Bajgain Krishna prasad

Bajgain Krishna prasad सके सबैको जय गरौ नसके केही पनि नगरौं 🙏🇯🇵🇳🇵मन खुसी बनाऊनु होस बस तेही हो खुसी अनि सुखी जिबन हो ✅

एउटा टिकटकरलाई भेट्ने पर्याप्त समय हुने तर जनताको समस्या लिएर जाने हर्क साम्पाङलाई भेट्न नदिने । यस्ता नाथेलाई प्रधानमन्...
07/02/2025

एउटा टिकटकरलाई भेट्ने पर्याप्त समय हुने तर जनताको समस्या लिएर जाने हर्क साम्पाङलाई भेट्न नदिने । यस्ता नाथेलाई प्रधानमन्त्री मान्नुपरेकाे छ । घरिघरि त लाग्छ कस्ताे पागलहरूकाे देशमा जन्मिएछु । मलाई सबैभन्दा मन नपर्ने नेता यहि गफाडी बुढाे हाे ।

Let's start our day by giving tribute to all Martyrs: शहीद दिवसको शुभकामना! ❤️🙏
29/01/2025

Let's start our day by giving tribute to all Martyrs: शहीद दिवसको शुभकामना! ❤️🙏

19/01/2025

हेलो नमस्ते। यो चाहिँ चितवनको कुन ठाउँमा हो थाहा भएन मध्यरातमा प्रहरीले बर्दी लगाएर आफ्नो बहादुरी देखाउँदै प्रहरी मेरो साथी

अमेरिकामा टिकटक बन्द भएको छ।Routine of Nepal bandaBalenDr. Baburam BhattaraiGagan Thapa
19/01/2025

अमेरिकामा टिकटक बन्द भएको छ।Routine of Nepal bandaBalenDr. Baburam BhattaraiGagan Thapa

ऐतिहासिक सफलता।  खो-खो मा नेपाल महिला र पुरुष दुबैमा विश्वकपको फाइनलमा प्रवेश गरेको छ।  बधाई र फाइनलको लागि शुभकामना।
18/01/2025

ऐतिहासिक सफलता।
खो-खो मा नेपाल महिला र पुरुष दुबैमा विश्वकपको फाइनलमा प्रवेश गरेको छ।
बधाई र फाइनलको लागि शुभकामना।

विद्वान् कालीदास एउटी महिलाको आँगनमा पुग्छन्।कालीदास :- ए हजुर, मलाई धेरै प्यास लागेको छ, पिउने पानी दिनुहोस न।महिला :- ...
18/01/2025

विद्वान् कालीदास एउटी महिलाको आँगनमा पुग्छन्।
कालीदास :- ए हजुर, मलाई धेरै प्यास लागेको छ, पिउने पानी दिनुहोस न।
महिला :- म तिमीलाई चिन्दिन, पहिला आफ्नो परिचय देऊ। म अवश्य पानी दिन्छु।

कालीदास :- म यात्री हुँ।
महिला :- तिमी यात्री कसरी हुनसक्छौ? यात्री त केवल दुई मात्र छन् - सूर्य र चन्द्रमा, जो कहिल्यै रोकिन्नन्, हमेशा चलिरहन्छन्। साँचो बताऊ, तिमी को हौ ?

कालीदास :- म पाहुना हुँ।
महिला :- तिमी पाहुना कसरी हुन्छौ? संसारमा दुई जना मात्र पाहुना छन्। पहिलो धन र दोस्राे यौवन। यिनीहरूलाई जान समय लाग्दैन। भन को हाौ तिमी?

कालीदास :- म सहनशीलता हुँ। अब त पानी दिनुहाेस्।
महिला :- नाईँ, सहनशीलता त दुई मात्र छन्। पहिलाे, धर्ती जो पापी - धर्मात्मा सबैकाे बोझ सहन्छिन्, जसको छाती चिरेर बीज राखिदिँदा अन्नकाे भण्डार दिन्छिन्। अनि, दाेस्राे हाे रूख जसलाई पत्थरले हिर्काए पनि मिठो फल दिन्छ। साँच्चै भन त काे हाै तिमी?

कालीदास :- म हठी हुँ।
महिला :- फेरि असत्य। हठी त दुई मात्र छन्।
पहिलाे नङ र दाेस्राे केश।
जति काटे पनि फेरि फेरि निक्लिरहन्छन्। सत्य बोल , को हौ तिमी?
(कालीदास आफूलाई अपमानित र पराजित महशुस गर्दछन्)

कालीदास :- म मूर्ख हुँ।
महिला :- होइन तिमी मूर्ख कसरी हुनसक्छौ? मूर्ख त दुई मात्र छन्। पहिलो शासक जो विनायोग्यता पनि सबैलाई शासन गर्न सकेउ उसका सल्लाहकार जो शासकलाई प्रसन्न बनाउन उसका गलत क्रियाकलापलाई पनि तर्क दिएर सही सिद्ध बनाउने चेष्टा गर्छन्।
(उत्तर दिँदा दिँदा हैरान बनेका कालीदास केही बोल्नै नसक्ने भए। आफ्नो फरक फरक परिचय दिएका कारण उनी महिलाको गोडा समाउँदै याचना गर्छन्। )

कालीदास: म कालीदास हुँ।
महिला :- उठ कालीदास। खासमा म सरस्वती माता हुँ।
(आवाज सुनेर माथि हेर्दा त साक्षात् माता सरस्वती त्यहाँ हुनुहुन्थ्यो।)
माता सरस्वती :- शिक्षाबाट ज्ञान आर्जन हुन्छ न कि अहंकार। तिमीले शिक्षाको बलमा प्राप्त गरेको मान र प्रतिष्ठालाई आफ्नो उपलब्धि मान्यौ र अहंकारको सिँहासनमा बस्यौ। यसैले तिम्रो चक्षु खोल्नको लागि मैले यो नाटक गर्नुपर्यो।

कालीदासलाई आफ्नो गल्ती महशुस हुन्छ र अन्ततः पानी पिएर प्यास मेटाउँछन्। त्यसैले विद्वत्ता उपर कहिल्यै घमण्ड नगरौँ, घमण्डले विद्वत्तालाई नष्ट गरिदिन्छ।

All these billionaires and not one of them Batman
17/01/2025

All these billionaires and not one of them Batman

09/01/2025
07/01/2025

शुभ बिहानी!
हिजोआज विभिन्न भागमा सानाठूला भूकम्पका धक्का आइरहेका छन्। सबै सतर्क रहनु होला, सुरक्षित रहनु होला।

Dr. Baburam Bhattarai
05/01/2025

Dr. Baburam Bhattarai

तपाईंले कोडक कम्पनी सम्झनुहुन्छ? १९९७ मा कोडकसँग करिब १,६०,००० कर्मचारी थिए। र विश्वको करिब ८५% फोटोग्राफी कोडक क्यामराले गरिन्थ्यो। तर पछिल्ला केही वर्षमा मोबाइल क्यामराको बढ्दो प्रयोगले कोडक क्यामरा कम्पनी बजारबाट बाहिरिन पुग्यो। कोडकले पूर्ण रूपमा दिवालिया घोषणा गर्नुपर्‍यो, र सबै कर्मचारीहरूलाई जागिरबाट हटाउनुपर्‍यो।

त्यसै समयमा, धेरै प्रख्यात कम्पनीहरू पनि बन्द हुन बाध्य भए। जस्तै:
• एचएमटी (घडी)
• बजाज (स्कूटर)
• ड्यानोरा (टीभी)
• मर्फी (रेडियो)
• नोकिया (मोबाइल)
• राजदूत (बाइक)
• एम्बेसडर (कार)

यी कम्पनीहरूको गुणस्तर खराब थिएन। तर किन यी कम्पनीहरू बजारबाट बाहिरिए? किनकि यी कम्पनीहरूले समय अनुसार आफूलाई परिवर्तन गर्न सकेनन्।

अहिलेको समयमा उभिएर सोच्न सक्नुहुन्न कि अर्को १० वर्षमा संसार कति परिवर्तन हुन सक्छ! र आजका ७०%-९०% जागिरहरू अर्को १० वर्षमा पूर्ण रूपमा हराउन सक्छन्। हामी विस्तारै “चौथो औद्योगिक क्रान्ति” को युगमा प्रवेश गर्दैछौं।

आजका चर्चित कम्पनीहरू हेर्नुहोस्:
• उबर (UBER) मात्र एउटा सफ्टवेयरको नाम हो। उनीहरूको आफ्नै कुनै कार छैन। तर आज उबर विश्वको सबैभन्दा ठूलो ट्याक्सी सेवा कम्पनी हो।
• एयरबीनबी (Airbnb) आज विश्वको सबैभन्दा ठूलो होटल सेवा कम्पनी हो। तर रोचक कुरा त के हो भने उनीहरूको आफ्नै एउटा पनि होटल छैन।
• पेटीएम, ओला क्याब, ओयो रूम्स जस्ता असंख्य कम्पनीहरूको उदाहरण दिन सकिन्छ।

आज अमेरिका जस्तो देशमा नयाँ वकिलहरूको कुनै काम छैन। किनभने आईबीएम वाटसन (IBM Watson) नामको कानूनी सफ्टवेयर कुनै पनि नयाँ वकिलभन्दा धेरै राम्रोसँग वकालत गर्न सक्छ। यसरी, अर्को १० वर्षमा अमेरिकाका करिब ९०% मानिसहरूको जागिर समाप्त हुनेछ। बाँकी १०% मात्र बाँच्नेछन्, जसले आफूलाई विशेषज्ञ बनाउनेछन्।

नयाँ डाक्टरहरूको काम पनि संकटमा छ। वाटसन सफ्टवेयरले क्यान्सर र अन्य रोगहरू मानिसभन्दा चार गुणा बढी सहीसँग पत्ता लगाउन सक्छ। २०३० सम्ममा कम्प्युटर बौद्धिकता मानव बौद्धिकतालाई पार गर्नेछ।

अगिल्लो २० वर्षमा आजका ९०% कारहरू सडकमा देखिने छैनन्। बाँकी रहेका कारहरू विद्युत वा हाइब्रिड हुनेछ। सडकहरू बिस्तारै खाली हुनेछन्। पेट्रोलको खपत कम हुनेछ, र तेल उत्पादक अरब देशहरू बिस्तारै दिवालिया हुनेछन्।

यदि तपाईंलाई कार चाहियो भने, उबर जस्तो सफ्टवेयरबाट कार अर्डर गर्नुपर्नेछ। र अर्डर गरेको केही समयमा चालकविहीन कार तपाईंको ढोकामा पार्क हुनेछ। यदि तपाईँले एउटै कारमा अन्य मानिसहरूसँग यात्रा गर्नुभयो भने, कारको प्रति व्यक्तिको भाडा बाइकको भन्दा कम हुनेछ।

चालकविहीन कारले दुर्घटनाहरू ९९% ले घटाउनेछ। त्यसैले कार बिमा बन्द हुनेछ, र बिमा कम्पनीहरू पनि बजारबाट बाहिरिनेछन्।

भोलि जमिनमा चलाउने वाहनहरू रहने छैनन्। ९०% सवारी साधनहरू हराउँदा ट्राफिक प्रहरी र पार्किङ कर्मचारीको पनि आवश्यकता पर्ने छैन।

१० वर्ष अगाडि मात्र सडकहरूमा एसटीडी बुथहरू देखिन्थे। मोबाइल क्रान्ति आएपछि यी एसटीडी बुथहरू बन्द गर्नुपर्‍यो। बाँचेकाहरू मोबाइल रिचार्ज पसल बने। फेरि अनलाइन रिचार्जको क्रान्ति आयो। मानिसहरूले घरमै बसी मोबाइल रिचार्ज गर्न थाले। यी पसलहरूले फेरि आफ्नो काम गुमाए।

अहिले यिनीहरू मोबाइल किनबेच र मर्मत पसल मात्र बनेका छन्। तर यो पनि चाँडै परिवर्तन हुनेछ। मोबाइल फोनको बिक्री सिधै अमेजन, फ्लिपकार्ट बाट बढ्दैछ।

पैसाको परिभाषा पनि बदलिँदैछ। पहिले नगद थियो, अहिले “प्लास्टिक मनी” छ। केही समयअघि क्रेडिट कार्ड र डेबिट कार्डको चलन थियो। अब त्यो पनि परिवर्तन हुँदै छ, र मोबाइल वालेटको युग आउँदैछ। पेटीएम जस्ता एप्सले बजार कब्जा गर्दैछन्, र मोबाइलबाट एक क्लिकमै पैसा पठाउन सकिन्छ। ))(साभार: सामाजिक सन्जालबाट )

तपाईंले कोडक कम्पनी सम्झनुहुन्छ? १९९७ मा कोडकसँग करिब १,६०,००० कर्मचारी थिए। र विश्वको करिब ८५% फोटोग्राफी कोडक क्यामराल...

मैले सानो हुँदा खेल्नेरबरको झुप्पो आँगन तिर हराए भने भेटाएर आफू सुत्ने खाटको सिरानी मुनि राखी दिनु हुन्थ्यो... तर, आजकल ...
03/01/2025

मैले सानो हुँदा खेल्ने
रबरको झुप्पो आँगन तिर हराए भने
भेटाएर आफू सुत्ने खाटको सिरानी मुनि राखी दिनु हुन्थ्यो... तर,
आजकल बुवाआमाको सिरानी मुनि
एउटा खाना अघि , अर्को खाना पछि
अनि त्यो रातो चक्की खाली पेटमा लेखिएका
औषधिका खोल भेटिन्छन् ,

हरेक दिन थप्पिदै जाने औषधि घटाउन पाए,
भावीलाई सुटुक्क बुवाआमाको आयु बर्षौँ थपी दे न भन्न पाए 🙂

-Rabin Sapkota

धेरै नपढेको र जागीर नखानुभएको हजुरबुबा-आमाले बनाउनुभएको घर 'पक्की' थिएन तर त्यहाँ दश पन्ध्रजना पाहुना आउँदा बस्ने ठाउँ थ...
02/01/2025

धेरै नपढेको र जागीर नखानुभएको हजुरबुबा-आमाले बनाउनुभएको घर 'पक्की' थिएन तर त्यहाँ दश पन्ध्रजना पाहुना आउँदा बस्ने ठाउँ थियो । गाउँभरका आफन्त र इष्टमित्र जम्मा हुँदा पनि त्यहाँ अटिन्थ्यो । चियादेखि एक छाक खाना 'क्याटरिङ्'बाट अर्डर गर्न पर्दैनथ्यो । व्रतबन्धदेखि विवाहसम्मका पूजाआजा र भोजभतेर पनि त्यही घरले धान्थ्यो ! त्यहाँ हुर्किने नातिनातिनालाई खेल्ने ठाउँ थियो । बिस्कुन सुकाउने आँगन र तरकारी लगाउने करेसाबारी थियो ।

घरमा सटर थिएन । आधा घर भाड़ामा थिएन । दाजुभाइका छोराछोरी या भान्जाभान्जी आउँदा महिनौंसम्म अटाउन सक्ने ठूलो छाती थियो त्यस्तो घरसँग । स्टोरेजको कुरो छोड्नुस्, आठदश जना केटाकेटीले लुकामारी खेल्न पुग्ने ठाउँ थियो । र सबैभन्दा ठूलो कुरा 'मोर्गेज' अर्थात् ब्याङ्कलाई बुझाउनपर्ने मासिक किस्ताबाट अपरिचित थियो त्यो । जे थियो आफ्नो थियो । चाडबाड आउँदा, पूजाआजा हुँदा कमेरो र रातो माटोको जोड़ले घर नयाँजस्तै देखिन्थ्यो !

अदुवा, बेसार, खुर्सानी, अमिलो, साग र काउली आफ्नै बारीमा फल्थ्यो । आफ्नै खेतबारीको धान, मकै, कोदो र फापरको छाक पाक्थ्यो ! सिजनका फलफूल हातैले टिपेर खाइन्थ्यो । दूध, दही, मोही, नौनी, घिउदेखि तरकारीबारीलाई चाहिने प्राङ्गारिक मलसम्म आफ्नै गोठबाट आउँथ्यो !

छोराको बिहे गर्दा, नातिनातिनालाई उच्च शिक्षा या विदेश पठाउँदा अथवा कुनै असाध्य रोगको शहर पसेर उपचार गर्नुपर्दाबाहेक हजुरबुबाले कसैसँग ऋण माग्न परेन । अँ, साधनको नाममा पछिल्लो समय घरमा साइकल थियो । त्यसले गाउँका धेरै मान्छेलाई पछाडिको सिटमा राखेर बजार पुऱ्यायो होला । कतिको सामान बोकेर घरसम्म पुऱ्याइदियो होला । कति बिरामी हुँदा एम्बुलेन्स बनेर त्यो स्वास्थ चौकी या गाड़ी पाइने ठाउँसम्म पुग्यो होला । एउटा साइकलमा कति नै रस होला र, तर त्यसले अलिअलि धेरैलाई भिजाएको थियो ।

त्यो घरको सबैभन्दा ठूलो विशेषता भनेको चाहिँ त्यहाँ तीन पुस्ता अटाउनु थियो र सबै सँगै हुनु थियो । साँझ भात पस्किँदा भान्सा एक्लो कहिल्यै हुँदैनथ्यो । सबै जना जम्मा नभई भान्सा खुल्दैनथ्यो ।

मलाई त्यो जीवन गरिब जीवन हो भन्ने कताबाट लाग्यो कुन्नि,
धनी बन्न म शहर पसेँ । डिग्रीसम्म पढेँ । शहरमा आधा जीवन त एक्लो कोठा या कोठासमूहको फ्ल्याटमा बित्यो । त्यहाँ मेरो आफ्नै खुट्टा फैलाउन पुग्ने ठाउँ थिएन, मैलाई पेट भर्न सजिलो थिएन । आफन्त र इष्टमित्र एक हप्तालाई आउँदा मसँग कहाँको 'स्पेस' होस् । न त्यहाँ केही उब्जन्थ्यो, न पाइतालाले माटो छुन पाउँथ्यो । खै कस्तो खाले सम्पन्नता थियो त्यो, त्यहाँ भान्सा प्रायः जसो एक्लो हुन्थ्यो । चिसो हुन्थ्यो ।

शहरबाट म अझै धनी बन्न विदेश पसेँ । कमाएँ । आज दुई-तीन बेडरूमको घर भयो । मैले छोड़ेर आएको गरिब घरमा कहिले काहीँ फर्केला भनेर सबैभन्दा राम्रो कोठामा अझै ताला लागेको छ । खाली छ त्यो । तर मैले आजीवन डिग्री घोटेर कमाएको धनी घरमा हजुरबुबा या बुबाआमा आउनुभयो भने कहाँ सुताउने होला भनेर घरसल्लाह गर्न पर्छ । दश जना इष्टमित्र आउने हो भने मेरो घरले स्वागत गर्न सक्दैन । मेरो पनि के भन्नु र ! ब्याङ्कको नियमित किस्ता बुझाउनुपर्छ । बुझाउन 'एक्स्ट्रा' काम गर्नुपर्छ । कामै काम गरेपछि सँगै भन्ने भएन ! घरभरि तीन पुस्ताको आबाज त के हुन्थ्यो र, फोटो मात्रै छ । कतिबेला त त्यही फोटो पनि राख्न भ्याइन्न । आफ्नो राखे पुगिहाल्यो नि! फोहोर फाल्ने ठाउँ त छैन, केही फल्ने र टिपेर खाने कुरो परको भयो । साइकलको ठाउँमा गाड़ी त छ तर त्यसको रस मैंबाहेक अरूलाई पुगेको छैन । त्यो पनि अरू कुरा जस्तै ब्याङ्कको ऋणमैँ छ ।

त्यो घरमा हुँदा कोही कहिल्यै एक्लै अस्पताल गएन । म स्वास्थ्यचौकी जाँदा सिङ्गो परिवार पछि पछि थियो । आज हजुरबुबा अस्पताल जाँदा मसँग समय छैन ।

हजुरबुबा हुनुको रस सिङ्गो गाउँमा थियो । त्यसको दुःखसुखमा थियो । म हुनुको रस मैलाई मात्रै छ । हजुरबुबासँग मावली, बुढो मावली, फूपू, सानोबा, सानीआमा, दाजुभाइ, जेठान, साली, ससुराली, भान्जाभान्जी, नातिनातिना, गुरु, शिष्य, इष्टमित्र र छरछिमेकको ठूलो संसार थियो । मसँग एकदुई थान नयाँ अङ्कल र सरहरू मात्रै छन् ।

हजुरबुबाको त्यो गरिबी र आजको मेरो सम्पन्नता हेरेर के लाग्यो भने, धनी हुनु भनेको हामीबाट 'म' हुनु रहेछ । राम्रो म !

के हाम्रो हजुरबुबा साँच्चिकै गरिब हुनुहुन्थ्यो ? के तपाईं साँच्चिकै सम्पन्न हुनुहुन्छ ? के घर पनि पक्की र कच्ची हुन्छ र ? श्रोत Narayan Gaunle

भेलु बाजे र सचिन परियार दुवैको प्रयोग मान्छेले राम्रो सँग गरे तर अहिले यि दुवै हामी सामु छैनन्। हार्दिक श्रद्धाञ्जली !💔😥
02/01/2025

भेलु बाजे र सचिन परियार दुवैको प्रयोग मान्छेले राम्रो सँग गरे तर अहिले यि दुवै हामी सामु छैनन्। हार्दिक श्रद्धाञ्जली !💔😥

आज कास्कीमा भएको थुनछेक बहसकोको क्रममा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठिले यदि रवि लामिछानेलाई थुनामा राख्न सकिएन र साधारण ...
02/01/2025

आज कास्कीमा भएको थुनछेक बहसकोको क्रममा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठिले यदि रवि लामिछानेलाई थुनामा राख्न सकिएन र साधारण तारिखमा वा धरौटीमा रिहा गरेपछि सत्ताको बार्गेनिङ गर्ने समीकरण फेरबदल हुने भएकाले थुनामै राख्न माग राखेका छन् ।Routine of Nepal bandaHarka Sampang A RevolutionBalenGagan Thapa

Happy New Year! Wishing you love and success!
31/12/2024

Happy New Year! Wishing you love and success!

तैंले दिनभर घरमा बसेर गर्छेस चाहिँ के? प्राय यस्तो कुरा सुनेर घरेलु महिला निशब्द हुन्छन् यस्तो प्रश्नको जवाफ दिनलाई उनीस...
25/12/2024

तैंले दिनभर घरमा बसेर गर्छेस चाहिँ के?

प्राय यस्तो कुरा सुनेर घरेलु महिला निशब्द हुन्छन्
यस्तो प्रश्नको जवाफ दिनलाई उनीसँग केहि पनि हुँदैनन्
न नै कुनै काम गनेर नै भन्न सकिन्छ
किनकि बच्चालाई त सबै महिलाहरुले जन्म दिन्छन्
सबैले आफ्नो बच्चालाई पालनपोषण गर्छन्
श्रीमान र घरका सासुससुसा देखि सबै सदश्यको टहलटुक्रो गर्छन, यसमा त्यस्तो के अनौठो छ जुन तैंले गर्छेस..
दिनभरीको घरको सारा काम निम्ट्याएपछी साँझमा यस्तो कुरा सुन्न बाध्य छन घरेलु महिलाहरूले...
जसले घरदेखी बाहिर निस्केर केही गर्न सकेकी छैन
तर पनि यि महिलाहरूलाई घरको चुलाचौका लिपन पोतन घोठ बस्तुभाउ मेलापात गर्दागर्दै आफैसँग बोल्ने फुर्सद पनि पाउँदैनन...
जुन दिन यी महिलाहरूले आफैसँग कुरा गर्न सिक्छन..... त्यस दिन सायद यस प्रश्नको उत्तर पनि भेटिन्छ...
सायद त्यसैले सबै मान्छेहरुले उनलाई घरको सबै काममा अल्झाई रहन्छन... .. तर पनि एकै झट्कामा तैंले दिनभर घरमा बसेर के गरेकी छेस र भनेर बिगार्दिन्छन...
छोरा मान्छेको रातदिनको यस्ता वचन सुनेर महिलाहरू टुट्ने गर्छन र आफैले आफैलाई सम्हाल्ने गर्छन्। यस आसामा कि राम्रोसँग कहिले आफू नटुटौ..
आज समाजको अगाडी यो प्रश्न छ "आखिर एउटि घरेलु महिलाले गर्छे चाहिँ के??"

हैट कलियुग  : भक्तपुरमा हिजो बुबा र भाइको हत्या गरी फरार रहेका (जेठा छोरा) मिलन आचार्यले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन...
24/12/2024

हैट कलियुग : भक्तपुरमा हिजो बुबा र भाइको हत्या गरी फरार रहेका (जेठा छोरा) मिलन आचार्यले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । मिलनले प्रेमिकासँगको तनावले डमबेल र सिलौटोले हानेर बुबा र भाइको हत्या गरेको (घट्ना घटाएको) प्रहरीसमक्ष बताएका छन् !! 😓💔

住所

Minato, Tokyo

電話番号

+818058615448

アラート

Bajgain Krishna prasadがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

事業に問い合わせをする

Bajgain Krishna prasadにメッセージを送信:

ビデオ

共有する