रामेछाप खाँडादेबी खवर

रामेछाप खाँडादेबी खवर हाम्रो पेजमा हजुरहरूलाई स्वागत छ।सत्ते तथ्य,सही जानकारी र समाचार प्रसारणको लागि हामीलाई सम्झनु होला

16/01/2025

ऊर्जामन्त्री खड्कामाथि मन्त्रालयमै हातपात !! जनता जाइलाग्दै छ है, जनता जागि सक्यो !

16/01/2025

आशिका तामाङको अभियानमा हिड्ने मुना निरौला त्रिपाठीलाई पनि प्रहरीले गौ़शाला बाट पक्राउ गरेको छ 😌

नेकपा एमालेका नेता गोकुल बास्कोटाले रास्वपाप्रति कटाक्ष गर्दै बाघ र निलो रंगे स्यालको फरक कहिले छुट्टेला भन्दै प्रश्न गर...
16/01/2025

नेकपा एमालेका नेता गोकुल बास्कोटाले रास्वपाप्रति कटाक्ष गर्दै बाघ र निलो रंगे स्यालको फरक कहिले छुट्टेला भन्दै प्रश्न गरेका छन्। उनले रास्वपाका नेता तथा कार्यकर्ताहरूप्रति कटाक्ष गर्दै आज बिहान सामाजिक सन्जालमा यस्तो प्रश्न गरेका हुन्। उनले लेखेका छन्, 'न्याय मरेको छैन भन्थे अदालत परिसरमै मुक्का बजारेपछि जिउँदो मात्र होइन माइक टाईसनभन्दा तीनगुणा बललशाली रहेको प्रमाणित भयो। उनले अगाडि लेखेका छन्, 'अझै तीन परिसर चाहार्न बाँकी छ जस्तो छ? कति कालाकोट धुजाधुजा हुने हुन्? टेलर्स, मिडीया, मेडिकल, म:म, मकै सबै चल्ने भए। बाघ र निलो रंगे स्यालको फरक कहिले छुट्टेला?'

゚ ゚ ゚ ゚

डोनाल्ड ट्रम्प जनवरी २० देखि अमेरिकी राष्ट्रपति बन्नेछन्, र यसले अवैध आप्रवासीहरूको भविष्यमा असुरक्षा ल्याएको छ। ट्रम्पक...
16/01/2025

डोनाल्ड ट्रम्प जनवरी २० देखि अमेरिकी राष्ट्रपति बन्नेछन्, र यसले अवैध आप्रवासीहरूको भविष्यमा असुरक्षा ल्याएको छ। ट्रम्पको कडा आप्रवासन नीति नेपाली आप्रवासीहरूका लागि चिन्ताको विषय बनेको छ। २०२४ को तथ्यांक अनुसार, अमेरिका में १ करोड ८ लाख अवैध आप्रवासी छन्, जसमा ७० हजार नेपाली छन्।

ट्रम्पको पुनरागमनसँगै भर्खर अमेरिका छिरेका, हिरासतमा रहेका, र कानुनी प्रक्रिया पूरा गर्दै वैध बन्ने प्रयासमा रहेका आप्रवासीहरूको निकासीको सम्भावना बढेको छ। एक नेपाली वकिलले भने, ट्रम्प प्रशासनले आप्रवासन नीतिमा कडा परिवर्तन गर्न सक्छ र यसले आप्रवासीहरूलाई थप समस्यामा पार्नेछ। अवैध मार्गबाट अमेरिका पुगेका नेपालीहरूठूलो ऋण र अवैध स्थितिमा रहेका छन्। काम र बसोबासको समस्या पनि छ, र हालको कठिन परिस्थितिमा धेरै नेपाली आप्रवासीहरू दुःख भोगिरहेका छन्।
Rajan Shrestha खाँडीको खवर Kedar Raj Upadhyay Binod Rana Magar रोशन बाहादुर क्षेत्री Manomaya Shrestha Suresh Shrestha Chitra Chhantyal राजेस श्रेष्ठ

अभियन्ता आशिका तामाङ पक्राउपछि उनका चस्मा सामाजिक सञ्जालमा भाइरल बनेको छ। पक्राउ अघि तामाङले फेसबुकमा पोस्ट गरेका भिडिओह...
16/01/2025

अभियन्ता आशिका तामाङ पक्राउपछि उनका चस्मा सामाजिक सञ्जालमा भाइरल बनेको छ। पक्राउ अघि तामाङले फेसबुकमा पोस्ट गरेका भिडिओहरू चस्माबाट खिचिएको आशंका गरिएको छ। डिसेम्बर २३ मा सार्वजनिक गरेको चस्माको फोटोमा दुई क्यामेरा स्पष्ट देखिन्छ। उनी जर्मनीबाट फर्केपछि यस्तै चस्माबाट खिचिएका भिडिओहरू पोस्ट गर्न थालेकी थिइन्। १७ डिसेम्बरमा सार्वजनिक पार्किङसम्बन्धी पहिलो भिडिओ पोस्ट गरेपछि अधिकांश भिडिओ चस्माबाट खिचिएका देखिन्छ।

゚ ゚ ゚ ゚

16/01/2025

बिजुलि चाेरलाई
कुलमान घिसिङकाे जबाफ
मलाई कार्बाहि हाेइन पुरस्कृत गर्नुपर्छ,कार्बाहि तपाईंलाई गर्नुपर्छ

बिग्रदै समाज : कञ्चनपुरमा सियाराम रानाको ह'त्या उनकी श्रीमती जनककुमारीले बीमा रकम ह'त्याउन भारतीय नागरिक फारुखको सहयोगमा...
16/01/2025

बिग्रदै समाज : कञ्चनपुरमा सियाराम रानाको ह'त्या उनकी श्रीमती जनककुमारीले बीमा रकम ह'त्याउन भारतीय नागरिक फारुखको सहयोगमा गराएको खुलेको छ। प्रहरीले जनककुमारी र भारतीय नागरिक फारुखलाई नियन्त्रणमा लिएको छ। अनुसन्धानमा जनककुमारीले ह'त्या आफूले नै गरेको स्वीकारेकी छन्

゚ ゚ ゚ ゚

रविका एकपछि अर्को दु:ख : रास्वपाका सभापति रवि लामिछानेलाई अब सुप्रिम सहकारी ठगी मुद्दामा रुपन्देही जिल्ला अदालतमा हाजिर ...
15/01/2025

रविका एकपछि अर्को दु:ख : रास्वपाका सभापति रवि लामिछानेलाई अब सुप्रिम सहकारी ठगी मुद्दामा रुपन्देही जिल्ला अदालतमा हाजिर हुनुपर्ने भएको छ। रुपन्देही जिल्ला सरकारी वकिल कार्यालयले बिहीबार अभियोगपत्र दायर गर्ने तयारी गरिरहेको छ। अभियोग पत्र दर्ता भएपछि रवि लामिछानेलाई अदालतमा उपस्थित हुन आदेश दिइएको छ। काठमाडौँ जिल्ला अदालतले पनि उनलाई रुपन्देही अदालतमा आफैँ उपस्थित हुने मौका दिएको छ।

15/01/2025

आज राति १२ बजेबाट लागू हुनेगरी डिजेल र मट्टितेलको मूल्य लिटरमा ३ रुपैयाँ र पेट्रोलको मूल्य लिटरमा २ रुपैयाँले वृद्धि गरिएको छ 😮⛽️👋🏻🇳🇵

15/01/2025

अब खोला मात्र हैन टुडिखेल, खुल्लामन्च पनि आफ्नो कार्यकर्तालाई दिने अध्यादेश पास भएछ ।
बधाई छ सरकारमा रहेका कार्यकर्ताहरुलाई!
मेयर;Balen

15/01/2025

: काठमाडौं जिल्ला अदालतले रवि लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ।

प्रमुख प्रतिपक्षी दलको बैठक:  बैठकमा रवि लामिछानेमाथि राज्यले गरेको व्यवहारबारे छलफल भएको थियो। बैठकमा माओवादी केन्द्रका...
15/01/2025

प्रमुख प्रतिपक्षी दलको बैठक: बैठकमा रवि लामिछानेमाथि राज्यले गरेको व्यवहारबारे छलफल भएको थियो। बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले रविमाथि राजनीतिक प्रतिशोधको आधारमा अमानवीय व्यवहार भएको धारणा राखे।

प्रचण्डले जसरी पनि रविलाई फसाउन पर्छ भन्ने उद्देश्यले राज्य लागेको आरोप लगाउँदै सहकारी ठगीमा संलग्न व्यक्तिहरूलाई बचाउन खोजिएको बताएका थिए। माधव नेपालले पनि सहकारी ठगीमा संलग्नलाई जोगाएर रविमाथि अन्यायपूर्ण व्यवहार गरिएको बताए।

बैठकमा नेताहरूले रविमाथिको राजनीतिक प्रतिशोधको विरोध गर्दै निष्पक्षताको माग गरेका छन्। ゚
゚ ゚ ゚ ゚

सामाजिक अभियन्ताका रुपमा चिनिइरहेकी जर्मनी नागरिक आशिका तामाङलाई अभद्र व्यवहारको आरोपमा प्रहरीले पक्राउ गरेको छ। पशुपतिन...
15/01/2025

सामाजिक अभियन्ताका रुपमा चिनिइरहेकी जर्मनी नागरिक आशिका तामाङलाई अभद्र व्यवहारको आरोपमा प्रहरीले पक्राउ गरेको छ। पशुपतिनाथ मन्दिर परिसरमा तैनाथ प्रहरीसँग दुर्व्यवहार गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो। जर्मनी नागरिक आशिकालाई अब अनुसन्धानका लागि गौशाला वृत्तमा राखिएको छ। प्रशासनले पक्राउ पुर्जी जारी गरेपछि जर्मनी नागरिक आशिका र उनका सहयोगीले प्रहरीलाई दबाब दिएका थिए। जर्मनी नागरिक आशिका हाल सामाजिक सञ्जालमा भाइरल भइरहेकी थिइन्।

゚ ゚ ゚ ゚
खाँडीको खवर Rajan Shrestha Kedar Raj Upadhyay Binod Rana Magar रोशन बाहादुर क्षेत्री राजेस श्रेष्ठ Suresh Shrestha Manomaya Shrestha Ujyalo 90 Network

15/01/2025

दक्षिण कोरियाका राष्ट्रपति युन सुक योल पक्राउ।
भ्रष्टाचार अनुसन्धान कार्यालय र प्रहरीले संयुक्त रुपमा मार्शल ल (सैनिक कानुन) प्रकरणमा उनीमाथि अनुसन्धान गरिरहेका छन्।
- OnlineKhabar

15/01/2025

प्रहरीले काठमाडौं काँडाघारीबाट चार क्विन्टल भन्दा बढी रक्तचन्दन बरामद गरेको छ।

मुटु फुटाउने न्युज: १७ वर्षीय सरिता दिदिसंग बसेर पढ्ने भनेर धादिङबाट काठमाडौं आएकी हुन्छिन् अनि केहि समयपछि दिदिको बिहे ...
15/01/2025

मुटु फुटाउने न्युज: १७ वर्षीय सरिता दिदिसंग बसेर पढ्ने भनेर धादिङबाट काठमाडौं आएकी हुन्छिन् अनि केहि समयपछि दिदिको बिहे हुन्छ र बहिनी एक्कै हुने भएपछि संगै बस्ने र भिसा लाग्यो भने बिदेश जाने भनेर उनका दाइ काठमाडौं आउछन। दाई पनि केही महिनाको अन्तरालमा भिसा आएपछि बिदेश जान्छन् र जाने बेला बहिनी एक्लै हुने भएपछि साथी अनि गाउले नाता पर्ने बिश्वास नाम गरेका एक जना साथीलाई मेरो बहिनी, तेरो पनि बहिनी जस्तै हो, मिलेसम्म हेरचाह गर्दे है भनेर नेपाल छोड्छन, दाइ बिदेश गएको पाँच दिनपछि दाइ हुदा बेलाबेला आइरहने ती व्यक्ति बहिनिको कोठामा आउछन राती त्यही बस्न खोज्छन् र ती बहिनीलाई जब!र्जस्ति बला*त्कार गर्छन् कसैलाई नभन है भन्दा बहिनिले नमाने पछी घा!टि थि!चेर तिनी बहिनिको ह!त्या हुन्छ ! ती बहिनी यही वर्ष SEE दिने तयारीमा थिइन् । ती युवकलाई कारबाही अगाडी बढाइएको छ। 💔😭 ゚
゚ ゚ ゚ ゚

भ्रष्टाचार मुद्दामा पूर्व गृहमन्त्रीलाई १४ वर्षको जेल सजाय.. #कुवेत मन्त्री अदालतले रक्षा मन्त्रालयको मुद्दामा पूर्व गृह...
15/01/2025

भ्रष्टाचार मुद्दामा पूर्व गृहमन्त्रीलाई १४ वर्षको जेल सजाय..

#कुवेत मन्त्री अदालतले रक्षा मन्त्रालयको मुद्दामा पूर्व गृहमन्त्री शेख तलाल अल-खालेदलाई ७ वर्षको जेल सजाय सुनाएको छ र उनलाई पदबाट बर्खास्त गरेको छ। मुद्दामा संलग्न एक आप्रवासीलाई पनि चार वर्षको जेल सजाय सुनाइएको छ। छुट्टै फैसलामा, शेख तलाल अल-खालेदलाई आन्तरिक मन्त्रालयको मुद्दासँग सम्बन्धित आरोपमा थप सात वर्षको जेल सजाय र लगभग २० मिलियन कुवेती दिनार जरिवाना गरिएको छ।हाम्रो नेपालमा यस्तै नियम नभए सम्म भष्टाचार कहिले मुक्त हुने छैन।

゚ ゚ ゚ ゚

15/01/2025

BREAKING :रवि लामिछानेका तर्फबाट आज भने वरिष्ठ अधिवक्ता तथा पूर्वन्यायाधिवक्ताद्वय सुशिल पन्त, रमन श्रेष्ठ तथा वरिष्ठ अधिवक्ता नारायण घिमिरे, अधिवक्ता डा नारायणदत्त कँडेल, राजेन्द्र सेढाँई लगायतले बहस गर्ने छन्

Address

109
Kuwait City

Alerts

Be the first to know and let us send you an email when रामेछाप खाँडादेबी खवर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to रामेछाप खाँडादेबी खवर:

Videos

Share