30/09/2024
बुटवलका ३७ वर्षिय प्रकाश कुवर र उनकी श्रीमती ३४ बर्षिय अन्नु मल्ल, यो जोडिको बिबाह भएको डेढ महिना मात्रै भयो ! दुई महिना अघि मात्रै प्रकाश कोरियाबाट फर्किएर अनुसंग बिहे गरेका हुन। बिबाह पछी पुर्ख्यौली घर घुम्न आफन्त भेट्न गुल्मी गएका थिए ! २० दिन पछी प्रकाशको कोरियाको टिकट रहेको हुँदा उहाँहरु शुक्रबार काठमाडौंका लागि हिडेका थिए ! तर ऊनीहरु काठमाडौं पुग्न नपाउदै झ्याप्ले खोलाको पहिरोले ऊनीहरु संगै उनिहरुका सबै सपना कहिले पूरा नहुने गरि बगाएर लग्यो ! प्रकाशसंगै प्रकाश कि बहिनी पनि यो संसारबाट बिदाई भईन !😢💔