गोरूबथान बुलेटिन

गोरूबथान बुलेटिन समाचार दाता
संधै सत्यको पक्षमा

20/12/2024
20/12/2024

शहिद पुरण तामाङको पार्थिव शरीरलाई बैंकडुबीमा श्रद्धाञ्जली अर्पण गर्दै

20/12/2024

अम्बियोक चियाबारी गोरूबथान निवासी शहीद पुराण तामाङको पार्थिव शरीर बागडोग्रा आइपुगेको छ ...अब विभागीय औपचारिकको निम्ति बेङडुबी प्रस्थान गर्दै

20/12/2024

वीर शहिद स्वर्गीय पुरन तामाङको पार्थिव शरीरलाई बागडुग्रा एयरपोर्टबाट पैत्रीक गाउँ अम्बियोकतर्फ ल्याउँदै गरेको दृश्य

शहिद पुराण तामाङको पार्थिव शरीर पैत्रीक घर अम्बियोक चियाबारी प्रस्थानको निम्ति तयारी गर्दै
20/12/2024

शहिद पुराण तामाङको पार्थिव शरीर पैत्रीक घर अम्बियोक चियाबारी प्रस्थानको निम्ति तयारी गर्दै

19/12/2024

शहिद पुरन तामाङको पार्थिव शरीर दिल्लीबाट अम्बियोकसम्म आइपुग्नको निम्ति अनि श्रद्धाञ्जली प्रकट गर्नको निम्ति सम्पूर्ण विवरण
यस भिडियोमा रहेको छ

19/12/2024

शहिद त पुरन तामाङलाई अन्तिम श्रद्धाञ्जली दिँदै दिल्लीमा

19/12/2024

जन्मपछी मृत्यु यो एक अकाट्य सत्य हो।तर कतिपय मृत्युले अत्यन्तै पीडा दिँदछ।यस्तै एउटा घटना अम्बियोक चियाबारीमा घटेको छ।सबैको प्यारो,मृदुभाषी, पुरण तामाङको दुर्घटनामा परि असामायिक निधन भएको छ।यहाँको निउ लाइनमा जन्म लिएर देश रक्षा सम्मको यात्रामा अबउसो बिराम लागेको छ।एउटा कुदिरहेको सेनाको गाडीमा आगो लागेपछी आफू लगायत केही जवान हाम फाल्ने क्रममा टाउको लगायत अन्य जगामा गम्भीर चोट लागेपछी दिल्ली स्थित आर आर अस्पतालमा उनलाई भर्ना गरिएतापनी आज राती उनको देहावसान भएकोले यतिखेर अम्बियोक लगायत वरिपरिका मानिसहरू शोकमा डुबेका छन।सबैको प्यारो तामाङ अत्यन्तै मिलनसार व्यक्तित्वका धनी थिए।यो घटना केवल उनको परिवारको निम्ति मात्र पीडा नबनेर सम्पुर्ण आफ्ना आफन्त छर छिमेकको निम्ति पीडा भएको बोध भइरहेको छ।उनको मृत्युुले परिवारमा औपुरणीय क्षती पुगेको छ।भर्खरै जन्मेको नवजात शिशुले आफ्ना बाबुको स्नेह कहिल्यै अनुभुती गर्न पाउने छैनन्।उनको पत्नीको निम्ति त झनै यो क्षण अत्यन्तै पीडादायी बनेको छ भने बाल्यकालदेखी उनलाई हुर्काउने, पडाउने ,बडाउने ममताका खानी बजु बाजेले यो पीडा सहन् गर्न गाह्रो हुनेछ।गाउँका उनका साथीहरू पनि अत्यन्तै दुखित बनेका छन।भोलि उनको पार्थीव शरीर बाग्डोग्रा हवाई अड्डाबाट अम्बियोक चियाबारी ल्याइने जानकारी पाइएको छ भने पुर्ण सम्मानको साथ अन्तिम बिदाई दिइने छ।

कृतज्ञता 🙏💞भारतीय गोर्खा जातिमा राजनीतिक, सामाजिक सचेतना ल्याउने युग पुरुष स्व. डम्बरसिंह गुरुङले आफ्ना सम्माननीय पिता स...
15/12/2024

कृतज्ञता 🙏💞
भारतीय गोर्खा जातिमा राजनीतिक, सामाजिक सचेतना ल्याउने युग पुरुष स्व. डम्बरसिंह गुरुङले आफ्ना सम्माननीय पिता स्व. जुद्धवीर गुरुङको सम्मानमा 1928/29 देखि शुरु गरेको जुद्धवीर मेमोरियल स्कुलबाट गोरूबथानमा शैक्षिक विजारोपणको आधिकारिक धरातल स्थापित भई अहिलेको लोभलाग्दो अवस्थामा गोरूबथान खडा भएको छ। तसर्थ, स्व जुद्धवीर गुरुङलाई उहाँले गोरूबथानलगायत डुवर्सको शैक्षिक क्षेत्रमा पुराएको गरिमामय योगदानको निम्ति सम्मान गर्ने सोच राखेर गोरूबथान फ्युचर भिजनले यसै वर्षको फरवरी महिनामा स्व जुद्धवीर गुरुङका गोरूबथानमा रहेका वंशसित सरसल्लाह गरेर जुद्धवीर गुरुङ सालिक निर्माण समिति नामक अस्थायी कमिटी गठन भयो।
सोही कमिटीको पहलमा कालेबुङमा रहेका जुद्धवीर गुरुङका वंशसित धाराबाहिक मिटिङ शुरु भयो। उहाँहरूले हाम्रो प्रस्तावलाई सहर्ष स्वीकार मात्र गर्नु भएन तर खुलेर आर्थिक सहयोग पनि दिनुभयो। कालेबुङ, सिलगढी, मिरिक, सिक्किमलगायत गोरूबथानका गुरुङ सन्तानहरूको उदारताको कारण हाम्रो मिशन सफल बन्यो। यस मिशनलाई सफल बनाउन स्व जुद्धवीर गुरुङका वंश छोडेर अन्य महानुभावहरूले पनि हामीलाई आर्थिक सहयोग गरे, हौसला दिए, आँट दिए फलस्वरूप आज हामी गोरूबथानको निम्ति नयाँ गोरेटो तय गर्न सक्षम बन्यौं।
आज सम्पन्न कार्यक्रममा हाम्रो निम्तोलाई स्वीकार गरेर कार्यक्रममा शारीरिक, मानसिक रूपमै सहभागी बन्नुहुने कालेबुङ, सिलगढी, मिरिक, गोरूबथानका स्व जुद्धवीर गुरुङ वंशका अति आदरणीय महानुभाव, मुख्य अतिथि 43 नम्बर समष्टि कार्यकारी सभासद रतन थापा, विशिष्ट अतिथि गोरूबथान पंचायत समिति सभापति सूर्यमणि राई, स्व एम एल सुन्दास, कालेबुङका परिवार, विलियम फिपन, पूर्व सभासद चन्द्र योन्जन, सुवास सोताङ, गोपाल योञ्जन, केशव प्रधान, कमल राणा, निशान दास राई, मेघनाथ राई, बसन्त छेत्री, विष्णु लावर, सित्तम मोक्तान, देवराज सुन्दास, विजय ब्लोन, संजय शर्मा, सजीव अधिकारी, तरूण राई, रूस्तम शर्मा, संजय प्रधान, विश्वदीप प्रधान, देवन बस्नेत, फुनार शेर्पा लाभा, प्रशान्ति राई, लक्ष्मी राई, डीबी सार्की,असिम राई, विनोद निरौला, रामबहादुर राई, ओमप्रकाश कार्की, कृष्ण रसाइली, विनोद गौतम, अगम राई, सचिन राई, जेबी गुरुङ, रतन राई, गोपाल छेत्री, जोन ब्रिटो ब्यानर्जी, मालबस्ती भूतपूर्व सैनिक एसोसिएसनका पदाधिकारी/ सदस्य, हेमन्त गुरुङ, भगत कुलुङ, विभिन्न विद्यालय, संघसंस्थाका प्रतिनिधिलगायत सम्पूर्ण महानुभावहरूप्रति जुद्धवीर गुरुङ सालिक निर्माण समितिको पक्षबाट हार्दिक आभार प्रकट गर्दछौँ। त्यसरी नै गोरूबथान पुलिस अनि बीडीओ गोरूबथानलगायत मीडियाका सम्पूर्ण साथीहरूप्रति पनि उहाँहरूको सहयोगको निम्ति कृतज्ञ छौँ।
अन्तमा विशेष धन्यवाद गोर्खे गौरव मूर्तिकार अमिर सुन्दासप्रति जसले स्व जुद्धवीर गुरुङको जीवन्त सालिक बनाएर हामीलाई हस्तान्तरण गर्नु भयो‌...🙏
Copy-Souraj Buthang Rai

15/12/2024

𝚆𝚊𝚕𝚔𝚒𝚗𝚐 𝚠𝚊𝚛𝚛𝚒𝚘𝚛𝚜, 𝙼𝚒𝚜𝚜𝚒𝚘𝚗 𝙷𝚒𝚕𝚕 𝙶𝚘𝚛𝚞𝚋𝚊𝚝𝚑𝚊𝚗 ले आयोजन गरिरहेको community walk programme आज दोस्रो सप्ताहको कार्यक्रम सफलता सहित सम्पन्न।
मुख्य अतिथीको रूपमा युद्धबीर मा,बि, का शिक्षक प्रेमकुमार मुखिया साथै पाठशाला स्टाफ अजय प्रधान उपस्थित रहे ।

Get ready for 10K  &  5K (Run) Road Race.Event under the auspices of West Bengal Athletics Association. Runners with bes...
14/12/2024

Get ready for 10K & 5K (Run) Road Race.

Event under the auspices of West Bengal Athletics Association.
Runners with best timings may get chance for state level Athletics championship in 2025.

🏃‍♂️Actractive cash prize for top three faster finishers.
🏃‍♀️Consolation prize upto 10th ranking both in 10K & 5K categorise.
🏃‍♂️Cash prize and trophy for winners in 40 years & above male and female in both categories.
🎽🥇🏆️T-shirt, Medal, Trophy.
🍛 Hot Breakfast.
🥛Hydration

🚶1000M walk and Jog for differently abled individuals.

There are simly.
Fun, Excitement, much more......

Save the date :
2nd February 2025.

🏁🏴🕢️Time : 7.30 AM

🏟️Venue : Malbusty Play Ground.

आसिहारा कराते डू काइ-कानको आयोजनामा सोमबारे बजार धर्मशालादेखि सोमबारे परिसरभित्र मौन ऱ्यालीको आयोजनागोरुबथान:: आसिहारा क...
14/12/2024

आसिहारा कराते डू काइ-कानको आयोजनामा सोमबारे बजार धर्मशालादेखि सोमबारे परिसरभित्र मौन ऱ्यालीको आयोजना

गोरुबथान:: आसिहारा कराते डू काइ-कानको आयोजनामा सोमबारे बजार धर्मशालादेखि सोमबारे परिसरभित्र मौन ऱ्यालीको आयोजना यही आइतबार राखिएको छ।यस कार्यक्रममा मानव तस्करी एवं इग्स मुक्त अभियान लिएर जनचेतनामूलक कार्यक्रम पनि राखिएको छ।यस महत कार्यक्रममा सबै सबैलाई आयोजक पक्षबाट सेन्सी अनिल राईले स्वागत जनाउदै उपस्थित भइदिने आग्रह पनि गरेका छन्।
(महेश्वर प्रधान)

11/12/2024

केही नयाँ कुरो लिएर दर्शक समक्ष चाँडै आइरहेको छु।

All people are cordially invite,,,,2nd community walk programme on 15th December 2024,
11/12/2024

All people are cordially invite,,,,
2nd community walk programme on 15th December 2024,

10/12/2024

गोरुबथान आर्टस एन्ड क्राफटसको तत्वावधानमा आगामी २८ र २९ डिसेम्बरको दिन विन्टर क्याम्पको आयोजना हुन गइरहेको छ।यसैबारे जानकारी गराउदै संस्थापकगण यसो भन्छन्।

Address

Ambiok Tea Estate
Kalimpong
735231

Alerts

Be the first to know and let us send you an email when गोरूबथान बुलेटिन posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share