weekly Newspaper:

Videos

Share