POCHOK GITDABLING NEWS

POCHOK GITDABLING NEWS Pochok Gitdabling News is the leading Nepali News media which brings the latest and breaking news.
(1)

15/01/2025

आईजीजेएफ कालेबुङ जिलला समितिको बैठक सम्पन्न।
इण्डियन गोर्खा जनशक्ति फ्रण्ड कालेबुङ जिल्ला समितिको बैठक आज सम्पन्न भयो।गत केही दिन अधि इण्डियन गोर्खा जनशक्ति फ्रण्ड,को केन्द्रीय संयोजक अजय एडवाडर्स कालेबुङ आएका थिए अनि त्यस अवधि कालेबूङमा एक सभाको आयोजना गरेका थिए।आयोजित सभामा कालेबुङ एक अलग जिल्ला भएको हुनाले कालेबुङले स्वतन्त्र रूपमा काम गर्न सकोस भन्ने सोच ब्यक्त गरेका थिए।आफ्नो पूर्व घोषित कार्यलाई कार्य रूपमा परिणत गर्दै गत दिन इण्डियन गोर्खा जनशक्ति फ्रण्ड,को सभा दार्जीलिङमा सम्पन्न भएको थियो।आयोजित सभामा कालेबुङ जिल्लामा संगठन विस्तारसंग संगै पार्टीलाई स्वतन्त्र रूपमा संचालन गर्न सकोस भन्ने हेतुले एक प्रस्ताव पारित गरयो उक्त प्रस्तावलाई आजको सभाले स्वागत जनाएका छन।आईजीजेएस,ले कालेबुङ जिल्लामा स्वतन्त्र रूपमा काम गर्न सकोस भन्ने हेतुले गौलनचन लेप्चा,विक्रम सार्की,लाजारूस तामाङ,कमल शर्मा,दीपेन शेर्पा,पेन्जो गम्पु भूटिया,श्याम गौतम,पेमा मोक्तान,प्रकाश सुब्बा र राजेन तामाङको काँधमा सोम्पिएका छन।आईजीजेएफ,को यस टीमले कालेबुङमा पार्टीको गतिविधिदेखि लिएर संगठन विस्तार आदि जस्ता विषयहरूमाथि काम गर्ने छ।गत 22 दिसम्बर 2024 को दिन इण्डियन गोर्खा जनशक्ति फ्रण्ड,को गठन भएपछि संयोजक अजय एडवाडर्सले संगठन विस्तारको कार्यलाई तीव्र रूप दिन्दै आई रहेको छ।यसै अवधि कालेबुङ जिल्लामा पनि संगठनको विस्तार कार्यलाई तीव्र रूपमा दिने हेतुले यी नौ जना कार्यकर्ताहरूको काँधमा कार्यभार सोम्पिएको छ।पार्टीको गठनपछि कालेबुङ जिल्लामा कालेबुङ जिल्लाकै मानिसहरूले पार्टीको विस्तार स्वतन्त्र रूपमा गर्न पर्छ भन्ने पार्टी संयोजक अजय एडवाडर्सले शुरूदेखि नै भन्दै आएको छ।

15/01/2025

"म सत्तामा भएको भए यो गर्नेथे, भन्नु सजिलो छ। सत्तामा जानु कसैले रोकेको छ? जनताले भोट दियो भने पो सत्तामा पुगिन्छ। जनताले विश्वास अनि भरोसा गरेकोलाई नै सत्तामा लैजान्छ।" अनित थापा

14/01/2025

उधाैली पुजा सम्पन्न।।

किराँती खम्बु राई सांस्कृतिक संस्थान चुलीमा क्षेत्रिय समिति दार्जिलिङ समिति भित्र जम्मा सात वटा शाखा अन्तरभुक्त रहेका छन,जसमा शाखाहरुकाे नाम निम्न प्रकार रहेका छन्:१)ओरेन्ज भेल्ली शाखा २)पेम्बुङ शाखा ३)लिंगिया शाखा ४)चुङथुङ ८६ शाखा ५)लावर लिजाहिल शाखा ६)अप्पर लिजाहिल शाखा अनि ७)मकैबारी अनि सिरुबारी शाखा।
यश कार्यक्रममा आयाेजककाे जिम्मैवारी आेरेञ्ज भेल्ली शाखाले लिएकाे थियाे,भने आयाेजक शाखाकाे निमन्त्रणालाई स्वीकार गरि यश कार्यक्रममा छिमेकी शाखाहरुकाे पनि उपस्थिति रहेकाे थियाे।जसमा,,किराँती खम्बु राई आर्य चियाबारि,सिंताम चियाबारी माथिलाे डाली (ब्लुमफिल्ड)लावर डाली अनि ऋषिहाट शाखाकाे उपस्थिति रहेकाे थियाे।जसमा बिशिष्ठ अतिथिकाे रुपमा कैन्द्रीय समितिका महासचिव श्री उध्येन चामललिङ जिल्ला समितिका सभापति किशाेर मुक्सु राई,भारतीय गाेर्खा प्रजातान्त्रिक माेर्चा ऋषिहाट ब्लुमफिल्ड समष्टिका अध्यक्ष श्री यन्जीत चामलिङ राई अनि चुलीमा क्षेत्रिय समितिका प्रमुख सल्लाहकार साथै कैन्द्रीय समिति सदस्य श्रीमान मदन थुलुङ राई उपस्थित रहेका थिए।साथै आयाेजक समितिकाे निम्ताे स्वीकार गरेर हाम्रा दार्जिलिङका ख्यातीप्राप्त कलकार हरुले उपस्थिति दिएका थिए।जसमा अतिथि कलकारहरुकाे रुपमा १)सुश्री साेनु राई २)श्री दनेश राई ३)ज्याेति थुलुङ राई अनि सतिका थुलुङ राईले सहभागिता जनाएका थिए।अनि यसै कार्यक्रमकाे निमन्त्रणालाई स्वीकार गरेर हरसिंग शाखाबाट हाम्राे जातीय नृत्य शिली टाेली पनि आएका थिए,जसलाई खुबै पाराङगत ढंगमा सान्दीवा माेहन राई अनि सान्दीवा राजेन राई ज्युले मार्गदर्षण गरेका थिए।अन्तमा चुलीमा क्षैत्रिय समितिका सभापति श्री किशन थुलुङ राई अनि सचिव श्री जितेन बान्तवा राईले कार्यक्रमलाई पाराङगत ढंगमा संञ्चालन पनि गरेका थिए।

अब सेलरोटी पुलमा गाडी रोक्न बन्द
13/01/2025

अब सेलरोटी पुलमा गाडी रोक्न बन्द

13/01/2025

राजधानी गान्तोकको सिसा गोलाई नजिकै एउटा घरमा आगलागी भएको छ। आगोले घर पूर्ण रूपले क्षतिग्रस्त बनेको छ।

संसारकै सबैभन्दा ठुलो जन समागम महाकुम्भ मेला आजदेखि सुरू।प्रयागराजमा महाकुम्भको शुभारम्भ भइसकेको छ। पौष पूर्णिमाको अवसरम...
13/01/2025

संसारकै सबैभन्दा ठुलो जन समागम महाकुम्भ मेला आजदेखि सुरू।
प्रयागराजमा महाकुम्भको शुभारम्भ भइसकेको छ। पौष पूर्णिमाको अवसरमा आज पहिलो स्नान हुँदैछ। यस अवसरमा आज 1 करोड भक्तजनहरूले संगममा डुब्की लगाउनेछन्। प्रत्येक घण्टा दुइ लाख मानिसले स्नान गरिरहेका छन्। करिब 12 किलोमिटर क्षेत्रफलमा स्नान घाट निर्माण गरिएको छ।

अब स्मरणमा मात्र रहे बुद्धसिङ लेप्चा। सयौं मानिसहरूले दिए अश्रु पूर्ण बिदाइ।यस दु:खद समयमा साथ र सहयोग प्रदान गर्नुहुने ...
12/01/2025

अब स्मरणमा मात्र रहे बुद्धसिङ लेप्चा। सयौं मानिसहरूले दिए अश्रु पूर्ण बिदाइ।
यस दु:खद समयमा साथ र सहयोग प्रदान गर्नुहुने सम्पूर्णमा परिवार पक्षबाट आभार व्यक्त।

गत बिहीबार राती देहान्त हुनुभएका गितडब्लिङका एक धार्मिक एंव सास्कृतिक धरोहर पोचोक निवासी बुद्धसिङ लेप्चालाई शनिबार अश्रु पूर्ण बिदाइ गरिएको छ। मृदुभाषी, धार्मिक, एंव सम्मानित व्यक्तित्वका धनी स्वर्गीय बुद्ध सिङ लेप्चाको 81 वर्षको उमेरमा निधन भएको थियो।
यस दुःखदायी क्षणमा परिवारप्रति समवेदना तथा सान्त्वना व्यक्त गर्नुहुने, शवयात्रामा सहभागी बन्नुहुने मलामीजन, प्रत्यक्ष र अप्रत्यक्ष रूपले सहयोग गर्नुहुने आफन्त, गाँउ समाज, शुभचिन्तक आदिमा परिवार पक्षबाट आभार व्यक्त गरिएको छ। साथै सबैको साथ, सान्त्वना र सहयोगका कारण आफुहरुलाई यस अकल्पनीय पीडालाई सहन गर्न शक्ति मिलेको स्वर्गीय बुद्ध सिङ लेप्चाकी श्रीमती ख्येनजुम लेप्चा, छोराहरू सुकसिङ लेप्चा, छिरिङ लेप्चा, सोङदेन लेप्चा, ल्हा छिरिङ लेप्चा लगायत सम्पूर्ण छोरी-ज्वाँइ को तर्फबाट जनाईको छ।
स्वर्गीय बुद्धसिङ लेप्चाको एक्काईस् (21) दिनको शुद्धि कार्य अर्थात् काम यही मिति 29 जनवरी 2025 बुधबारको दिन सम्पन्न हुने भएको छ।

12/01/2025

कालेबुङमा सम्पन्न सौन्दर्य प्रतियोगिता 'द ग्रेस हिमालयन नर्थ बंगाल एन्ड सिक्किम' का बिजेताहरु मनिषा छेत्री गुरुङ, मञ्जु सुब्बा र बिनु शर्मालाई साङ्गीतिक भिडियोका लागि अनुबन्ध गरिदै।

12/01/2025

आर्य चियाबारीका चुनाति गुरुङलाई सहयोग गरिदिन अपिल।
तपाइँ हरुले जसरी धेरै बिरामी हरुलाई सहयोग को हाथ बढाई बिरामी लाई नयाँ जीवन दिनु भएको छ।उसरी नै आर्य चिया वारि निवाशी सपन गुरुङ को धर्म पत्नी श्रीमति चुनाति गुरुङ को दुवै मिर्गौला सुकेको हुनाले धेरै धन राशी को खाचो भएको हुँदा ,एक थुकी सुकि हजार थुकी नदि भएर चुनाउती गुरुङ लाई नयाँ जीवन दिनु हुन्छ भन्ने तपाई हरु प्रति ठुलो आशा अनि भरोशा साचेका छौ।
ग्राम सेवक समाज
आर्य चिया बारी
दार्जीलिङ
ACCOUNT HOLDER : RUPSHANA GURUNG
ACCOUNT NO. : 924010002927806
IFSC : UTIB0002608

G pay number = 7478066817
9593913290

रहेनन् बुद्धसिङ लेप्चा। गितडब्लिङका एक वरिष्ठ एंव सम्माननीय व्यक्तित्व सदाका लागि अस्ताए। सोङदेन लेप्चा पितृशोकमा पर्नुभ...
10/01/2025

रहेनन् बुद्धसिङ लेप्चा। गितडब्लिङका एक वरिष्ठ एंव सम्माननीय व्यक्तित्व सदाका लागि अस्ताए।

सोङदेन लेप्चा पितृशोकमा पर्नुभएको छ।
गितडब्लिङ मध्य पोचोक निवासी लेप्चा समाजका वरिष्ठ एंव सम्माननीय व्यक्तित्व बुद्धसिङ लेप्चा को निधन भएको छ। उहाँले गएराति नौ बजेतिर अन्तिम स्वास लिनुभएको हो।
81 वर्षका स्वर्गीय बुद्ध छिरिङ लेप्चा गत केहीदिन देखि अस्वस्थ हुनुहुन्थ्यो। उहाँ कालेबुङ जिल्ला भाजपाका प्रवक्ता, सचिव एंव युवा नेता सोङदेन लेप्चाका पिता हुनुहुन्छ‌।

स्वर्गीय बुद्धसिङ लेप्चा को भोलि शनिवार तदनुसार जनवरी 11 तारिख 2025 का दिन बिहान 11 बजे लेप्चा पारम्परिक एवं धार्मीक विधिपूर्वक दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ। उक्त तोकिएको मिति तथा समयमा मलामीका लागि सम्पूर्ण बन्धुबान्धव, आफन्तजन, इष्टमित्र हरूमा जानकारी गराइन्छ ।

पोचोक गितडब्लिङ न्युज डेस्क दिवङ्गत बुद्धसिङ लेप्चा को निधनमा गहिरो शोक प्रकट गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछ।

महासंघ अध्यक्ष महेन्द्र गुरुङ सम्मानित।होम्स लाईन चालक संगठनले आफ्नो 25 वर्ष पुगेको अवसरमा विभिन्न कार्यक्रम बिच कालेबुङ...
10/01/2025

महासंघ अध्यक्ष महेन्द्र गुरुङ सम्मानित।
होम्स लाईन चालक संगठनले आफ्नो 25 वर्ष पुगेको अवसरमा विभिन्न कार्यक्रम बिच कालेबुङ रामकृष्ण रंगमञ्च (टाउन हल) मा चालक महासंघ अध्यक्ष श्री महेन्द्र गुरुङलाई सम्मान जनाएको छ।
सम्मानित अध्यक्ष महेन्द्र गुरुङ मुख्य अथिति रहेको उक्त कार्यक्रममा आफ्नो सम्वोधनको क्रममा उहाँले संगठनका पदधिकारी अनि सदस्यहरुलाई धन्यवाद साथै बधाई दिएका छन्।
आफुले पाएको सम्वर्धनालेे धेरै जिम्मेवारी बढिरहेको पनि अध्यक्ष गुरुङले बताए।

10/01/2025

गितडाब्लिङ जनता मैदानमा आयोजना भइरहेको महिनाव्यापी "शीतकालीन शिविर अर्थात् खेलकूद फेस्ट"- बारे विस्तृत जानकारी गराउदै युनाइटेड गितडाब्लिङ स्पोर्ट्स एशोसिएशनका पदाधिकारीगण।

गितडब्लिङको देउराली फाटकदेखि नोकडाँडा हुँदै लाभा नौ माइल सम्म प्रधानमन्त्री ग्राम सडक योजना मार्फत सडक निर्माण हुने। यसब...
09/01/2025

गितडब्लिङको देउराली फाटकदेखि नोकडाँडा हुँदै लाभा नौ माइल सम्म प्रधानमन्त्री ग्राम सडक योजना मार्फत सडक निर्माण हुने।
यसबाहेकयस योजनाअन्तर्गत अन्य पहाडमा पच्चिसवटा नयाँ ग्रामीण सड़क परियोजनाहरूको मञ्जुरी।

सांसद राजु विष्टको प्रेस विज्ञप्ति जस्ताको तस्तै-

*सांसद राजु बिष्टको कार्यालय*
*प्रेस विज्ञप्ति*
*०८ जनवरी, २०२५*

दार्जिलिङ लोकसभा निर्वाचन क्षेत्रबाट सांसद निर्वाचित भएदेखि मैले आफ्नो पूरा ऊर्जा र ध्यान हाम्रो क्षेत्र, खासगरि ग्रामीण क्षेत्रहरूको तीव्र विकास सुनिश्चित गर्ने दिशामा समर्पित गर्दैआएको छु। मलाई यहाँ यो साझा गर्दा खुशी लागिरहेको छ कि हामीले नयाँ वर्ष २०२५ को थालनी सिलगढ़ी महकुमा परिषद लगायत दार्जिलिङ र कालेबुङ जिल्लाहरूमा प्रधानमन्त्री ग्राम सड़क योजनाअन्तर्गत २५ नयाँ ग्रामीण सड़क परियोजनाहरूका साथ गरिरहेका छौँ।

यी २५ नयाँ ग्रामीण सड़क परियोजनाहरूमा जम्मा १९४.३३ कि.मी. ग्रामीण सड़कहरूको निर्माण ₹१५९.१ करोड़को लागतमा गरिने छ। यी परियोजोनाहरू हुन्:

१. खरसाङ ब्लक अन्तर्गत लोअर सिरुबारी हुँदै गिद्द पहाड़देखि रोहिणी
२. खरसाङ ब्लक अन्तर्गत सब्जेमाना, घलेटार हुँदै कोइला गोदामदेखि जोगीघाट
३. खरसाङ ब्लक अन्तर्गत शिवखोला हुँदै ३ घुम्तीदेखि महलदिराम
४. रङ्ली-रङलिअट ब्लक अन्तर्गत पावर हाउस हुँदै पोबोङदेखि नामरिङ
५. रङ्ली-रङलिअट ब्लक अन्तर्गत मङ्पु पिडब्ल्युडी रोड़देखि तकदह छावनी
६. मिरिक ब्लक अन्तर्गत सौरेनी बजारदेखि दस नम्बर फाटक
७. मिरिक ब्लक अन्तर्गत नोल हुँदै खरबारीदेखि दुधे
८. जोरबङ्गला-सुकियापोखरी ब्लक अन्तर्गत ८, तामसाङ फाटकदेखि मिम चिया बगान
९. जोरबङ्गला-सुकियापोखरी ब्लक अन्तर्गत पुस्सुमबेङ चिया बगान हुँदै पुस्सुमबेङ फाटकदेखि तुङसुङ चिया बगान
१०. पुल-बिजनबारी ब्लक अन्तर्गत बिहिबारे-रेलिङ हुँदै काइँजलेदेखि माने भञ्ज्याङ
११. पुल-बिजनबारी ब्लक अन्तर्गत दार्जिलिङ लेबोङदेखि याङ्कु रोड़
१२. पुलबजार ब्लक अन्तर्गत काइँडले हुँदै बिजनबारीदेखि लोढ़ोमा
१३. खोरिबारी ब्लक अन्तर्गत डांगरभित्ता र टेपु हुँदै कालिडांगादेखि बतासी मोड़
१४. खोरिबारी ब्लक अन्तर्गत चुनिलाल, चेकरमारी हुँदै बतासी मोड़देखि ईस्ट बोडरा
१५. नक्सलबाडी ब्लक अन्तर्गत सास्तुगाछ हुँदै अटल चिया बगानदेखि हाउडाभित्ता
१६. मतिगड़ा ब्लक अन्तर्गत नेताजीपल्लीदेखि बालासन कलोनी (अठाराखाई जी.पी. अन्तर्गत टी-०३ NH-31 देखि बालासन कलोनी)
१७. फाँसीदेवा ब्लक अन्तर्गत चोटोपाइक पाड़ा र बागमारा हुँदै बिधाननगर जी.पी. अफिसदेखि बुखढाला
१८. गोरुबथान ब्लक अन्तर्गत शेर्पा गाउँ (SH) देखि शेरमाली रोड़ (SH)
१९. गोरुबथान ब्लक अन्तर्गत पान डाँड़ा (SH) देखि कुमाई मोड़
२०. गोरुबथान ब्लक अन्तर्गत कुमाई मोड़देखि तांङ्ता
२१. कालेबुङ I ब्लक अन्तर्गत कालदेन डाँड़ा हुँदै अम्बाके गोलाईदेखि चारखोल
२२. कालेबुङ I ब्लक अन्तर्गत फ्याङटार कम्बल हुँदै हनुमान फाटकदेखि चुईखिम
२३. कालेबुङ II ब्लक अन्तर्गत नोक डाँड़ादेखि सामाब्योङ
२४. कालेबुङ II ब्लक अन्तर्गत नोक डाँड़ा हुँदै देउराली फाटकदेखि लाभा (नौ माइल)
२५. कालेबुङ II ब्लक अन्तर्गत लाभा रोड़ ( ६ माईल) देखि कागे

यी परियोजनाहरूका लागि रकम जारी गराउन हामीले कड़ा परिश्रम गरेका छौँ, तसर्थ यी परियोजनाहरूको काम राम्रो तरिकाले होस् अनि निर्माणको चरणमा कुनै किसिमको घोटाला नहोस् भन्ने सुनिश्चित गर्नु हाम्रो कर्तव्य हो।

तसर्थ म खासगरि यी इलाकाहरूमा बसोबासो गर्ने सामाजिक संगठन, समाज, गैर-सरकारी संगठनहरू र राजनितिक दलसँग सम्बन्धित व्यक्तिहरूलाई मिलेर निगरानी समितिहरूको गठन गरी सोशल ऑडिट गर्न अनुरोध गर्दछु ताकि यी परियोजनाका काममा संलग्न हुन र कामको निगरानी गर्न सक्नुहोस्।

यसमा केन्द्रीय सरकारद्वारा पठाइएको सरकारी रकम लागिरहेको छ जो हाम्रो क्षेत्रका गाउँहरूलाई समुचित सड़क सञ्जालद्वारा जोड़ियोस् भनी सुनिश्चित गर्न हो। तसर्थ, यो हाम्रो साझा कर्तव्य हो कि यी परियोजनाहरूको निर्माणमा कुनै भ्रष्टाचार नहोस्, र यो त्यतिबेला मात्रै सम्भव हुनेछ जब स्थानीय विधायकहरू, जीटीए सभासदहरू, महकुमा परिषदका सदस्यहरू, पञ्चायत समितिका सदस्यहरू, ग्राम पञ्चायत सदस्यहरू, समाजका सदस्य, गैर-सरकारी संगठन अनि सामाजिक संगठनहरूका सदस्य, तथा सम्बन्धित नागरिकहरू यी परियोजनाहरूको कड़ा निगरानी र सामाजिक लेखापरीक्षणमा (social audit) संलग्न हुनुहुनेछ।

अहिले ती सड़कहरूका लागि निविदा आह्वान गरिएको छ, र यसमा इच्छुकहरूले निविदा https://pmgsytenderswb.gov.in/nicgep/app मा हेर्न सक्नुहुन्छ।

म जनतालाई ‘Meri Sadak App –
https://play.google.com/store/apps/details?id=com.cdac.pmgsy.citizen&hl=hi डाउनलोड गर्न प्रोत्साहित गर्दछु। यस एप्पको माध्यमले तपाईं आफ्नो शिकायत सोझै Central PMGSY Monitoring Cell लाई परियोजनाको जी.पी.एस. लोकेशनका साथ पठाउन सक्नुहुन्छ। यसरी परियोजनामा भइरहेको कार्यमाथि कड़ा निगरानी र चेकजाँच गर्नमा मद्दत पाइने छ।

दार्जिलिङ पहाड़, तराई अनि डुवर्सका ग्रामीण क्षेत्रहरूको विकासलाई प्राथमिकतामा राख्नुभएकोमा म माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीज्यू, र माननीय ग्रामीण विकास मन्त्री श्री शिवराज सिंह चौहान प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु।

*राजु बिष्ट*
*लोकसभा सांसद, दार्जिलिङ एवं*
*राष्ट्रीय प्रवक्ता, भारतीय जनता पार्टी*

07/01/2025

दार्जीलिङ जोरबङ्ला वार्ड नम्वर १ अन्तर्गत पर्ने आलुबारी सुनार बस्ती निवासी फुर्वा लेप्चा गाउँको समस्या बारे गुनासो राख्दै।

आज बिहान गएको भुकम्पमा परि चीनमा ज्यान गुमाउनेको सङ्ख्या 53 जना पुगेको छ । नेपाल –चीन सिमाना तिब्बतको दिङ्गे काउन्टीमा ग...
07/01/2025

आज बिहान गएको भुकम्पमा परि चीनमा ज्यान गुमाउनेको सङ्ख्या 53 जना पुगेको छ । नेपाल –चीन सिमाना तिब्बतको दिङ्गे काउन्टीमा गएको भूकम्पमा परी अरू 62 जना घाइते भएका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । भूकम्पबाट धेरै घरहरूमा क्षति पुगेको खबरमा उल्लेख छ ।

आज बिहान 6 बजेर 35 मिनेट जाँदा गएको ठूलो भूकम्पको म्याग्निच्युड फरक–फरक मापन भएको छ । विश्वका तीन देशमा एकैसाथ भूकम्पको ...
07/01/2025

आज बिहान 6 बजेर 35 मिनेट जाँदा गएको ठूलो भूकम्पको म्याग्निच्युड फरक–फरक मापन भएको छ ।

विश्वका तीन देशमा एकैसाथ भूकम्पको धक्का महसुस गरिएको हो । भूकम्पको केन्द्रविन्दु तिब्बत थियो, जसको तीव्रता रिक्टर स्केलमा ७.१ मापन गरिएको थियो। अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस)का अनुसार नेपाल र भारतको सिक्किमको सिमानामा रहेको तिब्बत क्षेत्रमा स्थानीय समय अनुसार आज बिहान 7.1 म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको केन्द्रविन्दु नेपालको लोबुचेबाट 91 किलोमिटर टाढा रहेको थियो । भुटान र बंगलादेशका केही क्षेत्रमा पनि भूकम्पको धक्का महसुस गरिएको छ ।

नेपालको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले भने 7 म्याग्निच्युडको ठूलो भूकम्प गएको जनाएको छ।
यस्तै चिनियाँ समाचार संस्था सिन्ह्वाले 6 दशमलव 8 म्याग्निच्युडको भूकम्प रहेको उल्लेख गरेको छ भने अमेरिकाको यूएसजीएसले 7 दशमलव 1 म्याग्निच्युड मापन गरेको छ ।
भुकम्पले के कति नोक्सानी भयो भन्ने बिबरणहरू आइसकेको छैन।

(पोचोक गितडब्लिङ न्युज डेस्क)

भर्खरै गएको 7 रेक्टर स्केलको तिब्रता रहेको भुकम्पको केन्द्रविन्दु चीनको तिब्बतमा रहेको छ।
07/01/2025

भर्खरै गएको 7 रेक्टर स्केलको तिब्रता रहेको भुकम्पको केन्द्रविन्दु चीनको तिब्बतमा रहेको छ।

07/01/2025

अहिले बिहान 6 बजेर 36 मिनेटमा कालेबुङमा भुकम्पको झट्का महसूस गरिएको छ।

Address

Kalimpong
734301

Telephone

+918768249107

Website

Alerts

Be the first to know and let us send you an email when POCHOK GITDABLING NEWS posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share

Category