Gorubathan बुलेटिन

Gorubathan बुलेटिन समाचार दाता
संधै सत्यको पक्षमा

11/01/2025

कुमाई माघे मेला २०२५
जनवरी 19 र 20 तारिख २०२५ आइतवार अनि सोमबार
स्थान : जनता मैदान, नयाँ बस्ती कुमाई, जिल्ला कालेबुङ
आयोजक : कुमाई माघे मेला आयोजक समिति
मेलाको उद्येश्य : स्थानीय उद्यमीहरुलाई प्रोत्साहित गर्नु , विभिन्न जाति ,जनजातिका परिकारहरु , परम्परागत खाद्य पदार्थ , विभिन्न संस्कृतिक कार्यक्रम तथा मनोरन्जनात्मक कार्यक्रम
समय : १० बजे देखी ५ बजीसम्म
प्रवेश : नि : शुल्क
सह आयोजक : कुमाई संघ स्वनिर्वर समूह, कुमाई ग्राम पंचायत सहकार्यमा : कुमाईका विभिन्न समाजहरु र क्लबहरु
मेलामा सहभागी बनौ ! आफ्नै गोर्खे परिकारको अनुभव गरौ !

11/01/2025

विगतको वर्षझैँ यस वर्ष २७ डिसेम्बर बाट ३० डिसेम्बर २०२४ सम्म हुन गएको national winter karate camp 2024, Jharkhand dist-Garwa SIS Training centre मा भएको थियो।
Organised by=Dadi Bulsara karate Ashihara kai-kan Foundation World
विगतको वर्षझैँ यस वर्ष पनि गुरुवथान डोजोले १० जना पार्टिसिपेन्ट एकजना गार्जन, एकजना मिडियाकर्मी अनि कोच सेन्सी सचिन राई गएका थिए।
१० जनामध्ये दुईजना ले ब्ल्याक बेल्ट को exam पनि पास गरेकी छिन्।
१) करुणा राई २) प्रनिशा राई साथै अन्यले पनि आफ्नो एक्जाम पास गरेकी छन्।
यसै क्याम्पमा प्री-कमान्डो ट्रेनिङ सर्भाइभर ट्रेनिङ गोरुवथान डोजोबाट तीनजनाले पास गरेकी छिन्।
१) लतिका खालिङ २) प्रनिशा राई अनि३) करुणा राई।
यसै चार दिने क्याम्पमा girls category बाट पहिलो best fighter बनेकी छिन् Karuna Rai.
Boys category बाट दोस्रो स्थान तुषार भौमिकले हताएको छ, भने गोल्ड मेडल प्रनिशा राई, आकृति मङ्गर, अनि उदय राईले प्राप्त गरेको छ।
यस नेशनल क्याम्पमा देशका विभिन्न राज्यहरूबाट अंशग्रहण गरेका थिए। जसमा बङ्गालले best state हत्याएका छन्।

09/01/2025

नवगठित पार्टी इन्डियन गोर्खा जनशक्ति फ्रन्टको झन्डा लगाउने कार्य गोरुबथानमा ।
गोरुबथान(निस):: गोरुबथानमा पनि आज इन्डियन गोर्खा जनशक्ति फ्रन्टको झन्डा लगाउने कार्य भइरहेको छ।गोरुबथान खण्डका मूल संयोजक जोन ब्रिटो बेनर्जीको नेतृत्वमा गोरुबथानको स्पेशल गोलाई देखि शेरमालीसम्म झण्डा लगाउने कार्य भएको छ।यसै अवसरमा कार्यक्रमबारे थप जानकारी गराउदै जोन ब्रिटो बेनर्जी र प्रवेश राई यसो भन्छन्।

कुमाई माघे मेला २०२५जनवरी 19 र 20 तारिख २०२५ आइतवार अनि सोमबारस्थान : जनता मैदान, नयाँ बस्ती कुमाई, जिल्ला कालेबुङआयोजक ...
09/01/2025

कुमाई माघे मेला २०२५
जनवरी 19 र 20 तारिख २०२५ आइतवार अनि सोमबार
स्थान : जनता मैदान, नयाँ बस्ती कुमाई, जिल्ला कालेबुङ
आयोजक : कुमाई माघे मेला आयोजक समिति
मेलाको उद्येश्य : स्थानीय उद्यमीहरुलाई प्रोत्साहित गर्नु , विभिन्न जाति ,जनजातिका परिकारहरु , परम्परागत खाद्य पदार्थ , विभिन्न संस्कृतिक कार्यक्रम तथा मनोरन्जनात्मक कार्यक्रम
समय : १० बजे देखी ५ बजीसम्म
प्रवेश : नि : शुल्क
सह आयोजक : स्वनिर्वर समूह ,कुमाई , कुमाई ग्राम पंचायत सहकार्यमा : कुमाईका विभिन्न समाजहरु र क्लबहरु
देशी उत्पादको प्रोत्साहन गरौं
मेलामा सहभागी बनौ ! आफ्नै गोर्खे परिकारको अनुभव गरौ !!

अन्त्येष्टि कार्य :घेवागोरूबथान, अम्बियोक चिया बगान, निवासी, श्री मणिकुमार तामाङ्गको जेठा छोरा स्वर्गिय शहिद पुरण तामाङ्...
07/01/2025

अन्त्येष्टि कार्य :घेवा

गोरूबथान, अम्बियोक चिया बगान, निवासी, श्री मणिकुमार तामाङ्गको जेठा छोरा स्वर्गिय शहिद पुरण तामाङ्ग, जो, Gorkha regiment 5/1 GR देरादुनमा कार्यरत थिए , उनको गत १८-१२-२०२४ बुधबारको दिन दुर्घटनामा परेर निधन भएको थियो।
उनको अन्त्येष्टि कार्य (घेवा) आगामी ०८-०१-२०२५ बुधबारको दिन उनको निजी बासस्थान अम्बियोक चियाबारीमा सम्पन्न हुन गईरहेको छ।
त्यसर्थ, सबै ईष्टमित्र, आफन्तजन, मलामी साथै शुभचिन्तकहरूलाई यस अन्त्येष्टि कार्य (घेवामा) सामेल हुन परिवार पक्ष हार्दिक अनुरोध गर्दछ।
विनीत :
रनकुमार तामाङ (आखे)
कमलामाया तामाङ (माम)
मणिकुमार तामाङ्ग (आपा)
कुमारी तामाङ (आमा)
मेणुका गुरूङ (श्रीमती)
अनामी तामाङ (छोरी)
सपन तामाङ(भाई)
जिवन तामाङ (आगु)
बिन्दु तामाङ (आसु)

सांसद् राजु विष्ट लेख्छन् - आज मैले माननीय गृहमन्त्री अमित शाह जी नयाँ दिल्लीमा भेट गरें। उनले केन्द्रीय सरकारले चाँडोभन...
06/01/2025

सांसद् राजु विष्ट लेख्छन् -
आज मैले माननीय गृहमन्त्री अमित शाह जी नयाँ दिल्लीमा भेट गरें। उनले केन्द्रीय सरकारले चाँडोभन्दा चाँडो केन्द्र सरकार, पश्चिम बंगाल सरकार र गोरखा समुदायका प्रतिनिधिलाई समावेश गरी त्रिपक्षीय वार्ता गर्ने बताए ।
अमित शाह जीले हाम्रो क्षेत्रका जनतासँग सम्बन्धित सबै समस्याहरू वार्ताको माध्यमबाट समाधान गर्न र सबै सरोकारवालाहरूका सरोकारहरूलाई विचार गर्न समग्र दृष्टिकोण अपनाउने केन्द्र सरकारको प्रतिबद्धता दोहोर्याए। त्रिपक्षीय वार्तालाई निरन्तरता दिने तयारी गृह मन्त्रालयले गरिरहेको र छिट्टै बैठकको मिति घोषणा गरिने छ ।
Copy -Souraj Rai

नन्द हाङखिमलाई बद्रीनारायण प्रधान स्मृति पुरस्कार ...मूर्धन्य साहित्यकार नन्द हाङ्खिमलाई यस वर्षको बद्रीनारायण प्रधान स्...
06/01/2025

नन्द हाङखिमलाई बद्रीनारायण प्रधान स्मृति पुरस्कार ...

मूर्धन्य साहित्यकार नन्द हाङ्खिमलाई यस वर्षको बद्रीनारायण प्रधान स्मृति पुरस्कार अर्पण गरिने भएको छ। पश्चिम डुवर्सको बाग्राकोटमा आइतवार बसेको बद्रीनारायण प्रधान स्मृति प्रतिष्ठानको बैठकमा हाङ्खिमलाई १४ औँ बद्रीनारायण प्रधान स्मृति पुरस्कार २०२५ द्वारा पुरस्कृत गरिने निर्णय लिइएको हो। पुरस्कार चयन समितिका संयोजक डा. मोहन पी. दाहालको अध्यक्षता बैठक सम्पन्न भएको थियो। बैठकमा हाङ्खिमको नामलाई सर्वसम्मतिले अनुमोदन गरेको प्रतिष्ठानका सचिव रूपेश शर्माले जानकारी दिएका छन्। आगामी २ फरवरी, २०२५ मा बाग्राकोटमा एक भव्य पुरस्कार अलङ्करण समारोह आयोजन गरी हाङ्खिमलाई पुरस्कार अर्पण गरिने प्रतिष्ठानले जनाएको छ। पुरस्कारमा प्रशस्ति-पत्र, अङ्ग वस्त्र र नगद राशि सम्मिलित रहनेछन्। उल्लेखनीय छ, विशिट साहित्यकार बद्रीनारायण प्रधानको स्मृतिमा गठित प्रतिष्ठानले सन् २०१२ देखि भारतीय नेपाली साहित्यका प्रतिभाशाली हस्तीहरूलाई प्रत्येक वर्ष बद्रीनारायण प्रधान स्मृति पुरस्कार अर्पण गर्दै आएको छ।
११ नोभेम्बर, १९४४ मा दार्जीलिङको मार्गरेट्स होप चियाबारीमा जन्मिएका नन्द हाङ्खिमले छ दशकभन्दा लामो समयदेखि निरन्तर रूपमा कलम चलाउँदै आएका छन्। उनले उपन्यास, नाटक, लघु कथा, कथा, कविता, समालोचनासहित चलचित्र क्षेत्रमा पनि कलम चलाएका छन्। उनका डेढ़ दर्जनभन्दा अधिक कृति प्रकाशित छन्। दार्जीलिङका एक ख्यातिप्राप्त प्रगतिवादी साहित्यकारका रूपमा उनको सुनाम छ। उनका प्रकाशित कृतिहरूमा ‘लाश’ (१९६४), ‘अर्को अनुहार’ (१९७१), विडम्बना (२०१९) उपन्यास; ‘उन्मुक्ति’ (१९७०), ‘सत्ता ग्रहण’ (२०१२) र ‘प्रीतिका चिट्ठीहरू’ (पत्रात्मक कथा सङ्ग्रह, १९७९) कथा सङ्ग्रह; ‘प्रेमालाप’ (१९७१), ‘चियाबारीमा’ (खण्डकाव्य, १९७२), ‘हिमपुरीको देशमा’ (खण्डकाव्य, २०१६), मैनबत्तीको आत्मकथा (खण्डकाव्य, २०१६) काव्य; ‘मृत्यु दिवस’ (एकाङ्की, १९७६), ‘युद्धहरू’ (१९९३), ‘अभिषेक’ (१९९५), ‘लीला-अ-लीला’ (२००६) ‘शिव-सती’ (काव्यात्मक नाटक, २०२०) नाटक; ‘नन्दन निबन्धन’ (२०१५) निबन्ध; ‘गीतानन्द’ (२०१७) गीत; ‘कहीं अँध्यारो कहीं उज्यालो’ (चलचित्रको पटकथा, संवाद, गीत रचना, १९८५), ‘१९५५ साल’ (टेलिफ्लिम, २००६), ‘सपना’ (दार्जीलिङको पहिलो धारावाहिक लघु चलचित्र, २०००) चलचित्र; ‘नेपाली आधुनिक कविता सङ्कलन’ (सम्पादन, साहित्य अकादमी/१९९२) आदि प्रमुख छन्। परि प्रकाशन, सिक्किमले हालै तीनवटा खण्डमा उनका कृतिहरूलाई ‘नन्द हाङ्खिमः कृति कुञ्ज’ (२०२४) नाम दिएर प्रकाशित गरेको छ। ८१ वर्षको उमेरमा पनि सक्रिय रूपले कलम चलाइरहेका हाङ्खिमका चारवटा कृति ‘एकदिन जङ्गलमा’ (बाल नाटक), ‘हाम्रा केही नाङ्गा कथाहरू’ (कथा सङ्ग्रह), ‘चिन्तक चरित्रहरू’ (लेख सङ्ग्रह) र संस्मारिका (लेख सङ्ग्रह) प्रकाशोन्मुख रहेका छन्। ‘चियाबारीमा’ खण्डकाव्य उनको चर्चित कृति हो भने ‘सत्ता ग्रहण’ कथा सङ्ग्रहका लागि उनलाई २०१४ मा साहित्य अकादमी पुरस्कार प्राप्त भएको थियो।
१४ औँ बद्रीनारायण स्मृति पुरस्कार अर्पण गरिने बद्रीनारायण प्रधान स्मृति प्रतिष्ठानले लिएको निर्णयबारे पुरस्कार चयन समितिका संयोजक डा. मोहन पी. दाहालले खुशी व्यक्त गरेका छन्। तिनले भने, “प्रतिष्ठानको यो निर्णयले पनि विगतमा पुरस्कार चयनमा गरिएको सटीक मूल्याङ्कनलाई गरिमामय ढङ्गमा निरन्तरता दिएको छ। नन्द हाङ्खिम नेपाली साहित्यका एक विशिष्ट प्रतिभा हुन्। साधना, समर्पण, साहित्यप्रेम, दायित्वबोधले उनलाई आजसम्म सक्रिय राखेको हामीले पाएका छौँ। उनलाई सम्मानित गर्न पाउँदा अत्यन्त हर्षित छौँ।” यसैगरी, प्रतिष्ठानका सचिव रूपेश शर्माले पनि बद्रीनारायण प्रधान र नन्द हाङ्खिमहरूले सत्तर-अस्सीको दशकमा सँगै मिलेर प्रगतिवादी साहित्यिक धारालाई गति दिएको अनि यस धाराबाट पलायित नभई निरन्तर वैचारिक सङ्घर्ष चलाएको बताए। बद्रीनारायण प्रधानको प्रकाशोन्मुख पुस्तक ‘१९४७’ (संस्मरण)-मा हाङ्खिमले २००६ मा नै भूमिका लेखेको पनि शर्माले जिकिर गरे। समाजका निम्न तप्का एवं खटिखाने वर्गका पक्षमा साहित्य लेख्ने एक चिन्तनशील अग्रणी साहित्यकारलाई सम्मानित गर्न पाउनु प्रतिष्ठानकै लागि सम्मानको विषय भएको उनको भनाई थियो। डुवर्स नेपाली साहित्य विकास समितिका मूलसचिव रविन खवासले प्रतिष्ठानले सही व्यक्तिको चयन गरेर यसपटक पनि पुरस्कार चयनको गरिमालाई उच्च राखेको मन्तव्य पोखे। साहित्य परिक्रमा परिवारले पनि हाङ्खिमको चयनप्रति खुशी जाहेर गर्दै उनलाई बधाई दिएको छ।

जनहितमा जारी.....10 जनवरीदेखि गोरूबथान क्षेत्रमा बिजुली लाइन मरम्मत, तारले छोएका रूखको हाँगाहरू काटिने भ्एकोले बिहान १० ...
03/01/2025

जनहितमा जारी.....
10 जनवरीदेखि गोरूबथान क्षेत्रमा बिजुली लाइन मरम्मत, तारले छोएका रूखको हाँगाहरू काटिने भ्एकोले बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म बिजुली लाइन काटिनेछ।
कुन गाउँ/ठाउँमा कति तारिक बिजली लाइन काटिनेछ त्यसबारे विजुली विभागले तल सेड्युल जारी गरिएको छ। आवश्यक परेमा विना अग्रिम सूचना विभागले मिति र समयमा बढोत्तरी गर्ने पनि अगावै जानकारी गराएको छ।

६८औँ राष्ट्रिय विद्यालय खेलकुदका लागि प्रशिक्षकको रूपमा विशाल परियार मनोनितआगामी ४ देखि ८ जनवरी २०२५ सम्म झारखण्डको राजध...
02/01/2025

६८औँ राष्ट्रिय विद्यालय खेलकुदका लागि प्रशिक्षकको रूपमा विशाल परियार मनोनित

आगामी ४ देखि ८ जनवरी २०२५ सम्म झारखण्डको राजधानी रांचीस्थित मेगा स्पोर्ट्स कम्प्लेक्समा ६८ औँ राष्ट्रिय विद्यालय खेलकुद कार्यक्रम आयोजना भइरहेको छ। उक्त कार्यक्रममा पश्चिम बङ्गालबाट एक प्रशिक्षकको रूपमा प्रतिनिधित्व गर्दै विशाल परियार (युद्धवीर उच्चतर माध्यमिक विद्यालयका सहप्राध्यापक)-ले सहभागिता जनाइरहेका छन्। उक्त कार्यक्रम स्कूल गेम्स फेडेरेसन अफ इन्डियाको ब्यानरमा हुनेछ। यस खेलकुद कार्यक्रममा पश्चिम बंगालका विभिन्न जिल्लाका २८ केटा र २२ केटीहरूले अंश ग्रहण गर्नेछन्। ६८ औँ पश्चिम बंगाल राज्य स्कूल एथलेटिक च्याम्पियनशिप 2024 मेटल स्पोर्ट्स कम्प्लेक्स, इच्छापुर, कोलकातामा 18 देखि 20 अक्टोबर 2024 सम्म आयोजित भएको थियो।
राँचीमा हुने यस राष्ट्रिय खेलकुद प्रतियोगितामा पश्चिम बङ्गालका खेलाडीहरूले १०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० मिटर, १५०० मिटर, ३००० मिटर, १०० मिटर हर्डल, ११० मिटर हर्डल, ४०० मिटर हर्डल, हाई जम्प, लङ जम्प, ट्रिपल जम्प, सटपुट, रास ३०० मिटरमा भाग लिनेछन्। यस राष्ट्रिय खेलकुदमा भारतका विभिन्न राज्य र केन्द्र शासित प्रदेशसहित ४५ टोलीहरूले देशभरबाट सहभागिता जनाउनेछन्।

Nature study camp and environmental workshop Under mission life program Location: pokhri ground samsing Dist kalimpong O...
01/01/2025

Nature study camp and environmental workshop
Under mission life program
Location: pokhri ground samsing
Dist kalimpong
Org by : west bengal pollution control board
Department of environment, Government of West Bengal
In associate with
Himalayan nature & Adventure foundation
अम्बियोक उच्चतर माध्यमिक विद्यालयले पनि अंश ग्रहण गरेको छ भने जम्मा ११ वटा स्कुल रहेको छ
अम्बियोक विद्यालयबाट जम्मा ८ जना विद्यार्थीहरू लगायत दुईजना गाइड शिक्षक क्रमैले राकेश तामाङ अनि ऋतु क्षेत्री रहेको छ

29/12/2024

कालेबुङ बजारको १० माइलमा आज फेरि आगलागी भएको छ।

29/12/2024

गोरुबथान आर्ट एन्ड क्राफ्टद्वारा गरिएको दुई दिने
Winter camp छोटो रिपोर्ट
Video editing-D B MUKHIA

29/12/2024

गोरुबथान लाइब्रेरीबारे केही जानकारी

28/12/2024

कालेबुङको ११ माइलमा आगलागी

कालेबुङमा भयवह आगलागी भएको छलगभग ११ वटा दोकानहरूलाई क्षति भएको छ।
28/12/2024

कालेबुङमा भयवह आगलागी भएको छ
लगभग ११ वटा दोकानहरूलाई क्षति भएको छ।

Shristi is not just a name; it represents a legacy in the field of music, one that has been flourishing since 2004. This...
28/12/2024

Shristi is not just a name; it represents a legacy in the field of music, one that has been flourishing since 2004. This incredible band, hailing from the serene town of Gorubathan, has consistently showcased their unmatched talent and passion for music. Over the years, Shristi has proven to be a beacon of pride for their hometown, uplifting its name to new heights.

Their performances extend far beyond the borders of West Bengal, reaching audiences in different states across the country. Their ability to connect with diverse crowds and make an impact wherever they perform is a testament to their dedication and artistic brilliance. This journey of continuous success is undoubtedly one of their greatest achievements.

Shristi’s accomplishments speak for themselves, silencing critics and overcoming envy with grace. While some may face the challenges of working away from home out of compulsion, Shristi has carved their path through sheer determination and talent. Speaking a language or wearing a facade of credibility is one thing, but true worth is proven through action, perseverance, and results.

To the members of Shristi, may your music continue to inspire, heal, and bring people together. We wish you all the success in your future endeavors. Keep enjoying what you do, and may peace and harmony always guide your journey forward.

Address

Ambiok Tea Estate
Kalimpong
735231

Alerts

Be the first to know and let us send you an email when Gorubathan बुलेटिन posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share