कांग्रेसको संस्थापन इतर समूहले समानुपातिकको बन्दसूची सच्याउन पार्टी नेतृत्वसँग माग गर्दै
नेपाल चिकित्सक संघको दोस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै गगन थापा
#GaganThapa
नेपाल टेलिकमले गत शुक्रबारबाट ग्राहकहरुलाई निःशुल्क ई–सिम वितरण गर्न थालेको छ । नेपाल टेलिकमदूरसञ्चार कार्यालय, सुन्धारा काउन्टरबाट भदौ ३१ शुक्रबारबाट ग्राहकहरुलाई निःशुल्क ई–सिम वितरण गर्न थालेको हो । ई–सिम वितरण गर्न थालेपछि सुन्धारा काउन्टरमा ग्राहकको भिडभाड बढ्न थालेको छ ।
टेलिकमको सुन्धारा काउण्टरले शुक्रबार ५० जनालाई ई–सिम कार्ड वितरण गरेको थियो । कार्यालयले सिम वितरण गर्दा कर्मचारी र ग्राहकहरुलाई समस्या नपरोस् भन्दै आईतबार २०० वटा सिम बाडेको कार्यालय प्रमुख सरिता महर्जनले जानकारी दिईन् । उनले दुई सयलाई प्रमुख प्राथमिकता दिएर काउण्टरमा धेरै भिड नहुने गरि वितरण गरिरहेको र सो भन्दा बढी पनि वितरण गर्ने बताईन् ।
#eSIM
#विश्वआत्महत्यारोकथामदिवस
काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले जिवनमा आउने समस्याहरु र हारलाई सामना गर्न नसक्दा आत्माहत्या गर्नेहरुको संख्या बढेको बताएका छन् । समस्या हेरक मानिसको जिवनमा आई लाग्छन्, हामीले त्यसको सामना गरौँ भने भोलिका दिनमा त्यही चीज सबैभन्दा राम्रो भएर आउने उनको तर्क छ ।
नेपाल प्रहरीले आयोजना गरेको विश्व आत्महत्या रोकथाम तथा न्यूनीकरणसम्बन्धी सचेतना कार्यक्रममा बोल्दै उनले समस्याको समना गर्न नसक्ने र आफुलाई निकै नै कमजोर छु भन्ने मनस्थितिले समाजमा यस्तो घटाना बढ्ने गरेको उनको भनाई छ ।
काठमाडौंको टेकुमा भिडियोमा देखिए भन्दा भिषण वर्षा भईरहेको छ । निस्कनुअघि पुर्व तयारीकासाथ यात्रा गर्नुहोला!
#downpourteku
video credit : Jyoti Shah