Active Voice

Active Voice beautiful Videos and photos

09/09/2022

राप्ती समाज कोरियाको भ्रमण कार्यक्रम

21/08/2022

यही अगष्ट २६ देखी २८ सम्म थाइल्याण्डमा हुने गैरआवासीय नेपाली संघ (एनआरएनए) को एशिया क्षेत्रीय ९औं बैठक तथा दोस्रो विज्ञ सम्मेलनको पूर्व तयारी ,उद्देश्य र गतिविधि र एनआरएनए चाइनाको बारेमा अन्तरङ्ग छलफल गर्नेछौं आज हामीसँग हुनुहुन्छ गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद एशिया प्यासिफिक क्षेत्रिय सदस्य सचिव तथा एनआरएनए चीनका पूर्व अध्यक्ष प्रदीप न्यौपाने

15/08/2022

जहाँ समस्या, समाधान पनि त्यही
बढ्दो मानसिक समस्या र सामाधानको उपाए, स्थानिय स्तरबाट खोज्ने हाम्रो प्रयास कार्यक्रम हाम्रा कुराको आजको बसाई यसैको समीपमा केन्द्रित रहने छ ।

14/08/2022

आजको कार्यक्रममा यही अगष्ट २६ देखी २८ सम्म थाइल्याण्डमा हुने गैरआवासीय नेपाली संघ (एनआरएनए) को एशिया क्षेत्रीय ९औं बैठक तथा दोस्रो विज्ञ सम्मेलनको पूर्व तयारी र त्यस्तै थाई नेपालीहरूको अवस्था बारेमा अन्तरङ्ग छलफल गर्नेछौं आज हामीसँग हुनुहुन्छ गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद थाईल्याण्डका अध्यक्ष भविन्द्र बस्नेतज्यू कृपया हेर्न नभुल्नुहोला ।

07/08/2022

एनआरएनए प्यासिफिक क्षत्रिय सम्मेलनको तयारी विषेश
कुराकानी ।
अतिथि: पारसमणि पोख्रेल (एनआरएनए प्यासिफिक क्षत्रिय संयोजक)
प्रस्तोता: कमला क्षेत्री

23/01/2022

नेपाल पत्रकार महासंघ दक्षिण कोरियाको "समय संवाद " कार्यक्रममा यसपटक स - हृदयता अन्तर्राष्ट्रिय का अध्यक्ष अच्युत पौड्य़ाललाई आमन्त्रण गरेका छौं । नकारात्मक भावना न्यूनीकरणका लागि आध्यात्मिक ज्ञानको भूमिकाको बिषयमा छलफल गर्नेछौं । यदि तपाईंहरु संग कुनै जिज्ञासा/प्रश्न छन् भने कमेन्ट अथवा हामीलाई मेसेज गर्न सक्नुहुनेछ।

01/01/2021

विशेष कुराकानी

13/09/2020

कार्यक्रम समय संबाद २० सौ श्रीङखला आजको कार्यक्रमा हामी संबाद गर्दैछौ मनोविश्लेषक बासु आचार्य संग,विशेष गरेर दक्षिण कोरिया लगायत विदेशमा रहेका नेपाली हरूको साझा चासोको रूपमा रहेको मानसिक समस्या र डिप्रेसन को विषयमा हामी विशेष तपाईंका एक एक प्रश्नको जबाफ खोज्ने प्रयास गर्नेछौं
कुनै जिज्ञासा भए कमेन्ट वा इनबक्स गर्नुहोला.

30/08/2020

नयाँ दैनिकी डट कमको विशेष लाइभ कार्यक्रम
कोरियामा उपचाररत मृगौला पीडित नेपाली चेली यामकुमारी थापा मगर सहयोग सम्बन्धी विशेष कुराकानी
तपाई पनि हामी संग प्रत्यक्ष जोडिन सक्नुहुन्छ ।

15/08/2020

कार्यक्रम हाम्रा कुराको सातौं अंक तीज विशेष हेरेर सुझाव दिनुहोला ।

10/08/2020

Online Slogan Writing Competition On the Theme " Role of Youth in Solving Present Issues of Our Country "
Contestant No : 08
Name : Sheershak Regmi
Address : Ghorahi, Dang
For valid votes like our Official page of DYN-dang.
Thank you for the participation
Best wishes 😊
"We are youth we are change "

08/07/2020

#शिक्षा मन्त्रालयद्वारा प्रस्ताव तयार, सीसीएमसीबाट निर्णय गराईने
काठमाडौं - शिक्षा क्षेत्रमा देखिएका समस्याको गाँठो कोभिड - १९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) मार्फत् फुकाउने गरी शिक्षा मन्त्रालयले प्रस्ताव तयार पारेको छ । कोरोना भाईरस (कोभिड - १९) का कारण आईपरेका विभिन्न व्यवहारिक समस्या समाधान गर्ने विषयमा मन्त्रालय अनिर्णित हुँदा अन्योल बढेको भन्दै आलोचना जारी रहेका बेला मन्त्रालयले उक्त प्रस्ताव तयार पारेको हो ।

विद्यालय तह सम्म सञ्चालनको अधिकार स्थानीय सरकार मातहत भएको अवस्थामा संघीय सरकारले स्थानीय सरकारहरुलाई ठाउँ हेरी कार्य गर्न बाटो फुकाईदिनुको साटो शिक्षा मन्त्रालयले समेत निर्णय नगरेर सीसीएमसी मार्फत् निर्णय गराउन लागिएको छ । गत बर्ष चैत महिनाको शुल्क नलिने बारेमा केन्द्रले निर्णय गरेको र अहिलेको समस्या कोभिडकै कारण आईपरेकोले समाधानको निर्णय पनि मन्त्रालयले मात्रै गरेर नहुने तर्क सहित उक्त प्रस्ताव तयार पारिएको मन्त्रालयको उच्च श्रोत बताउँछ ।

 #शैक्षिक परामर्श क्षेत्रमा सहुलियत कर्जाको माग, विद्यार्थीले प्रयोग गर्न नपाएको ऋणको व्याज मिनाहा गर्नु पर्नेकाठमाडौं -...
08/07/2020

#शैक्षिक परामर्श क्षेत्रमा सहुलियत कर्जाको माग, विद्यार्थीले प्रयोग गर्न नपाएको ऋणको व्याज मिनाहा गर्नु पर्ने
काठमाडौं - विदेशमा अध्ययन गर्न जान चाहने विद्यार्थीलाई परामर्श दिदैं आएका शैक्षिक परामर्श दातृ संस्थाहरु आवद्ध नेपाल शैक्षिक परामर्श संघ ईक्यानले सहुलियत कर्जाको माग गर्दै विद्यार्थीले प्रयोग गर्न नपाएको ऋणको व्याज मिनाहाको व्यवस्था गर्न नेपाल राष्ट्र बैकको ध्यानाकर्षण गराएको छ । शैक्षिक परामर्श क्षेत्रलाई सम्बोधन गर्दा दिईने नयाँ सहुलियत कर्जा अन्तर्राष्ट्रिय सीमा/यातायात खुलेको वा सहज भएको अवस्थालाई ध्यानमा राखेर निर्धारण गर्नु पर्ने ईक्यानको माग छ ।

कोरोना भाईरस कोभिड १९ को संक्रमण जोखिमका कारण यो क्षेत्रले भोग्दै आएको विषयलाई आगामी मौद्रिक नीति मार्फत् आगामी ६ महिना पछि बाट ब्याज बुझाउने, त्यस बेलासम्म ब्याज र साँवा नबुझाए पनि हुने व्यवस्था गर्न सुझाव दिईएको छ । त्यस पछि को ६ महिना ब्याज मात्र बुझाउने र त्यस पछि ३ बर्षमा ब्याज र साँवा बुझाउन पाउने गरि सम्बोधन गर्नु पर्ने ईक्यानकको सुझाव छ । शैक्षिक परामर्श क्षेत्रलाई मौद्रिक नीति मार्फत सम्वोधन गर्ने सम्बन्धमा नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई बुझाईएको सुझावमा विद्यार्थीले प्रयोग गर्न नपाएको ऋणको व्याज मिनाहा गर्नु पर्ने विषय पनि समावेश गरिएको छ ।

 #वैकल्पिक माध्यमबाट प्रशिक्षण : अतिरिक्त शुल्क लिन नपाउनेभक्तपुर - अतिरिक्त शुल्क लिन नपाउने गरी प्राविधिक शिक्षा तथा व...
08/07/2020

#वैकल्पिक माध्यमबाट प्रशिक्षण : अतिरिक्त शुल्क लिन नपाउने
भक्तपुर - अतिरिक्त शुल्क लिन नपाउने गरी प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् सिटिईभिटिले वैकल्पिक माध्यमबाट प्रशिक्षण सञ्चालन कार्यविधि निर्माण गरेको छ । कोरोना भाईरस कोभिड १९ को सक्रमण जोखिमका कारण शिक्षालयको नियमित प्रशिक्षण कार्य अवरुद्ध रहे पनि प्रशिक्षण सञ्चालन गर्न जरुरी रहेको निष्कर्ष उक्त कार्यविधि निर्माण गरिएको सिटिईभिटिले जनाएको छ ।

आचारसंहिता वैकल्पिक प्रणालीको माध्यमबाट प्रभावकारी र व्यवस्थित रुपमा प्रशिक्षण सञ्चालन गर्नका लागि उक्त कार्यविधिमा विभिन्न व्यवस्था गरिएको छ । कार्यविधिमा उल्लेख आचार संहिताको दोश्रो बुँदामा 'वैकल्पिक माध्यमबाट प्रशिक्षण सञ्चालन गर्दा शिक्षालयले प्रशिक्षार्थीहरूबाट अतिरिक्त शुल्क लिन पाउने छैन' भन्ने व्यवस्था गरिएको छ । यस्तै प्रशिक्षक र प्रशिक्षार्थीहरूले प्रशिक्षणको क्रममा शिष्ट भाषा र मर्यादित पोशाकको प्रयोग गर्नु पर्ने, प्रशिक्षण सञ्चालनको लागि सम्बधित प्रशिक्षकहरूले तयार गरेको प्रशिक्षण सामग्रीको प्रतिलिपि अधिकार सम्बन्धित प्रशिक्षक र शिक्षालयमा निहित रहने विषय पनि आचार संहितमा उल्लेख छ ।

04/07/2020

काठमाडौं - विभिन्न विश्वविद्यालयमा गणित विषय पढाउँदै आएका प्राध्यापकहरुको थप क्षमता बढाउने उद्धेश्य सहित प्राध्यापक क्षमता अभिवृद्धि कार्यक्रम शुरु गरिएको छ । नेपाल गणित समाजको आयोजनामा शुरु उक्त सात दिने कार्यक्रममा नेपालका विभिन्न विश्वविद्यालयमा गणित विषय अध्यापनरत ३७ जना प्राध्यापक प्रशिक्षार्थीका रुपमा सहभागि छन् ।

हरेक दिन छुट्टा छुट्टै विषय र सन्दर्भमा चर्चा गर्ने गरी शुरु गरिएको अभिवृद्धि कार्यक्रममा १६ जना विज्ञ प्रशिक्षकबाट सहजीकरण गर्ने समाजका सचिव डा. दिनेश पन्थीले जानकारी दिए । अमेरिका स्थित निक सिमोन्स फाउण्डेसनको आर्थिक सहयोगमा सञ्चालित उक्त कार्यक्रममा गणित विषयको महत्व तथा समाजमा यसको उपयोगिता र पठनपाठनमा दिनु पर्ने ध्यान लगायत सैद्धान्तिक र व्यवहारिक पक्षका बारेमा चर्चा गरिने उनले बताए ।

04/07/2020

#कक्षा ११ को मूल्याँकन सधैँका लागि विद्यालयबाटै, कार्यविधि बनाउन बोर्डलाई जिम्मा

काठमाडौं - कक्षा ११ को परीक्षा पनि विद्यालयकै मूल्याँकनका आधारमा हुने भएको छ । शिक्षा मन्त्री अध्यक्षताको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याँकन परिषद्को शुक्रबार बसेको बैठकले मुल्याँकन कार्यविधि बनाउने जिम्मा राष्ट्रिय परीक्षा बोर्डलाई दिएको छ । मूल्याँकन गर्दा अपनाउने विधिका बारेमा विभिन्न अवधारणामा छलफल भए पनि अब देखि कक्षा ११ को परीक्षा विद्यालयबाटै गर्ने र यसलाई व्यवस्थित गर्ने विषयलाई बोर्ड मार्फत् टुङ्ग्याउनु उचित हुने निश्कर्ष सहित उक्त जिम्मा दिईएको पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशव प्रसाद दाहालले जानकारी दिए । कार्यविधि निर्माण गर्न समय सीमा नतोकिए पनि बोर्डले तत्कालै कार्य शुरु गर्ने र एक दुई दिनमै तयार गर्ने उनले बताए । पाठ्यक्रम लगायतका विषयमा ठूलो समस्या नभएको बताउँदै आईपर्ने साना तिना व्यवहारिक विषय केन्द्रबाट समाधान हुने उनको भनाई छ ।

30/06/2020

#एउटा विद्यालयको भावुक पत्र, पछि शिक्षकले सिकाउने छन्, अहिले बालबालिकालाई खुसी राखौं

ललितपुर - ठूला भनिएका निजी विद्यालयहरुले बन्दका बेलाको समेत शुल्क उठाउन अभिभावकलाई बिल पठाएको खबर सार्वजनिक भईरहँदा सेण्ट मेरिज माध्यमिक विद्यालयले भने बालबालिकालाई ध्यान दिन आग्रह गर्दै अभिभावकलाई पत्राचार गरेको छ । कोरोना भाईरस कोभिड १९ को संक्रमण न्यूनिकरणका लागि घोषित लकडाउनका कारण बालबालिकामा थप ध्यान दिन आवश्यक रहेको स्मरण गराउँदै विद्यालयकी प्रिन्सिपल सिष्टर मरियट सी.जे. ले निकै भावुक भाषामा उक्त पत्र लेखेकि हुन् ।

अभिभावकलाई सम्बोधन गर्दै उक्त पत्रमा भनिएको छ – 'हामीहरुले उनीहरुलाई (बालबालिका) पढाईका बारेमा धेरै दवाव र तनाव नदिई खुसी राख्ने कोशिष गरौं, एक पटक जब उनीहरु सामान्य अवस्थामा फिर्ता आउँछन्, शिक्षकहरुले उनीहरुलाई आवश्यकता अनुसार सबै कुरा सिकाउनु हुने छ ।'

अभिभावकलाई विद्यालयको एक अभिन्न अंग रहेको स्मरण गराउँदै पत्रमा सबै जना ठूलो चिन्ता, अनश्चितता र चुनौतीका साथ बाँचिरहेको उल्लेख गरिएको छ । सबै जना जीवनको एकै नाउमा सवार रहेको उल्लेख गर्दै पत्रमा भनिएको छ – 'हामीलाई थाह छैन की अर्को के घटना हाम्रो सामु आईपर्छ, हामी जीवनका सबै क्षेत्रमा प्रभावित भएका छौं आर्थिक संकट, संवेगात्मक (भावनात्मक) उतारचढाव र शारिरिक व्यथाहरुले हामीलाई डस्न थालेका छन् ।'

यस्तो विषम परिस्थितीमा अभिभावकको दुःख वा संघर्षमा विद्यालय परिवार अभिभावकको साथमा रहेको उल्लेख गर्दै पत्रमा बालबालिकाको देखभाल गर्न अभिभावक र शिक्षकको सह जिम्मेवारी रहेको उल्लेख छ

29/06/2020

वैशाख महीनाको शुल्क लिँदैनौँ । अहिलेको अबस्था सहज नभएसम्म जेठ महीनादेखि शिक्षण शुल्कबाहेक कुनै पनि अतिरिक्त शुल्क लिँदैनौँ ।

डी के ढुंगाना,सहअध्यक्ष,प्याब्सन

शुल्कको मापदण्डबका बारेमा शिक्षा मन्त्रालयले विस्तृत छलफल गर्दैछ ।

रामशरण सापकोटा,सहसचिव,शिक्षा मन्त्रालय
#रोस्ना सुब्बा

25/06/2020

#संसदमा हिन्दी भाषा बोलिएकोबारे सर्वोच्चले माग्यो लिखित जवाफ

सर्वोच्च अदालतले संघीय संसदमा हिन्दी भाषामा बोल्ने विषयमा जवाफ दिन भनेको छ। सर्वोच्चले १५ दिनभित्र यसबारेमा जवाफ दिन प्रतिनिधि सभा र राष्ट्रिय सभाको नाममा कारण देखाउ आदेश जारी गरेको हो। न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको इजलाशले संसदको दुवै सदनलाई लिखित जवाफ पेश गर्न भनेको हो।

SEE मा यस वर्ष ग्रेट वृदी नहुने सम्बन्धित विद्यालयका प्रधानाध्यापकको अध्यक्षताको ३ सदस्यीय मूल्याँकन समितिले गर्ने आन्तर...
24/06/2020

SEE मा यस वर्ष ग्रेट वृदी नहुने

सम्बन्धित विद्यालयका प्रधानाध्यापकको अध्यक्षताको ३ सदस्यीय मूल्याँकन समितिले गर्ने आन्तरिक मूल्याँकनका आधारमा कक्षा १० का विद्यार्थीको नतिजा निकाल्ने गरी राष्ट्रिय परीक्षा बोर्डले मापदण्ड तय गरेको छ । विद्यालयका प्रधानाध्यापक सहित सम्बन्धित कक्षा शिक्षक र नियुक्तिका आधारमा जेष्ठ शिक्षक सहितको मूल्याँकन समिति गठन गर्ने गरी बोर्डले कार्यविधि निर्माण गरेको हो ।
विद्यार्थीको विवरण झुठा ठहरेमा वा गलत विवरण पेश गरेको पाइएमा मूल्यांकन समिति जवाफदेही हुने गरी कार्यविधि बनाईएको छ । यदी झुठा र गलत विवरण पठाए कानून बमोजिम जवाफदेही मूल्यांकन समिति स्वयम् हुने कार्यविधिमा व्यवस्था छ ।
कोरोना भाईरस कोभिड १९ का कारण आईपरेको संकटका बेला परीक्षा स्थगित गर्ने निर्णय सँगै मन्त्रीपरिषद्ले कार्यविधि बनाउने जिम्मा बोर्डलाई दिएको थियो । सोही आधारमा बोर्डले बनाएको माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० को विद्यार्थी मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७ मा उक्त मूल्यांकन समितिले विद्यालयद्वारा गरिएको अन्तिम मूल्यांकन विवरण कायम गर्ने प्रकृया उल्लेख गरिएको छ ।

18/06/2020

राष्ट्रियसभाबाट संविधान संशोधन विधेयक पारित गरिँदै;

कोरोना भाईरसको कारण  भिषा अबधी सकिएर या अन्य कारणले बिदेशमा रहेका नेपाल फर्कनुपर्ने नेपालीहरुका लागी सरकारले तल दिइएको म...
11/06/2020

कोरोना भाईरसको कारण भिषा अबधी सकिएर या अन्य कारणले बिदेशमा रहेका नेपाल फर्कनुपर्ने नेपालीहरुका लागी सरकारले तल दिइएको मितिमा चार्टर्ड उडान मार्फत नेपाल फिर्ता गर्ने तयारी गरेको छ।स्वदेश फिर्ता हुने यात्रुले कोरोना भाईरस पिसिआर तथा आरडिटी परिक्षणको नेगेटिभ रिजल्टको प्रमाणपत्र अनिवार्य पेश गर्नुपर्ने छ।

10/06/2020

Live

कोरिया कोरना सेफ जोन
10/06/2020

कोरिया कोरना सेफ जोन

गुरुदत्त न्यौपाने / सउल विश्व बैङ्कले दक्षिण कोरियालाई कोरोना सेफ जोनको रुपमा घोषणा गरेको छ। बैङ्कले आफ्ना कामदा...

06/06/2020

तपाई हेर्दै हुनुहुन्छ पुर्व रेडियो सहकर्मी विचको विशेष कुराकानी LIVE Active Voice page र You Tube मा एकैसाथ

02/05/2020

test

30/04/2020
28/04/2020

sarangi ko dhun

20/04/2020

रमाइलो गायीकी हेरौ एकैछिन तपाइलाई कस्तो लाग्यो कमेन्ट बक्समा लेख्न नभुल्नुहोला हैत
NEPAL STAR || BARDIBAS AUDITION - EPISODE 7 || NEPAL TELEVISION 2076-01-06 link:https://youtu.be/Je_s0ZPbtKw

19/04/2020

यीनको गायीकीमा बरिष्ट श्रदिय गायीका तारादेवीलाई पाय निर्णायकले तपाइलाई कस्तो लाग्यो कमेन्ट बक्समा लेख्न नभुल्नुहोला हैत
NEPAL STAR || BARDIBAS AUDITION - EPISODE 7 || NEPAL TELEVISION 2076-01-06 link https://youtu.be/Je_s0ZPbtKw

Address

Hwaseong

Telephone

+821073942231

Website

Alerts

Be the first to know and let us send you an email when Active Voice posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share


Other Hwaseong media companies

Show All