![केदारस्यूँ गाउँपालिकाको आयोजना प्रगतिशील युवा समाजको सहकार्यमा आज केदारस्यूँ गाउँपालिका कार्यालयको प्राङ्गणमा हामी सबैक...](https://img4.medioq.com/377/699/1016969473776999.jpg)
04/12/2024
केदारस्यूँ गाउँपालिकाको आयोजना प्रगतिशील युवा समाजको सहकार्यमा आज केदारस्यूँ गाउँपालिका कार्यालयको प्राङ्गणमा हामी सबैकाे प्रतिबद्धताः "लैंगिक हिंसा अन्त्यका लागि सुनिश्चितता" भन्ने मुल नाराका साथ अन्तर्राष्ट्रिय लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको औपचारिक उद्घाटन गरेको हो उक्त कार्यक्रममा सरकारी तथा गैरसरकारी संस्थाहरू मिलेर १६ दिने अभियानका क्रममा महिला तथा बालबालिका माथि भएको विभेद र हिंसाबारे जनचेतना मुलक सन्देश बारे नारा प्रवाह गरि सरोकारवाला पक्षहरूसँग बृहत् भेला गरि गाउँ पालिकाले वडा स्थरिय देउडा प्रतियोगिता समेत सन्चालन गर्नुभएको थियोे । उक्त देउडा प्रतियोगितमा वडा न ३ का महिला दिदीबहिनी प्रथम , वडा न ७ का महिला दिदिबहिनी दितिय र वडा न ६ का दिदिबहिनी तृतीय हुन सफल भएका थिए । स्थान ल्याउन सफल भएका तथा सहभागी खेलाडी दिदिबहिनीहरु सबैलाई खादा मालाले सम्मान गर्नुका साथै नगद पुरस्कार समेत बितरण गर्नुभएको थियोे ।