नाम्फिङ श्री कृष्ण प्रणामी मंगलधाम दक्षिण सिक्किम नाम्फिङ।
13/01/2025
सिङताम तिमी तार्कू राष्ट्रिय राजमार्ग 510, नागधारा क्षेत्र खुल्ला रहेको सबैलाई जानकारी गरिन्छ।
12/01/2025
सिक्किमिज मूलनीवासी संस्थाका अध्यक्ष श्री रत्नलाल सापकोटाले बोकाए भुसतिघ्रेहरूलाई बालुवाको भारी
12/01/2025
दक्षिण सिक्किम को तिमी नामफिङ समष्टि अन्तर्गत लोवर छलामथाङ रीकेप वार्डमा स्थित आउँदै गरेको कोक्फेक्वा तङनाम 2025 नयाँ वर्षको उत्सव भव्य रूपमा मनाउन सम्पूर्ण तयारी भइरहेको छ। आगामी १५ जनवरी २०२५ का दिन आयोजित यस कार्यक्रममा लिम्बू समुदायको परम्परागत संस्कृति र पहिचानको उत्सव हुनेछ।
कार्यक्रमलाई अझ विशेष बनाउनका लागि Voice of Nepal Season २ का विजेता तथा नेपाली संगीतका ख्यातिप्राप्त गायक श्री राम लिम्बू प्रमुख आकर्षणको रूपमा सहभागी हुनुहुनेछ। उहाँको आगमनले कार्यक्रममा थप रौनक र उत्साह थपिने छ भन्ने अपेक्षा गरिएको छ।
यस प्रकारको सांस्कृतिक कार्यक्रमले आफ्नो समुदाय र परम्परालाई प्रोत्साहन गर्दै नयाँ पुस्तालाई जगेर्ना गर्ने प्रेरणा प्रदान गर्दछ। यस भव्य अवसरमा सबैलाई उपस्थित भई कार्यक्रमलाई सफल बनाउन हार्दिक निमन्त्रणा गर्दछौं।।
#charkoawaaz
12/01/2025
सिङताम तिमी तार्कू सड्क मा बस क्षतिग्रस्त
नाम्ची जिल्ला अन्तर्गत आज बिहान तिमी तार्कु, सड्क मा एउटा बस दुर्घटना भएको जानकारी प्राप्त भएको छ।
प्रारम्भिक जानकारीअनुसार, सिंगतामतर्फ जाँदै गरेको एक IRBn बस सिरवानी नजिक लोवर दलेप क्यापेटेररिया अगाडि गोलाई छेउमा क्षतिग्रस्त भएको र कसैलाई ज्यान मा को छति नभएको जानकारी प्राप्त भएको छ।
भिडियो स्रोत
Benjamin Sharma.
12/01/2025
(यसो भन्नुहुन्छ धनकुमारी तामाङ)
दलेप वार्डका ग्रामीण क्षेत्रमा व्यवसायहरूको विस्तारले स्थानीय समुदायमा सामाजिक र आर्थिक परिवर्तन ल्याइरहेको छ। गाउँमै दैनिक उपभोग्य सामान, कृषि औजार, लत्ताकपडा, र साना उद्योगका उत्पादनहरू उपलब्ध हुन थालेपछि ग्रामीण अर्थतन्त्रमा सुधार आएको छ।
ग्रामीण स्वावलम्बन: बस्तीमै व्यवसाय सञ्चालन हुँदा मानिसहरूलाई बजारसम्म जानुपर्ने झन्झट कम भएको कुरा स्थानीय बेवसाइ धनकुमारी तामाङले बताए की छन।
रोजगारीको सिर्जना: स्थानीय स्तरमै रोजगारीका अवसरहरू सिर्जना भएका छन्। समय र खर्चको बचत: गाउँमा सामान उपलब्ध हुँदा समय र यातायात खर्च दुवै कम भएको श्रीमती तामाङ ले बताए की छन्।
यसै सन्दर्भमा, ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजनाले ग्रामीण उद्यमशीलता विकासलाई प्रोत्साहित गर्न साना कृषि उत्पादकहरू खरिदकर्ताहरबीच उत्पाद
12/01/2025
अहिले बिहान को समय सिङताम तिमी तार्कू राष्ट्रिय राजमार्ग 510,खुल्ला रहेको सबैलाई जानकारी गरिन्छ।
11/01/2025
अहिले राती को समय सिङताम तिमी तार्कू राष्ट्रिय राजमार्ग खुल्ला रहेको सबैलाई जानकारी गरिन्छ।
11/01/2025
दक्षिण सिक्किमको तिमी-नाम्फिङ समष्टि अन्तर्गत रेसेप-दलेप वार्डका युवाहरूको स्वरोजगार पहल
रेसेप-दलेप वार्डका स्थानीय युवाहरूले गाउँको आर्थिक विकासका लागि नयाँ योजना सुरु गरेका छन्। बाहिरका मानिसहरूले गाउँभित्र सहज रूपमा प्रवेश गर्न नपाउने व्यवस्था गर्दै, उनीहरूले कुखुरा, माछाको मासु तथा अन्य खाद्य सामग्रीको व्यवसाय थालनी गरेका छन्।
युवाहरूको समूहबाट व्यवसाय सञ्चालन गरिरहेका जितु सुब्बाले भने, "हामीले यस्ता काम गर्दा आर्थिक लाभ मात्र होइन, व्यवसाय सञ्चालन गर्ने अनुभव पनि प्राप्त भइरहेको छ। यो हाम्रो आत्मनिर्भरताको बाटो हो।"
उक्त पहलले गाउँका युवाहरूलाई स्वरोजगारका अवसर सिर्जना गर्नुका साथै ग्रामीण क्षेत्रको विकासमा योगदान दिने अपेक्षा गरिएको छ। यसले गाउँमा उत्पादन भएका सामग्रीहरूको प्रचार-प्रसार गर्ने, गाउँलेहरूको आर्थिक स्थिति
10/01/2024
तिमी-नाम्फिङ समष्टिमा लगभग छ महिनाअघि स्थानीय सरकारको तर्फबाट ग्राम पञ्चायत केन्द्रले एक आदेश पत्र जारी गरेको थियो। उक्त आदेशमा बाहिरका मानिसहरूलाई सबलिटिङ (सबलीज) का लागि लाइसेन्स नदिने र यदि कसैले यसलाई उल्लङ्घन गरी लाइसेन्स दिएको पाइएमा सो लाइसेन्स रद्द गरिने उल्लेख गरिएको थियो। साथै, पञ्चायती राज अन्तर्गतको कानुनअनुसार जरिवाना पनि तिराउने चेतावनी दिइएको थियो।
तर, आज फेरी बाहिरका व्यक्तिहरू बिना लाइसेन्स गाउँमा प्रवेश गरी गतिविधि गरिरहेको पाइँदा, उक्त आदेशको उल्लङ्घन भइरहेको छ। यस अवस्थाप्रति चिन्ता व्यक्त गर्दै स्थानीय बासिन्दाहरूले सरकार र स्थानीय प्रशासनको उदासीनताप्रति असन्तोष जनाएका छन्। उनीहरूको भनाइ छ कि यो समस्याको समाधानका लागि सबै गाउँलेहरू एकजुट हुनु अत्यावश्यक छ।
स्थानीयहरूले यो विषयमा कानुनी कारबाही र प्रशासनिक स
अहिले बिहानको समयमा जानकारी गराउँनु पर्दा, सिङताम–तिमी–तार्कु राष्ट्रिय राजमार्ग ५१० को नागधारा क्षेत्र खुला रहेको जानकारी सबैलाई गराइन्छ।
09/01/2025
सप्ताह ब्यापी महापुराण श्रीमद भागवत कथा
बर्मेक टोकल दक्षिण सिक्किम।