17/11/2025
४ महिनाको बच्चा साथमा भएकि नेपाली महिलाले कोरियामा आत्महत्या गरेको दुखद खबर छ ।🥲
दक्षिण कोरियाको `छुङछङबुक्दो उम्सनगुन थेसो´मा शनिवार राति २४ बर्षिय नेपाली महिलाले आत्म`हत्या गरेकि हुन्।
। डडेल्धुरा स्थायी घर भएकी २४ बर्षिय त्यी महिलाले आफ्नै कोठामा आत्महत्या गरेको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
उनको ४ महिनाकी छोरी छिन् । किन र के कारणले उनले आत्महत्या गरिन भन्ने स्पष्ट नभएपनि उनलाई डिप्रेसन भएको हुनसक्ने संका गरिएको छ । यो घटनाले कोरियाको नेपाली समाजलाई स्तब्ध पारेको छ ।
उनका श्रीमान ६/७ बर्ष देखि कोरियामा काम गर्दै आएका छन् । श्रीमानले आश्रित भिषामा बर्ष दिन अघि उनलाई कोरिया बोलाएका थिए । कोरिया मै उनले पहिलो सन्तानको रुपमा छोरीलाई जन्म दिएकि थिईन् । धेरै सपना र रहर साँचेर कोरिया आएकी उनले किन यस्तो निर्णय लिईन् ? उनको दुखद घटनाले अन्जान शिशुको बिचल्ली भएको छ ।
घटना बारे बुझ्न पुगेका एनआरएनए कोरियाका अध्यक्ष बिपिन गुरुङले घटनाले मर्माहत सबैलाई बनाएको बताए । डिपेन्डेन्ट भिषामा कोरिया आउनेलाई काम गर्ने अनुमति नहुने,कोठामा मात्र बस्नुपर्ने, डिप्रेसनमा जाने पारिवारिक कलह आदि समस्या अहिले कोरियाका `डिपेन्डेन्ट´भिषा वाहले झेलिरहेका छन् । नेपालबाट जे सोचेर आईन्छ तर त्यस्तो अवस्था नहुदा बेचैनी र डिप्रेसन बढ्ने अध्यक्ष गुरुङको भनाई छ ।
शव नेपाल पठाउने र अन्य आवश्यक प्रकृया अघि बढाईएको पनि गुरुङले जानकारी दिनुभयो ।