02/10/2022
सम्माननीय मुख्यमन्त्री श्रीमान् प्रेम सिंह गोलेज्युको धर्म पत्नी श्रीमती कृष्ण कुमारी राईद्वारा गान्धी जयन्ती को शुभ अवसरमा सिक्किमका जनतालाई हार्दिक बधाई तथा शुभकामना दिनुभएको छ।
गान्धी जयंती त्यो दिन हो जब हामी गान्धी जी को अहिंसा, शान्ति र सहिष्णुता को आदर्शहरु लाई आफुभित्र समर्पित गर्नुपर्छ।
अहिंसाको दर्शन संग स्वतन्त्रताकोलागी लडेका महात्मा गान्धी लाई एक असाधारण क्रान्तिकारी को रूप मा सम्झना गरिन्छ, आशा छ कि हाम्रा जनता महात्मा गान्धीजीको दर्शन लाई आफ्नो जीवन मा दोहोर्याउनेछन् र अहिंसा को मार्ग पहिलाउने छन् I
महात्मा गान्धीजी को निष्ठा र राष्ट्र मुक्त गर्ने इच्छाले हाम्रो राष्ट्र को लागी निस्वार्थ भावले काम गर्न र यसलाई अझ राम्रो बनाउन को लागी प्रेरणा प्रदान गरेको छ। गान्धी जी महान दृष्टि र येस्ता नेता थिए जसले आफ्नो सम्पूर्ण जीवन महान भारतीय संस्कृति मा सम्मिलित मूल्यहरु को फैलावट मा बिताए।
यस शुभ अवसरमा सम्माननीय मुख्यमन्त्री श्रीमान् प्रेम सिंह गोलेज्युको धर्म पत्नी श्रीमती कृष्ण कुमारी राईद्वारा सिक्किमका जनतालाई महात्मा गान्धीको मूल्यवान शिक्षाहरुबाट ज्ञान ग्रहण गर्न र गान्धी जीको आदर्शहरुलाई व्यवहारमा अनुवाद गर्ने प्रयास गर्न आग्रह गर्नु भएको छ।