03/12/2024
रवि केही हुने मान्छे पक्कै हुन् तर रविका साथीहरु केटाकेटी जस्ता भए
रवि लामिछाने छुट्नु पर्छ भन्दै आन्दोलन गर्नु
केटाकेटीपन भएन र?
उनिले अहिले मुद्दा मामिला खेपिरहेका छन्, हिरासतमा छन्, ठुला पार्टीहरुको प्रतिसोध पनि खेपेकै छन्, सरकारले जरैदेखिका आरोप लाइरहेको छ,
सम्मानित अदालतबाट के आदेश आउने हो त्यो देख्न बाकी छ।
सन्दर्भ र खास विषय यता छत,
जेलमा हुँदानी हौसाइदिने?
गतिला साथीहरु भएत यताको नागरिकता प्रतिलिपी लिएर मात्र राजनीति गर्नुपर्छ है भनेर सुझाव दिएको भए हुने,
उताको पासपोर्ट त्यागेर मात्र यताको बनाउनु पर्छ है भन्देको भए हुने,
जिबी राइले मिडियामा गर्ने यत्रो लगानी कसरी पाए कतै भोली यही कारण फसिन्छकी भन्देको भए हुने,
माओवादी एमाले कंग्रेस भन्दा फरक हुनेछौं भनि राजनीतिमा आएका छौँ, यही कारण जनताले जिताएका छन्, अब यिनै माओवादी एमालेको बुइ चढेर सरकारमा जानुहुन्न, सडक र सदन बाट जनताका मुद्दा उठाउनु पर्छ भन्देको भए हुने,
खास सुझाव र बाटो नदिने खाली रवि दाइ जिन्दावाद, रवि दाइ आगामी प्रधानमन्त्री हो भन्ने!
यो व्यवस्थामा रवि प्रधानमन्त्री
बन्नुनै ठुलो कुरा होर?
अलि परिपक्व बन्नुपर्यो