Nepali news in japan

Nepali news in japan जापान को ओकिनावा बाट विश्वभरी नेपालि समाचार,साथ र सहयोग गर्नु होला!!!

15/01/2025

जापानका प्रधानमन्त्रीलाई 'चुरोट पिउन' अफ्ठ्यारो । 😆

जापानका प्रधानमन्त्री शिगेरु इशिबालाई व्यस्त समयतालिकाले धुम्रपान गर्न समय निकाल्न अप्ठ्यारो पारेको छ। उनको चुरोट पिउने बानी पूरानै भएपनि व्यस्तताका कारण दिनमा केवल केही खिल्ली चुरोटमा सीमित राख्नुपरेको छ, उनले चाँडैनै धुम्रपान पूर्णतः छोड्ने योजना बनाएका छन्।

संसदमा उनले यो बानी त्याग्न अझै समय लाग्ने बताए। कार्यालयमा धुम्रपान प्रतिबन्ध भएकाले इशिबा बैठकका क्रममा चकलेट चपाएर काम चलाउँछन्। घरमा, जहाँ उनकी श्रीमती योशिकोले धुम्रपानलाई अनुमति दिँदिनन्, त्यसैले पनि उनका लागि यो बानी झनै कठिन बनेको छ।

२०२० मा लागू भएको नयाँ 'स्वास्थ्य प्रवर्द्धन कानुन' ले सार्वजनिक स्थानमा धुम्रपानमाथि प्रतिबन्ध लगाएपछि उनीजस्ता धुम्रपानकर्तामाथि थप दबाब बढेको छ। (माइनिची सिन्बुनको अनलाइन संस्करण)

Intresting Info: जनवरीदेखि नोभेम्बर २०२४ सम्म जापानभरि ११० नम्बर (प्रहरीको हटलाइन) मा ९६ लाख ३८ हजार कलहरू आएका छन्, जुन...
10/01/2025

Intresting Info: जनवरीदेखि नोभेम्बर २०२४ सम्म जापानभरि ११० नम्बर (प्रहरीको हटलाइन) मा ९६ लाख ३८ हजार कलहरू आएका छन्, जुन पछिल्लो १० वर्षको उच्चतम संख्या हो।

हरेक बर्ष आज अर्थात जनवरी १० लाई "११० दिवस" का रूपमा पनि मनाइन्छ !

10/01/2025

जापानमा १६० किलो सुन तस्करीको प्रयासः ९ मिलियन डलर बराबरको सुन सहित ५ जना प'क्राउ !

कान्साई अन्तर्राष्ट्रिय विमानस्थलमार्फत १६० किलो सुन तस्करी गरी १४८ मिलियन येनभन्दा बढि कर छल्ने प्रयास गरेको आरोपमा पाँच जना प'क्राउ परेका छन्। प'क्राउ परेकाहरूले सौन्दर्य सामग्री ढुवानी गर्ने कार्टहरूमा सुन लुकाएका थिए।

यस कार्यमा दक्षिण कोरियाली नागरिक र अन्यले हङकङबाट सुन ल्याएर जापानमा बेच्न योजना बनाएको देखिएको छ। अधिकारीहरूले यी व्यक्तिहरूले २०२३–२०२४ मा पनि यस्तै तस्करी गरेको आशंका गरेका छन्।

यो जापानमा सुन तस्करीको दोस्रो ठूलो घटना हो। अहिले सुनको मूल्य अत्यधिक भएकोले तस्करीका घटनाहरू उल्लेखनीय रूपमा बढेका छन्। [Mainichi Shinbun]

जापानको उत्तर, मध्य, र पश्चिमी क्षेत्रका समुद्री तटीय क्षेत्रहरूमा शुक्रबार भारी हिमपात भएको छ, र शनिबार बिहानसम्म केही ...
10/01/2025

जापानको उत्तर, मध्य, र पश्चिमी क्षेत्रका समुद्री तटीय क्षेत्रहरूमा शुक्रबार भारी हिमपात भएको छ, र शनिबार बिहानसम्म केही क्षेत्रमा यो जारी रहने पूर्वानुमान गरिएको छ।

जापान मौसम विज्ञान एजेन्सिले चिसो वायुको प्रभावले केही दिनसम्म असर पार्ने बताउँदै हिमआँधी र अग्ला छालहरूप्रति सतर्क रहन आग्रह गरेको छ।

हिमपातका कारण यामागाता शिन्कानसेन फुकुशिमा स्टेशनदेखि शिन्जो स्टेशनसम्म रोकिंदा १२ ओटा ट्रेन र करिब १,६०० यात्रुलाई प्रभावित बनाएको छ ।

शनिबार बिहान ६ बजेसम्म उत्तरपूर्व, मध्य र पश्चिमी क्षेत्रहरूमा ६० सेन्टिमिटरसम्म थप हिउँ पर्ने सम्भावना छ। प्रभावित क्षेत्रमा बसोबास गर्ने सबैलाई सावधानी अपनाउन र आवश्यक तयारी गर्न सुझाव दिइएको छ। [जिजि प्रेस]

10/01/2025

जापानले गर्यो रूसविरुद्ध थप प्रतिबन्धको घोषणा ! 😲

रुसले युक्रेनमा गरेको आक्रमणको जवाफमा जापानले रुसमाथि नयाँ प्रतिबन्ध लगाउने घोषणा गरेको छ। यी प्रतिबन्धहरूले ३३ संगठन र १२ व्यक्तिहरूलाई लक्षित गारेका छन्।

साथै, ५३ रूसी र चिनियाँ संगठनहरूमा निर्यात प्रतिबन्धहरू लागू हुनेछन्, जसमा मोटरसाइकल र सवारी साधनका पुर्जाहरू जस्ता ३३५ वस्तुहरू जनवरी २३ देखि रूसमा निर्यात गर्न निषेध गरिनेछ।

प्रमुख क्याबिनेट सचिव योशिमासा हायाशीले यी उपायहरू अन्तर्राष्ट्रिय शान्ति प्रयासहरूलाई समर्थन गर्न र उत्तर कोरियाले रूसलाई दिएको सहयोगको विरुद्ध जापानको प्रतिक्रिया सुदृढ गर्नका लागि भएको बताएका छन्।

(THE JAPAN TIMES)

10/01/2025

जापानको घरायसी खर्च नोभेम्बर २०२४ मा गत वर्षको तुलनामा ०.४% ले घटेको छ। दुई वा बढी सदस्य भएका परिवारहरूको औसत मासिक खर्च २,९५,५१८ येन (लगभग १,९०० अमेरिकी डलर) रहेको छ। यसको मुख्य कारण भनेको महँगो र बढ्दो जीवनयापन खर्च हो।

फर्निचर र इलेक्ट्रोनिक सामान (जस्तै वाशिंग मेसिन) मा खर्च १३.८% ले घटेको छ।

खाना मा खर्च ०.६% ले घटेको छ, जबकि मनोरञ्जन र आवास( accommodation) मा खर्च २.९% ले घटेको छ। (KYODO NEWS)

नियम परीवर्तन Tokyo disneyland
10/01/2025

नियम परीवर्तन Tokyo disneyland

10/01/2025

जापान को ओकिनावा बाट विश्वभरी नेपालि समाचार,साथ र सहयोग गर्नु होला!!!

10/01/2025

काठमाडौँ —राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति एंव पूर्वगृहमन्त्री रवि लामिछाने रिहा भएका छन् । जिल्ला अदालत कास्कीको आदेशपछि लामिछाने कास्की प्रहरीको हिरासतबाट मुक्त भएका हुन् ।

10/01/2025

जापानको वास्तविक तलब लगातार चौथो महिना घट्यो !

जापानको वास्तविक तलब गत वर्षको तुलनामा गत नोभेम्बर महिनामा ०.३ प्रतिशतले घट्यो, यो लगातार चौथो महिनामा भएको गिरावट भएको हो। आज सार्वजनिक सरकारी तथ्याङ्क अनुसार, कुल मासिक नगद कमाइ (बेसिक र ओभरटाइम तलब) ३ प्रतिशतले बढेर ३०५,८३२ येन पुगेको छ।

बोनसबाहेकको तलब २.७ प्रतिशतले बढ्दै पछिल्ला ३२ वर्षमा सबैभन्दा तीव्र वृद्धि देखिएको छ। यसैगरी, बोनस ७.९ प्रतिशतले बढेर २०,०९१ येन पुगेको छ। यद्यपि, उपभोक्ता मूल्य ३.४ प्रतिशतले बढेको कारणले तलब वृद्धि क्रयशक्ति बढाउन नसकेको देखिन्छ। [Mainichi Online]

10/01/2025

जापानभर इन्फ्लुएन्जा महामारी,पछिल्लो साता ३ लाख १७ हजार मानिसहरुमा संक्रमण,सतर्क रहन आग्रह

10/01/2025

SMBC Bank मा स्युस्योकु गर्न सक्षम साथीसम्म यो कुरा पुर्याइदिनुहोला । 🙂

जापानमा श्रमिक अभावको समस्या बढ्दै जाँदा वित्तीय संस्थाहरूले नयाँ प्रतिभा आकर्षित गर्नका लागि यस प्रकारका कदम चालिरहेका छन्। [NHK]

  : कास्की जिल्ला अदालतले रवि लामिछानेसँग ६५ लाख धरौटी माग गरि रिहा गर्ने आदेश दिएको छ । न्यायाधीश नितिज राईको इजलासले उ...
09/01/2025

: कास्की जिल्ला अदालतले रवि लामिछानेसँग ६५ लाख धरौटी माग गरि रिहा गर्ने आदेश दिएको छ । न्यायाधीश नितिज राईको इजलासले उनलाई धरौटीमा रिहा गर्न आदेश गरेको हो।

05/01/2025

जापानमा घरवारविहिनहरुबारेः

जापानमा होमलेस (घरबार विहिन) हरूको संख्या २०२४ को जनवरीसम्म २८२० मा थियो । (यो बर्षको अन्त्यसम्मको तथ्यांक सार्वजनिक भएको छैन ।)

होमलेसहरुको औसत उमेर ६३.६ वर्ष पुगेको छ। ७० वर्षभन्दा माथि उमेरका होमलेसहरूको संख्या ३४.४ प्रतिशत रहेको छ जुन २०१६ को तुलनामा १४.७ प्रतिशतले बढेको हो । त्यसैगरी, होमलेसहरुमाथि गरिएको एक सर्वेक्षणमा "अहिलेकै अवस्था ठीक" छ भन्नेहरूको संख्या ४०.९ प्रतिशत छ । [Mainichi Online]

होमलेसहरुको यो संख्या अमेरिका लगायतका ठूला देशहरुको तुलनामा निकै कम हो ।

Good News : इबाराकीमा अब विदेशी नागरिकले पनि प्रशासनिक कामको अवसर पाउने ! 😲इबाराकी प्रान्तीय सरकारले सन् २०२६ बाट विदेशी...
05/01/2025

Good News : इबाराकीमा अब विदेशी नागरिकले पनि प्रशासनिक कामको अवसर पाउने ! 😲

इबाराकी प्रान्तीय सरकारले सन् २०२६ बाट विदेशी नागरिकलाई पनि प्रशासनिक कर्मचारीका रूपमा आवेदन दिन पाउने अवसर दिने भएको छ। यो नीति प्रान्तीय सरकारको गभर्नरको कार्यालयजस्ता प्रशासनिक क्षेत्रहरूमा लागू हुनेछ। विदेशी जनसंख्या बढ्दै गएकाले उनीहरूलाई पनि सरकारमा सक्रिय भूमिका खेल्न दिने उद्देश्यले यो निर्णय गरिएको हो।

स्नातक र उच्चमाध्यमिक तह उत्तीर्ण व्यक्तिहरूका लागि सन् २०२५ को मार्चदेखि आवेदन खुला हुने भनी जनाइएको छ । कामका क्रममा विदेशी कर्मचारीहरूले आफ्नो भाषाको दक्षता, जापानमा बसोबासको अनुभव, र ज्ञान प्रयोग गर्नुपर्नेछ। मुख्य रूपमा यो नीति विदेशी नागरिकलाई सहजीकरण, विदेशी जनशक्ति व्यवस्थापन, र पर्यटक आकर्षणमा केन्द्रित छ।

तर, विदेशी नागरिकले जनताको अधिकार र दायित्वमा प्रत्यक्ष प्रभाव पर्ने कामजस्तो कि निर्माण अनुमति, कर निर्धारण, र अनुगमन गर्ने जस्ता जिम्मेवारी पाउने छैनन्। यस्तै, विदेशी नागरिकलाई प्रमुख तहका निर्णयात्मक पदहरूमा पनि नियुक्त गरिने छैन ।

जापानमा यसअघि नै चिकित्सक, नर्सजस्ता केही पेशामा जापानी नागरिक हुनुपर्ने अनिवार्यता हटाइएको छ भने ११ अन्य प्रान्तले पनि यस प्रकारका कर्मचारीलाई नियुक्त गर्दै आएका छन्। [Asahi Shinbun]

जापानको ओकिनावालाई आफ्नो कर्मथलो बनाई हाँस्य क्षेत्रमा पहिचान बनाईरहेका नेपाली युवा 'राम प्रसाद आचार्य' र उनका जापानी सह...
04/01/2025

जापानको ओकिनावालाई आफ्नो कर्मथलो बनाई हाँस्य क्षेत्रमा पहिचान बनाईरहेका नेपाली युवा 'राम प्रसाद आचार्य' र उनका जापानी सहकर्मी ओकिनावा टेलिभिजनले आयोजना गरेको हाँस्य रियालिटी सो O-1GRANDPRIX 2025 (O-1グランプリ) को विजेता बनेका छन् ।

९० भन्दा बढि सहभागीहरुबाट उनीहरुको जोडी (めーばーカリー) प्रथम बनेको हो । उनीहरुले ट्रफीसंगै ५ लाख जापानी येन पुरस्कार पाएका छन् ।

राम प्रसाद हाँस्य विधा मार्फत नेपाली कला र संस्कृतिलाई जापानीहरुमाझ चिनाउन तल्लिन छन् । 😊

नेपाली टोपी दिवस तथा नयॅा बर्ष २०२५ को अबसरमा ओकिनावा मा MRR दाजुभाई भेटघाट तथा शुभकामना आदनप्रदान कार्यक्रमका केहि स्मर...
01/01/2025

नेपाली टोपी दिवस तथा नयॅा बर्ष २०२५ को अबसरमा ओकिनावा मा MRR दाजुभाई भेटघाट तथा शुभकामना आदनप्रदान कार्यक्रमका केहि स्मरणिय झलकहरू

住所

Shibuya-ku, Tokyo

ウェブサイト

アラート

Nepali news in japanがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

共有する