Kurseong Daily

Kurseong Daily During the time of universal deceit, telling the truth is a revolutionary act. The pine informer from Orchids to new age of Information.

20/07/2026

Gormint!!!

15/07/2026

खोइ त चिया श्रमिकहरूको 800 रुपियाँ दैनिक हाजिरा?

आदरणीय कवि, साहित्यकार तथा सर्जकज्यूहरू....सादर निमन्त्रणा,लङभ्यू चिया बगानका श्रमिकहरूको न्यायपूर्ण आन्दोलन तथा अनशन स्...
09/07/2026

आदरणीय कवि, साहित्यकार तथा सर्जकज्यूहरू....

सादर निमन्त्रणा,

लङभ्यू चिया बगानका श्रमिकहरूको न्यायपूर्ण आन्दोलन तथा अनशन स्थलमा यस वर्ष १३ जुलाई का दिन भानु जयन्ती विशेष रूपमा मनाउने कार्यक्रम आयोजना गरिएको छ।

यस अवसरमा कविता वाचन, कवि गोष्ठी तथा विविध साहित्यिक कार्यक्रम सञ्चालन गरी संघर्षरत श्रमिकहरूको मनोबल उच्च बनाउने हाम्रो उद्देश्य रहेको छ। साहित्य र सिर्जनाको शक्तिमार्फत आन्दोलनप्रति ऐक्यबद्धता प्रकट गर्दै श्रमिकहरूमा आशा, हौसला र ऊर्जा जगाउने यस अभियानमा तपाईंको गरिमामय उपस्थिति तथा सिर्जनात्मक सहभागिताको हार्दिक अपेक्षा गर्दछौं।

तपाईंको उपस्थिति र सिर्जनाले संघर्षरत श्रमिकहरूलाई ठूलो प्रेरणा प्रदान गर्ने विश्वास लिएका छौं।

मिति: १३ जुलाई
स्थान: लङभ्यू चिया बगान, अनशन स्थल

तपाईंको स्नेहपूर्ण उपस्थितिको हार्दिक अपेक्षासहित।

धन्यवाद।

संयोजक
Gracy Rai Thulung

18/06/2026

लङभ्यू भोक हडताल: दोस्रो चरणको ७२ घण्टे अनशनमा ३ जना अनशनकारीको स्वास्थ्य अवस्था बिग्रँदै

लङभ्यू 18 जुन:
पीएफको १२ करोड रुपैयाँ, ग्र्याचुटीको ८४ लाख रुपैयाँ, एलटीएको २० लाख रुपैयाँ तथा ज्याला–वेतनलगायतका बाँकी रकम भुक्तानीको माग गर्दै लङभ्यू चिया बगानका श्रमिकहरू आन्दोलनरत छन्।

विगत ५५ दिनसम्म श्रमिकहरूले क्रमिक अनशन गरेका थिए। तर मालिक गोविन्द गर्ग र सम्बन्धित श्रम विभागबाट सकारात्मक पहल नहुँदा आन्दोलनलाई थप प्रभावकारी बनाउने उद्देश्यले गत १३ जुनदेखि ७२ घण्टे अनशन सुरु गरिएको थियो। पहिलो चरणको अनशन सम्पन्न भएपछि हाल लङभ्यूको साई मन्दिर परिसरमा दोस्रो चरणको ७२ घण्टे अनशन जारी रहेको छ।

दोस्रो चरणको ७२ घण्टे अनशनले आज ५३ घण्टा पूरा गरेको छ। अनशनकारीहरू लविन विश्वकर्मा, तनुजा लामा र अनुपा तामाङको स्वास्थ्य अवस्थामा समस्या देखिएको छ। उनीहरू चक्कर लाग्ने, वान्ता हुने, ज्वरो आउने, टाउको दुख्ने तथा रक्तचाप कम (लो ब्लड प्रेसर) हुने समस्याबाट पीडित छन्। तनुजा लामा अनि लबिन विश्वकर्मलाई सलाइन चढाएर तापनि उहाँहरूले 72 घण्टाको अनशन समाप्त गर्ने ऊर्जा देखाई रहेका छन्।

स्वास्थ्यकर्मीहरूले अनशनकारीहरूको नियमित स्वास्थ्य परीक्षण गर्दै आवश्यक उपचार तथा निगरानी गरिरहेका छन्। आन्दोलनकारीहरूले आफ्ना जायज मागहरूको शीघ्र सम्बोधन गर्न सम्बन्धित पक्षसँग पुनः आग्रह गरेका छन्।

17/06/2026

लङभ्यू श्रमिक आन्दोलन: 72 घण्टे भोक हडतालको दोस्रो चरण आरम्भ!

16 जुन 2026:
आज बिहान 11 बजे पहिलो चरणको 72 घण्टे भोक हडताल समापन भए लगतै दोस्रो चरणको भोक हडताल शुरू भएको छ। आजबाट शुरू भएको भोक हडतालमा हिल प्लान्टेसन इम्प्लोइज युनियन केन्द्रीय कमिटि सहसचिव छेवाङ योञ्जन (39 वर्ष), केन्द्रीय समिति कोषाध्यक्ष एवं अधिवक्ता अनुपा तामाङ (32 वर्ष) , लङभ्यू युनिट सचिव तनुजा लामा (37 वर्ष), सदस्यहरू लविन विश्वकर्मा (60 वर्ष) , देविका योञ्जन (56 वर्ष) सहभागी छन्।

उल्लेखनीय छ कि पीएफ, ग्र्याचुटी तथा अन्य बक्यौता रकमको भुक्तानीको माग गर्दै श्रमिकहरू गत 21 अप्रिल 2026 देखि क्रमिक अनशनमा बसेका थिए। क्रमिक अनशनको 50औँ दिन पूरा हुँदासमेत बगानका मालिक गोविन्द गर्ग तथा सम्बन्धित सरकारी निकायबाट श्रमिकहरूको माग बारे ठोस पहल नभएको भन्दै श्रमिकहरूले आन्दोलनलाई थप सशक्त बनाउँदै 72घण्टे भोक हडताल सुरु गरेका हुन्।
पहिलो चरणका अनशनकारीहरू सुमेन्द्र तामाङ (33 वर्ष), सुमित देवान (31 वर्ष), विन्दिया थापा (49 वर्ष), कविता पाखरिन (54 वर्ष) र छुनु बल (48 वर्ष) ले अनशनकारीहरूलाई खदा अर्पण गर्दै भोक हडताल हस्तान्तरण गरे।
अनशन सुरु गर्नुअघि अनशनकारीहरूले आफ्ना माग तथा आन्दोलनप्रतिको प्रतिबद्धतासम्बन्धी लिखित आत्मघोषणा पाठ गरेका थिए। युनियन सहसचिव छेवाङ योञ्जनले आफूहरूको माग र मुद्दा बारे सम्बोधन गर्दै यो शान्तिप्रिय आन्दोलन उत्तर बंगालका सम्पूर्ण चिया श्रमिकहरूको हक अधिकारका निम्ति रहेको बताए। उनले युवा विद्यार्थी सबैलाई यस आन्दोलनमा सहभागी भइदिने अनुरोध गरे ।
यता युनिट सचिव तनुजा लामाले आगामी 19 जुनमा हुने भनिएको बैठकमा मालिक गोविन्द गर्गले पीएफको रकम लिएर आउनु पर्ने चुनौती दिइन्। उनले भनिन् " जबसम्म पीएफको पैसा एकाउण्टम जम्मा हुँदैन तबसम्म आन्दोलन जारी रहने बताइन्"।

Suvendu Adhikari Ji when he was the leader of opposition in WBLA !
05/06/2026

Suvendu Adhikari Ji when he was the leader of opposition in WBLA !

01/06/2026

What did MP Raju Bista say about Longview tea garden crisis, Parja Patta and Minimum wage in 2021?

Now it's 2026 and the BJP double engine government has made its government in West Bengal government.

Will the BJP government stand by its words?

09/05/2026

The swearing in ceremony of Suvendu Adhikari happening live at Kolkata!!

This video of Suvendu Adhikari taking bribe was caught in a sting operation which was posted by BJPs youtube channel around 2018-19.

Later he joined BJP in 2020 and this video was then deleted from you tube page of BJP.

This is a proof that corruption prevails everywhere and just mere shifting of political parties or a regime doesn't mean the change in its true form.

So congratulations to everyone!
Kudos!

05/05/2026

निर्वाचनको मतगणना पछि श्रमजीवी पहल - को पक्षबाट जनता समक्ष अपिल!

अब नयाँ सरकार गठन हुने बित्तिकै श्रमिकहरुको न्यूनतम हाजीरा अनि पर्जापट्टा दिएको हुन पर्छ साथै 30% कमानको जमिन उद्योगपतिलाई दिने पोलिसीलाई वापस लिएको हुन पर्छ!

01/05/2026

A small act by the Change makers of Longview Pariwartan Movement on the ocassion of International worker’s day ..

💪💪

Semika Lama
Hill Plantations Employees Union



Address

Kurseong
Kurseong

Alerts

Be the first to know and let us send you an email when Kurseong Daily posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share