EPS TOPIK Model Question & Info

EPS TOPIK Model Question & Info This is an unofficial page of EPS TOPIK. But we provied you all news and question related to eps.

We provide all every model questions and informations related to EPS TOPIK.

30/01/2025

दक्षिण कोरियाको नयां बर्ष सलनालको अवसर पारि सुरेश लामाको दमदार प्रस्तुति ‼️🇰🇷

25/01/2025

मियर हर्क साम्पाङ्गको श्रम संस्कृति पार्कमा 충북대학교 University बाट कोरियन विद्यार्थीहरू कोरिया बाट भ्रमणका लागी आहा। 🥰 हर्क साम्पाङलाई मुल्यांकन गर्ने क्षमता भनेकै अन्तर्राष्ट्रिय जगत हाे। हाम्रो मुलुकत पाखण्डिमय ढाेगि बादले गांजि सकेको छ। 🇰🇷

20/01/2025

ईपीएस श्रमिक लगातार 10 बर्ष बस्न पाउने नियम ‼️🇰🇷

दक्षिण कोरिया सरकारले E-9 भिषा विदेशीहरूको लागि 4 बर्ष 10 महिना भिषा अवधि सकिएपछि स्वदेश फिर्ता भई रि-इन्ट्री खारेज गर्न पकृया सुरू गरेको छ । इमान्दारीपूर्वक दक्ष विदेशी कामदारले आफ्नो देश छाडेर 10 वर्षसम्म लागातार काम गर्न सक्ने नियम लागू गर्न तयारिमा छन ।

दक्षिण कोरियामा कार्यरत सुमन ग्याङ्मि मगरले कोरियामा आफ्नो कामको बाबजुद पनि छुट्टीको समयमा कोरियाका बिभिन ठाउंहरूमा पुगे...
16/01/2025

दक्षिण कोरियामा कार्यरत सुमन ग्याङ्मि मगरले कोरियामा आफ्नो कामको बाबजुद पनि छुट्टीको समयमा कोरियाका बिभिन ठाउंहरूमा पुगेर फोटो खिच्ने गर्नुहुन्छ ! उत्कृष्ट फोटो ग्राफी धेरैका लागी प्रेरणा बन्न सक्छ । उहाँको यो कलालाइ धेरै धेरै सम्मान व्यक्त गर्दछौ। 🇰🇷❣️


हार्दिक श्रद्धाञ्जली 😥🇰🇷💐पांचथर जिल्ला हिलिहाङ ५ मुक्त्तुरा निवासी २६ वर्षीया अप्सरा मादेन लिम्बुको रोजगारीको सिलसिलामा ...
16/01/2025

हार्दिक श्रद्धाञ्जली 😥🇰🇷💐

पांचथर जिल्ला हिलिहाङ ५ मुक्त्तुरा निवासी २६ वर्षीया अप्सरा मादेन लिम्बुको रोजगारीको सिलसिलामा दक्षिण कोरियामै दुःखद निधन दिएको छ। LUPUS नामक जटिल रोगले शरीरका हरेक अंग र मिर्गौलालाई समेत आक्रमण गरेपछि उहाँको उपचार 익산 Wonkwang University Hospital मा डायलासिस विधिबाट भइरहेको थियो। उपचारकै क्रममा उहाँको अकस्मिक निधन भएको हो । उहांलाई बचाउन केहि समय अगाडि देखि कोरिया स्थिति विभिन्न व्यक्ति र संघ संथाले आर्थिक अभियान पनि चलाइरहेका थियो । तर सबै प्रयास असफल भए ।

उहां रोजगारीको सिलसिलामम दक्षिण कोरिया आएको तिन बर्ष मात्र भएको थियो । उहाँप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछौं। भगवानले उहाँको आत्मालाई चिरशान्ति प्रदान गरून।

गोर्खेहरूको देश प्रतिको माया। 🇰🇷🇳🇵❣️
09/01/2025

गोर्खेहरूको देश प्रतिको माया। 🇰🇷🇳🇵❣️

कोरियामा रहेको गोर्खे गोर्खिनीहरूको लागी खुसिको खबर ‼️🇰🇷कोरियाली सरकारले जनवरी 27 मा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।...
08/01/2025

कोरियामा रहेको गोर्खे गोर्खिनीहरूको लागी खुसिको खबर ‼️🇰🇷

कोरियाली सरकारले जनवरी 27 मा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। यो संगै कोरियाली नयाँ बर्ष सलनालमा लगातार 6 दिन बिदा हुने भएको छ। कता जाने सोच बनाउनुभएको छत ? 😀

तेसै बन्छ देश : दक्षिण कोरियाका यातायातमन्त्रीले राजीनामा दिने घोषणा गरेका छन ! १७९ जनाको ज्यान जानेगरी जेजु एयरको विमान...
07/01/2025

तेसै बन्छ देश : दक्षिण कोरियाका यातायातमन्त्रीले राजीनामा दिने घोषणा गरेका छन ! १७९ जनाको ज्यान जानेगरी जेजु एयरको विमान दुर्घटनाको जिम्मेवारी लिदै उनले राजीनामा गर्ने बताएका हुन। 😮🇰🇷

भिसा लागेर पनि कोरिया उडन नपाएको भन्दै युवाहरूले गरे इपिएस कार्यालय घेराउ ‼️🇰🇷
06/01/2025

भिसा लागेर पनि कोरिया उडन नपाएको भन्दै युवाहरूले गरे इपिएस कार्यालय घेराउ ‼️🇰🇷

युवाहरूले दक्षिण कोरिया जान नपाएको भन्दै ललितपुर ग्वार्कोस्थित रोजगार अनुमति प्रणाली (इपिएस) कार्यालय घेराउ गर.....

06/01/2025

ईपीएस कोरिया शाखा ग्वार्कोमा प्रदर्शन ‼️🇰🇷

दक्षिण कोरियामा रोजगारको लागि शिव बिल्डिङमा परीक्षा दिएर उत्तीर्ण हुनुभएका साथीहरुले आज इपीएस ग्वार्को अफिस अगाडि प्रदर्शन गरेका छन। इपिएसले धेरै पासर साथिहरुको भविष्य अन्धकार बनाएकोले आक्रोश ब्यक्त गरेका छन् र इपिएस नेपाललाई पनि खबरदार गरेका छन। त्यस्तै आज फ्लाइट सेदुल र इपिएस पक्रिया चाडो गर्नु पर्यो भनेर कोरियन भाषाको प्रशिसकहरुले पनि इपिएस अफिसमा ज्ञापन पत्र बुझाएका छन।

MAY THIER SOULS REST IN PEACE 💔😢🇰🇷
01/01/2025

MAY THIER SOULS REST IN PEACE 💔😢🇰🇷

कोरियामा भएको प्लेन दुर्घटना पछि संबंधित यएरलासन्स कम्पनिको मालिकहरुले माफी माग्दै भने प्लेन दुर्घटना भएको सम्पूर्ण जिम्...
30/12/2024

कोरियामा भएको प्लेन दुर्घटना पछि संबंधित यएरलासन्स कम्पनिको मालिकहरुले माफी माग्दै भने प्लेन दुर्घटना भएको सम्पूर्ण जिम्मेवारी लिन चाहान्छौ र सबैसँग माफी माग्न चाहान्छौं भन्दै सिर झुकाएर माफी मागे ।

तर नेपालमा यस्तो दुर्घटना हुदा सम्बन्धित कम्पनिको मालिकहरु पाईलटको गल्ती खोज्दै बिज्ञप्ति निकाल्न थाल्छ । कोरिया र नेपालको फरक 😥 🇰🇷

💔😭😢🇰🇷
30/12/2024

💔😭😢🇰🇷

29/12/2024

दक्षिण कोरिया विमान दुर्घटना अपडेट : मृतकको संख्या ४७ पुग्यो। 😭 🇰🇷

29/12/2024

दक्षिण कोरियाको छल्लानाम्दो प्रान्तको मुआन अन्तराष्ट्रिय विमानस्थलमा विमान दुर्घटना भएको छ। बिहान ९ बजेर ७ मिनेटमा बैककबाट आएको जेजु एअरको विमान विमानस्थलको धावनमार्गबाट चिप्लिएर भित्तामा ठोकिएपछी आगलागी शुरु भएको थियो। विमानमा १७५ यात्रु सहित चालक दलका ६ सदस्य सवार रहेका थिए। 28 जनाको भने मृत्यु भैसकेको छ। घटना बारे थप विवरण आउन बाँकी रहेको छ।

21/12/2024

नतिजा प्रकाशित बारे जानकारी ‼️🇰🇷

उत्पादनमूलक क्षेत्र तर्फ तेस्रो चरणको कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ। जस्मा कटलाईन 97.5 अर्थात 39 भएको छ। भने जम्मा 3126 जना उतिर्ण भएका छन। 🙏

20/12/2024

2025 ईपीएस अन्तर्गत कोटा निर्धारण ‼️🙏🇰🇷

ईपीएस अन्तर्गत कोरिया ल्याउने प्रवासि श्रमिक 16 वटै देशको कोटा निर्धारण भएको छ। आज 20 तारिख बसेको प्रवासि मजदुर निति निधारण संख्या समितिको बैठकले 2025 मा ईपीएस अन्तर्गत कोरिया ल्याउने प्रवासि मजदुरको सख्या १ लाख ३० हजार निर्धारण गरेको छ। यो तोकिएको १ लाख ३० हजार प्रवासि मजदुरको संख्या मध्ये नयाँ नियमितको लागि 122270 जना तोकिएको छ। भने बाकि 7730 जना प्रतिबद्द कमिटेड कामदार लाई तोकिएको छ। माथिको निर्धारण कोटा छेत्र अनुसार पनि तोकिएको छ।
जस अन्तर्गत :

उत्पादनमुलक छेत्रमा : 72000
कृषि छेत्रमा : 10000
सीप बिल्डिङ्ग : 2500
निर्माण छेत्रमा : 2000
सेवा छेत्रमा : 3000
मत्स्यपालन छेत्रमा : 8500
अन्य आवश्यक अनुसार : 32000

एक कोरियाली महिला सैनिकको बन्दुक खोस्न अघि सरिन ‼️😥मंगलबार राति राष्ट्रपति युन सुक योलले जंगी शासन घोषणा गरेपछि दक्षिण क...
04/12/2024

एक कोरियाली महिला सैनिकको बन्दुक खोस्न अघि सरिन ‼️😥

मंगलबार राति राष्ट्रपति युन सुक योलले जंगी शासन घोषणा गरेपछि दक्षिण कोरियालीहरू केही समयलाई आत्तिए। तर त्यस्तोमा एक महिलाले देखाएको बहादुरीको भने धेरैले चर्चा गरेका छन। सैन्य शासन घोषणापछि सशस्त्र सैनिकहरू संसद भवनमा पसे। उनीहरूको बाटो छेकेर ती महिला उभिइन। जब सैनिकहरू अघि बढन थाले। तब उनीहरूलाई रोक्न अघि सरिन।

साँच्चै भन्दा सुरुमा मलाई डर लागेको थियो। तर धकेलाधकेल देखेपछि मलाई लाग्यो। म चुप बस्न सक्दिनँ। जसरी पनि मैले रोक्नुपर्छ भन्ने लाग्यो। उनको भनाइ बीबीसीले उधृत गरेको छ। उनी अघि बढिन र एक सैनिकको बन्दुक समातिन। निकैबेरको प्रयासपछि मात्र ती सैनिक उनको हातबाट बन्दुक फुत्काउन सफल हुन्छन।

२१औ शताब्दीको कोरियामा यस्तो हेर्नुपर्दा मुटु छियाछिया हुन्छ। उनले भनेकी छन।

Address

경기도
Seoul
04595

Alerts

Be the first to know and let us send you an email when EPS TOPIK Model Question & Info posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to EPS TOPIK Model Question & Info:

Videos

Share