NBsportsnews

NBsportsnews sports news
(2)

इण्टरनेशनल फ्रेण्डलीजःस्पेन, ब्राजील र अर्जेण्टिनाको जीत10 जूनः अन्तर्राष्ट्रिय फूटबलमा जारी मैत्री म्याचहरू (इण्टरनेशनल...
10/06/2024

इण्टरनेशनल फ्रेण्डलीजः
स्पेन, ब्राजील र अर्जेण्टिनाको जीत

10 जूनः अन्तर्राष्ट्रिय फूटबलमा जारी मैत्री म्याचहरू (इण्टरनेशनल फ्रेण्डलीज)-को क्रममा ब्राजील र अर्जेण्टिनाले रोमाञ्चक जीत हासिल गऱ्यो। यसरी स्पेनले गोलको वर्षा गऱ्यो भने फ्रान्सले चाहिँ निराशाजनक प्रदर्शनको साथ प्रशंसकहरूलाई हताश गऱ्यो। ब्राजीलले चरम रोमाञ्चक म्याचमा मेक्सिकोलाई 3-2-ले पराजित गऱ्यो। यस अवे म्याचमा 56 प्रतिशत पोजेशनको साथ खेल्ने ब्राजीललाई दोस्रो हाफको इञ्ज्युरी टाइमको छैटौं मिनटमा एण्ड्रिकले दिलाएको गोलले विजयी बनायो। यसरी अन्य दुईवटा गोल एण्ड्रिएस पेरेइरा (पाँचौं) र गेब्रिएल मार्टिनेल्ली (54औं मिनट)-ले गरे। यसरी मेक्सिकोबाट जूलियन क्विनोनेसले 73औं र गुइलेर्मो मार्टिनेज अयालाले दोस्रो हाफको इञ्ज्युरी टाइमको दोस्रो मिनटमा गोल गरे। यसरी अर्जेण्टिनाले इक्वेडोर विरुद्ध 1-0-ले जीत हासिल गऱ्यो। म्याचमा 65 प्रतिशत पोजेशनको साथ खेल्ने वर्तमान वर्ल्ड च्याम्पियन टीमबाट एञ्जेल डी मारियाले 40औं मिनटमा गोल गरे। म्याचमा लियोनल मेस्सी 56औं मिनटमा डी मारियाको स्थानमा सब्स्टीट्यूड खेलाड़ीको रूपमा मैदानमा ओर्लिए। यसबीच असल फर्ममा रहने स्पेनले नर्दर्न आयरल्याण्डलाई 5-1-ले पिट्यो। विजेता टीमबाट म्याचमा पेड्रीले 12औं र 29औं मिनटमा 2 गोल गरे। यसबाहेक अल्वारो मोराटाले 18औं, फेबिएन रुईजले 35औं र मिकेल ओयारजाबालले 60औं मिनटमा गोल गरे। यसरी नर्दर्न आरल्याण्डबाट डेनिएल बालार्डले दोस्रो मिनटमा गोल गरे। इटलीले चाहिँ बोस्निया एण्ड हर्जेगोविना विरुद्ध जसोतसो 1-0-ले जीत हासिल गऱ्यो। विजेता टीमबाट डाविडे फ्राटेसीले 38औं मिनटमा गोल गरे। फ्रान्स पनि कनाडा विरुद्ध गोलरहित (0-0)-मा रोकियो।

दिल्ली एफसी र मिनर्वा एकाडमीको निम्ति ट्रायल8 जूनः फूटबल खेलमा करियर बनाउन अनि शीर्ष स्तरमा आफ्नो कौशल देखाउ चाहने खेलाड...
08/06/2024

दिल्ली एफसी र मिनर्वा एकाडमीको निम्ति ट्रायल

8 जूनः फूटबल खेलमा करियर बनाउन अनि शीर्ष स्तरमा आफ्नो कौशल देखाउ चाहने खेलाड़ीहरूका निम्ति सिलगढ़ी (Siliguri) युनाइटेड फूटबल क्लबले सुनौलो मौका ल्याएको छ। आउँदो 17, 18 र 19 जूनको दिन सुकना हाई स्कूल मैदानमा दिल्ली एफसी र मिनर्वा एकाडमीको निम्ति ट्रायलको आयोजन गरिनेछ। सुकना गेम्स एण्ड स्पोर्ट्स एसोसिएशनको विशेष सहयोगमा हुने यस तीनदिने ट्रायलको शुरुवात 17 जूनदेखि हुनेछ। यसमा 17 र 18 जूनमा मिनर्वा एफसी-को फूटबल एकाडमीको निम्ति ट्रायल आयोजन गरिनेछ। मिनर्वा एकाडमीको ट्रायलमा 2008-देखि 2016-बीच जन्मिएका खेलाड़ीहरूले हिस्सा लिन सक्नेछन्। यसरी दिल्ली फूटबल क्लबको निम्ति खेलाड़ीहरूका ट्रायल 19 जूनमा हुनेछ। आई-लीगमा हिस्सा लिने मौका प्रदान गर्ने यस ट्रायलमा 2007-पछि जन्मिएका सीनियर खेलाड़ीहरूले हिस्सा लिन सक्नेछन्। अधिक जानकारीको निम्ति पोस्टरमा उल्लेखित नम्बरमा सम्पर्क गर्न सकिनेछ। यसबाहेक क्यूआर कोड स्क्यान गरी रेजिस्ट्रेशन गर्न सकिनेछ।

इण्टरनेशनल फ्रेण्डलीजःजर्मनी र पोल्याण्डले जिते पनि ईंग्ल्याण्डको हार8 जूनः यस साल हुने यूरो कपको आयोजक जर्मनीको साथमा प...
08/06/2024

इण्टरनेशनल फ्रेण्डलीजः
जर्मनी र पोल्याण्डले जिते पनि ईंग्ल्याण्डको हार

8 जूनः यस साल हुने यूरो कपको आयोजक जर्मनीको साथमा पोल्याण्डले अन्तर्राष्ट्रिय मैत्री फूटबल म्याचहरूमा जीत हासिल गऱ्यो। यसबीच शक्तिशाली ईंग्ल्याण्ड चाहिँ हारको सम्मुखीन भयो। शुक्रवार राति खेलिएको म्याचमा जर्मनीले ग्रीसलाई 2-1-ले पराजित गऱ्यो। आफ्नो होम ग्राउण्ड बोरुसिया पार्कमा मध्यान्तरसम्म पछि रहने जर्मनीले दोस्रो हाफमा असाधारण प्रदर्शन गर्दै म्याच जित्यो। म्याचमा 70 प्रतिशत पोजेशनको साथ खेल्ने जर्मनीबाट काई हावेर्त्जले 55औं र पास्कल ग्लोबले 89औं मिनटमा गोल गरे। यसरी ग्रीसबाट जियोर्गोस मासौरासले 33औं मिनटमा गोल गरे। यसबीच ईंग्ल्याण्डले चाहिँ आइसल्याण्ड विरुद्ध 0-1-ले हारको सामना गर्नु पऱ्यो। आफ्नो होम ग्राउण्ड वेम्बले स्टेडियममा हेरी केन, फिल फोडेन, एन्थोनी गोर्डन र कोल पाल्मर जस्ता खेलाड़ीहरूले सुसज्जित अग्रिम पंक्ति लिएर पनि ईंग्ल्याण्डले गोल गर्न सकेन। म्याचमा 32 प्रतिशत पोजेशनको साथ खेल्ने आइसल्याण्डबाट जोन डागुर पोर्सटेनसोनले 12औं मिनटमा गोल गरे। पोल्याण्डलाई चाहिँ युक्रेन विरुद्ध 3-1-ले जीत हासिल गर्नमा अधिक असुविधा भएन। म्याचको चारैवटा गोल मध्यान्तर अघि भयो। यसबाहेक स्कटल्याण्ड र फिनल्याण्डबीच खेलिएको म्याच 2-2-ले ड्र रह्यो। यसरी दक्षिण अमेरिकामा पेरु र प्याराग्वेबीच खेलिएको म्याच पनि गोलरहित ड्र (0-0)-मा समाप्त भयो।

कुवैत विरुद्ध म्याच ड्रः अन्तर्राष्ट्रिय फूटबलबाट विदा लिए सुनिल छेत्रीले६ जूनः हजारौंको संख्यामा उपस्थित समर्थकहरूका अप...
06/06/2024

कुवैत विरुद्ध म्याच ड्रः अन्तर्राष्ट्रिय फूटबलबाट विदा लिए सुनिल छेत्रीले

६ जूनः हजारौंको संख्यामा उपस्थित समर्थकहरूका अपार माया र समर्थनबीच भारतीय फूटबल टीमका चमत्कारी कप्तान सुनिल छेत्रीले १९ सालको स्वर्णिम करियरपछि अन्तर्राष्ट्रिय फूटबलबाट विदा लिए। कलकत्ता (Kolkata)-को सल्ट लेक स्टेडियममा फिफा वर्ल्ड कप क्वालीफायर अन्तर्गत भारत र कुवैतबीच गोलरहित ड्र (0-0)-मा समाप्त भएको म्याच उनको अन्तिम अन्तर्राष्ट्रिय म्याच थियो। भारतको निम्ति सर्वाधिक १५१ वटा म्याच खेलेर सर्वाधिक ९४ गोल गर्ने सुनिल छेत्रीको बिदाई म्याचको साक्षी बन्न स्टेडियममा हजारौंको संख्यामा समर्थकहरू एकत्रित भएका थिए तर भारतीय टीमले कप्तानलाई जीतको साथ बिदा गर्न सकेन । भारतले म्याचमा केही नजिकको मौकाहरू गुमायो । भारतीय गोलकीपर गुरप्रीत सिंह सन्धूले पनि केही असाधारण शेभ गरी टीमलाई बचाए । कुवैत विरुद्ध म्याचमा जीत हासिल गर्न सकेको भए भारत फिफा वर्ल्ड कप क्वालीफायरको तेस्रो चरणमा पुग्ने लगभग निश्चित हुने थियो तर आजको ड्र-ले समीकरण सामान्य कठिन बन्न पुग्यो । भारत ग्रुप ए-मा अहिले पनि ५ वटा म्याचमा ५ पोइण्ट्सको साथ दोस्रो स्थानमा रहेको छ तर इगोर स्टीमाकको टीम समक्ष अब कतरको रूपमा ठूलो चुनौती रहेको छ, जो ४ वटा म्याचमा १२ पोइण्ट्सको साथ ग्रुपको शीर्षमा रहेको छ । यसरी कुवैतले ५ वटा म्याचमा ४ पोइण्ट्सको साथ गोल अन्तरको आधारमा अफगानिस्तानलाई पछि छोड़ेर तेस्रो स्थान हासिल गऱ्यो । भारतको तर्फबाट ५० गोल गर्ने पहिलो खेलाड़ी छेत्रीलाई म्याचको अन्तमा भावुक देखियो। उल्लेखनीय छ, छेत्रीले १२ जून २००५-मा पाकिस्तान विरुद्ध भारतको तर्फबाट पदार्पण गरेका थिए अनि उनले आफ्नो पहिलो म्याचमै गोल पनि गरेका थिए। अन्तर्राष्ट्रिय फूटबलबाट सन्न्यास लिए पनि उनले क्लब फूटबल खेल्न जारी राख्नेछन् ।

खरसाङ (Kurseong) फूटबल एसोसिएशन र यूकेएफसी-द्वारा सुनिल छेत्रीको सम्मानमा बिदाई कार्यक्रम6 जूनः भारतीय फूटबल टीमको चमत्क...
06/06/2024

खरसाङ (Kurseong) फूटबल एसोसिएशन र यूकेएफसी-द्वारा सुनिल छेत्रीको सम्मानमा बिदाई कार्यक्रम

6 जूनः भारतीय फूटबल टीमको चमत्कारी कप्तान तथा जण्डा फरवर्ड सुनिल छेत्री आज आफ्नो अन्तिम अन्तर्राष्ट्रिय म्याच खेल्न मैदानमा ओर्लिनेछन्। कलकत्ताको सल्ट लेक स्टेडियममा फिफा वर्ल्ड कप क्वालीफायर चरणअन्तर्गत बिहीवार कुवैत विरुद्ध म्याच उनको अन्तिम अन्तर्राष्ट्रिय म्याच हुनेछ। भारतीय टीमका कप्तान सुनिल छेत्रीको 19 सालको स्वर्णिम अन्तर्राष्ट्रिय करियरलाई सम्मान दिँदै उनको बिदाई म्याचलाई केन्द्र गरेर आज खरसाङ फूटबल एसोसिएशन (केएफए) र युनाइटेड खरसाङ फूटबल क्लब (यूकेएफसी)-द्वारा एउटा विशेष कार्यक्रमको आयोजन गरियो। खरसाङ रेलवे स्टेशन परिसरमा आयोजित यस कार्यक्रममा सुनिल छेत्रीको स्वर्णिम करियर र खेल प्रति उनको योगदानलाई सम्मानपूर्वक याद गरियो। भारतको निम्ति सर्वाधिक 150 वटा म्याच खेलेर सर्वाधिक 94 गोल गर्ने छेत्रीको करियरलाई याद गर्दै केएफए-का महासचिव सुदीप राईले भने, यो हाम्रो निम्ति ठूलो गर्वको कुरा हो। उनलाई 19 वर्षको यादगार करियरको निम्ति बधाई अनि भविष्यका योजनाहरूका निम्ति शुभकामना दिन चाहन्छौं। हामी केएफए र यूकेएफसी परिवार उनको सुस्वास्थ्य अनि दीर्घायुको कामना गर्दछौं। भारतीय फूटबलमा उनको योगदानलाई युगौंसम्म याद गरिनेछ।

बिदायी म्याचः कप्तान सुनिल छेत्रीको सम्मानमाभारत बनाम कुवैत (फिफा वर्ल्ड कप क्वालीफायर)समयः राति 0700 बजीदेखि
06/06/2024

बिदायी म्याचः कप्तान सुनिल छेत्रीको सम्मानमा
भारत बनाम कुवैत (फिफा वर्ल्ड कप क्वालीफायर)
समयः राति 0700 बजीदेखि

कुवैतको चुनौती स्वीकार्न तयार सुनिल छेत्री अनि उनको टीम5 जूनः भारतीय फूटबल टीमका चमत्कारी कप्तान सुनिल छेत्रीले बुधवार आ...
05/06/2024

कुवैतको चुनौती स्वीकार्न तयार सुनिल छेत्री अनि उनको टीम

5 जूनः भारतीय फूटबल टीमका चमत्कारी कप्तान सुनिल छेत्रीले बुधवार आफ्नो अन्तिम अन्तर्राष्ट्रिय म्याचलाई केन्द्र गरेर जारी चर्चाहरूलाई कम्ती महत्त्व दिँदै यहाँ कुवैत विरुद्ध टीमको महत्त्वपूर्ण फिफा वर्ल्ड कप क्वालीफायरमा ध्यान केन्द्रित गर्ने कोशिश गरिरहेको बताए। भारतले बिहीवार खेलिने यस म्याचमा जीत हासिल गर्न सके फिफा वर्ल्ड कप क्वालीफायरको तेस्रो राउण्डमा स्थान लगभग पक्का गर्नेछ। फिफा वर्ल्ड कप 2026-को आयोजन अमेरिका, मेक्सिको र कनाडामा हुनेछ। यसमा भाग लिने एशियाई टीमको फसेला तेस्रो क्वालीफायरपछि हुनेछ। सुनिल छेत्रीले गत महिना कुवैत विरुद्ध म्याच उनको अन्तिम अन्तर्राष्ट्रिय म्याच हुने घोषणा गरेका थिए। अन्तर्राष्ट्रिय स्तरमा 19 सालसम्म भारतीय फूटबलको अनुहार रहने यस खेलाड़ीले म्याचको पूर्व सन्ध्यामा भने, यो केवल मेरो अनि मेरो करियरको अन्तिम म्याचको बारेमा होइन। म यसलाई यसरी हेरिरहेको छुइनँ। हामी वास्तवमा म्याच जित्न चाहन्छौं। काम सजिलो छैन तर हामी तयार छौं। हामीलाई भरपूर समर्थन प्राप्त हुनेछ।
यस 39 वर्षीय स्ट्राईकरले आफ्नो भविष्यको योजनाहरूबारे प्रश्न गरिँदा भने, हामीले भोलि जीत हासिल गर्न सक्यौं भने हामी लगभग क्वालीफाई (तेस्रो चरणको निम्ति) गर्नेछौं। हामीलाई होम र अवे मिलाएर 5-5 वटा म्याच खेल्ने मौका प्राप्त हुनेछ। म राम्रो सूट लगाएर जहाँ भए पनि गएर आफ्नो टीमको म्याच हेर्नेछु। म हरेक दिन टीमका खेलाड़ीहरूसँग कुराकानी गर्छु। म उनीहरूलाई यस सपनाबारे बताउँछु। म्याच अघि हामीले गरेको लामो शिविरले फाइदा हुनेछ। यस्तो गर्दा कमजोरीहरूमाथि काम गर्ने पर्याप्त समय पाइन्छ। खेलबाट सन्न्यास लिने फसेलामाथि पुनर्विचार गर्ने प्रश्नको जवाफमा देशको निम्ति 150 वटा म्याचमा 94 गोल गर्ने खेलाड़ीले भने, यस्तो हुनेछैन। मेरो सूट तयार छ अनि अब म आफ्नो टीमको खेलाड़ीहरूका खेलको मजा लिनेछु। मैले यसबारे धेरै सोचेको छु। मेरो 19 सालको यात्रा असाधारण रह्यो। अब टीम जहाँ पनि जानेछ, म एकजना प्रशंसकको रूपमा जानेछु अनि टीमको समर्थन गर्नेछु।

कीलियन एम्बाप्पे आधिकारिक रूपले रियल म्याड्रिडमा सामेल4 जूनः फ्रान्सका दिग्गज फूटबलर कीलियन एम्बाप्पे अन्तमा गएर स्पेनिश...
04/06/2024

कीलियन एम्बाप्पे आधिकारिक रूपले रियल म्याड्रिडमा सामेल

4 जूनः फ्रान्सका दिग्गज फूटबलर कीलियन एम्बाप्पे अन्तमा गएर स्पेनिश क्लब रियल म्याड्रिडमा सामेल भए। गत केही सालदेखि नै एम्बाप्पे यस क्लबमा आउने संकेत देखिएको थियो। यसपाली चाहिँ उनले आफ्नो पुरानो क्लब पेरिस सेण्ट जर्मेन (पीएसजी)-सँग नाता तोड़ेर रियल म्याड्रिडसँग 5 सालको अनुबन्ध गरेका छन्। फ्रान्सीसी फरवर्डसँग अनुबन्ध भएको रियल म्याड्रिडले सोमवार पुष्टि गऱ्यो। रियल म्याड्रिडले केही दिन अघि मात्र रेकर्ड 15औं पल्ट यूएफा च्याम्पियन्स लीगको खिताब जितेको थियो। कार्लो एन्सेलोट्टीको टीमले वेम्बले स्टेडियममा खेलिएको फाइनलमा जर्मनीको क्लब बोरुसिया डर्टमण्डलाई 2-0-ले पराजित गरी यूरोपेली क्लब फूटबलको सर्वश्रेष्ठ टीम बन्ने गौरव हासिल गरेको थियो। रेकर्ड 15औं पल्ट च्याम्पियन्स लीग ट्रफी उठाएको दुई दिन पछि नै रियल म्याड्रिडले फ्री ट्रान्सफरमा एम्बाप्पेसँग अनुबन्धको पुष्टि गऱ्यो। एम्बाप्पेले पीएसजी-को टीममा 7 सालको समय बिताए तर आउँदो सीजनदेखि उनलाई रियल म्याड्रिडको जर्सीमा खेलिरहेको देखिनेछ। यस 25 वर्षीय खेलाड़ीले 10 मईमा पीएसजी छोड़्ने घोषणा गरेका थिए। पीएसजी-सँग उनको अनुबन्ध 30 जूनमा समाप्त हुनेछ अनि एम्बाप्पे जुलाईमा रियल म्याड्रिडको टीममा सामेल हुनेछन्। यसरी स्पेनिश क्लबले उनलाई यूरो कप 2024 शुरु हुन अघि नै लञ्च गर्नेछ।
एम्बाप्पेले 2018-मा फ्रान्सीसी टीमसँग फिफा वर्ल्ड कप जितेका थिए। त्यसपछि उनी 2022-मा कतरमा भएको वर्ल्ड कपमा उपविजेता रहने फ्रान्सीसी टीमको पनि हिस्सा थिए। उनले पीएसजी-सँग 6 वटा लीग वन् र चारवटा फ्रेञ्च कप जिते। एम्बाप्पेले क्लबका सर्वकालिक शीर्ष स्कोररको रूपमा आफ्नो कार्यकाल समाप्त गरे। उनले पीएसजी-को निम्ति रेकर्ड 256 गोल गरे। एम्बाप्पेले एएस मोनाको क्लबको साथ करियरको शुरुवात गरेका थिए। उनी 2017-मा 214 मिलियन डलरको कथित ट्रान्सफर फीसको साथ मोनाकोबाट पीएसजी-मा सामेल भएका थिए। त्यस डीलको साथ उनी पीएसजीकै पूर्व खेलाड़ी नेमारपछि विश्वका दोस्रो सबैभन्दा महँगो खेलाड़ी बनेका थिए।

यूएफा च्याम्पियन्स लीगःरियल म्याड्रिड रेकर्ड 15औं पल्ट च्याम्पियन2 जूनः दोस्रो हाफको खेलमा उत्कृष्ट प्रदर्शनको दममा रियल...
02/06/2024

यूएफा च्याम्पियन्स लीगः
रियल म्याड्रिड रेकर्ड 15औं पल्ट च्याम्पियन

2 जूनः दोस्रो हाफको खेलमा उत्कृष्ट प्रदर्शनको दममा रियल म्याड्रिड रेकर्ड 15औं पल्ट यूएफा च्याम्पियन्स लीग फूटबल प्रतियोगिताको च्याम्पियन बन्यो। प्रतिष्ठित च्याम्पियन्स लीगको गत 11 वटा संस्करणमा यो रियलको छैटौं खिताब हो। यसको साथै कार्लो एन्सेलोट्टीको टीमले सीजनको डबल पनि पूरा गऱ्यो। रियलले यसअघि स्पेनिश ला लीगाको खिताब पनि जितेको थियो। रियल म्याड्रिडले शनिवार अबेर राति खेलिएको च्याम्पियन्स लीगको फाइनलमा बोरुसिया डर्टमण्डलाई 2-0-ले पराजित गऱ्यो। दर्शकहरूले भरिएको लण्डनको वेम्बले स्टेडियममा 58 प्रतिशत बल पोजेशनको साथ खेले पनि रियलले मध्यान्तर अघि जर्मनीको क्लबबाट चरम दबाउको सामना गर्नु पऱ्यो। त्यसपछि दोस्रो हाफको खेलमा चाहिँ स्पेनिश क्लबले बोरुसिया डर्टमण्डको रक्षापंक्तिलाई तोड़ेर 2 गोलको साथ म्याच अनि खिताब जित्यो। रियल म्याड्रिडबाट डानी कार्भाहालले 74औं र विनिसियस जूनियरले 83औं मिनटमा गोल गरे। रियल म्याड्रिडको जर्सी लगाएर आफ्नो अन्तिम म्याच खेलिरहेका टोनी क्रूसको निम्ति यो यादगार बिदाई रह्यो। जर्मन मीडफिल्डरले आफ्नो छैटौं च्याम्पियन्स लीग खिताबको साथ स्पेनिश क्लबबाट बिदा लिए। डानी कार्भाहालले टीमको निम्ति पहिलो गोल क्रूसले लिएको कर्नर किकबाट नै गरे। बोरुसिया डर्टमण्डको निम्ति फाइनल म्याच फेरि एकपल्ट निराशाजनक रह्यो कारण यसै स्टेडियममा 2013-को फाइनलमा उनीहरूले बायर्न म्यूनिख विरुद्ध हारको सामना गर्नु परेको थियो। शनिवार राति पनि टीमले पहिलो हाफमा गोल गर्ने केही असल मौकाहरू बनाएको थियो तर त्यसको सदुपयोग गर्न नसक्दा डर्टमण्डले फेरि एकपल्ट उपविजेताको रूपमा चित्त बुझाउनु पऱ्यो।

दिल्ली सीनियर डीविजन लीगमा उत्तर बंगालका खेलाड़ीहरूको जयजयकार1 जूनः दिल्ली सीनियर डीविजन फूटबल लीगको यस सीजनमा उत्तर बंग...
01/06/2024

दिल्ली सीनियर डीविजन लीगमा उत्तर बंगालका खेलाड़ीहरूको जयजयकार

1 जूनः दिल्ली सीनियर डीविजन फूटबल लीगको यस सीजनमा उत्तर बंगालका खेलाड़ीहरूको जयजयकार रह्यो। त्यस प्रतिष्ठित लीगमा पहाड़ र समतलका एकाधिक खेलाड़ीहरूले प्रभावशाली प्रदर्शन गरे, जसमा प्रतीक लामा, गणेश लिम्बु, आशिष छेत्री, राज थापा मगर, अनिवेश छेत्री, बिक्की थापा, सोनम शेर्पा, आकाश (Akash) प्रधान र अनिरुप सुब्बा सामेल छन्। यसमा अनिवेश छेत्री र बिक्की थापाको टीम हिन्दुस्तान एफसी लीग च्याम्पियन बन्यो। यसरी प्रतीक, गणेश र आशिषको टीम नेशनल युनाइटेड एफसी चाहिँ लीगमा दोस्रो स्थानमा रह्यो। लीगमा राज थापा मगरले सिटी एफसी, अनिरुप सुब्बा र सोनम शेर्पाले भारत एफसी र आकाश प्रधानले शास्त्री एफसी-को जर्सी लगाएर खेलेका थिए। यी सबै खेलाड़ीहरूले उत्तर बंगालमा आफ्नो छाप छोड़िसकेका छन् अनि अहिले राष्ट्रिय स्तरमा पनि उत्कृष्ट प्रदर्शन गरेर सबैको मन जितेका छन्। दिल्ली सीनियर डीविजन लीगमा जम्मा 11 वटा टीमले हिस्सा लिएको थियो।

आईपीएलःच्याम्पियन केकेआरलाई 20 करोड़ अनि सनराइजर्सलाई 12.5 करोड़ रुपियाँ27 मईः आईपीएल 2024-को सीजन एकतर्फी फाइनलको साथ स...
27/05/2024

आईपीएलः
च्याम्पियन केकेआरलाई 20 करोड़ अनि सनराइजर्सलाई 12.5 करोड़ रुपियाँ

27 मईः आईपीएल 2024-को सीजन एकतर्फी फाइनलको साथ समाप्त भयो। आइतवार राति एमए चिदाम्बरम स्टेडियममा कलकत्ता नाइट राइडर्स (केकेआर)-ले सनराइजर्स हैदराबादलाई 8 विकेटले पराजित गरी आईपीएल ट्रफी जित्यो। आईपीएलमा यो केकेआर-को तेस्रो खिताब हो। फाइनल म्याच समाप्त भएपछि भव्य पुरस्कार वितरण समारोह पनि भयो, जसमा टीम र खेलाड़ीहरूमाथि पैसाको वर्षा भयो। यसको साथमा टुर्नामेण्टमा व्यक्तिगत रूपमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाड़ीहरूलाई पनि पुरस्कार प्रदान गरियो। आईपीएलको 17औं संस्करणमा च्याम्पियन हुने केकेआर-को टीमलाई झल्मलाउँदै ट्रफीको साथमा 20 करोड़ रुपियाँको नगद पुरस्कार प्रदान गरियो। यसरी नै रनरअप् हुने सनराइजर्स हैदराबादको टीमलाई 12.5 करोड़ रुपियाँको नगद पुरस्कार प्रदान गरियो। यी दुई टीमको साथ प्लेअफ्-मा स्थान बनाउने अन्य दुईवटा टीमले पनि मोटो रकम हासिल गऱ्यो। तेस्रो स्थानमा रहने राजस्थान रोयल्सको टीमलाई 7 करोड़ रुपियाँको नगद पुरस्कार प्रदान गरियो। यसरी एलिमिनेटर म्याचमा हार्ने रोयल च्यालेञ्जर्स बेंगलुरु (आरसीबी)-ले 6.5 करोड़ रुपियाँ पायो।
यसरी आईपीएल 2024-मा सर्वाधिक 24 विकेट हासिल गर्ने पञ्जाब किंग्सका हर्षल पटेलले पर्पल क्यापको साथमा 10 लाख रुपियाँको पुरस्कार जिते। यसरी सर्वाधिक 741 रन बनाउने आरसीबी-का विराट कोहलीले ओरेञ्ज क्यापको साथमा 10 लाख रुपियाँ हासिल गरे। केकेआर-का सुनिल नरेनले दुईवटा पुरस्कार जिते। उनले मोस्ट भ्याल्यूएबर प्लेयर अव् द सीजन र फेण्टेसी प्लेयर अव् द सीजनको पुरस्कार जिते। यसको साथमा क्यारेबियन अलराउण्डरले जम्मा 20 लाख रुपियाँको नगद पुरस्कार हासिल गरे। एमर्जिंग प्लेयर अव् द सीजनको पुरस्कार सनराइजर्सका नीतीश कुमार रेड्डीको नाममा रह्यो। उनलाई 10 लाख रुपियाँको पुरस्कार प्रदान गरियो। सर्वाधिक स्ट्राईक रेटको निम्ति दिल्ली क्यापिटल्सका जेक फ्रेसर-म्याकगर्कले इलेक्ट्रिक स्ट्राईकर अव् द सीजनको पुरस्कार अनि 10 लाख रुपियाँ हासिल गरे। यसरी सर्वाधिक 42 वटा छक्का लगाउने सनराइजर्सका ओपनर अभिषेक शर्माले 10 लाख रुपियाँको साथमा सुपर सिक्सेस अव् द सीजनको पुरस्कार जिते। यसरी सर्वाधिक 64 वटा चौका लगाउने सनराइजर्सकै ट्रेविस हेडले 10 लाख रुपियाँको नगद पुरस्कार जिते। सीजनको सर्वश्रेष्ठ क्याचको पुरस्कार केकेआर-का रमनदीप सिंहले जिते। उनले पनि 10 लाख रुपियाँको नगद पुरस्कार हासिल गरे। फेयर प्ले ट्रफी सनराइजर्स हैदराबादको झोलीमा गयो। यसबाहेक सर्वश्रेष्ठ पीच अनि ग्राउण्डको पुरस्कार हैदराबाद क्रिकेट एसोसिएशनले जित्यो। यसमा 50 लाख रुपियाँको नगद पुरस्कार पनि सामेल थियो।

गर्ल्स फूटबल टुर्नामेण्टमा नक्सलबारी एफए च्याम्पियन26 मईः मिलनमोड़ फूटबल एकाडमीको आयोजनमा सम्पन्न एकदिने गर्ल्स नक्आउट फ...
26/05/2024

गर्ल्स फूटबल टुर्नामेण्टमा नक्सलबारी एफए च्याम्पियन

26 मईः मिलनमोड़ फूटबल एकाडमीको आयोजनमा सम्पन्न एकदिने गर्ल्स नक्आउट फूटबल टुर्नामेण्टमा नक्सलबारी फूटबल एकाडमी च्याम्पियन भयो। शनिवार भएको टुर्नामेण्टको फाइनलमा नक्सलबारी एफए-ले आयोजक मिलनमोड़ फूटबल एकाडमीलाई 1-0-ले पराजित गऱ्यो। टुर्नामेण्टमा जम्मा 8 वटा टीमले हिस्सा लिएको थियो। टुर्नामेण्टमा च्याम्पियन र रनरअप् बन्ने टीमलाई आकर्षक पुरस्कारहरू प्रदान गरियो। यसरी फेयर प्ले ट्रफी वूमन्स फूटबल एकाडमी (नक्सलबारी)-ले जित्यो।

एफए कपमा म्यानचेष्टर युनाइटेड च्याम्पियन26 मईः म्यानचेष्टर युनाइटेडले सबैलाई चकित पार्दै एफए कप फूटबल टुर्नामेण्टको खिता...
26/05/2024

एफए कपमा म्यानचेष्टर युनाइटेड च्याम्पियन

26 मईः म्यानचेष्टर युनाइटेडले सबैलाई चकित पार्दै एफए कप फूटबल टुर्नामेण्टको खिताब जित्यो। युनाइटेडले चरम रोमाञ्चक फाइनलमा शक्तिशाली म्यानचेष्टर सिटीलाई 2-1-ले पराजित गऱ्यो। म्यानचेष्टर युनाइटेडको यो गत 8 सालमा पहिलो एफए कप खिताब हो। साल 2016-मा युनाइटेडले लुई भान गालको प्रशिक्षणमा क्रिस्टल प्यालेसलाई पराजित गरी खिताब जितेको थियो। ईंग्लिश प्रीमियर लीगमा खराब प्रदर्शनपछि एरिक टेन हागको मार्गदर्शनमा युनाइटेडले एफए कप च्याम्पियनको रूपमा सीजनको समापन गऱ्यो। टीमलाई च्याम्पियन बनाए पनि टेन हागले म्यानेजरको नोकरी गुमाउने तय छ। वेम्बले स्टेडियममा खेलिएको फाइनलमा सिटीलाई खिताब जित्ने प्रबल दावेदार मानिएको थियो तर युनाइटेडले पनि उत्कृष्ट प्रदर्शन गर्दै प्रीमियर लीग च्याम्पियन टीमलाई स्तब्ध बनायो। म्याचमा 26 प्रतिशत पोजेशनको साथ खेल्ने युनाइटेडबाट अलेहान्द्रो गारनाचोले 30औं र कोबी माइनोले 39औं मिनटमा गोल गरे। यसरी सिटीबाट जेरेनी डोकूले 87औं मिनटमा एक गोल गरे।

सिलगढ़ी (Siliguri) फर्ष्ट डिवीजन फूटबल लीग शुरु26 मईः सिलगढ़ी फर्ष्ट डिवीजन फूटबल लीग शनिवारदेखि शुरु भयो। सिलगढ़ी महकुम...
26/05/2024

सिलगढ़ी (Siliguri) फर्ष्ट डिवीजन फूटबल लीग शुरु

26 मईः सिलगढ़ी फर्ष्ट डिवीजन फूटबल लीग शनिवारदेखि शुरु भयो। सिलगढ़ी महकुमा क्रीड़ा परिषद (एसएमकेपी)-को आयोजनमा शुरु भएको फर्ष्ट डिवीजन फूटबल लीगमा जम्मा 10 वटा टीमले हिस्सा लिएको छ। स्थानीय कञ्चनजंघा स्टेडियममा शनिवार नवीन संघ (Navin Sangha) र बाघाजतीन एथलेटिक क्लबबीच खेलिएको उद्घाटन म्याच गोलरहित ड्र-मा समाप्त भयो। बाघाजतीन एसी-का गोलकीपर अनन्त (Ananta) सेनलाई प्लेयर अव् द म्याच चयन गरियो। अब आइतवार खेलिने म्याचमा तरुण तीर्थ (Tarun Tirtha) र रविन्द्र संघबीच भिड़न्त हुनेछ। शनिवार उद्घाटन समारोहमा मुख्य अतिथिको रूपमा ईष्ट बेंगलका पूर्व फूटबलर अभ्र मण्डल उपस्थित थिए।

ला लीगाःरियल म्याड्रिडको ड्र, टोनी क्रूसलाई भव्य बिदाई26 मईः स्पेनिश ला लीगामा च्याम्पियन बनिसकेको रियल म्याड्रिडले ड्र-...
26/05/2024

ला लीगाः
रियल म्याड्रिडको ड्र, टोनी क्रूसलाई भव्य बिदाई

26 मईः स्पेनिश ला लीगामा च्याम्पियन बनिसकेको रियल म्याड्रिडले ड्र-को साथ सीजनको समापन गऱ्यो। यसबीच एट्लेटिको म्याड्रिड र गिरोनाले चाहिँ आ-आफ्नो अन्तिम म्याच जित्यो। रियल म्याड्रिड र रियल बेटिसबीच शनिवार राति खेलिएको म्याच गोलरहित ड्र (0-0)-मा समाप्त भयो। आफ्नो होम ग्राउण्ड सेण्टियागो बर्नब्यू स्टेडियममा 60 प्रतिशत पोजेशनको साथ खेले पनि रियल म्याड्रिडले गोल गर्न सकेन। यस म्याचको साथै जर्मन मीडफिल्डर टोनी क्रूसले रियल म्याड्रिडको जर्सी लगाएर सेण्टियागो बर्नब्यूमा आफ्नो अन्तिम म्याच खेले। उनलाई रियल म्याड्रिडले आफ्नो होम ग्राउण्डमा भव्य बिदाई दियो। यूरो कप 2024 पछि खेलबाट सन्न्यास लिने फसेला गरेका 34 वर्षीय क्रूसले आफ्नो क्लब रियल म्याड्रिड र प्रशंसकहरू प्रति कृतज्ञता व्यक्त गरे। उनले भने, अहिले केही भन्नु मुश्किल छ। म आफ्नो क्लब रियल म्याड्रिड, साथी खेलाड़ीहरू र प्रशंसकहरूलाई धन्यवाद जनाउन चाहन्छु। गत 10 सालमा मैले यहाँ सदा आफ्नो घर जस्तो अनुभव गरे। मेरो निम्ति यो 10 साल यादगार रह्यो। क्रूसले रियल म्याड्रिडको तर्फबाट 306 वटा म्याच खेलेर 22 गोल गरे। उल्लेखनीय छ, रियल म्याड्रिडले यस सीजनमा अझ एउटा म्याच खेल्नु पर्नेछ अनि त्यो हो च्याम्पियन्स लीगको फाइनल। भारतीय समयानुसार शनिवार अबेर राति खेलिने च्याम्पियन्स लीगको फाइनलमा रियलले जर्मनीको क्लब बोरुसिया डर्टमण्डको चुनौती स्वीकार्नेछ। ला लीगा सीजनको अन्तमा च्याम्पियन रियल म्याड्रिडले 38 वटा म्याचमा 95 पोइण्ट्स हासिल गऱ्यो। यसरी रियल बेटिस 57 पोइण्ट्सको साथ सातौं स्थानमा रह्यो।
यसबीच एट्लेटिको म्याड्रिडले रियल सोसिएदाद विरुद्ध 2-0-ले जीतको साथ सीजनको अन्त गऱ्यो। यस अवे म्याचमा 39 प्रतिशत पोजेशनको साथ खेल्ने एट्लेटिकोबाट सेमुएल लिनोले नवौं र रिनिल्डो माण्डावाले म्याचको अन्तिम क्षण (इञ्ज्युरी टाइमको तेस्रो मिनट)-मा गोल गरे। म्याचमा एट्लेटिकोका सब्स्टीट्यूड खेलाड़ी साउललाई म्याचको अन्ततिर रेड कार्ड देखाइयो। यसरी एट्लेटिको म्याड्रिडले 76 पोइण्ट्सको साथ चौथो स्थानमा रहेर सीजनको अन्त गऱ्यो। यसबाहेक रियल सोसिएदाद 60 पोइण्ट्सको साथ छैटौं स्थानमा रह्यो। यसबाहेक एथलेटिक क्लबले रायो भाल्लेकानोलाई 1-0-ले पराजित गऱ्यो। गिरोनाले ग्रानाडा विरुद्ध एकतर्फी म्याचमा 7-0-ले जीत हासिल गऱ्यो जबकि भिल्लारियल र ओसासुनाबीचको म्याच 1-1-ले ड्र रह्यो।

कुवैत विरुद्ध सुनिल छेत्रीको बिदाई म्याचको निम्ति भारतीय टीमको घोषणा24 मईः कुवैत विरुद्ध 6 जूनमा खेलिने फिफा वर्ल्ड कप क...
24/05/2024

कुवैत विरुद्ध सुनिल छेत्रीको बिदाई म्याचको निम्ति भारतीय टीमको घोषणा

24 मईः कुवैत विरुद्ध 6 जूनमा खेलिने फिफा वर्ल्ड कप क्वालीफाईंग म्याचको निम्ति भारतीय 27 सदस्यीय फूटबल टीमको घोषणा गरियो। यो भारतीय कप्तान तथा दिग्गज फरवर्ड सुनिल छेत्रीको अन्तिम अन्तर्राष्ट्रिय म्याच हुनेछ। टीममा फरवर्ड पार्थिब गोगोई र डिफेण्डर मोहम्मद हम्मादले चाहिँ चोटले गर्दा स्थान बनाउन सकेनन्। मुख्य प्रशिक्षक इगोर स्टीमाकले कलकत्तामा हुने यस म्याचको निम्ति टीमको घोषणा गरे। भुवनेश्वरमा भएको शिविरमा सामेल 32 खेलाड़ीहरूमा फुर्बा लाचेन्पा, पार्थिब, इमरान खान, हम्माद र जितिन एमएस-लाई चाहिँ रिलीज गरिएको छ। टीमको घोषणा गरेपछि स्टीमाकले भने, यी सबै पेशादार र मेहनती छन्। यी खेलाड़ीहरूबीच कड़ा प्रतिस्पर्धा रहेको छ। पार्थिब र हम्मादलाई केही दिन अघि चोट लागेको थियो अनि यी दुईलाई एक-दुई हप्ता आरामको आवश्यकता छ। टीममा सामेल खेलाड़ीहरूले भुवनेश्वरमै अभ्यास गर्नेछन् अनि 29 मईमा कलकत्ता आउनेछन्। कलकत्ताको म्याचपछि भारतीय टीम 11 मईमा कुवैत जानेछ अनि त्यहाँ म्याच खेल्नेछ। भारत अहिले 4 वटा म्याचमा 4 पोइण्ट्स लिएर ग्रुपमा दोस्रो स्थानमा रहेको छ। सुनिल छेत्रीको बिदाई म्याचलाई लिएर भारतीय फूटबलप्रेमीहरूमा व्यापक उत्साह रहेको छ। सुनिलले भारतको निम्ति 150 वटा म्याच खेलेर 94 गोल गरेका छन्।
भारतीय टीमः
गोलकीपरः गुरप्रीत सिंह संधू, अमरिन्दर सिंह, विशाल कैथ।
डिफेण्डरः अमय रणवाडे, अनवर अली, जय गुप्ता, लालचुंगनुंगा, मेहताब सिंह, नरेन्दर, निखिल पुजारी, राहुल भेके, शुभाशिष बोस।
मीडफिल्डरः अनिरुद्ध थापा, ब्रेण्डन फर्नाण्डिस, एडमण्ड लालरिण्डिका, जेकसन सिंह, एल छांगटे, लिस्टन कोलाको, महेश सिंह नाओरेम, नन्दकुमार शेखर, सहल अब्दुल समद, सुरेश सिंह।
फरवर्डः डेविड एल, मनवीर सिंह, रहीम अली, सुनिल छेत्री, विक्रम प्रताप सिंह।

यूकेएफसी फूटबल एकाडमी च्याम्पियन20 मईः मकैबारी (Makaibari) अण्डर-18 फूटबल टुर्नामेण्टमा उत्कृष्ट प्रदर्शन गर्दै युनाइटेड...
20/05/2024

यूकेएफसी फूटबल एकाडमी च्याम्पियन

20 मईः मकैबारी (Makaibari) अण्डर-18 फूटबल टुर्नामेण्टमा उत्कृष्ट प्रदर्शन गर्दै युनाइटेड खरसाङ (Kurseong) फूटबल क्लब (यूकेएफसी)-को एकाडमी च्याम्पियन भयो। युनाइटेड मकैबारीद्वारा आयोजित यस सेभेन ए साइड टुर्नामेण्टअन्तर्गत आइतवार खेलिएको फाइनलमा यूकेएफसी फूटबल एकाडमीले दुधिया (Dudhia) युनाइटेडलाई 2-1-ले पराजित गऱ्यो। च्याम्पियन टीमका बिसास थापालाई प्लेयर अव् द टुर्नामेण्ट र अदर राईलाई हाईएस्ट स्कोररको पुरस्कार प्राप्त भयो।

ईंग्लिश प्रीमियर लीगःम्यानचेष्टर सिटी लगातार चौथोपल्ट च्याम्पियन, आर्सनल दोस्रो स्थानमा20 मईः म्यानचेष्टर सिटीले निकटतम ...
20/05/2024

ईंग्लिश प्रीमियर लीगः
म्यानचेष्टर सिटी लगातार चौथोपल्ट च्याम्पियन, आर्सनल दोस्रो स्थानमा

20 मईः म्यानचेष्टर सिटीले निकटतम प्रतिद्वन्द्वी आर्सनललाई पछि छोड़ेर लगातार चौथोपल्ट ईंग्लिश प्रीमियर लीगको खिताब जित्यो। आइतवार राति म्यानचेष्टर सिटीले वेष्ट ह्याम विरुद्ध 3-1-ले जीत हासिल गर्नको साथै लीग खिताब सुनिश्चित गऱ्यो। आफ्नो अन्तिम लीग म्याचमा आर्सनलले पनि जीत हासिल गऱ्यो तर सिटी 2 पोइण्ट्सको बढ़तसहित च्याम्पियन बन्यो। प्रीमियर लीगको गत 7 सीजनमा यो सिटीको छैटौं खिताब हो। गोल अन्तरको आधारमा आर्सनल अघि रहेको हुनाले सिटीलाई लीगको अन्तिम म्याचमा जीतको आवश्यकता थियो अनि टीमले आफ्नो होम ग्राउण्ड ऐतिहाद स्टेडियममा त्यही हासिल गरेर देखायो। म्याचमा 72 प्रतिशत पोजेशनको साथ खेल्ने सिटीबाट फिल फोडेनले दोस्रो र 18औं मिनटमा लगातार दुई गोल गरे। त्यसपछि रोड्रीले 59औं मिनटमा टीमलाई म्याचको तेस्रो गोल दिलाए। यसरी वेष्ट ह्यामबाट मोहामेद कुदुसले 42औं मिनटमा गोल गरे। यस जीतपछि म्यानचेष्टर सिटीले 38 वटा म्याचमा 91 पोइण्ट्सको साथ शीर्षमा रहेर प्रीमियर लीग सीजनको अन्त गऱ्यो। यसरी वेष्ट ह्याम 52 पोइण्ट्सको साथ नवौं स्थानमा रह्यो।
यसरी आर्सनलले एभर्टनलाई 2-1-ले पराजित गऱ्यो। आफ्नो होम ग्राउण्ड एमिरेट्स स्टेडियममा 70 प्रतिशत पोजेशनको साथ खेल्ने आर्सनलबाट ताकेहिरो तोमियासुले 43औं र काई हावेर्त्जले 89औं मिनटमा गोल गरे। यसरी एभर्टनबाट इद्रिसा गुइयेले 40औं मिनटमा गोल गरे। आर्सनल 89 पोइण्ट्सको साथ दोस्रो स्थानमा रह्यो। यसरी एभर्टनले 40 पोइण्ट्सको साथ 15औं स्थान हासिल गऱ्यो। यसरी जुर्गेन क्लोपको मार्गदर्शनमा अन्तिमपल्ट खेलिरहेको लिभरपूलले पनि वूल्भ्स विरुद्ध 2-0-ले जीत हासिल गऱ्यो। नेल्सन सेमेडोले 28औं मिनटमा रेड कार्ड देखेपछि वूल्भ्सको टीम दशजना खेलाड़ीमा सीमित भयो। त्यसपछि म्याचमा 68 प्रतिशत पोजेशनको साथ खेल्ने लिभरपूललाई जीत हासिल गर्न असुविधा भएन। होम ग्राउण्ड एनफील्डमा लिभरपूलबाट एलेक्सिस म्याक एलिस्टरले 34औं र जारेल अमोरिन क्वानसाहले 40औं मिनटमा गोल गरे। म्याचपछि लिभरपूलका खेलाड़ीहरूका साथमा दर्शकहरूले म्यानेजर जुर्गेन क्लोपलाई भव्य बिदाई दिए। लिभरपूल 82 पोइण्ट्सको साथ तेस्रो स्थानमा रह्यो।
यसको साथमा म्यानचेष्टर युनाइटेड र चेल्सीले पनि जीतको साथ प्रीमियर लीग सीजनको अन्त गऱ्यो। म्यानचेष्टर युनाइटेडले ब्राइटनलाई 2-0-ले पराजित गऱ्यो। यस अवे म्याचमा युनाइटेडबाट डिओगो डालोटले 73औं र रासमस होलण्डले 88औं मिनटमा गोल गरे। यसरी चेल्सीले बोर्नमाउथलाई 2-1-ले पराजित गऱ्यो। आफ्नो होम ग्राउण्ड स्टामफोर्ड ब्रीजमा 62 प्रतिशत पोजेशनको साथ खेल्ने चेल्सीबाट मोइसेस साइसेडोले 17औं र रहीम स्टर्लिंगले 48औं मिनटमा गोल गरे। यस जीतपछि चेल्सी 63 पोइण्ट्सको साथ छैटौं स्थानमा रह्यो। यसरी आठौं स्थानमा रहने म्यानचेष्टर युनाइटेडले 60 पोइण्ट्स बटुल्यो। टोटनह्यामले पनि आफ्नो अन्तिम लीग म्याचमा शेफील्ड युनाइटेडलाई 3-0-ले पराजित गऱ्यो। यस अवे म्याचमा विजेता टीमबाट डेजान कुलुसेवस्कीले 14औं र 65औं मिनटमा 2 गोल गरे। यसबाहेक पेड्रो पोर्रोले 59औं मिनटमा एक गोल गरे। टोटनह्यामले 66 पोइण्ट्सको साथ पाँचौं स्थानमा रहेर सीजनको अन्त गऱ्यो। प्रीमियर लीग सीजनको अन्तिम दिन खेलिएका अन्य प्रमुख म्याचहरूमा क्रिस्टल प्यालेसले एस्टन भिल्लालाई 5-0-ले, नटिंघम फरेष्टले बर्नलेलाई 2-1-ले, न्यूक्यासलले ब्रेण्टफोर्डलाई 4-2-ले अनि फूलह्यामले लूटोन टाउनलाई 4-2-ले पराजित गऱ्यो।

ईंग्लिश प्रीमियर लीगःम्यानचेष्टर युनाइटेड र चेल्सी विजयी17 मईः ईंग्लिश प्रीमियर लीग (ईपीएल) फूटबल प्रतियोगितामा शीर्ष चा...
17/05/2024

ईंग्लिश प्रीमियर लीगः
म्यानचेष्टर युनाइटेड र चेल्सी विजयी

17 मईः ईंग्लिश प्रीमियर लीग (ईपीएल) फूटबल प्रतियोगितामा शीर्ष चारको रेसबाट बाहिर हुने म्यानचेष्टर युनाइटेड र चेल्सीले आ-आफ्नो म्याच जित्यो। म्यानचेष्टर युनाइटेडले आफ्नो होम ग्राउण्ड ओल्ड ट्रेफर्डमा न्यूक्यासललाई 3-2-ले पराजित गऱ्यो। म्याचमा 44 प्रतिशत बल पोजेशनको साथ खेल्ने युनाइटेडबाट कोबी माइनूले 31औं, एमड डिएलोले 57औं र रासमस होलण्डले 84औं मिनटमा गोल गरे। यसरी न्यूक्यासलबाट एन्थोनी गोर्डनले 49औं र लेविस हलले अन्तिम समयमा गोल गरे। यस जीतपछि यी दुई टीमको प्रीमियर लीग टेबलमा 37-37 वटा म्याचमा 57-57 पोइण्ट्स पुग्यो तर गोल अन्तरको आधारमा न्यूक्यासल सातौं र म्यानचेष्टर युनाइटेड आठौं स्थानमा रहन पुग्यो। यसरी चेल्सीले ब्राइटन विरुद्ध 2-1-ले जीत हासिल गऱ्यो। यस अवे म्याचमा 45 प्रतिशत पोजेशनको साथ खेल्ने चेल्सीबाट कोल पाल्मरले 34औं र क्रिस्टोफर एन्कुन्कुले 64औं मिनटमा गोल गरे। यसरी ब्राइटनबाट म्याचको अन्तिम क्षणमा डेनी वेलबेकले गोल गरे। म्याचमा चेल्सीका सब्स्टीट्यूड खेलाड़ी रीस जेम्सलाई 88औं मिनटमा रेड कार्ड देखाइयो। यस जीतपछि चेल्सी 60 पोइण्ट्सको साथ छैटौं स्थानमा रहन पुग्यो।

ला लीगाःबार्सिलोना दोस्रो स्थानमा, एट्लेटिकोको जीत17 मईः स्पेनिश ला लीगा फूटबल प्रतियोगितामा बार्सिलोनाले फेरि दोस्रो स्...
17/05/2024

ला लीगाः
बार्सिलोना दोस्रो स्थानमा, एट्लेटिकोको जीत

17 मईः स्पेनिश ला लीगा फूटबल प्रतियोगितामा बार्सिलोनाले फेरि दोस्रो स्थान हासिल गऱ्यो। गत सीजनको च्याम्पियन बार्सिलोनाले बिहीवार राति फेर्मिन लोपेजको उत्कृष्ट प्रदर्शनको सहायताले अल्मेरियालाई 2-0-ले पराजित गऱ्यो। यस अवे म्याचमा 65 प्रतिशत पोजेशनको साथ खेल्ने बार्सिलोनाबाट दुवै गोल लोपेजले दर्ता गरे। उनले 14औं र 67औं मिनटमा गोल गरे। यस जीतपछि बार्सिलोनाले गिरोनालाई पछि छोड़ेर ला लीगा टेबलमा 36 वटा म्याचमा 79 पोइण्ट्सको साथ दोस्रो स्थान हासिल गऱ्यो। यसरी एट्लेटिको म्याड्रिडले पनि एण्टोनी ग्रीजम्यानको ह्याट्रिकको सहायताले गेटाफेलाई 3-0-ले पराजित गऱ्यो। यस अवे म्याचमा 55 प्रतिशत पोजेशनको साथ खेल्ने एट्लेटिकोबाट फ्रान्सीसी फरवर्डले 27औं, 42औं र 51औं मिनटमा गोल गरे। यस जीतपछि एट्लेटिको म्याड्रिड 73 पोइण्ट्सको साथ चौथो स्थानमा कायम रह्यो। ला लीगाको अन्य एउटा म्याचमा रियल सोसिएदादले भेलेन्सियालाई 1-0-ले पराजित गऱ्यो जबकि लास पाल्मस र रियल बेटिसबीचको म्याच 1-1-ले ड्र रह्यो।

भारतीय फूटबल टीमका कप्तान सुनिल छेत्रीले गरे सन्न्यासको घोषणा16 मईः भारतीय फूटबल टीमका चमत्कारी कप्तान तथा भारतका फूटबल ...
16/05/2024

भारतीय फूटबल टीमका कप्तान सुनिल छेत्रीले गरे सन्न्यासको घोषणा

16 मईः भारतीय फूटबल टीमका चमत्कारी कप्तान तथा भारतका फूटबल आइकन सुनिल छेत्रीले बिहीवार अन्तर्राष्ट्रिय फूटबलबाट सन्न्यासको घोषणा गरे। उनले बताएअनुसार, आउँदो 6 जूनमा फिफा वर्ल्ड कप क्वालीफायरमा कुवैत विरुद्ध म्याचपछि खेललाई बिदाई जनाउनेछन्। राष्ट्रिय टीमका 39 वर्षीय कप्तानले सोशल मीडियामा शेयर गरेको भीडियोमा यस्तो जानकारी दिएका छन्। सुनिलले 12 जून 2005-मा पाकिस्तान विरुद्ध अन्तर्राष्ट्रिय डेब्यू (पदार्पण) गरेका थिए अनि त्यस म्याचमा उनले भारतको निम्ति आफ्नो पहिलो गोल पनि गरेका थिए। सुनिल छेत्रीले 20 सालको भव्य करियरमा भारतको निम्ति 145 वटा म्याच खेलेर 93 गोल गरेका छन्। सुनिल भारतको निम्ति सर्वाधिक अन्तर्राष्ट्रिय म्याच खेल्ने र सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने खेलाड़ी हुन्। अन्तर्राष्ट्रिय फूटबलमा सर्वाधिक गोल गर्ने सक्रिय खेलाड़ीहरूका सूचीमा अहिले उनीभन्दा अघि पोर्तुगलका क्रिस्टियानो रोनाल्डो (128) र अर्जेण्टिनाका लियोनल मेस्सी (106) मात्र रहेका छन्।
सुनिल छेत्रीले आफ्नो भीडियोमा भारतको तर्फबाट पदार्पणदेखि लिएर आफ्नो पूरा करियरलाई याद गरेका छन्। लगभग 9 मिनटको भीडियोमा भारतीय कप्तानले भनेका छन्, एउटा यस्तो दिन जसलाई म कहिले भुल्न सक्दिन अनि त्यो जब मैले आफ्नो देशको निम्ति पहिलोपल्ट खेलेको थिए। त्यो अविश्वसनीय क्षण थियो। एक दिन अघि मेरो पहिलो राष्ट्रिय टीमका प्रशिक्षक सुखी सर (सुखविन्दर सिंह) मलाई भेट्न आए। उनले मलाई तिमी खेल्नेछौ भने। मैले त्यस समय कस्तो अनुभव गरिरहेको थिए भन्ने म तपाईंलाई बताउन सक्दिन। मैले आफ्नो जर्सी लिएँ अनि त्यसमा पर्फ्यूम छर्किए। त्यस्तो किन गरे भन्ने मलाई थाहा छैन। त्यस दिनलाई म कहिले भुल्ने छुइनँ। त्यो मेरो राष्ट्रिय टीमसँगको यात्राको सबैभन्दा असल दिनहरूमा एउटा थियो। गत 19 वर्षमा मलाई कस्तो अनुभव भयो भन्ने तपाईंहरू जान्नु हुन्छ। त्यो कर्तव्यको दबाउ अनि अपार खुशीबीच एउटा धेरै राम्रो संयोजन। मैले व्यक्तिगत रूपमा चाहिँ यस स्तरसम्म पुग्ने कहिले सोचेको थिइनँ। गत डेढ़-दुई महिनामा मैले धेरै सोच-विचार गरे। मैले फसेला गरेको छु अनि भारतको निम्ति आउँदो म्याच मेरो अन्तिम म्याच हुनेछ।
भारतीय कप्तानले आफ्नो करियरमा जम्मा 6 पल्ट एआईएफएफ प्लेयर अव् द ईयर-को पुरस्कार जिते। यसबाहेक 2011-मा उनलाई अर्जुन पुरस्कार अनि 2019-मा उनलाई पद्मश्री पुरस्कारले सम्मानित गरियो। अन्तर्राष्ट्रिय मञ्चमा सुनिल छेत्री एएफसी-मा खिताब जित्ने भारतीय टीमहरूका हिस्सा रहे। उनी 2008-मा च्यालेञ्जर कप, 2011 र 2015-मा साफ च्याम्पियनशीप, 2007, 2009 र 2012-मा नेहरु कप तथा 2017 र 2018-मा इण्टरकण्टिनेण्टल कप जित्ने भारतीय टीमको हिस्सा रहे। फिफा वर्ल्ड कप क्वालीफायरमा भारत ग्रुप ए-मा दोस्रो स्थानमा रहेको छ। यस ग्रुपमा कतर 12 पोइण्ट्सको साथ शीर्षमा रहेको छ। यसरी कुवैत चौथो स्थानमा रहेको छ।

ईंग्लिश प्रीमियर लीगःम्यानचेष्टर युनाइटेडलाई पराजित गरी आर्सनल फेरि शीर्ष स्थानमा13 मईः ईंग्लिश प्रीमियर लीग फूटबल प्रति...
13/05/2024

ईंग्लिश प्रीमियर लीगः
म्यानचेष्टर युनाइटेडलाई पराजित गरी आर्सनल फेरि शीर्ष स्थानमा

13 मईः ईंग्लिश प्रीमियर लीग फूटबल प्रतियोगिताको जारी सीजनमा आर्सनलले अझ एउटा जीतको साथ आफूलाई खिताब जित्ने रेसमा कायम राख्यो। आर्सनलले आइतवार राति खेलिएको म्याचमा म्यानचेष्टर युनाइटेडलाई 1-0-ले पराजित गऱ्यो। यस जीतपछि आर्सनल फेरि प्रीमियर लीग पोइण्ट्स टेबलको शीर्ष स्थानमा पुग्यो। युनाइटेडको होम ग्राउण्ड ओल्ड ट्रेफर्डमा जीत हासिल गर्न आर्सनलले निक्कै मेहनत गर्नु पऱ्यो। म्याचमा 45 प्रतिशत पोजेशनको साथ खेल्ने मिकेल अर्टेटाको टीमबाट एकमात्र गोल लिएण्ड्रो ट्रोसार्डले 20औं मिनटमा दर्ता गरे। यस जीतको साथै आर्सनलले 37 वटा म्याचमा 86 पोइण्ट्सको साथ म्यानचेष्टर सिटीलाई पछि छोड़ेर शीर्ष स्थान हासिल गऱ्यो। एउटा म्याच कम्ती खेलेर सिटी अहिले 85 पोइण्ट्सको साथ दोस्रो स्थानमा रहेको छ। आर्सनलको अन्तिम म्याच एभर्टन विरुद्ध रहेको छ। यसरी सिटीले आउँदो दुईवटा म्याच टोटनह्याम र वेष्ट ह्याम विरुद्ध खेल्नेछ। यसैकारण आर्सनललाई च्याम्पियन बन्न भाग्यको पनि साथ चाहिनेछ। यसबीच लगातार दोस्रो हारको सम्मुखीन बन्ने म्यानचेष्टर युनाइटेड चाहिँ 36 वटा म्याचमा 54 पोइण्ट्सको साथ आठौं स्थानमा रहेको छ।

ला लीगाःरियल म्याड्रिडको विजयाभियान जारी12 मईः स्पेनिश ला लीगाको जारी सीजनमा अगावै च्याम्पियन बन्ने रियल म्याड्रिडले आफ्...
12/05/2024

ला लीगाः
रियल म्याड्रिडको विजयाभियान जारी

12 मईः स्पेनिश ला लीगाको जारी सीजनमा अगावै च्याम्पियन बन्ने रियल म्याड्रिडले आफ्नो विजयाभियान जारी राख्यो। शनिवार राति खेलिएको म्याचमा रियल म्याड्रिडले ग्रानाडालाई 4-0-ले पिट्यो। यस अवे म्याचमा 59 प्रतिशत पोजेशनको साथ खेल्ने रियलबाट ब्राहिम डिआजले 49औं र 58औं मिनटमा 2 गोल गरे। यसबाहेक फ्रान गार्सियाले 38औं र अर्डा गुलेरले मध्यान्तरको ठीक अघि गोल गरे। यस जीतपछि ला लीगा पोइण्ट्स टेबलको शीर्षमा रहने रियल म्याड्रिडको 35 वटा म्याचमा 90 पोइण्ट्स पुग्यो। रियल म्याड्रिडले ला लीगा खिताब जित्नको साथै यूएफा च्याम्पियन्स लीगको फाइनलमा पनि स्थान बनाइसकेको छ। यसरी गिरोना र अलावेसबीच खेलिएको म्याच 2-2-ले ड्र रह्यो। म्याचमा गिरोनाबाट एरिक गार्सियाले चौथो र यांगेल हेरेराले 44औं मिनटमा गोल गरे। यसरी अलावेसबाट दुवै गोल जन गुरिडिले गरे। यस ड्र पछि गिरोना 75 पोइण्ट्स लिएर दोस्रो स्थानमा कायम रह्यो। शनिवार राति खेलिएको अन्य म्याचहरूमा मालोर्काले लास पालमासलाई 1-0-ले अनि भिल्लारियलले सेविलेलाई 3-2-ले पराजित गऱ्यो। एथलेटिक क्लब र ओसासुनाबीच खेलिएको म्याच चाहिँ 2-2-ले ड्र रह्यो।

Address

3rd Mile, Sevoke Road
Siliguri
734401

Alerts

Be the first to know and let us send you an email when NBsportsnews posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to NBsportsnews:

Videos

Share

Nearby media companies



You may also like