FN News सदैब सत्य र तथ्य परक सामाग्री प्रकाशनमा प्रतिबद्धता

मोना शिजुओका गोल्ड कपको तयारी तिव्र
16/12/2024

मोना शिजुओका गोल्ड कपको तयारी तिव्र

जापानडिसेम्बर ४आगामी अंग्रेजी नयाँ वर्ष २०२५ को उपलक्ष्यमा म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान क्षेत्रिय क....

अन्य देशबाट जापान आउने तथा जापान मै हुनुहुनेहरुका लागी अत्यन्त जरुरी सुचना जापान पशुपक्षी क्वारेन्टाइन विभागबाट प्राप्त ...
13/12/2024

अन्य देशबाट जापान आउने तथा जापान मै हुनुहुनेहरुका लागी अत्यन्त जरुरी सुचना
जापान पशुपक्षी क्वारेन्टाइन विभागबाट प्राप्त सुचना अनुसार विदेशबाट मासुजन्य खानेकुराहरु लिएर जापानमा प्रवेश गर्न मिल्दैन ।
विदेशबाट विभीन्न कुरीयर सर्भिस प्रयोग गर्ने तथा कार्गो गरी पठाउने पनि गर्न मिल्दैन ।
विदेशमा रहनु भएका परिवारका सदस्य तथा साथिहरुलाई जानकारी गराउनु होला ।
साथै विदेशबाट चल्ने अनलाइन साइटहरुबाट पनि किन्ने काम नगर्नुहोला ।
नियम पालना नगरी लिएर आएको पाइएमा जरिवाना तथा जेल सजाय हुन सक्छ ।
थप जानकारीका लागी तलको लिङ्कबाट हेर्नुहोला ।
https://www.maff.go.jp/aqs/tetuzuki/product/aq2.html?fbclid=IwY2xjawHIaJ5leHRuA2FlbQIxMAABHRYbcNxtsb0XD8o_qBuA9PkbE5oGSZowvuCp7GfLK59f3xSsogYoMfry4w_aem_Qc5qQBnmEGs-ZkpdVr8lcA

फुकुओका शहरमा बसोबास गर्ने सम्पुर्णका लागी फोहोर फाल्ने सम्बन्धी अत्यन्त जरुरी सुचना नयाँ वर्ष २०२५को समयमा (डिसेम्बर ३१...
12/12/2024

फुकुओका शहरमा बसोबास गर्ने सम्पुर्णका लागी फोहोर फाल्ने सम्बन्धी अत्यन्त जरुरी सुचना
नयाँ वर्ष २०२५को समयमा (डिसेम्बर ३१ बाट जनवरी ३सम्म) घरको फोहोर फाल्ने नियमित दिनमा फोहोर व्यवस्थापन गर्ने सम्पुर्ण कम्पनीहरु पनि बन्द हुन्छन । सट्टाका दिनहरु तोकिएको अवस्थामा नयाँ वर्षको समयमा फोहोर फाल्ने सुचना भनि होम पेज मार्फत जानकारी गराइने छ ।
रिसाइकलका लागी राखीएका रिसाइकल बक्सहरु पनि उक्त समयमा बन्द रहने छन ।
ठुला प्रकारका फोहोरहरु फाल्ने ठाँउ पनि बन्द हुन्छ । यसै वर्ष भित्र फाल्न चाहानु हुन्छ भने समयमै सम्पर्क गरी फाल्नुहोला । ठुला फोहोर फाल्नका लागी ०९२–७३१–११५२ मा सम्पर्क गर्नुहोला ।
फोहोर व्यवस्थापन सम्बन्धी थप जानकारीका लागी फुकुओका शहरको आधिकारीक होमपेज तथा फुकुओका शहरको प्रत्येक वडा कार्यालयमा रहेको जैविक वातावरण विभागमा सम्पर्क गर्नुहोला ।
धन्यवाद
#ゴミ #ゴミ回収 #福岡

नयाँ वर्ष २०२५ को बेलामा फुकुओका अध्यागमन विभाग खुल्ला रहने क्यालेन्डर हो । अध्यागमन विभागमा जाने योजना बनाउनु भएको कोही...
09/12/2024

नयाँ वर्ष २०२५ को बेलामा फुकुओका अध्यागमन विभाग खुल्ला रहने क्यालेन्डर हो ।
अध्यागमन विभागमा जाने योजना बनाउनु भएको कोही हुनुहुन्छ भने चेक गर्नुहोला ।
(श्रोत : फुकुओका अध्यागमन विभाग आधीकारीक फेसबुक पेज)
#福岡入管 #福岡 #休み #休みの日

पासपोर्ट फेला परेको सूचना !फेला परेको मिति : २०२४/१२/०४ नाम: श्रेष्ठ रितिका हाकाता पोलिस स्टेसन for more detail 09060778...
05/12/2024

पासपोर्ट फेला परेको सूचना !
फेला परेको मिति : २०२४/१२/०४
नाम: श्रेष्ठ रितिका
हाकाता पोलिस स्टेसन
for more detail
09060778115

राहदानी सिस्टममा समस्या परेका बेलामा राहदानी सम्बन्धी कामका लागी मिति लिनुभएकाहरुमा नयाँ मितिको अत्यन्त आवश्यक सुचना    ...
03/12/2024

राहदानी सिस्टममा समस्या परेका बेलामा राहदानी सम्बन्धी कामका लागी मिति लिनुभएकाहरुमा नयाँ मितिको अत्यन्त आवश्यक सुचना
@topfansEmbassy of Nepal in Tokyo, Japan -在日ネパール国大使館

फुकुओकामा पुर्ण राई एण्ड दाजुभाइहरुको कन्सर्ट हुने
30/11/2024

फुकुओकामा पुर्ण राई एण्ड दाजुभाइहरुको कन्सर्ट हुने

फुकुओकानोभेम्बर २९नेपाली संगीतको प्रसिद्ध समूह ‘पूर्ण राई एण्ड दाजुभाइहरु’ को बृहत् कन्सर्ट आगामी डिसेम्बर २४,...

एनआरएनए क्युस्युले रक्तदान कार्यक्रम गर्ने
28/11/2024

एनआरएनए क्युस्युले रक्तदान कार्यक्रम गर्ने

फुकुओकानोभेम्बर २८गैर आवसीव नेपाली संघ (एनआरएनए) जापान क्षेत्रिय कार्यसमिति क्युस्युले फुकुओकामा डिसेम्बर ८ ता...

१२ औं नेपाल फेस्टिवल फुकुओका २०२५ अप्रिल १२ र १३ मा हुने         #ネパールフェスティバル福岡  #福岡
27/11/2024

१२ औं नेपाल फेस्टिवल फुकुओका २०२५ अप्रिल १२ र १३ मा हुने
#ネパールフェスティバル福岡 #福岡

फुकुओकानोभेम्बर २७फुकुओका नेपाल सोसाइटी (फुनेसो) को संयोजकत्वमा क्युस्युमा अवस्थीत गैर आवासीय नेपाली संघ (एनआर.....

नेपाली राजदूतावास ,टोकियोको अत्यन्त जरुरी सूचनाराहदानी विभाग काठमाडौंमा राहदानी बनाउने प्रक्रियामा प्राविधिक  कठिनाई आएक...
25/11/2024

नेपाली राजदूतावास ,टोकियोको अत्यन्त जरुरी सूचना

राहदानी विभाग काठमाडौंमा राहदानी बनाउने प्रक्रियामा प्राविधिक कठिनाई आएकोले यस राजदूतावासमा पनि राहदानी बनाउने प्रक्रियामा वाधा सिर्जना भएको व्यहोरा जानकारी गराइन्छ ।

सुचना सुचना सुचना नेपाली राजदुतावास टोकियोको सेवा शुल्क वृद्धि सम्बन्धी महत्वपुर्ण सुचना नेपाली नागरीकका लागी मात्र १. र...
18/11/2024

सुचना सुचना सुचना

नेपाली राजदुतावास टोकियोको सेवा शुल्क वृद्धि सम्बन्धी महत्वपुर्ण सुचना

नेपाली नागरीकका लागी मात्र

१. राहदानी नवीकरण (दश वर्ष भन्दा बढी उमेरका आवेदकको लागि) २३,००० येन
२. राहदानी नवीकरण (दश वर्ष भन्दा कम उमेरका आवेदकको लागि) १२,००० येन
३. जापानमा जन्मिएका बच्चाको नयाँ राहदानी बनाउनको लागि २०,००० येन
४. हराएको, चोरी भएको वा नासिएको राहदानी सट्टामा नयाँ राहदानी बनाउनको लागि ४६,००० येन
५. अन्य कागजपत्र प्रमाणीत ८,००० येन

जापानीज तथा अन्य देशका नेपाल जान चाहाने नागरीकहरुका लागी भिसा शुल्क
अवैतनीक वाणिज्य दुतावास फुकुओकाबाट
१. १५ दिनको भिसाको लागी ६,००० येन
२. ३० दिनको भिसाको लागी ९,००० येन
३. ९० दिनको भिसाका लागी २२,८०० येन

थप जानकारीका लागी नेपाली दुतावास टोकीयोको होम पेज (https://jp.nepalembassy.gov.np/) तथा फेसबुक पेज (https://www.facebook.com/profile.php?id=100075449907863) हेर्नुहोला ।

जानकारी पाउनु भयो नि ! एयरपोर्ट ढिला पुगेर पिलेन छुट्ला है ! धन्यवाद
07/11/2024

जानकारी पाउनु भयो नि !
एयरपोर्ट ढिला पुगेर पिलेन छुट्ला है ! धन्यवाद

सबैजनाले विचार पुर्याउनु होला । आजबाट नियम परिवर्तन भएको छ ।
31/10/2024

सबैजनाले विचार पुर्याउनु होला । आजबाट नियम परिवर्तन भएको छ ।

सम्पूर्णमा आज परेको लक्ष्मी पूजाको हार्दिक शुभकामना व्यक्त गर्दछौ । जहाँ छौ जसरी छौ राम्रो सँग लक्ष्मी पूजा गर्नुहोला ।क...
31/10/2024

सम्पूर्णमा आज परेको लक्ष्मी पूजाको हार्दिक शुभकामना व्यक्त गर्दछौ ।
जहाँ छौ जसरी छौ राम्रो सँग लक्ष्मी पूजा गर्नुहोला ।
कुनै पनि देशको मुद्रा नष्ट गर्नु कानुनी अपराध मानिन्छ त्यसैले पूजा गर्दा पैसा जल्ने, भिज्ने भै समस्या उत्पन्न हुन सक्छ त्यसैले त्यस्तो न हुने गरेर विचार पुर्याउनु होला ।
फोटो पहिलाको हो ।

जापानमा नेपाली लगायत विभिन्न देशका नागरिकहरुको संख्यामा उल्लेख्य रूपमा वृद्धि भएसँगै जापानमा साइकल चलाउदा ट्राफिक नियमहर...
27/10/2024

जापानमा नेपाली लगायत विभिन्न देशका नागरिकहरुको संख्यामा उल्लेख्य रूपमा वृद्धि भएसँगै जापानमा साइकल चलाउदा ट्राफिक नियमहरु र सडक नियमहरु पालना नगरेको कारण साइकलबाट हुने सडक दुर्घटनाहरु वृद्धि भएको कारणले २०२४ नोभेम्बर १ तारीकबाट जापान प्रहरीले नयाँ नियमहरूको सुरुवात गर्दैछ । यसमा निम्न कारवाहीहरु गरिने जानकारी पनि प्राप्त भएको छ ।
१. साइकल चलाउदा छाता ओड्ने अथवा हेडफोन लगाउने गर्दा ५,००० येन जरिवाना
२. ट्राफिक नियमको पालना नगरी गलत साईडमा साइकल चलाउदा ६,००० येन जरिवाना
३. ट्राफिक लाइटको पालना नगरेमा ६,००० येन जरिवाना
४. मोबाइल फोन चलाउँदै अथवा हातमा राखेर साइकल चलाएमा १००,००० येन सम्म जरिवाना र ६ महिना कैद सजाय, मोबाइल चलाउदा दुर्घटना भयमा ३००,००० येन सम्म जरिवाना र १ वर्ष सम्म कैद
५. मद्यपान गरेर साइकल चलाएमा अथवा चलाउन लगाएमा ५००,००० येन सम्म जरिवाना र ३ वर्ष सम्म कैद सजाय
साइकल चलाउदा ट्राफिक नियम पालना गरी आफू पनि बचौ र अरूलाई पनि बचाउ

फुकुओकामा पार्सपोर्ट फेला परेको सूचना !नाम : अशिम तिमल्शिना स्थान : हाकाता पोलिस स्टेशन सम्बन्धित व्यक्तिले इनबक्स गर्नु...
21/10/2024

फुकुओकामा पार्सपोर्ट फेला परेको सूचना !
नाम : अशिम तिमल्शिना
स्थान : हाकाता पोलिस स्टेशन
सम्बन्धित व्यक्तिले इनबक्स गर्नुहोला।
अथवा हाकाता पोलिस स्टेसनमा संपर्क गर्नु होला ।
https://maps.app.goo.gl/hZ1j5ci1Wqe5Ztmu5

Find local businesses, view maps and get driving directions in Google Maps.

住所

福岡市
Fukuoka-shi, Fukuoka
8120888

電話番号

+817076115357

ウェブサイト

アラート

FN Newsがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

事業に問い合わせをする

FN Newsにメッセージを送信:

ビデオ

共有する