28/09/2022
अमरवाणी
============================
म
१. स्वर्गको विषयमा सत्य वकालत गर्ने वकिलको रुपमा म संसारमा आएको छु।
२. खनिएको खाल्डोलाई पुर्न, भत्किएको पहिरोलाई मैदान बनाउन अनि न्याय र आस्थाको प्रतीक्षामा निदाएकाहरुलाई ब्युँताउन म आएको छु, उठेर हेर्नुहोस- घाम झुल्किसकेको छ, घाम अस्ताउनुभन्दा अगाडि नै तपाईको बिश्वास र आशा गरेको दिन आइपुगेको महसुस गर्नुहोस।
३.म त्यस्तो गुरु हुँ जसले आफ्ना चेलाहरुलाई चेला होइन तर गुरु बन्न सिकाउछु।
४. म सुन्तलालाई सुन्तला नै र स्याउलाई स्याउ नै भन्न र चिनाउन आएको हुँ, तर सुन्तलालाई आँप बनाउन आएको चाहिँ होइन, मतलब सत्यलाई ओकल्न आएको हुँ चाहे त्यहाँ जतिसुकै ढुङ्गाहरुको प्रहार किन नहोस् ।
५. इतिहास खोज्न हामी आएका होइनौं तर इणतिहास बनाउन आएका हौं ।
६.सारा धर्मशास्त्रहरुमा रहेका अन्धविश्वासलाई सुधारी सम्पुर्ण धर्मशास्त्रहरुको सारबाट ईश्वर र मानवबीचको आत्मिक सम्बन्ध छर्लङग्याउनु नै मेरो प्रमुख लक्ष्य हो।
७.मलाई पछ्याऊ अनि म मुक्ति र मोक्षको राजाकहा पुर्याउनेछु।
८.भत्किएको ठाउँलाई पुनस्थापना गर्न आएको छु,
यहाँहरुको हृदयले खोजिरहेको कुरा देखाउन म आएको छु, तपाईको सारा दु:खभार मलाई दिनुहोस् ता कि म त्यसलाई तपाईबाट टाढा पुर्याइदिऊ,अनि तपाईको हृदय कहिल्यै भ्रष्टताको बाटोमा नलागोस।
९.कसैले भेटी चढाएमा म लिन्न किनकि ममा त्यो लिने योग्यता नै छैन।
१०. म कसैको आस्थालाई धक्का पुर्याउन चाहान्न बरु तिनिहरुलाई अझ त्यही ठाउमा असल हुन सिकाउछु ।
११. म मान्छेहरुको दर्शनमा हिँड्न चाहान्न तर जो ईश्वरिय दर्शन छ म त्यसैमा रमाउन चाहान्छु।
१२. म कुनै धर्मलाई अघि सार्न आइन तर धर्मको अगाडि स्थापित शब्दलाई हटाउन आए।
१३. मलाई आशन,पुष्पहार वा पैसाले स्वागत नगर, गर्छौ भने प्रश्नले सम्मान गर।
१४. अरुहरु सोध्छन कि मेरा चेलाहरु कति छन् तर म सोध्छु कि मलाई पछ्याउनेहरुले के मुक्ती पाउन सक्ने भएका छन् ?
१५. मेरो सम्पुर्ण प्राण, आत्मा, शरीर ईश्वरलाई सुम्पेको छु, उहाले मलाई मानव सेवामा पठाउनु भएको छ। यसर्थ, मेरो कर्तव्य मानव सेवा हो।
१६. जसले अरुको निम्ति आफुलाई समर्पित गर्दछ तिमी उसको गुणको महत्तव किन बुझ्दैनौ? उसले गरेका असल कार्यहरुबाट तिमी किन सक्दैनौ?
१७. मलाइ प्रेम अनि प्रशंसा गर्नेहरुले परम प्रधान परम ईश्वरलाई नै गरुन् किन कि मलाई उहाले नै पठाउनु भएको हो।
१८. मेरो मालिक परम प्रधान परम ईश्वर नै हुनुहुन्छ। म उहाले खटाउनु भएको गोठालो अनि सारा स्वर्गयात्रीहरुको रक्षक हु।
१९. म तपाइहरुको यस्तो दास हु जसलाई कुनै किसिम्को पारिश्रमिक दिनुपर्दैन।
- स्वामी बाल तपस्वी सदगुरु ॐनन्द (गुरु हजुर ) ।