I News

I News Its a news portal

24/12/2025

ग्रामीण पूर्वाधार सुदृढ गर्ने उद्देश्यले कालेबुङ ग्राम पञ्चायत अन्तर्गत ५ माइल मेन रोडदेखि सन्त जोसेफ चर्चसम्म जोडिने सिमेन्ट कंक्रिट (सीसी) सडकको बुधबार शिलान्यास गरिएको छ। जीर्ण अवस्थामा रहेको सडकलाई दिगो र सबै मौसममा सञ्चालनयोग्य बनाउने लक्ष्यसहित शुरू गरिएको यस परियोजनाको शिलान्यास ३३ नम्बर समष्टि कार्यकारी सभासद् सिनोरा नाम्चु, कालेबुङ–१ बीडीओ समिरूल इस्लाम तथा इन्जिनियर प्रनेश तामाङले संयुक्त रूपमा गरेका थिए। कार्यक्रममा कालेबुङ ग्राम पञ्चायत प्रधान तसुथिङ लेप्चा, समिति सदस्यहरू निलु सुब्बा र मार्गरेट लेप्चा, पञ्चायत सदस्य शर्मिला तामाङसहित अन्य स्थानीय प्रतिनिधि तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।

313 जना शिक्षकहरूलाई मेरो सम्बोधन + आज स्टे आदेश हुनसाथ माननीय मुख्यमन्त्री म्याडमले फोन गरेर तपाईंहरुलाई शुभकामाना पनि ...
24/12/2025

313 जना शिक्षकहरूलाई मेरो सम्बोधन
+ आज स्टे आदेश हुनसाथ माननीय मुख्यमन्त्री म्याडमले फोन गरेर तपाईंहरुलाई शुभकामाना पनि दिनु भएको छ।
+ कोर्टमा केस दिनेहरुलाई पनि धन्यवाद दिन्छु। अब तपाईहरूको अधुरो कुरो पनि पूरा हुनेभयो।
+ स्टे ढिलो हुन्छ भन्ने चिन्ता लागेको थियो। तपाईहरुको salary अनि छुट्टीको चिन्ता थियो।
+ हेपाई चाँही नखानु होस्। सोसियल मिडियामा साँच्चै नै हेप्दो रहेछ तपाईहरुलाई। अरूले चोर दैलोबाट भन्दा तपाईहरू साँच्चै डराउनु हुँदो रहेछ। जति डरायो त्यति नै बेसी आक्रमण हुन्छ। अरूलाई नटोक्नु होस् अनि कसैले टोक्नु खोजे त्यसलाई नछोड्नु होस।
+ सरकारी नौकरी एकपल्ट पाए पछि हत्त पत्त नौकरी नजादो रहेछ।
+ नेता हुनु इच्छा छ भने चुनाउ जित्नु पर्छ। म त जनादेश पाएर, चुनाउ जितेर आएको हुँ। उसले दार्जीलिङ्गको नगरपालिका सम्म बचाउनु सकेन। दार्जीलिङको सबै सत्ता मेरो अधीनमा राख्नु चाहान्छु। यो मेरो राजनैतिक धर्म हो।
+ मैले BGPM पार्टी खोले पछि आफ्नै चिन्हमा दुइटा चुनाउ लडे। जीटीए अनि पञ्चायत चुनाउ। दुइटै चुनाउ जिते।
+ सांसदको चुनाउ तृणमूलको चिन्हमा लडे। एउटा व्यावहारिक वाध्यता थियो। मैले सांसदको चुनाउ हारे पनि तपाईहरुको नौकरी बचाए।
+ आजको यो जीतले हाम्रो MLA को जीतको लक्षण देखाउँदैछ।
+ चोर दैलोको कुरा गर्नेहरु चोर मानसिकता भएकाहरु हुन।

सम्पूर्णमा नमस्कार...विशेष जानकारीमा यो आइरहेको छ कि विभन्न ठाउँमा PMGSY को  NQM(national quality monitor )अर्थात् PMGSY...
23/12/2025

सम्पूर्णमा नमस्कार...
विशेष जानकारीमा यो आइरहेको छ कि विभन्न ठाउँमा PMGSY को NQM(national quality monitor )अर्थात् PMGSY को सामान्य क्वालिटी जाँच गर्ने प्रक्रिया हो जुन चलिरहेको छ। यो एउटा सामान्य प्रक्रिया हो।Natinal Quality Monitor (NQM) अनि State Quality monitor (SQM) टोली आएर निरीक्षण गरी पिटहरू खनेर गुणस्तरको चेकजाँच,मटिरियलको गुणस्तरको जाँच गर्ने गर्छ। तर उक्त एनक्युम जाँच प्रक्रिया अवधि भाजपाका कतिपय नेतृत्वगण तथा कार्यकर्ताहरू आएर दखल दिइरहेको जानकारीमा आएको छ। यो लिगल अथवा प्रक्रिया अनुरुप होइन। यदि त्यस्तो हो भने स्थानीय ग्रामका पञ्चायत प्रधान,सदस्य ,समिति सदस्य कसैलाई पनि खबर नगरीकन भाजपाका स्थानीय नेतृत्व तथा कार्यकर्ताहरू त्यस एनक्युम जाँच प्रक्रियामा सामेल हुनुको पछाडिको उदेश्य के हो? उनीहरूले यसमा के कानुनी अथवा विभागीय महत्व राख्छ? त्यो स्पष्ट गर्नुपर्छ। यो एउटा राजनैतिक विषय बनेर जान्नमा आइरहेकोले गर्दा सम्पूर्ण गाउँभरिका हाम्रा पार्टीका नेतृत्व तथा कार्यकर्ताहरूलाई यो अवगत गराउन चहान्छु कि उक्त भिजिटहरूमा यदि भाजपाको सदस्यहरू छ भने हाम्रो पार्टीको सदस्यहरूपनि त्यतिकै उपस्थिति दिएर उक्त कामकुराहरूको चेकजाँच गर्न अनुरोध गर्दछु। ग्राम पञ्चायत प्रधान अथवा सांसद महोदय आफै उपस्थित रहेर उक्त NQM जाँचमा रहन्छन् भने त्यो उहाँहरूको जिम्मेवारी हो तर कुनै राजनैतिक दलकाहरू आएर,विशेषगरी भाजपाकाहरू आएर दखलबन्दी गर्दै राजनैतिक प्रोपोगेन्डा गर्दैछ भने त्यो सहनयोग्य हुने छैन। यदि त्यस्तो भइरहेको छ भने हाम्रा पार्टीकाहरू पनि विभिन्न ठाउँमा उत्रेर उक्त कार्वाहीको जवाफ दिन आह्वान गर्दछु। भाजपाको कार्यकर्ताहरू एनक्युएम टोलीको जँचमा रहन्छन् भने हाम्रो पार्टीको सदस्यहरूपनि रहनुपर्छ।जाँचमा भापजा सम्मिलित हुनु यो उचित कदम होइन। भाजपा चैँ त्यो कामको जाँच गर्ने को हो? भाजपासँग के अथिटिरी छ ?
NQM एउटा सामान्य प्रक्रिया हो। तर यसमा एउटा विशेष राजनैतिक दल भाजपाका सदस्स्यहरू मात्रै सम्मिलित किन हुदैछ? हो सांसद सम्मिलित हुनैसक्छ किनभने उ जनप्रतिनिधि हो।तर उक्त ग्राम पञ्चायतका प्रधान,जीटीएका सभासद,क्षेत्रीय पञ्चायत समिति सभापति तथा सदस्यहरूलाई खबर गरिएको छ त? भाजपाका नेतृत्व तथा कार्यकर्ताहरू चैँ को हुन्?उनीहरू किन यसमा सम्मिलित हुदैछन् त?यदि यस्तै हो भने जुन ठाउँहरूमा NQM टोलीको जाँच चलिरहेको छ जहाँ भाजपाको नेतृत्व,कार्यकर्ताहरू रहन्छन् त्यहाँ हाम्रो भागोप्रमोको पार्टी नेतृत्व तथा कार्यकर्ताहरूपनि रहन सक्छन्। यदि यसो भएको खण्डमा अथवा कुनै तनाव भएको खण्डमा भाजपाकाहरू स्वयं जिम्मेवार रहनेछन्।

तपाईंहरूलाई यो पनि ज्ञात रहोस कि PMGSY योजना पूर्णरूपले केन्द्रको राशिले मात्रै बनिन्दैन,राज्यले पनि त्यति नै राशि लगाउँछ जति केन्द्रले लगाउँछ।त्यसपछि अगाडि बाटोलाई सुधार्ने,मर्मति गर्ने जिम्मा राज्यको रहन्छ।त्यसो हो भने जति सांसदले हक राख्छ त्यति नै ग्राम पञ्चायतका प्रधान,विधायक,जीटीएका सभासद,पञ्चायत समितिको सदस्य अथवा उनीहरूका प्रतिनिधिहरू हुनुपर्छ न कि कुनै दलको।
रूदेन सादा लेप्चा
विधायक,कालेबुङ।

Nestled deep within the lush forests of Dalapchand under the Nimbong Gram Panchayat in Kalimpong-I block, the scenic Gup...
22/12/2025

Nestled deep within the lush forests of Dalapchand under the Nimbong Gram Panchayat in Kalimpong-I block, the scenic Gupti Waterfall was formally opened to the public today, marking a significant step towards promoting eco-tourism and adventure tourism in the region.
The inauguration ceremony was attended by Deputy Chief Executive of GTA Sanchabir S***a, BDO Kalimpong-I Samirul Islam, Panchayat Samiti Karmadhakshya Yogendra Sharma, Pradhan of Nimbong Gram Panchayat Devi Dolama Tamang, members of the Gram Panchayat, local residents, and tourists from Kolkata.
Congratulating the local youth, GTA Deputy Chief Executive Sanchabir S***a lauded their initiative in discovering and showcasing the hidden waterfall amid dense forest cover. He remarked that such community-driven efforts play a vital role in sustainable tourism development while preserving natural heritage.
BDO Samirul Islam expressed his admiration for the pristine beauty of the area, describing himself as captivated by the series of small waterfalls, natural wells, and the surrounding greenery. Appealing to tourists to visit Gupti Waterfall, he highlighted its potential as a destination for nature lovers and adventure seekers. He informed that the site is located approximately 75 km from Siliguri and that homestay facilities are available at Dalapchand village under Nimbong Gram Panchayat. He further added that a dedicated trekking route is planned to increase tourist footfall and to develop Gupti Waterfall on the lines of the popular Yelbong Waterfall in Pabringtar Gram Panchayat.
Panchayat Samiti Karmadhakshya Yogendra Sharma expressed confidence that Gupti Waterfall would soon emerge as a major tourist centre of Nimbong Gram Panchayat. He acknowledged the relentless efforts of the Dalapchand youth, who are working collectively to place the destination firmly on the tourism map of Kalimpong district.
With its untouched natural charm and growing infrastructure, Gupti Waterfall is poised to become a new attraction for visitors seeking serenity, adventure, and a close connection with nature.

21/12/2025

प्रथम नर्थ बंगाल चेस प्रतियोगिता कालेबुङ सन्त जोसेफ कन्भेन्टमा आरम्भ। आज फाइनल।

20/12/2025

लेप्चा राजा गेबू आच्योकको २९४ औँ जन्मोत्सव पालन
"लेप्चा समुदायको एकता सधैँ अटल रहोस्"- रूदेन सादा लेप्चा

20/12/2025

लवर कफेरमा पिएफसी चर्च द्वारा आयोजित चौथो प्री क्रिसमस फुटबल खेल प्रतियोगिताको फाइनलमा आफ्नो सम्बोधन राख्दै विधायक रूदेन लेप्चा

18/12/2025

प्रथम नर्थ बंगाल चेस प्रतियोगिता आगामी 20 अनि 21 दिसम्बरको दिन सन्त जोसेफ कन्भेन्टमा सम्पन्न हुने।
कालेबुङ जिल्ला चेस एसोसिएसनका सचिव सुभम राई अनि कार्यकारी सदस्य पुनम तामाङले उक्त जानकारी गराएका छन्।

14/12/2025

कालेबुङको मेला टारमा याकथुङ सोङ चुम्बोको सेन्टेनेरी समारोह: पहिचान, इतिहास र एकताको ऐतिहासिक उत्सव

14/12/2025

नेपाली चलचित्र "धमिलो पहाड"-को प्रिमियर सो कालेबुङमा सम्पन्न।

14/12/2025

याकथुङ सोङ चुम्बोको सेन्टेनेरी पालन समारोहको दोस्रो दिन

Address

Kalimpong District
Kalimpong
734301

Telephone

+917001970544

Website

Alerts

Be the first to know and let us send you an email when I News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to I News:

Share