Prince Maharjan

Prince Maharjan in this page u will get all kinds of information videos and latest news update. please like and follow my official page prince maharjan thankx for visit

07/01/2025

आज बिहान नेपालमा महसुस भएको भूकम्पको केन्द्रविन्दु नेपाल-चीन सीमाना तिप्बतको दिंगे कान्टीमा रहेको पुष्टि भएको छ ।

खानी तथा भूगर्भ विभागका अनुसार उक्त क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प गएको हो । बिहान ६ बजेर ५० मिनेटमा भूकम्प गएको विभागले जनाएको छ । त्यसले नेपालका प्राय: ठाउँमा धक्का दिएको छ । तिब्बत क्षेत्रका साथै नेपालको पूर्वदेखि मध्य क्षेत्रमा ठूलो धक्का दिएको हो ।

07/01/2025

Around 7 Magnitude Earthquake at Tibet near Nepal-China border!!

03/01/2025
03/01/2025

खलासीलाई भाडा दिनकाे लागि हात खल्तीमा लान मात्र आँटेकाे थिएँ, सँगै बसेकाे अपरिचितले भन्याे - "हैन हजुर ! हजुरकाे भाडा म दिइहाल्छु नि !"
मैेले भनेँ - हैन, मेराे भाडा म आफै दिन्छु नि, तपाईंले किन दिनुपर्याे हजुर ?
तर, अपरिचितले मलाई पैसा झिक्नै दिएन, मेराे भाडा पनि तिर्याे । अर्काे स्टेशनमा त्याे अपरिचित झर्याे । त्यसपछि मैले खै के झिक्न पाइन्टकाे गाेजीमा हात लगेकाे त दिमाग चकराए झैँ भयाे । पकेटमारा रहेछ, पाइन्टकाे पछाडिकाे खल्तीमा भएकाे पैसा सबै लिएर झरेकाे रहेछ ।
केही दिन पछि मैले त्याे चाेरलाई बजारमा भेटेँ । चाेर मलाई अँगालाे हालेर रुँदै भन्याे - हजुर ! मलाई माफ गर्नुस् ! हजुरकाे पैसा चाेरेकाे बेलुका नै मेरी श्रीमती र छाेरी एकाएक मरे । सायद मेैले चाेरी गरेकाे पापले हाे कि ? माफ गर्नुस् हजुर ! याे अभागीलाई माफ गर्नुहाेस् ।
उसकाे कुरा सुनेर म पग्लिएँ । हृदय ठूलाे बनाएर माफी दिएँ । चाेर गयाे तर अँगालाे हालेर रुँदै माफी माग्ने बेला मेराे कमिजकाे खल्तीबाट फेरी पनि सबै पैसा चाेरेर लगेछ ।
केही दिनपछि म कामविशेषले माेटरसाइकलमा कतै जाँदै थिएँ, बाटाेमा त्यही चाेरले मलाई राेक्याे । चाेरले फेरी पनि रूँदै माफी माग्याे अनि चाेरेकाे सबै पैसा फिर्ता पनि गरिदियाे । त्यसपछि त्याे चाेरले मलाई नजिकैको हाेटलमा लग्याे, मलाई चिया नास्ताकाे व्यवस्था गरिदियाे अनि विदा माग्याे र निस्कियाे । खाइसकेपछि जब म बाहिर निस्केँ, न त गाेजीमा चाबी थियाे न त राेकेकाे ठाउँमा माेटरसाइकल । चाेरले यसपटक त मेराे माेटरसाइकल नै उछिट्याएछ।
ठ्याक्कै यही चाेरकाे हालत नेपालका राजनीतिक पार्टीमा देखिएकोछ । साेझा साझा जनताले यिनीहरूलाई हरेक पटक विश्वास गरे तर यिनीहरू हरेक पटक नयाँ नयाँ तरिकाले जनतालाई नै लुटिरहेका छन् ! 😁😁😁 धन्यवाद

सडकमा धुलो माटो हिलोसंग खेल्दै गरेको बालक अलग र मिठो तरिकाले  "के छ हजुर ?" भनेपछि एक्कासी भाईरल हुन्छन, देश विदेशमा चिन...
03/01/2025

सडकमा धुलो माटो हिलोसंग खेल्दै गरेको बालक अलग र मिठो तरिकाले "के छ हजुर ?" भनेपछि एक्कासी भाईरल हुन्छन, देश विदेशमा चिनिन्छन । संचारकर्मी तथा युटुबर Mohan Basnet को फेसबुक र TikTok अनि Nepal Update भन्ने youtube Channel, मा आएको भिडियोहरूबाट धेरै दर्शक श्रोताले मन पराएर , माया पाएर अत्याधिक चर्चित भएपछि अन्य धेरै मिडियाकर्मीले अन्तरवार्ता लिने र चर्चा कमाउने पैसा बनाउने काम बढ्न थाल्यो । त्यत्तिकैमा कृष्ण कंडेलको चर्चित कार्यक्रम ईन्द्रेणीमा पुगपछि उनलाई धेरै अवसर आउन लागे, कक्षा १२ सम्म निशुल्क होस्टेल सहित पढाउने जिम्मा काठमाण्डौको स्कुलले लियो, जिन्दगी राम्रोसंग चलेको थियो। नसोचेको अवसरहरू आईरहेका थिए । राजेश हमाल जस्तो दिग्गज कलाकारसंग भिडियो खेले, अन्य धेरै म्युजिक भिडियोमा खेले ।
जिन्दगी सोचे भन्दा धेरै गुणा राम्रो र चर्चित भएर चल्दै थियो । उता बाउ तेजेन्द्र परियारलाई पनि टेलरिंग पसल खोल्दिएर एउटा व्यवसायमा सेट गर्दिए । पैसा सबै भिडियो हेरेर सचिनको अवस्था र निर्दोष बोली व्यवहार देखेर दया माया लाग्ने नेपालीहरूको थियो । मिडियाहरूले मध्यस्तकर्ताको भुमिका खेले, सचिनका बाउ छोरालाई अवसर दिए अनि अलिअलि Views र पैसा कमाए, त्यो उनीहरूको धर्म पनि हो र कर्म पनि हो ।
अवोध र निर्दोष बालकलाई प्रयोग गरे तर अवसर पनि टन्नै दिए, सहयोग पनि देश विदेशबाट धेरै नेपालीले गर्नुभयो, पैसा पनि टन्नै थियो र धेरै चिजको मौका दिंदा दिंदै पनि उसको बुवा तेजेन्द्र परियारले बच्चाको भविष्य सुनिश्चित हुने भन्दा पनि क्षणिक भाईरल हुने र पैसा कमाउने धन्धामा लाग्न बारम्बार छोराको प्रयोग गर्न थाले । स्कुल छुटाउने , बिरामी हुँदा उपचार नगर्ने गर्नाले सचिन बारम्बार सडकतिर भेटिने र पैसा माग्दै हिंडेको भिडियोहरू आउन थाले । कहिले आमासंग मिलाउने छुटाउने जस्ता अनेक पारिवारिक झमेलामा अल्झाए । पैसाको माम्लामा पत्रकार भोजराज थापा लगायत अन्य मिडियाकर्मीसंगै विवाद भयो बुवा तेजेन्द्र परियारको। विवाद चुलिएपछि सचिनको नाममा रहेको पैसाको हिसाब तेजेन्द्रलाई बुझाएर भोजराज थापाले पनि अब उप्रान्त सचिनको बारेमा अन्य केहि नगर्ने जस्तो गरि सामाजिक संजालमा लेखे । सहयोग उठाउने, उपचार गराउने, परिवारमा मेलमिलाप गराउने काममा संचारकर्मी भोजराज थापा र साथीहरूको ठूलो योगदान छ । भन्नेले Views र News को लागि प्रयोग गरे भनेपनि सचिनलाई कलाकार बनाउने देखि संसारभरका नेपालीमाझ चिनाउने सहयोग उठाउने, उपचार गर्ने, र भविष्य राम्रो बनाईदिन कोसिस गर्ने काम त्यहिं युटुबे, संचारकर्मी र पत्रकारले नै गरेका हुन ।
पारिवारिक किचलो, आफ्नै बुवाको रुखो बोली र व्यवहार आदि ईत्यादिले गर्दा बिस्तारै सचिनलाई माया गर्नेहरू पनि कम हुँदै गए । बारम्बार उसको बुवाको व्यवहार, ठूला कुरा गर्ने र झुट बोल्ने बानीले गर्दा हिजो "बिरामी भए सचिन सहयोग गर्नुहोस" भन्दा कसैले पनि वास्ता नगरेजस्तो भयो ।
मैले व्यक्तिगत रुपमा हेर्दा सचिनलाई युटुबे पत्रकार तथा संचारकरामीले Use गरेर पैसा कमाउंदै गर्दा उसको भविष्य पनि बनाईदिन लागिपरेका थिए । एकचोटी होईन बारम्बार ठाउँमा पुर्याएको मान्छेलाई आफ्नै बाउले सडकमा ल्याएर माग्ने बनाईदिन्छन त, त्यसमा पत्रकार र मिडियाको के दोष ? आएका र पाएका अवसरहरू आफ्नै बाउले गर्दा गुमाउनु परेको हो बिचराले । नत्र यत्तिको सेवा, सुविधा र अवसर सामान्य परिवारको कुनै बच्चाले पाउंदैन जुन स्थानमा पुर्याएर पत्रकार युटुबे तथा संचारकर्मीले सचिन परियारलाई दिलाईदिएका थिए ।
तिम्रो मृत्यु हुनेमा ककसको कति दोष छ सत्यो थाहा छैन, तिम्रो केहि पवि दोष छैन । कलिलो उमेरमा अनेक कष्ट भोग्दै गर्दा रोग लागेर दुखद निधन भयो निर्दोष बाबु तिम्रो स्वर्गमा वास होस 🙏

28/12/2024

आखिर को हुन त कुमा सागर (कथा कुमा सागरको)

The Rise Of Kuma Sagar
27/12/2024

The Rise Of Kuma Sagar

The REAL Story Behind Kuma Sagar's Rise to Fame Kuma sagar biography lifestyleKuma Sagar, born Siddhi Sagar Prajapati, is a burgeoning talent in the Nepali m...

केही दिनअघिदेखि TikTok र Reels मा पाटनमा रहेको भैरवको मूर्ति निकै चर्चित हुँदै गएको छ।कस-कसले हेर्न जानुभयो त?
15/12/2024

केही दिनअघिदेखि TikTok र Reels मा पाटनमा रहेको भैरवको मूर्ति निकै चर्चित हुँदै गएको छ।

कस-कसले हेर्न जानुभयो त?

15/12/2024

आज योमरी पुन्हीको रात।काठमाडौंका नेवार चोकहरूजस्तै भीमसेनस्थान, असन, मरु, इन्द्रचोकतिर योमरी र विभिन्न नेवारी स्टलहरू लागेका छन्। तीमध्ये कतिपय ठाउँमा एउटा योमरी किन्नका लागि ३० मिनेटसम्म लाइनमा कुर्नुपर्ने अवस्था देखिएको छ।यसले मानिसहरू नेवारी संस्कृतिप्रति आकर्षित हुँदै गएको स्पष्ट देखिन्छ।

आगामी १४ गतेको छलफलमा सबै पक्षले सहमती जनाएकाे खण्ड मा काठमाण्डौ न्युरोडको वार्ड २४ स्थितका घरहरुमा एउटै रङ्ग लगाएर सुन्...
27/11/2024

आगामी १४ गतेको छलफलमा सबै पक्षले सहमती जनाएकाे खण्ड मा काठमाण्डौ न्युरोडको वार्ड २४ स्थितका घरहरुमा एउटै रङ्ग लगाएर सुन्दर बनाइने भएको छ ।❤️ आसा गरौं सहमति हुनेछ 🔥

27/11/2024

आहा यस्तो देखियो TU Cricket ground for the Nepal premier league (NPL)

24/11/2024

#बिहेको_भोज

भर्खरै एउटा भोज मा गाको थिए!
हतार हतार लाइन को दाहिने तिर बसे म!
एउटि केटि ले पुलाउ बाढ्न थाली तर देब्रे तिर बाट!
म सम्म आइपुग्दा पुलाउ नै सक्किरा 😠
त्यस्पछी अर्कि केटिले मासु बाढ्न थाली!
उस्ले दाहिने तिर बाट हाल्दै आइ तर क्यार्नु
मैले अघि सिट चेन्ज गरेर देब्रे तिर गएर बसिसक्या थिए! 😕
मासु म सम्म आइपुग्दा सक्की सक्या थियो!
लाजैमर्दो भो भनेर निस्किन लागेको थिए,
दुइओटी केटि Cold drinks लिएर आको देखे!
अब केहि खान नपाएनि चिसो मात्रै पिएर भएनी जानू पर्यो भनेर गएर योपाली बिचमा गएर बसे!
एउटि ले दाहिने तिर बाट र अर्कि ले देब्रे साइड बाट बाढ्दै थिए,
बिच मा आइपुग्दा त सक्किरा :🙄🙄
अत्ति दिमाग खराब भएर अब चै जानुपर्यो भनेर
जुरुक्क उठेर निस्किनै लाग्दा
एउटि केटि ले मलाइ कोट्याउदै भनी
"Sir! लिनुस न!"
खुसी हुँदै फर्केर हेरेको त....
दात कोट्याउने toothpick पो रहेछ! 😈😏

21/11/2024

भर्खरै काठमाडौंमा भुकम्पको धक्का कती जनाले महसुस गर्नु भयो?

21/11/2024

यस्तो देखियो बालेन र कुलमानको ACTION पछीको न्यु रोड

“जीवनमा असफलता भनेको अन्त्य होइन, नयाँ सुरुवात हो।”📷Bishnumati bridge
20/11/2024

“जीवनमा असफलता भनेको अन्त्य होइन, नयाँ सुरुवात हो।”
📷Bishnumati bridge

18/11/2024

पानीमा डुब्नासाथ कोही कसैको ज्यान जाँदैन तर, पानीमा तैरन सकेन भने ज्यान जान्छ ।

17/11/2024

जीवनको मुल्य के हो?

16/11/2024

When the bird is alive, it eats the ants.
When the bird dies, the ants eat the bird.
Time and circumstances can change at any time in today's era. Never devalue or hurt anyone in life.
You may be strong today but remember that time is stronger than you!
One tree makes a million matchsticks, and one matchstick can burn a million trees, so do not let any negativity affect the millions of positive things in your life..

Address

Farwaniya, Block 3
Al Farwaniyah
80000

Website

Alerts

Be the first to know and let us send you an email when Prince Maharjan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Prince Maharjan:

Videos

Share