25/09/2024
नमस्कार म राजेश न्यौपाने
पाल्पा जिल्ला रिब्दिकोट गाउपालिका ३ शिक्षक गोपालजंग रायमाझी को घरमा बिगत २५ बर्षदेखी बस्दै आएको छु। यहाँ म त्यस्तै ७/८ बर्षको हुँदा कसैको ट्याक्टर वा ट्रकमा चडेर आइपुगेको रहेछु। मैले प्रकाश तामाङले घर भेटेर आफ्नो गाउँ फर्केर आमाबुबा सँग बसेको (हेर्ने कथा) मार्फत देखे त्यसैले मलाई पनि मेरो आमाबुबा दाजुभाइ दिदीबहिनी आफन्त नातागोता सँग भेट्ने आशा पलायो।
मेरो कथा र प्रकाश दाइको कथामा फरक छ। प्रकाश लाई आफ्नो घर थाहा थियोे भने मलाई मेरो जन्म घर थाहा छैन। यहाँ पाल्पामा त्यतिबेला म आउदा यहाँका मान्छेहरुले मेरो नाम सोध्दा मैले (राजेश न्यौपाने) हो भनेर भनेको रहेछु। ७/८ बर्षको बच्चा डुल्दै घुम्दै शिक्षक गोपाल रायमाझीको घरमा आइपुगेछु , मेरो कति दिन देखि नखाएको मलिनो अनुहार ठेगाना सोध्दा आफ्नो ठेगाना बिर्सियको बालकलाई देखेपछि उहाँहरुले टिठ लागेर मलाई आफ्नो घरमा सरण दिनुभएछ।
हुन त मलाई उहाँहरुले आफ्नै जसरी पाल्नुभएको छ, तर मलाई पनि मेरो परिवार भए हुन्थ्यो भन्ने लाग्छ , मेरो पनि आमाबुबा साथमा भैदिए हुन्थ्यो जस्तो लाग्छ। सबैको घरमा दशैं आउँदै गर्दा मलाई पनि आफ्नो आमाबुबाको हातको टीका लगाएर आशीर्वाद थाप्न मन हुन्छ।
यहाँ आउँदा ७/८ बर्षको केटो म त्यो उमेरदेखि खेतबारी मेलापात काम गर्दागर्दै थाहै नपाई कतिबेला तीस बर्षको भएछु पत्तै भएन।
मलाई सामाजिक संजाल मार्फत हेर्नुहुने देख्नुहुने सम्पुर्ण भगवान रुपि मानिसहरूलाई मलाई मेरो परिवारलाई सम्पर्कमा ल्याइदिनहुन अनुरोध गर्दछु। शिक्षक को घरमा बिगत २२/२५ बर्षदेखी बस्दै काम गर्दै आए तर मेरो पढाइ लेखाइ छैन, मलाई पढ्न लेख्न आउदैन, मेरो नागरिकता छैन, मेरो पहिचान छैन। मलाई पहिचान दिलाउन र मेरो आफन्तसँग भेट गराइदिनहुन हजुरहरु समक्ष दुई हात जोडेर बिन्ती गर्दछु। 🙏🙏
👉️ कृपया हामी सबैले यि भाइको आफन्तसँग भेट गराउनको लागि पोस्ट सेयर गरेर सहयोग गरौ। सम्झिनुहोस त ७/८ बर्षको हुँदा हराएको बच्चा २०/२२ बर्षपछी उसको आमाबुबा, दाजुभाइ, दिदीबहिनीले उसलाई भेट्दा र उसले पनि आफ्नो परिवार भेट्दा आफ्नो पहिचान पाउँदा उ कति खुशी हुदोहो।
साथै यो भाइलाई सरण दिएर राख्ने शिक्षक रायमाझी लाई अब यो भाइको पहिचान दिलाउन र उसको आफन्तको खोजी गरि बुझाइदिनहुन अनुरोध गर्दछु।🙏