JAN AAWAZ

JAN AAWAZ News, sports, environment, entertainment

GTA क्षेत्रमा वर्तमान 9 वटा खण्ड विकास ब्लकलाई बढाएर 12 वटा ब्लक बनाउने प्रस्तावकेही समय पूर्व मैले पञ्चायत अनि ग्रामिण ...
28/11/2023

GTA क्षेत्रमा वर्तमान 9 वटा खण्ड विकास ब्लकलाई बढाएर 12 वटा ब्लक बनाउने प्रस्ताव

केही समय पूर्व मैले पञ्चायत अनि ग्रामिण विकास विभागका सचिव सँग GTA क्षेत्रका तीन वटा ब्लक कालिम्पोङ जिल्ला भित्र गोरुबथान विकास ब्लक, दार्जीलिङ जिल्ला भित्र दार्जिलिङ पुलबजार विकास ब्लक र जोरबङ्लो-सुखियापोखरी ब्लक गरी ३ (तीन) सामुदायिक विकास ब्लकहरूलाई विभाजन गर्ने कुरा माथि निकै लामो चर्चा गरेको थिए। उहाँले मेरो कुरालाई गम्भीरता पूर्वक लिनु भएको थियो। आज मैले हाम्रो चर्चालाई अघि बढाउँदै वर्तमान 3 वटा खण्ड विकास ब्लकलाई विभाजन गरेर 6 वटा खण्ड विकास ब्लक बनाईने प्रस्ताव पठाएको छु।

विभाजन पश्चात गोरूबथान, जलढका, बिजनबारी, लेबोङ, सुखिया पोखरी अनि सोनादामा खण्ड विकास कार्यालय रहनेछ।

वर्तमान जी टी ए क्षेत्रमा 9 वटा खण्ड विकास ब्लक छन्। विभाजन पश्चात 12 वटा ब्लक हुनेछ।

खण्ड विकास ब्लकको विभाजन किन गर्नु पर्ने आवश्यकता माथि तर्क राख्दै प्रस्तावमा भनेको छु कि आज ६८ किलोमिटरको ठूलो दुरी एक साधारण नागरिकले पार गरेर ब्लक हेडक्वार्टरसम्म पुग्नु पर्ने अवस्था रहेको छ, जसले गर्दा शक्तिको विकेन्द्रीकरणको उद्देश्य नै असफल हुन्छ। विकास ब्लकहरूको विभाजनले प्रभावकारी स्थानीय शासनलाई मद्दत दिनेछ। ग्रामिण विकासमा नागरिकको सहभागिता बढ्नेछ। सरकारका लक्षित विकासका पहलहरू प्रभावकारी हुनेछ। जवाफदेहिता र पारदर्शितामा सुधार आउनेछ। समय अनुसार निर्णय लिने क्षमता राख्नेछ अनि स्थानीय समुदायको सशक्तीकरण बढेर जानेछ।

बी जी पि एम पार्टीले आफ्नो चुनावी घाेषणा पत्रमा ठूला खण्ड विकास ब्लकहरूलाई विभाजन गरेर साना साना खण्ड विकास ब्लक बनाउने घोषणा अनुसार नै ब्लकको विभाजनको पहल सुरु गरेको हुँ। हामी कर्ममा विश्वास राख्ने राजनैतिक दल हौ। जनताको सुख सुविधा माथि हाम्रो ध्यान जहिले पनि रहेको छ। जनताले हामीलाई सत्तामा राखेका छन्। जनताको निम्ति नै हामी काम पनि गर्दैछौ। राजनीति केवल कुर्सीको निम्ति नभएर जनताको निम्ति हामी राजनीति गर्छौ।

अनित थापा
प्रमुख कार्यपाल
जी टी ए

13/10/2023

🙏 *विनम्र अनुरोध* 🙏

*विषय: पत्रकारहरु माथि भएको हमलाको बिरोधमा गरिने सामुहिक प्रदर्शनीमा साथ दिने अपिल*

महोदय,
हजुरलाई थाहा भएकै कुरा हो गत 10 अक्टोबरको दिन पत्रकारहरु मनोज बोगटी अनि उमेश परियारमाथि आक्रमण भएको थियो। घटनालाई लिएर कालेबुङ थानामा प्राथमिकि दर्ता गरिएता पनि अहिलेसम्म कुनै कार्वाही भएको छैन। सम्बन्धित राजनैतिक दलले पनि उक्त घटनालाई लिएर कुनै नैतिक जिम्मेवार लिएका छैनन्।
पत्रकारहरु समाजको आवाज हुन्, समाज र जनताको हक, हित र अधिकारको निम्ति पत्रकारहरू हुन्छन् तर पत्रकारहरुको आवाजलाई सत्तासीन दलले बलजफ्ती दबाएर जनतालाई लाटा, अन्धा र बहिरा बनाउने प्रयास गरिरहेका छन् ।
यी सब कुराको बिरोध गर्न अनि पत्रकार कुट्ने सत्तासिन दलको नितिले गर्दा र प्रशासन पनि मौन बसेको कारण हामीले आफुहरुलाई असुरक्षित महसुस गरेको कारण हामी सबै मिलेर बिरोध प्रदर्शनसंगै जेनरल डायरी गर्न भोलि 14 अक्टोबर शनिबारको दिन 11 बजे थाना डाँडामा भेला हुन गइरहेका छौँ ।
यसर्थ हजुर अथवा विभिन्न संस्थाहरूबाट पनि धेरै मात्रामा सदस्यहरु उपस्थित भएर हामीलाई हौसला र साथ दिनुहुन्छ भन्ने आशा सहित यो विनम्र अनुरोध गर्दछौं।

विनित
सबै पत्रकारहरुको पक्षमा
उमेश परियार
मनोज बोगटी
नरेन्द्र तामङ
प्रज्ज्वल छेत्री
जर्नलिस्ट एसोसिएसन अफ कालेबुङ
कालेबुङ प्रेस क्लब
अनि सबै कालेबुङका पत्रकारहरु।

13/10/2023

सी के श्रेष्ठ सर लेख्नुहुन्छ-

अलि बुद्धि पुऱ्याएको भए मामला साम्य हुनसक्ने स्थितिमा थियो। तर भागोप्रमोले पत्रकार बिरादरीसित कन्फ्रन्टेशनमै जाने अति दुर्भाग्यपूर्ण अनि गलत निर्णय लिएको बुझिन्छ।
पत्रकारहरूलाई पार्टी चलाउनु छैन, क्याडर पाल्नु छैन, भोट लड़्नु छैन न त दिदीलाई खुशी नै पार्नु छ। यसरी प्रमाण दसी सबै हुॅंदा हुॅंदै पनि उल्टो पत्रकारहरूलाई नै क्रिमिनल बनाउने कुत्सित प्रयास देख्दा अब चैं भन्न कर लाग्छ -"राम राम! "

12/10/2023
12/10/2023

✍️खबर म्यागजिन सम्पादक
मनोज बोगटी

भोलि पत्रकार सम्मेलन गरेर म मेरो कुरा राख्ने छु। र म अझ जिम्मेवारीसित, अझ बलियोसित पत्रकारिता गर्नेछु। एउटा सत्ता नै हामी दुइ पत्रकार विरुद्ध लागेको छ। मलाई खराब देखाउन सकेको जति सबै हतकण्डा अप्नाइरहेका छन्। सोसल मिडियामा अब उनीहरुले मलाई बदनाम गर्ने सबै तरिका अप्नाउनेछन्। उनीहरू सत्तामा छन्, उनीहरूसित ठूलो झुण्ड छ, पैसा छ, गुण्डा छ, प्रशासन छ, शक्ति छ, मसित विचार र कलम छ। मसित गणतन्त्रप्रेमी जनता छन्। मलाई थाहा छ, उनीहरू मलाई सिध्याउने तयारीमा छन्। तर म अन्तिम सास रहिञ्जेल लड्नेछु। म एक्लो छैन, मसित तपाईँहरू हुनुहुन्छ।
++
जुन दिन मलाई लाग्नेछ, म एक्लो रहेछु, तब पनि म एक्लै लड्नेछु। बरु लड्दा लड्दै सिद्धिनेछु तर म गणतन्त्रको शीर ढल्न दिने छैन।
++
भोलिदेखि म लयमा फर्किनेछु। काममा फर्किनेछु।

दार्जिलिङ ११ अक्टोबर, २०२३सभ्य समाजका शिक्षित , विकसित अनि नैतिक मानसिकता भएका हर वर्ग हर क्षेत्रका नागरिकले हात-हतियार ...
12/10/2023

दार्जिलिङ
११ अक्टोबर, २०२३

सभ्य समाजका शिक्षित , विकसित अनि नैतिक मानसिकता भएका हर वर्ग हर क्षेत्रका नागरिकले हात-हतियार बोक्दैनन्।

पत्रकारहरूले हातहतियार बोकेको घटना आजसम्म सुन्नमा र देख्नमा आएका छैनन्। युद्ध क्षेत्र होस् वा आतङ्कवाद प्रभावित क्षेत्र होस् वा नक्सलवाद प्रभावित क्षेत्रमा होस् पत्रकारहरू
वा मिडियाकाहरू - यी क्षेत्रहरूमा जाँदापनि आफ्ना सुरक्षाका आवश्यकीय कवजहरू लगाएर जान्छन् तर कहिलेपनि हतियार बोकेर जाँदैनन्।

यसो हो भने जसरी आज कालेम्पोङ थानामा श्री मनोज बोगटी अनि श्री उमेश परियारले हात हतियार र ढण्ठा बोकेर गेल खोलामा अशान्ति गरेको आरोप लगाॅउदै चारवटा FIR गरिएको छन् - के यी आरोपहरू सत्य हुन् ? बड़ो लाजस्पद अनि हास्यास्पद कुराहरू हुन् ।

सर्वप्रथमत् श्री मनोज बोगटी र श्री उमेश परियारका यस्ता कुनै आपराधिक पृष्ठभुमि छन् ? मलाई त लाग्छ उनीहरूका यस्ता कुनै आपराधिक वा असामाजिक वा अनैतिक पृष्ठभुमि नै छैनन् । यो त मलाईभन्दापनि कालेम्पोङबासीलाई थाहा हुने कुरो हो ।

जस-जसलेपनि आज श्री मनोज बोगटी अनि श्री उमेश परियारमाथि FIR गरे बरु उनै चारजना व्यक्तिहरूका विभिन्न न्यायलयहरूमा आपराधिक मामिलाहरू विचाराधीन छन् ।

आज एक पहाड़को सत्तारूढ दल जसलाई राज्य सरकारको आशीर्वाद छन् - उनीहरूले झुटो कुराहरूलाई आधार बनाएर निशस्त्र पत्रकारहरूलाई बदनाम गर्ने कोशिष गर्नु अनि मुद्दाहरू दायर गर्नु - यो भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको तीनवर्षको आयुमा सबैभन्दा ठुलो हार मान्नसकिन्छ।

मलाई कसैको मुद्दा वा विषयहरूलाई बोकेर वा बोलेर वा लेखेर राजनीति गर्नु छैन् तर वर्तमानमा राजनैतिक हैजाबाट र असामाजिक हैजाबाट अनि अनैतिक हैजाबाट हाम्रो समाजलाई र हाम्रो दार्जिलिङ पहाडलाई बचाउन मात्र मेरो उद्देश्य हो ।

अन्तमा , हजुरहरूको जानकारीको निमित्त यो अवगत गराउन चाहान्छु कि गत 10 अक्टोबर,2023 को दिन गेल खोलामा पत्रकारहरूमाथि घटेको घटनालाई लिएर आज मैले सम्माननीय न्यायाधीश रन्जना प्रकाश देसाई, न्यायाधीश (अवकाशप्राप्त), सर्वोच्च न्यायालय,भारत, अध्यक्षा, प्रेस काउन्सिल अफ इण्डिया (P.C.I.), नई दिल्लीलाई पत्रचार गरेको छु ।

म विश्वस्त छु विगत 2006 मा झैं यसपल्टपनि दार्जिलिङ पहाड़का पत्रकारहरूले न्याय पाउनेछन् ।

विनय तामाङ
दार्जिलिङ

11/10/2023



✍️सचिन चामलिङ राई

लामै प्रतीक्षापछि न्युज पोर्टल द हिमाल वर्ल्डका संस्थापक तथा हिन्दुस्तान टाइम्सका वरिष्ठ पत्रकार प्रमोद गिरीद्वारा लिइएको टेलिफोनिक अन्तर्वार्तामा गोर्खाल्याण्ड टेरिटोरियल एडमिनिष्ट्रेशन (जीटीए)का कार्यपाल अनित थापाबाट गेल खोलानजिक कालेबुङका दुई स्वतन्त्र पत्रकार मनोज बोगटी अनि उमेश परियारमाथि भागोप्रमो गुण्डा (कार्यकर्ता लेख्दा भागोप्रमो दलको बेइज्जत होला) हरूद्वारा गरिएको हातापाईको स्पष्टीकरण आयो। जीटीए कार्यपाल अनित थापा आफ्नो स्पष्टीकरणमा बारम्बार भन्छन्- म त धेरै धैर्यवान छु तर सबै त्यस्ता हुँदैनन्। भविष्यमा पहाड़का पत्रकारहरूमाथि यस प्रकारको नराम्रो व्यवहार नहोस् भनेर म प्रयास गर्नेछु। तर सबैले त्यसको जिम्मावारी लिनुपर्छ।

जीटीए कार्यपालसमक्ष प्रश्न गर्न चाहन्छु- पहाड़को स्वायत्व व्यवस्था चलाउँदै हुनुहुन्छ तपाईँ। भविष्यमा पत्रकारहरूमाथि यस्तो कुकृत्य पटक्क दोहोरिने छैन भनेर प्रयास मात्र गर्नुहुन्छ? तर त्यसको प्रत्याभूति दिन सक्नु हुन्न? त्यसो हो भने भारतीय लोकतन्त्रको तपाईँले उपहास गर्नु हुँदैछ। पत्रकारहरूलाई सुरक्षाको प्रत्याभूति दिन सक्नु हुन्न भने कमजोर, पीड़ित, शोषित नागरिकहरूको सुरक्षा तपाईँले कसरी गर्ने? प्रयास मात्र गर्ने अनि तपाईँका कार्यकर्ताहरू त अलिक रिसाहा, उत्तेजित छन् भनेर वकालती गरिदिने। त्यसो हो भने वैचारिक मतभेद राखेर प्रश्न गर्ने पहाड़का सबै (विपक्षी, नागरिक, बुद्धिजीवी, पत्रकार) भोलि दिनको उज्यालोमै कुटिन्छन्।

वैचारिक मतभेद राख्नेहरूको आ-आफ्नै स्पेश हुन्छ। जहिल्यै प्रोपोगाण्डा फैलाउने आईटी सेलका सदस्यहरूलाई कुट्ने भारतीय संविधानले मोहम्मद जुबैरलाई अधिकार दिएको छैन। फेरि जहिल्यै प्रोपोगाण्डा फैलाउने आईटी सेललाई पनि झुट्टा खबरलाई उदाङ्गो पारिदिने मोहम्मद जुबैरलाई कुट्ने अधिकार पनि दिएको छैन। आईटी सेल प्रोपोगाण्डा फैलाउँछ अनि मोहम्मद जुबैर झुटो खबरलाई उदाङ्गो पार्छन् आ-आफ्नै स्पेशमा रहेर। जनताले हेरेर स्वीकृति मात्र दिँदैनन् तर सही र गलतको निर्क्यौल पनि गर्छन्। यसरी हाम्रो देशको लोकतन्त्र बलियो मात्र बनिरहेको छैन तर लोकतन्त्रलाई कसरी बलियो बनाउने उपाय र मापदण्ड पनि निर्माण हुँदैछ।

भागोप्रमो दलका कार्यकर्ताहरू गुण्डागिरीमा उत्रेर दिउँसै पत्रकारहरू पिट्दै हिँड़िरहँदा जीटीए कार्यपाल अनित थापा धैर्यवान अनि अहिंसाका पुजारीको न्यारेटिभले कसरी पहाड़मा लोकतन्त्र अक्षुण्ण रहेको प्रमाणित हुन्छ। भाजपाले पत्रकारहरूको दमन गरिरहेको आरोप लगाउने प्रदेशकी मुख्यमन्त्री ममता ब्यानर्जीले यस प्रदेशमा पत्रकारहरूको संरक्षण हुने प्रत्याभूति दिँदै मुखरित बन्ने आह्वान गरेकी थिइन्। अब मुख्यमन्त्री ममता ब्यानर्जीले पनि यसतर्फ एकपल्ट सोच्नुपर्छ।

मनोज बोगटीसित मेरो व्यक्तिगत अनि वैचारिक मतभेद छ। सयौँ मतभेद छन्। बोगटीसित थुप्रै पत्रकारहरूको वैचारिक मतभेद छ। पत्रकारिता पनि आलोचनामाथि छैन। न्यायालयको आलोचन हुन्छ भने पत्रकारिताको पनि आलोचना हुनै पर्छ। त्यो भारतीय लोकतन्त्रले दिएको अधिकार हो। तर पत्रकार कुटेर निष्पक्ष पत्रकारिताको मापदण्ड निर्णय गर्ने राजनैतिक दलहरूले? यो मापदण्ड निर्णय गर्नअघि पहाड़का राजनैतिक दलहरूले आफ्नो राजनैतिक यात्रा अवधि पत्रकारिता दोहनको अध्याय आफै पढ्नु आवश्यक छैन र। हिजोसम्म पैताला चाटिरहँदा उनी नै निष्पक्ष र निर्भीक भनिन्थ्यो।

बलियो लोकतन्त्रलाई वैचारिक मतभेद आवश्यक हुन्छ। यति नै नबुझ्ने नेताहरू?

11/10/2023

✍️जोकमन थापा ।।

हामी बिस्थापित थियौं त्यसबेला। शोसल मिडियामा निक्कै सक्रिय भएर लागी परेका थियौं। शोसल मिडियाको ताकत हामीले बुझेका थियौं। देश बिदेशमा पुगेका हाम्रो दाजु-भाई, दिदी-बहिनीहरुसँग मिलेर बनिएको हाम्रो टीम यति गतिलो र धारिलो थियो कि हाम्रो बिपक्षी बनेर शोसल मिडियामा जस्तै मैं हूँ भन्ने पनि टिक्न सक्दैनथ्यो। त्यस बेला यो तान्त्रिक मोर्चा बङ्गाल सरकारको अण्डाशममैं थियो तर यही तान्त्रिक मोर्चाका नेताहरुले गोजमुमो-२ चलाई रहेको थियो। हामीसँग भिड्नको निम्ति उनीहरुको कुनै पनि कार्यकर्ता अर्जिनल आइडीमा आउने हिम्मत गर्दैनथ्यो र थरी थरीको फ्याक आईडी बनाउँदै हामीलाई टक्कर दिन आउँथ्यो। तर हाम्रो टीमको धारमा परेपछि त्यो फ्याक आईडीहरू पनि इजरायल र प्यालेस्टाइनको मिसाइलले भेटेर धरासायी बनेको बिल्डिङहरू जस्तो स्वाहा हुन्थ्यो।
त्यसबेला हामीसँग अर्जीनल आइडीमा आएर तर्क गर्ने भनेको एकजना पत्रकार मात्र थियो! पत्रकार मनोज बोगटी।

मैंले मनोज बोगटीलाई पत्रकार भन्दा पहिले एकजना कविको रुपमा चिनेको। पछि कालेबुङको "वाई वाई काण्ड" अनि "ह्यान्डसम प्याकेज काण्ड"ले पहाडे पत्रकारहरुको छवि निक्कै बिगारी सकेपछि नै मनोज बोगटीलाई धूरन्धर पत्रकार भनेर जान्न पाएँ। त्यसबेला पहाडको जम्मै पत्रकारहरुलाई हेर्ने हाम्रो दृष्टिकोण नै बेग्लै बनि सकेको थियो। अलिक पछि एक-दुई जना पत्रकारहरुले हिम्मत गरेर पत्रकारिताको इज्जत जोगाई दिएको आभास गर्न पायौं। तर त्यसबेला पनि हामी अनि हाम्रो टीमको कसैलाई पार्टीको नेतृत्वहरुले कुनै पनि आलोचकहरुमाथी अभद्र शब्दहरु प्रयोग गर्ने निर्दैश दिएन। जे लेख्थ्यौं टीमको सरसल्लाहमा लेख्थ्यौं। हाम्रो टीममा स्थापितहरु पनि धेरै थिए। उनीहरु कसैलाई पनि शोसल मिडियादेखि बाहिर निस्केर आलोचकहरु माथी हमला गर्ने, आलोचकहरु लाई धम्काउने निर्देश पार्टीको शिर्ष नेतृत्वहरुले कहिले पनि दिएन। नत्र पुलिस, सीआरपीएफ अनि बिनय अनितकै खेताला गर्ने गुण्डाहरुको रगरगीमा गोर्खाल्याण्ड अनि बिमल गुरुङको पोस्टर टाँस्दै हिँड्न आँट भएको युवाहरुलाई आलोचकहरुको मुख बुच्याउन धम्की र हमला गर्नु कुन ठूलो कुरा हुन्थ्यो र! मर्न लागेको गणतन्त्र बचाउने पक्षमा हामी थियौं त्यसबेला पनि। पार्टी फर्काएर ल्याउनु भनेकै गणतन्त्र फर्काएर ल्याउनु भन्ने सोंच्थ्यौं, बिमल गुरुङ फर्काएर ल्याउनु भनेकै गोर्खाल्याण्डको आवाज फर्काएर ल्याउनु भन्ने सोंच्थ्यौं। अनि त्यसको निम्ति शोसल मिडिया मात्र एउटा माध्यम थियो हामीसँग। त्यस्तो बेलामा मनोज बोगटीको आलोचनाले भतभतिन्थ्यो कतिजना। तर स्वयं बिमल गुरुङ आफैले पनि मनोज बोगटीको आलोचना खप्नु नै गणतन्त्र जीउँदो रहनु महसुस गरि रह्यो।

तर हिजो अनित थापाकै उपस्थितिमा त्यहि पत्रकार मनोज बोगटी माथी प्राणघातक हमला भएको खबर सुन्न पायौं, हेर्न पायौं। हमला गर्ने पनि अरु कोई नभएर अनित थापाकै सँगै रहेका उसकै गुटका केटाहरू। शान्ति, सुरक्षा र गणतन्त्र फर्काएर ल्याएको दावी गर्नेहरूले गणतन्त्रकै चौंथो स्तम्भ मानिने पत्रकारिता माथीनै लात्ती हान्नुले के बुझाउँछ?

दु:धले नुवाएको जस्तो बनेर हिड्ने अनित थापाको नियत कतिको सफा रहेछ। छ्याङ्गै भएन त! कालेबुङमा उसकै पार्टीको युवा नेता बिरूद थापाले फोकटेहरू पनि सफा गर्नु पर्छ भन्नु अनि यता गेल खोलामा बोगटी माथी प्राणघातक हमला हुनुले के बुझाउँछ? यसलाई तान्त्रिक मोर्चाको सुनियोजित र पूर्व नियोजित योजना मान्न सक्छौं जसको खबर अनित थापालाई पनि भएकै हुनपर्छ। होइन भने अनित थापालाई उसकै क्याडहरुले पछ्याउँदैन रहेछ भन्ने बुझ्नु पर्छ अनि क्याडरहरुले पार्टीको अध्यक्षलाई नै नपत्याउनु भनेको पार्टीमा अनुशासन नहुनु हो।
अर्को कुरा, तान्त्रिक मोर्चाको गोप्य सभामा आलोचकहरुको निक्कै चर्चा हुँदो रहेछ भन्ने पनि यो घटनाले स्पष्ट बन्छ। पत्रकारद्वय उमेश परियार अनि मनोज बोगटी मात्र होइन तान्त्रिक मोर्चाले अन्य आलोचकहरु माथी पनि नजर राखेकै हुनसक्छ। किनभने सत्ताको अहङ्कारले उनीहरूलाई आलोचना खप्न नसक्ने बनाएको छ। पहाडको जम्मै पत्रकारहरु अनित थापाकै अघि पछि क्यामेरा घुमाउँदै उसको गुणगान गाउँदै हिड्नु पर्ने?

यो ठीक भएन। दिनको उज्यालोमा सबैको आँखा अघि पत्रकारहरुमाथी हमला। रातको अँध्यारोमा यस्तो मौका पाउने हो भने हत्या पनि हुन सक्ने थिएछ। यस्तो घटना अरू माथी पनि नहोला भन्न सकिन्न।
त्यसैले यस घटनामा संलग्न दोषीहरुलाई प्रशासनले झट्टै पक्राउ गरेर कडा सजाई दिएको हुनपर्छ। अनित थापाकै उपस्थितिमा उसकै क्याडरहरुद्वारा यो हमला भएकोले अनित थापालाई पनि कठघरामा उभ्याईएको हुनपर्छ। कानुन सबलाई बराबर हुनपर्छ।

भर्सनाबिधायक दार्जिलिङनिरज जिम्बा ।।एउटा शब्दमा नीरज जिम्बालाई वर्णन गर्नुपर्दा के भन्नुहुन्छ भनेर मनोज वोगटीलाई प्रश्न ...
11/10/2023

भर्सना

बिधायक दार्जिलिङ
निरज जिम्बा ।।

एउटा शब्दमा नीरज जिम्बालाई वर्णन गर्नुपर्दा के भन्नुहुन्छ भनेर मनोज वोगटीलाई प्रश्न गर्दा उनले "झुर" भनेका थिए। मलाई डोको बोकेर हिंड्ने रहर त थिएन तर श्री अनित थापाकै खरसाङ समष्टि अन्तर्गत पर्ने गाउँमा केही विकास भएको छैन भनेर सरकारको ध्यान् आकर्षित गर्न उक्त कार्य गरेको बेला पत्रकार मनोज वोगटीले मेरो खोइरो खनेका थिए। उनीसंग मेरो वाक् युद्ध भयो, फेसबुकमा तर्कातर्की चल्यो, हाम्रा क्याडरहरू रिसाए तर भागोप्रमोका गुण्डाहरु जस्तो अति निन्दनीय कार्य कसैले गरेनन्। समाज, देशको निर्माणमा पत्रकार र पत्रकारिताका मुख्य भुमिका हुन्छन् भन्ने कुरा पढेलेखेकाले मात्र बुझ्छन्। जातिलाई बेचेर बंगालको पैसामा राल चुहाउनेहरूको यस्तो निन्दनीय कर्तुतको गोरामुमो परिवारले घोर खण्डन गर्दछ। एन एच पी सी, रेलवे अनि श्री अनित थापा बसेका गोप्य बैठक उजागर गर्ने पत्रकार मनोज वोगटी र उमेश दर्जी माथी अचानक यसरी हमला गर्नुको पछि दालमे कुछ काला है को संकेत स्पष्ट छ। टिस्टा खोलाले यस्तो डरलाग्दो ताण्डव नृत्य गरेर लाखौं मानिसहरुका घर, ज्यान, माल नोक्सान गरेका बेला यसरी गोप्य बैठक गर्नुपछिको रहस्य भागोप्रमोले समस्त जनता अघि उजागर गरेको हुनूपर्छ। श्री अनित थापा, क्यासेट, सी डी बेच्ने व्यापारी थिए। उनले गोर्खाल्याण्डको नारा छोडेर जत्ति नै बिकाश, बिकाश भनेपनि एउटै ठोस कार्य गरेर बिकाश गरेको जनताको नजरमा छैन। उनका एकमात्र विधायक श्री रूदेन लेप्चा पनि व्यापारी हुन्। यस्ता यी दुई व्यापारीहरुले चलाएको पार्टी भएर नै पहाडलाई बंगालमा गिर्मी राखेका छन्, निलाम गरेका छन्। बेच्नुमा निपुण यी दुई व्यापारीहरू सम्पूर्ण पहाड़, मधेश बेचेर पनि के बेच्नुलाई गोप्य बैठक बसेका हुन् त?बेघर भएका जनतामा आउने धनराशि माथी के उनीहरूका नजर छ? छैनभने गोप्य बैठक गर्नुको अनिवार्यता के थियो र?
पत्रकार मनोज वोगटी र उमेश दर्जी माथी भएको यो हमलाले " नयाँ सोंच नयाँ बिचार" भन्ने पार्टीका चरित्र उदांगो पारेको छ। यसैले सम्पूर्ण गोरामुमो परिवार यस निन्दनीय हमलाको घोर भत्सर्ना गर्दछ अनि सम्बन्धित व्यक्तिलाई पक्राउ नगरे सडकमा ओर्लिनु बाध्य हुनेछौं।

कालेबुङ प्रेस क्लबले पनि गर्यो पत्रकार कुटपिटको भर्त्सना ।।
11/10/2023

कालेबुङ प्रेस क्लबले पनि गर्यो पत्रकार कुटपिटको भर्त्सना ।।

प्रेस विज्ञप्तिदार्जिलिङ १० अक्टोबर, २०२३जनताको रक्षक नै भक्षक भएपछि अब दार्जिलिङ पहाड़ सुरक्षित रहेन - विनय तामाङ, सभास...
10/10/2023

प्रेस विज्ञप्ति
दार्जिलिङ

१० अक्टोबर, २०२३

जनताको रक्षक नै भक्षक भएपछि अब दार्जिलिङ पहाड़ सुरक्षित रहेन - विनय तामाङ, सभासद, गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन ।

आज राष्ट्रिय राजमार्ग 10 को गेल खोलामा नेपाली साहित्यका एक स्थापित लेखक, कवि एंव समालोचक तथा पत्रकार श्री मनोज बोगटी अनि कालेम्पोङ टी भी - का समाचारवाचक तथा पत्रकार श्री उमेश परियारमाथि हातापाई गरी मार्ने धम्कीसमेत दिए - यो अति निन्दनीय कार्य - म यस कुकृत्यको घोर भत्सर्ना गर्दछु ।

आजभन्दा अघि श्री मनोज बोगटी भाईलाई सांसद राजु विष्टले अभद्र व्यवहार गर्दै " तॅ" जस्ता शब्दहरू लगाएका थिए । उनी त यहाॅका होइनन् तर आज हाम्रै यहाॅकाहरूले हाम्रै समाजका प्रतिविम्बहरूलाई यसरी दिन दहाड़े खुलेआम हातापाई गर्नु - यो कायरताको परिचय हुन अनि सरकार र प्रशासनले केही गर्दैन भन्दैमा यसरी धम्की र कुटपिट गर्नु - अत्याचार सिवाय अरू केही होइन ।

आजको यस घटनालाई Republic Bharat को अर्नव गोस्वामीमाथि एक समय मुम्बईमा गरिएको घटनासित तुलना गर्दछु ।

आजको घटनाले भारतको संविधानले प्रदान गरिएको मोलिक अधिकार- गणतन्त्र, वाक स्वतन्त्रता अनि पत्रकारिता स्वतन्त्रमाथि हत्या हो । आज नै कालेम्पोङमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका युवा नेता श्री वारूद थापाले प्रेष मार्फत साङ्केतिक धम्की दिएको केही समय पश्चात नै यस्तो घटना घट्नु - यो सोची सम्झी साजिस हुन । आज यो घटना गेल खोलामा नघटेको भएपनि आज न त भोलि कालेम्पोङमा अवश्य नै घटना घटने थिएछ भन्ने आजको प्रत्येक घटनाक्रमको तहहरूबाट बुझ्नसकिन्छ।

आजको उक्त घट्नाको भिडियोमा तीनजना जनप्रतिनिधिहरूपनि देखियो - जनप्रतिनिधिहरूको धर्म नै जनताको रक्षा गर्नु हो तर यहाॅ यसको विपरीत देखिए ।

सम्पुर्ण दार्जिलिङ पहाडका अनि सिलिगुडी पत्रकारहरूले अनि सम्बन्धित पत्रकार संगठनहरूले यसको चौतर्फी विरोध गरेको हुनुपर्छ । यसो नभए दार्जिलिङ पहाड़मा पत्रकारहरूको विगतमा झैँ टाउको झुण्डिन्दैन भन्न सकिन्न । आज नै सचेत हुनुहोस् एक हुनुहोस् ।

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले विनाशर्त आजको घटनामा माफी मागेको हुनुपर्छ ।

विनय तामाङ
सभासद
गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन
दार्जिलिङ

10/10/2023

अनित थापाको उपस्थितिमा थापाका युवाहरूद्वारा पत्रकार मनोज बोगटी र उमेश परियारमाथि कुटपिट !!!

जीटीए चीफको बयानमाथि शंका छ! 48 घण्टाभित्रमा अनुमति प्रदान नगरे हामी निर्वाचित सभासदहरू स्ट्राण्ङ रूमको निरक्षण गर्न जान...
29/09/2023

जीटीए चीफको बयानमाथि शंका छ!

48 घण्टाभित्रमा अनुमति प्रदान नगरे हामी निर्वाचित सभासदहरू स्ट्राण्ङ रूमको निरक्षण गर्न जाने छौ: एडवाडर्स
दार्जीलिङ 29 सेप्टेम्बर: जीटीएद्वारा आयोजित टेट परिक्षाको प्रश्न पत्र राखिएको स्स्ट्राण्ङ रूमको निरक्षण गर्ने अनुमतिको मांग गर्दै निर्वाचित सभासद एंव हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले जिल्ला स्कूल बोर्ड अध्यक्ष समक्ष अर्जी पत्र चढाएको छ।सभासद एडवाडर्सले पत्रको प्रतिलिपि जीटीए चीफ,जीटीए मुख्यसचिवलाई पनि पठाएका छन।गत 14 फरवरी 2021 मा जीटीएले टेट परिक्षाको आयोजना गरेको थियो।आयोजित टेट परिक्षा मा धेरै परिक्षार्थीहरूले फरम दर्ता गरेका थिए भने परिक्षामा अंश ग्रहण पनि गरेका थिए तर यतिका बर्षहरू विति सक्दा पनि टेट परिक्षाको परिणाम सर्वजनिक नहुदा परिक्षार्थीहरूमा निराशपन साथै विभिन्न प्रकारको शंका उपशंकाहरू छाएको थियो।यी विषयहरूलाई ध्यानमा राख्दै आरटीआई कर्ताहरूले सम्बंधित विभाग समक्ष आरटीआई दर्ता गर्दा अनि ती आरटीआईको प्रतिउतरले परिक्षार्थीहरूको भावनामा ठेस पूगेको छ।जीटीएद्वारा आयोजित टेट परिक्षामा अंश ग्रहण गर्ने परिक्षार्थीहरूको प्रश्न पत्रहरू सुरक्षित छन की छैनन भन्ने विषयहरूमाथि पनि शंका उप शंकाहरू उठन थालेपछि आफुहरू जीटीएको एक निर्वाचित सभासद भएको हुनाले साथै आफुहरूको क्षेत्रबाट पनि धेरै शिक्षित जमातहरूले जीटीएद्वारा आयोजित टेट परिक्षामा अंश ग्रहण गरेको हुनाले निर्वाचित सभासदको नाताले यी विषयहरूमाथि सोध खोज गर्ने मेरो दाहित्व बन्छ सभासद एडवाडर्सले भनेका छन।तिनले अधि भने गत 27 सेप्टेम्बरको दिन आफु लगायत हाम्रो पार्टीको निर्वाचित साासदहरूले शिक्षा विभागको विभागीय सचिवसंग भेट गरी सकेका छौ।जीटीएद्वारा आयोजित टेट परिक्षा सम्पन्न भएको दुई बर्ष विति सक्दा पनि आजसम्म परिक्षा फल सर्वजनिक नहुनु अति नै चिन्ताको विषय रहेको सभासद एडवाडर्सले बताएको छ।यी सवै विषयहरूलाई ध्यानमा राख्दै आफुहरू एक निर्वाचित सभासद भएको हुनाले टेट परिक्षाको प्रश्न पत्र राखिएको कोठाको निरक्षण गर्ने चाहाना रहेको छ भन्ने अर्जी पत्रमा उलेख गरिएको छ।एक प्रश्नको जवाफमा हाम्रो पार्टी अध्यक्ष एंव सभासद अजय एडवाडर्सले स्पष्ट शब्दमा भने जीटीए चीफ अनित थापा दाजुले हिज विहिबार पत्रकारहरूलाई शिक्षा विभाग जीटीएको स्थान्तरण विभाग रहेको बताउँदै थिए,जमीन पनि स्थान्तरण विभाग हो तर चिया श्रमिकहरूले पाँच डेसिमल होइन,हामी हाम्रै सवै जमीनको पटटा चाहिन्छ भन्दा चहि उनले राज्य सरकारलाई सोध्नु पर्छ,सरकारसंग कुराकानी गर्नेछु चहि कुन आधारमा भनेका हुन यसले उनको दोहोरो चरित्र उदाङगो भएको छ तिनले भने।जीटीए चीफ अनित थापा दाजुको यस्तो दोहोरो चरित्रको कारणले गर्दा हामीलाई जीटीएद्वारा आयोजित टेट परिक्षामाथि शंका छ,त्यसकारण आज हामीले जिल्ला स्कूल बोर्डको अधिकारी समक्ष जीटीएद्वारा आयोजित टेट परिक्षाको प्रष्न उतर पत्र राखिएको स्ट्राण्ङ रूमको निरक्षण गर्ने अनुमति मांग्दै अर्जी पत्र चढाएका छौ।अर्जी पत्र प्राप्त भएको 48 घण्टाभित्रमा हामीलाई स्ट्राण्ङ रूमको निरक्षण गर्ने अनुमति प्रदान गर्न पर्छ यदि अनुमति प्रदान नगरेको खण्डमा हामी निर्वाचित सभासदहरू जन प्रतिनिधि भएको नातामा हामी आफै मिडियाँ कर्मी एंव संचार कर्मीहरूलाई साथमा लिएर स्ट्राण्ङ रूमको निरक्षण गर्न जाने छौ भन्ने हाम्रो पार्टी अध्यक्ष एंव सभासद अजय एडवाडर्सले बताएका छन।

गोजमुमो अध्यक्ष बिमल गुरुङ झोलुङ्गमा गोपाल गुरुङ युवा मोर्चाको अध्यक्ष चयनित गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष बिमल गुरुङको...
29/09/2023

गोजमुमो अध्यक्ष बिमल गुरुङ झोलुङ्गमा गोपाल गुरुङ युवा मोर्चाको अध्यक्ष चयनित

गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष बिमल गुरुङको उपस्तिथिमा झोलुङ्गोमा आज समष्टिमा सभा सम्पन्न भयो।
उक्त सभामा झोलुङ्ग समष्टि युवा मोर्चाको सहभागितामा अध्यक्षको पथ भारको निम्त गोपाल गुरुङलाई चयनित गरिएको छ।

खबर श्रोत :दैनिक दर्पण

जीटीएले गराएको टेट परिक्षा नक्कली रहेको प्रमाणित!राजनैतिक लाभ उठाउँन शिक्षित भाइ वहिनीहरूलाई ठग्ने काम गरेको छ: एडवाडर्स...
23/09/2023

जीटीएले गराएको टेट परिक्षा नक्कली रहेको प्रमाणित!
राजनैतिक लाभ उठाउँन शिक्षित भाइ वहिनीहरूलाई ठग्ने काम गरेको छ: एडवाडर्स

दार्जीलिङ 22 सेप्टेम्बर: गोर्खाल्याण्ड क्षेत्रिया प्रशासनले गराएको टेट परिक्षा नक्कली रहेको आरटीआईको जवाफमा स्पष्ट भएको छ भन्ने हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले एक प्रेस विज्ञाप्तिद्वारा जानकारी गराएको छ।गत 2021 मा जीटीएले दार्जीलिङ मा टेट परिक्षाको आयोजना गरेको थियो।टेट परिक्षा सम्पन्न भएको यतिका दिनहरू विति सक्दा पनि आजसम्म त्यसको कुनै परिणाम सर्वजनिक हुन नसक्दा पहाडको शिक्षित बेरोजगार भाइ बहिनीहरूमा कौतुलता को विषय बन्न गएको छ।जीटीएले आयोजना गरेको टेट परिक्षा बंगाल विधानसभाको चूनावमा पहाडको तीनवटा विधानसभा आसनहरूमा जीत हासिल गर्न मुख्यकारण रहेको थियो भन्ने अधिबाटै तत्कालिन गोजमुमो दुईको अध्यक्ष विनय तामाङले मिडियाँ रिपोर्टमा बताई सकेका छन अनि तामाङले अनित थापा,छिरिङ दाहाल,अमर सिंह राई,विक्रम राई र केश्वराज पोख्ररेलको नाम समेत मिडियाँ रिपोर्टमा सर्वजनिक गरी सकेका छन।तरै पनि अधिकारिक रूपमा टेट परिक्षाको सत्यता जान्नलाई सूचनाको अधिकार स्वरूप हामीले सम्बंधित विभागीय अधिकारी समक्ष आरटीआई दर्ता गरेका थियौ।जसमाले हामीले पश्चिम बंगाल सरकारको स्कूल शिक्षा विभाग र विभागीय सचिवले हाम्रो आरटीआईको जवाफमा जीटीएलाई टेट परिक्षाको संचालन गर्ने कुनै अनुमति प्रदान गरिएको थिएन भन्ने जानकारी गराएको छ भन्ने हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले जारी गरिएको प्रेस विज्ञाप्तिमा उल्लेख गरेका छन।जीटीएले पहाडमा टेट परिक्षाको संचालन गर्दा अनित थापा जीटीए चेयरम्यान रहेको थियो।जीटीएले संचालन गरेको टेट परिक्षामा 14 हजार 5 सय परिक्षार्थीहरूले आबेदकहरूले आबेदन फरम जम्मा गरेका थिए।पहाडको शिक्षित बेरोजगार भाइ वहिनीहरूको भविष्यसंग जीटीएको सत्ता चैकीमा बस्नेहरूले यसरी खेलवाड गर्ने काम गरेको छ भन्ने हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सजले आरोप लगाएका छन।पहाडमा शिक्षक भर्तीमा घोटाला भएको छ।पहाडको विभिन्न स्कूलहरूमा कार्यरत स्वयम सेवक शिक्षक एंव शिक्षिकाहरूले आफ्नो जीवनको अमूल्य समयहरू पहाडको शिक्षा ब्यवस्थालाई राम्रो बनाउँनलाई खर्चिएका छन तर आजसम्म उनीहरूले न्याय पाउँन सकेको छैन।न्यायको मांग गर्दै उनीहरू पेन डाउन अनि धरना आदि जस्ता कार्यहरू गर्न बाध्य बनेका छन।जीटीएको चैकी सत्तामा बस्नेहरूले आफ्नो राजनैतिक लाभ उठाउन शिक्षित भाइ वहिनीहरूलाई ठग्ने काम गरेको छ।शिक्षित बेरोजगार भाइ वहिनीहरू माथि भएको घटनालाई हामीले गम्भीरतासंग लिएका छौ।हामी सम्बंधित ब्यक्तिहरूको विरोधमा न्यायलय जाने छौ।साचो लोकतन्त्रमा सरकारको भन्दा विपक्षीको अहम भूमिका हुन्छ हामी हाम्रो भूमिका इमान्दारितासंग पालन गर्ने छौ हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले भनेका छन।

 #गोर्खाल्याण्ड को बिकल्प छैन,तर भनेर मात्र हुदैन,आआफ्नो कर्तव्य पूरा गरि कार्यक्रममा उत्रौ।भोलिदेखि दोस्रो चरणको पथसभा/...
21/09/2023

#गोर्खाल्याण्ड को बिकल्प छैन,तर भनेर मात्र हुदैन,आआफ्नो कर्तव्य पूरा गरि कार्यक्रममा उत्रौ।भोलिदेखि दोस्रो चरणको पथसभा/पर्चा बितरण रोङ्गोबाट आरम्भ गर्द‌ैछौ। दायित्वबोध गर्नुहुने भेटौ।
-किशोर प्रधान

स्थान-रोंगो पाख्रीन गोलाई(शुक्रबारे बजार)

14/09/2023

गोरूबथान खण्ड पंचायत समिति विभाग भागबण्डा ...
क) चेयरमेन सूर्यमणि राई/ अर्थ, बजेट, अडिट लगायतका विभागहरू...
ख) भाइसचेयरमेन- सोनाम भोटिया - ऐजन विभागहरू....

विभाग-
१. शिशिर प्रधान - जनस्वास्थ्य,
२. देवराज सुब्बा - निर्माण कार्य,
३. शरण राई - कृषि,
४. पंचकुमार राई - शिक्षा,
५. स्मिता सोताङ राई- शिशु अनि नारी कल्याण,
६. सोनाम लेप्चा - वनभूमि सुधार,
७. भोटु दर्नाल - मत्स्य एवं प्राणी सम्पदा,
८. मिङमा शेर्पा - खाद्य एवं आपूर्ति,
९. कुमार थापा - लघु उद्योग।

आईसीडीएसको निम्ति खुसीको खबर : आँगनवाडी कार्यकर्ता अनि सहयोगी छनौट गर्ने शक्ति जीटीएलाईजीटीएको निम्ति यो असल कुरा हो। पञ...
13/09/2023

आईसीडीएसको निम्ति खुसीको खबर : आँगनवाडी कार्यकर्ता अनि सहयोगी छनौट गर्ने शक्ति जीटीएलाई

जीटीएको निम्ति यो असल कुरा हो। पञ्चायतहरूमा रिक्त पद भर्ती गर्ने जुन अधिकार अनि शक्ति जीटीएलाई दिएको छ, त्यस्तै आँगनवाडी कार्यकर्ता अनि सहयोगीहरु भर्ती गर्ने अधिकार अनि शक्ति जीटीएलाई प्रदान गरेको छ। शक्ति संग संगै हामीलाई जिम्मेवारी पनि दिइएको छ। बिस्तारै हाम्रो शिक्षित युवाको निम्ति रोजगारको दैलो खुलिन्दैछ।

पश्चिम बंगाल सरकार महिला तथा बाल विकास तथा समाज कल्याण विभाग विकास भवन, कोलकाताले आदेश पत्र जारी गरेको छ। पत्रको विषय आँगनवाडी कार्यकर्ता र सहयोगीहरूको छनोट अनि मनिटरिङ गर्न जिल्ला स्तरीय समितिको गठन रहेको छ। गोर्खाल्याण्ड क्षेत्रिय प्रशासनलाई क्षेत्र भित्र छनौट अनि मनिटरिङको शक्ति प्रदान गरिएको छ।

आँगनवाडी कार्यकर्ता अनि सहयोगीको छनौट गरिने जिल्ला स्तरीय समितिमा दार्जीलिङ जिल्ला ( जी टी ए क्षेत्र) समितिको अध्यक्ष जीटीए मुख्य सचिव रहेछन्। उपाध्यक्ष दार्जीलिङ जिल्लापाल रहनेछन् अनि सदस्यको रूपमा श्री एलबी राई, अध्यक्ष, मिरिक नगरपालिका रहनेछन्। त्यसरी नै कालेबुङ जिल्लाको छनौट समितिमा अध्यक्ष मुख्य सचिव, जी टी ए, उपाध्यक्ष जिल्लापाल कालेबुङ अनि सदस्य श्री रुदेन सादा लेप्चा, विधायक, कालिम्पोङ रहनेछन्।

आईसीडीएसका कार्यकारी सभासद श्रीमती कल्पना प्रधान अनि एक्जिक्युटिभ डाइरेक्टरको देखरेखमा विभागीय छनौट सम्पन्न हुनेछ।

स्मरण रहोस, आँगनवाडी कार्यकर्ता अनि सहयोगीको अन्तिम भर्ती 2009-10 मा भएको थियो। त्यसपछि आज सम्म कुनै छनौट भएको छैन। आजको दिन गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनमा यस विभागमा धेरै पदहरु रिक्त छन्।

विज्ञप्तिकोलकातामा भूमि अनि भूमि सुधार विभागका सचिव सँग अनित थापाको बैठक. थापाले भने, "जब सम्म मेरो कमानको आमा बाबाहरुले...
13/09/2023

विज्ञप्ति

कोलकातामा भूमि अनि भूमि सुधार विभागका सचिव सँग अनित थापाको बैठक. थापाले भने, "जब सम्म मेरो कमानको आमा बाबाहरुले सबै जमीनको अधिकार आफ्नो नाममा पाउँदैन तब सम्म म बस्नेवाला छुइन। यो हो मेरो प्रतिज्ञा। मेरो वचन। म माथि भरोसा राख्नुहोस्। जमीनको अधिकार दिलाएर नै छोड्नेछु।"

आज मैले नवान्न, कोलकातामा भूमि अनि भूमिसुधार बिभागका सचिव इसमार्की महापात्र, आईएएस सँग भेटघाट गरे। आधा घण्टा लामो बैठकमा भूमि अनि भूमि सुधार विभागका सचिव सँग अन्य अधिकारीहरू पनि उपस्थित हुनु हुन्थ्यो।

मेरो भेटघाटमा मैले दुई प्रमुख बुँदाहरु सचिवहरु समक्ष राखे। एक, दार्जीलिङ्ग पहाडको चिया बगानका रैथानेहरु अनादिकाल देखि नै रही आएका हुन्। उहाँहरुको आफ्नै घर छ। उहाँहरू खेतीपाती, बागवानी, फूलखेती आदिमा पनि संलग्न छन्। यो संलग्नता भारत स्वतन्त्र हुनु भन्दा कैयौं वर्ष पूर्व देखिको हो। दोस्रो, राज्य सरकारले गत 1 अगस्तको दिन घडेरी पट्टा दिलाउन पहल सुरु गर्दै अधिसूचना जारी गरेको थियो। कमानवासीलाई केवल 5 डेसिमल जमीनको घडेरी पट्टा चाहिएको होइन तर अधीनमा रहेको सम्पूर्ण जमीनको अधिकार पत्र चाहिएको हो। जनआकांक्षालाई मध्यनजरमा राखेर मैले राज्यका मुख्य सचिवलाई पनि जनताको मनको कुरा राखेको थिए। त्यही मुताबिक हिजो मात्र सरकारको तर्फबाट जमीनको सर्वेक्षणमा रोक लगाइयो। यसको निम्ति म धन्यवादी छु।

मैले सचिवलाई भने कि कमानवासीको जमीनको मुद्दा अधिकारको मुद्दा मात्र नभएर भावना सँग जोडिएको मुद्दा हो। यही जमीनमा कैयौं पुस्ताले आफ्नो पसिना अनि खुन बहाएर चिया बगानको अस्तित्व मात्र नभएर देश कै आर्थिक समृद्धिमा पनि ठूलो योगदान दिएका छन्।

मैले उपर्युक्त मुद्दाहरूलाई केन्द्रमा राखेर उहाँलाई कमानवासीको अधीनमा रहेको सम्पूर्ण जमीनको निम्ति (घडेरी अनि कृषि जमीन ) पट्टा दिलाउन सर्वेक्षण सुरु गरिदिने मांग गरेको छु। म विश्वस्त छु कि सरकारले हाम्रो मांग माथि सकारात्मक पहल सुरु गर्नेछन्।

मैले बारम्बार भन्दै आएको छु, अनित थापाले जे भन्छ त्यो गर्छ नै गर्छ। म भाषण मात्र गर्ने नेता होइन। म समस्या देखि भाग्ने नेता होइन। समाधान निकाल्नु, जनताको पक्षमा वकालत गर्नु अनि काम गर्ने नेता हुँ। मलाई जनताले जनताको हितको निम्ति काम गर्न कुर्सी मा राखेको हो।

मैले मेरो नीति अनि सिद्धान्त अनुसार नै जनताको निम्ति काम गरेको छु। मेरो कमानवासी दाज्यु भाई, दिदी बहिनी, आमा बाबुले अधिकार पाउनु पर्छ भन्ने मेरो पनि आकांक्षा रहेको छ। मैले कमानवासीलाई वचन दिएको छु कि म सरकारलाई सम्झाएर, बुझाएर कमानवासीको अधीनमा रहेको सबै जमीनको पट्टा दिलाउनेछु। यो मेरो प्रण हो। त्यसैले म कोलकाता आए। सम्बन्धित अधिकारीहरू सँग मुद्दा माथि विमर्श गरे। उहाँहरूले पनि हाम्रो समस्यालाई राम्ररी सुन्नु भयो, बुझ्नु भयो। उहाँहरूले मलाई सकरात्मक वचन दिनु भएको छ।

मैले सचिवलाई ज्ञापन पत्र चढाएको छु।

अनित थापा
प्रमुख कार्यपाल
गोर्खाल्याण्ड क्षेत्रिय प्रशासन

13/09/2023

देवराज सुब्बाले ग्रेफ प्रमुख अधिकारीलाई चडाए आवेदन पत्र।

गैरीबास स्थित ग्रेफद्वारा निर्माणधिन रोड कार्यमा आवत जावत गाडीहरूलाई अनि गैरीबासको जनताहरूलाई धेरै असुविधा भएको कारण आज पञ्चायत समिति सदस्य देवराज सुब्बाले ग्रेफ प्रमुख अधिकारीलाई चाँडो भन्दा चाँडो समस्याको समाधान गर्नार्थ आवेदन पत्र चडाएको छ।

बिशेष गरी रोड बनाउने कार्यमा गिटी बालुवा रोडमा खनाए पछि रोडमा आवत जावत गाडीहरूलाई धेरै असुविधा भइरहेका छन् साथै ठूला ठूला गाड्डाको कारण दुइचक्के गाडीहरूले धेरै समस्या झेल्न परिरहेका छन् ।आज त्यही समस्याहरूका समाधान गरिदिने बिषयलाई लिएर देवराज सुब्बा, सेवक राई, विनम रनपहेली, प्रमेश शर्मा, सफल राई, अनुप गजमेर आदिले आवेदन पत्र चडाएका छन्।
खबर श्रोत =Gairibas Times.

12/09/2023

सिन्कोना डाइरेक्टरलाई बारम्बार सम्पर्क गरेता पनि अहिले सम्म भेट्नु नदिएको उर्गेन शेर्पाको भनाइ।

12/09/2023

पाहाडमा सत्ता चलाउने राजनैतिक दल श्रमिकको हितमा पट्क्कै छैन।अणु गुरुङ ,सिनकोना बचाउ अभियान संगठ।

WELL DONE SIKKIM GOVERNMENT: सिक्किम सरकार द्वारा होमस्टेलाई कुनै तेस्रो पक्षलाई लिजमा वा भाडामा दिन अनुमति नदिने निर्दे...
12/09/2023

WELL DONE SIKKIM GOVERNMENT: सिक्किम सरकार द्वारा होमस्टेलाई कुनै तेस्रो पक्षलाई लिजमा वा भाडामा दिन अनुमति नदिने निर्देश जारी गरेको छ।

Sikkim Govt has issued an advisory stating that "homestay owners are not permitted to lease/rent their homestay units to any third party."

We need GTA to also implement this in Darjeeling region. But we also know they won't do it, as it will hurt the pockets of the leaders who are busy acting as part time brokers or land.

12/09/2023

रोंगो ,गैरीबास पछि आज दलगाउँ गन्तीमा सिनकोना बचाउ अभियान सभापति एल एम शर्मा ,आफ्नो आधिकारको निम्ति सम्पुर्ण श्रमिकहरुलाई अघि आउने आह्वान गर्दै।

सुचना !आगामी तारीख १०/०९/२०२३ आइतबारको दिन रोंगो सार्वजनिक भवनमा दिउँसो दश बजेदेखि  रोटरी क्लब सिलगढी द्वारा साथै United...
08/09/2023

सुचना !
आगामी तारीख १०/०९/२०२३ आइतबारको दिन रोंगो सार्वजनिक भवनमा दिउँसो दश बजेदेखि रोटरी क्लब सिलगढी द्वारा साथै United Bar Golai Rongo को संयुक्त आयोजनामा रक्तदान शिबिर सम्पन्न भैरहेको छ, उक्त शिबिरमा हजुरहरुले पनि सभागिता जनाइ रक्तदान दिएर सहयोग गरिदिनु हुन् अनुरोध गर्दछौं ।
धन्यवाद।



सभापति -शरण लामा सचिव -देवराज गुरुङ ।

( United Bar Gola Rongo)

Address

Kalimpong

Alerts

Be the first to know and let us send you an email when JAN AAWAZ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to JAN AAWAZ:

Share