Dautari FM 105.8 Mhz

Dautari FM 105.8 Mhz like our official page Dautari FM 105.8 Mhz

09/06/2024

बर्दघाट नगरपालिकाको १४ औं नगर सभामा आर्थिक बर्ष २०८१÷०८२ का लागि निति तथा कार्यक्रमको प्रस्तुतिकरण प्रत्यक्ष प्रशारण

09/06/2024

बर्दघाट नगरपालिकाको आर्थिक वर्ष २०८१/०८२ का लागि नीति तथा कार्यक्रम प्रस्तुतिकरण

गणतन्त्र दिवसमा वाइसिएलको दिप प्रज्वलन्१५ जेठ नवलपरासीवाईसिएल नेपाल नवलपरासीले गणतन्त्र दिवसको अवसरमा दिप प्रज्वलन् गरेक...
28/05/2024

गणतन्त्र दिवसमा वाइसिएलको दिप प्रज्वलन्
१५ जेठ नवलपरासी
वाईसिएल नेपाल नवलपरासीले गणतन्त्र दिवसको अवसरमा दिप प्रज्वलन् गरेको छ । पश्चिम नवलपरासीको बर्दघाटमा गणतन्त्र दिवसको शुभकामना आदान प्रदान संगै सडकमा नेपालको नक्सा र झण्डा बनाई दिप प्रज्वलन् गरिएको हो ।
कार्यक्रममा बोल्दै बर्दघाट नगरपालिकाका उपप्रमुख रुद्रप्रकाश उपाध्यायले १० बर्षे महान जनयुद्ध र १९ दिने जनआन्दोलनको जगमा स्थिापित भएको गणतन्त्र १७ बर्ष पुग्दा सबै अपेक्षा पुरा भैनसकेको बताउनुभएको थियो । उहाँले अब गणतन्त्रलाई थप मजबुद बनाउँदै जनताका अपेक्षालाई पुरा गर्ने तर्फ सबैले ध्यान दिन आवश्यक रहेको धारणा ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रमा बाईसिएल नेपाल नवलपरासी पश्चिमका अध्यक्ष मोहन सापकोटाले माओबादीले संचालन गरेको महान जनयुद्धमा गरिएको बलिानी र त्याग स्मरण गर्दै त्यसकै बलमा जनआन्दोलन मार्फत निरंकुश राजतन्त्रको अन्त्य गर्दै गणतान्त्रीक ब्यबस्था लागु गर्न सफल भएको बताउनुभएको थियो ।
कार्यक्रममा माओबादी केन्द्रका नेता कार्यकर्ता संगै सर्बसाधारण नागरिकहरुको उत्साहपुर्ण सहभागिता रहेको थियो ।

गणतन्त्र दिवसको अवसरमा बर्दघाट नगरपालिकामा दिप प्रज्वलन्१५ जेठ नवलपरासीगणतन्त्र दिवसको अवसर पारेर बर्दघाट नगरपालिकाले दि...
28/05/2024

गणतन्त्र दिवसको अवसरमा बर्दघाट नगरपालिकामा दिप प्रज्वलन्
१५ जेठ नवलपरासी
गणतन्त्र दिवसको अवसर पारेर बर्दघाट नगरपालिकाले दिप प्रज्वलन गरेको छ । गणतन्त्र प्राप्तीको १७ बर्ष पुरा भएको अवसरमा नेपालको नक्सा बनाई मैनबत्ति प्रज्वलन गरी गणतन्त्रको खुसीयाली साटिएको थियो ।
नेपालमा २ सय ४ बर्ष लामो ईतिहाँस बोकेको राजतन्त्रको अन्त्य पश्चात गणतान्त्रीक ब्यबस्थाको सुरुवात भएको हो ।
दिप प्रज्वलन कार्यक्रममा बोल्दै नगर प्रमुख सम्भुलाल श्रेष्ठले नागरिक अधिकारलाई कुण्ठित गरी निरंकुशता लाद्ने राजतन्त्र हटाएर जनताको शक्तिको बलमा स्थापित गणतन्त्र अझ बलियो भएर जाँदा हरेक नागरिकले सांच्चिकै परिवर्तनको प्रत्याभुति गर्ने बताउनुभएको थियो ।
लामो संघर्ष र बलिदानीले प्राप्त गणतन्त्रको रक्षा गर्दै विकास र समृद्धिकालागि सबै हातेमालो गर्नु आवश्यक रहेको श्रेष्ठको भनाई रहेको थियो ।
दिप प्रज्वलन कार्यक्रममा नगरका जनप्रतिनिधि र कर्मचारीहरुको सहभागिता रहेको थियो ।

15/05/2024

बर्दघाटमा चाईना स्टेटका गाडिहरु रोकेर विरोध प्रदर्शन
२ जेठ, नवलपरासी
बुटवल नाायणगढ सडकखण्ड अन्तरगत सडक विस्तारको काममा ढिलासुस्ती र लापरबाही गरिएको भन्दै बर्दघाटका स्थानियहरु विरोधमा उत्रिएका छन् । स्थानियले सडक विस्तारको जिम्मा पाएको ठेकेदार कम्पनी चाईना स्टेटका गाडिहरु संचालनमा रोक लगाएका छन् ।
बर्दघाट स्थित शान्तिनगर नजिकै खहरे खोलाको पुल निर कम्पनीका टिप्परहरु, स्काभेटर, लगायतका गाडिहरु रोकीएको स्थानिय अर्जुन पाण्डेले बताए । राजमार्ग विस्तारको काममा ढिलाई हुँदा धुलो हिलोले जनजीवन नै कष्टकर बनीरहेको , स्वास्थ्यमा गम्भिर असर भोग्न परेको, नाली निर्माणमा कमसल र गुणस्तरहिन सामग्रीको प्रयोग भएको, पुल पुनीको भाग उच्च बनाईदिँदा बस्तीहरु डुवानमा परेको लगायतका समस्या देखाउँदै स्थानियहरु सडकमै उत्रीएका छन् ।
कम्पनीका सम्बन्धीत ब्यक्तिहरुलाई पटक पटक समस्याका बारेमा जानकारी गराउँदै आए पनि सधै आलटाल गर्ने गरेको र दिन प्रतिदिन समस्या थपिदै गएकोले बाध्य भएर विरोधमा उत्रिनुपरेको स्थानिय कुलप्रशाद शर्माको भनाई छ ।
स्थानियले उठान गरेका समस्या समाधानका लागि तत्काल पहल नभए कम्पनीका गाडिहरु कुनैपनि हालतमा संचालनमा आउन नदिने स्थानियले बताएका छन् । अहिले कम्पनीका गाडिहरु राजमार्गमा यातायात संचालनका लागि कुनै अवरोध नहुने गरी राजमार्ग छेउँमा रोकेर राखिएको छ ।
सडक विस्तारमा भएको ढिलासुस्तीले राजमार्ग आसपासका बासिन्दाहरु धुलो र हिलोले प्रताडित बन्दै आईरहनु परेको छ भने सवारीसाधन दुर्घटनाका घटनाहरु बढिरहेका छन् ।

04/05/2024

२२ बैशाख, नवलपरासी । शुक्रबार विद्यालय समय सुरु हुनै लाग्दा विद्यार्थीहरु नवजीवन माविमा प्रवेश गर्दै थिए । विद्य...

03/05/2024

२१ बैशाख, नवलपरासी । बर्दघाट नगरपालिकाका नगर प्रमुख सम्भुलाल श्रेष्ठले यो शैक्षिक शत्र शैक्षिक सुधारको बर्ष भएक....

03/05/2024

२१ बैशाख, नवलपरासी खरले छाएको सानो झुपडी घर, न पानी ओत्थ्यो नत घामनै । न घरमा छाक टार्नका लागि प्रसस्त अन्नपात । उमे...

03/05/2024

२१ बैशाख, नवलपरासी । बर्दघाट ७ जिमिरेभारमा ५ दिने निशुल्क योग विज्ञान शिविर संचालन हुने भएको छ । त्रिनेत्र जेष्ठन....

02/05/2024
कृपयाँ हाम्रा भिडियो सामग्रीहरु हेर्न तलको लिङ्क मा म्लिक गरी च्यानल सब्सक्राईव गर्नुहोस ।
27/04/2024

कृपयाँ हाम्रा भिडियो सामग्रीहरु हेर्न तलको लिङ्क मा म्लिक गरी च्यानल सब्सक्राईव गर्नुहोस ।

Hi guys Wellcome to my dautari channel

25/04/2024
25/04/2024

१३ बैशाख, नवलपरासी मेलालाई मुख्य आम्दानीको श्रोत बनाउँदै आएको बर्दघाट उद्योग बाणिज्य संघ जिम्मेवारी बोधमा भने ग....

22/04/2024

१० बैशाख, नवलपरासी । जनप्रतिनिधिलेनै मेलमिलापकर्ताको भुमिका नबुझिदिँदा न्याय सम्पादनमा कठिनाई हुनेगरेको छ । बर...

20/04/2024

८ बैशाख, नवलपरासी । पाल्हीनन्दनका अग्नी पिडितलाई राहात उपलब्ध गराउन सुरु गरिएको छ । शुक्रबार साँझ आगलागी हुँदा व.....

Address

Morena
476001

Alerts

Be the first to know and let us send you an email when Dautari FM 105.8 Mhz posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Dautari FM 105.8 Mhz:

Videos

Share

DAUTARI FM 105.8 MHZ

सुन्दै रमाऔं रमाउदै सुनौं


Other Digital creator in Morena

Show All