वर्तमान Online Bartaman Online

वर्तमान Online Bartaman Online Online news स्वच्छ र निशपक्ष खबर प्रस्तुती हाम्रो प्रतिबद्धता।

नेपाली नयाँ बर्ष २०८१को सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना ,नयाँ बर्षले सम्पूर्ण मानिसहरुको मनमा खुसीको माहोल छावोस् ,सु...
13/04/2024

नेपाली नयाँ बर्ष २०८१को सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना ,नयाँ बर्षले सम्पूर्ण मानिसहरुको मनमा खुसीको माहोल छावोस् ,सुख शान्तिले बास गरोस् साथै नयाँ कार्य गर्ने उर्जा मिलोस्।

पञ्चायत समिति लघुउध्योग एवं बिधुत बिभाग कर्माध्यक्ष श्रीमती रजिना घले गुरूङको शुभ हस्तकमलबाट आज ओकेटी चियाबारी दोकानडाँड...
16/03/2024

पञ्चायत समिति लघुउध्योग एवं बिधुत बिभाग कर्माध्यक्ष श्रीमती रजिना घले गुरूङको शुभ हस्तकमलबाट आज ओकेटी चियाबारी दोकानडाँडा गाउँ अनि नयाँ स्कूल डाँडा गाउँमा बिधिबद पूजा अर्चना गरेर पिऊने पानीको ट्याकींको शिल्यानास गरेर कामको थालनी गरियो यसरी पानीको धेरै समस्या संग जुझीरहेको समय पञ्चायत समितिको पहलमा गाउँमा यसरी पिऊने पानी आएकोमा हर्ष प्रकट गर्दे पञ्चायत समिति कर्माध्यक्ष श्रीमती रजिना घले गुरूङ प्रति आभार ब्यक्त गर्दै धन्यवाद ज्ञापन गरियो। उक्त शिल्यानास कार्यक्रममा स्थानीय समिता आचर्य, भक्तबहादुर गजमेर, रसना गुरूङ, बबिन गुरूङ, आनन्द राई, सैलेस राई मणि गुरूङ, लगायत गो ज मु मो 23 नम्बर युवा मोर्चा अध्यक्ष सन्जोक तामाङ अनि सुपचन गुरूङको बिशेष उपस्थिति रहेको थियो।

अब मिठो बोल्ने मैना होईन एउटै रट्टा लगाउने सुगाँलाई एम पि बनाऊ......?                            अर्पण राई "गोर्खा"    प...
12/03/2024

अब मिठो बोल्ने मैना होईन एउटै रट्टा लगाउने सुगाँलाई एम पि बनाऊ......?
अर्पण राई "गोर्खा"

पन्द्रह पन्द्रह वर्ष को लामो समय कम होईन एउटा युग नै हो गोर्खाको सपना मेरो सपना भन्ने B. J. P पार्टीले केवल आश्वसनको भरमा हामी गोर्खाहरूलाई भोट ब्यांक मात्र बनाएर हेलचेक्रै गरेको यथार्थ संग त कोही पनि अनभिज्ञ छैन, भने उता T. M. C. ले आफ्नै दाज्यू-भाई माझ शत्रुता उत्पन्न गराएर पिठ्युमा छुरा रोप्ने काम गरेको पनि हामीमा सर्वविधितनै छ भाषाको अतिक्रमण, भूमीको अतिक्रमण सरखारी जाँगीरमा अतिक्रमण हरेक क्षेत्रमा अतिक्रमण गरेर हामी गोर्खाहरूलाई चारैदिशाबाट खुम्चाएर हामीलाई अल्पसंख्यक बनाएर अन्तमा भूमीहिन समुदाय बनाएर लखेट्ने षड़ियन्त्र भईरहेको छ जुन षड़ियन्त्रमा कहि कतै B. J. P. को पनि साथ त पक्कै पनि छ तर यसको कमाण्ड भने T. M. C. लाई खुला रूपमा दिएको मात्र हो यी दुईको तालमेल यस्तो छ कि "म कुटे जस्तो गर्छु तँ रोए जस्तो गर " किन कि केन्द्र ले पनि बंगाल बिभाजन चहादैन रहेछ भन्ने त पुष्टि भईसक्यो ।
संसदमा गोर्खा र आदिवासी समुदायको समस्या समाधान हेतु हेबीवेट नेता हुन पर्छ भन्ने उद्धेस्यले दुई पल्ट जस्वन्त सिंह र एस एस आहलुवालिया जस्तो हेबीवेट नेतालाई पहाड़, तराई, अनि डुवर्स बासीले जिताएर सांसद बनाएर पठायौ तर यी दुई केवल भत्ता खान मात्र साबित भयो त्यस पछी होईन अब हेबीवेट होईन संसदमा गोर्खापुत्र नै हुन पर्छ भन्ने बिश्वासले गोर्खापुत्र राजु बिष्टलाई 2019 मा भारी मतले बिजय गराएर सांसद बनायौ तर यँहापनि बिधीको बिधान भनौ या त गोर्खाहरूको भाग्यमानै खोट भनौ संसदमा गएर हाम्रो दीर्घकालीन मांग लाई फत्ते पो गर्लान भनेको त उस त झन ति दुई हेबीवेट नेताहरूभन्दा पनि धुर्त साबित भयो कारण जस्वन्त र आहलुवालियाले बेसक गोर्खाल्याण्डको शब्द उचारण गरेन तर पहाड़मा आएर आफ्नो पार्टी बिस्तार पनि गरेन भने यँहा राजू बिष्ट ले भने केवल अनि केवल आफ्नो पार्टी बिस्तार गरयो यस्को अर्थ के हो त यदी पहाड़मा कुनैपनि शक्तिसाली क्षेत्रिय पार्टीनै रहेन भने गोर्खाल्याण्ड को मांग गर्न सक्दैन यो सोच मोदीको हो म गोर्खाको सपना मेरो सपना भनेर उनिहरूको भावना संग खेलवाड़ गर्नेछु तिमी भने त्यहाँको क्षेत्रिय पार्टीलाई छाईटन हाल्ने काम गर "न रहे बाँस न बजे मुरली" अन्त त हामीले गोर्खाल्याण्ड दिन पर्दैन भन्ने युक्ति अप्नाएर यो खेल खेलियो।
राजु बिष्ट लाई हामीले जेन्टलमैन बनाएर संसदमा पठाएका थियौ तर उँ त B. J. P. को राजु चाचा बनेर क्षेत्रिय पार्टी मास्ने छाईटन पो बनिदियो अनि हाम्रो भावना हाम्रो भरोषा हाम्रो विश्वासहरूको निर्मम हत्या गराईयो। त्यसैले अब समय आएको छ हामीले मिठो बोली बोल्ने मैनालाई साथ बोकेर हिड़नु भन्दा एउटै रट्टा लगाउने सुगाँ लाई अघी लाएर हिड़नु पर्छ र आजको समय सम्म यो एउटै रट्टा लगाउने एउटै मात्र सुगाँ जस्तै नेता छ त केवल त्यो केवल बिमल गुरूगं मात्र छ 2007 मा पनि गोर्खाल्याण्ड भनेर नै जन्मेको बिमल गुरूगं 2017 को आन्दोलनले बिस्थापित बनेर एता उता भौंतारिन्दा पनि मात्र गोर्खाल्याण्डनै रटी रह्यो भने अब संसदमा पनि जतिबेला पनि गोर्खाल्याण्ड केवल गोर्खाल्याण्ड रट्ने सांसद बनाएर बिमल गुरूगंलाई नै पठाउनु पर्छ ताँकी केन्द्र सरखार पनि यो शब्द सुनेर वाक्क मानि यसको समाधान गर्न बाध्य बनोस अब यस बाहेक अर्को कुनै बिकल्प हामी संग छैन त्यसैले हे गोर्खे सन्तान हो अब आपसी मदभेद ,आपसी खिचातानी आपसी अहंकार र आडम्बर लाई थन्काएर यस्तो एउटैमात्र शब्दको रट्टा लगाउने सुगाँलाई अघी लाएर आउनुहोस हामी सबै एकबद्ध बनौ र साँच्चै गोर्खाको एकतालाई साबित गरौं। तब मात्र हाम्रो अस्तित्व बाँच्ने छ नत्र भने भोली हामी पनि डाईनासोर को अस्तित्व जस्तै कथामा मात्र पड़िने छौ।
त्यसैले........
#बिमल
#कमल

गायक तथा संगीतकार स्वर्गीय बिनोद स्याङदेनको सालिग अनावरण
10/03/2024

गायक तथा संगीतकार स्वर्गीय बिनोद स्याङदेनको सालिग अनावरण

रोंगोका सुनिला गुरुङ बनिन् डा. सुनिला गुरुङ ।गोरुबथान,१७ फरवरी।रोंगो सिन्कोना बगानका श्री कुमार गुरूङ र श्रीमती गोरीमाया...
17/02/2024

रोंगोका सुनिला गुरुङ बनिन् डा. सुनिला गुरुङ ।

गोरुबथान,१७ फरवरी।

रोंगो सिन्कोना बगानका श्री कुमार गुरूङ र श्रीमती गोरीमाया गुरुङका छोरी सुश्री सुनिला गुरुङले हालै उत्तर बङ्गाल विश्वविधालयबाट विधावारिधी तथा 'पिएच डी'सम्पन्न गरेर आफ्ना आमाबाबाको सपना साकार गरेकी छन्। डा. गुरुङले "भारतेली नेपाली कथामा हास्यतत्वको प्रयोग" शीर्षकमाथि पिएच डी गरेकी हुन्।

प्रारम्भिक शिक्षा गाउँकै राेंगाे प्राथमिक पाठशालाबाट शुरू गरेकी गुरूङले माध्यमिक शिक्षा त्यसै ठाउँका रोंगो उच्चत्तर माध्यमिक विधालयबाट गरे भने गैरीवास उच्चत्तर माध्यमिक विधालयबाट उच्चत्तर शिक्षा प्राप्त गरेकी हुन्।कालेम्पोङ कलेजबाट नेपाली विषयमा स्नातक सकेर सोही विषय लिएर उत्तर बङ्गाल विश्वविधालयबाट स्नाकोत्तर सकेकी गुरुङले २०१५ मा "शिवकुमार राईका कथामा अनुकरणात्मक क्रियायोगीको प्रयोग:विश्लेषणात्मक अध्ययन" शिर्षकमाथि 'एम.फिल' गरेकी हुन्।

उनले आफ्नो शोध अवधिमा आफ्नो सम्पूर्ण समय युनिभर्सिटिकै लाइब्ररीमा बिताएको भन्दै युनुभर्सिटिले उनलाई "लाइब्रेरी बेस्ट युजर अवार्ड-२०२२"ले विभुषित् समेत गरेको थियो।स्मरण रहोस्, उक्त अवार्ड प्राप्त गर्ने उनी नै पहिलो शोधार्थी हुन्।

अथक परिश्रम साथै लक्ष्य प्राप्तिको लगावले गर्दा आफूलाई सफल बनाउन सकेकी कुरा सुनाउँदै आफूलाई विधालय तहदेखि स्नातक तहसम्म अध्यापन गराउनु हुने सम्पूर्ण शिक्षक-शिक्षिकागणलाई यस सफलताको हकदार बताउँदै उनीहरूप्रति आफू सधैं कृतज्ञ रहेको बताएकी छन्।

'पिएच डी उपाधि प्राप्त गर्न विशेष सहयोग गर्नु हुने प्रो (डा) कृष्णराज घतानी प्रति उनी सदैव नतमस्तक रहेको उनले जनाएकी छन्। प्रा.डा.कृष्णराज घतानी सुश्री गुरूङका शोध निर्देशक हुन्।

डा.उपाधि पाए संगै अब आफ्नो संस्कृति,भाषा,जाति र आफ्नो ठाउँको लागि केही गर्ने जिम्मेवारी बडेको उनले थप बताएकी छन्।
सुनिला गुरुङलाई दार्जिलिङ टुडेको पक्षबाट हार्दिक बधाई टक्राउँदछौ।

सालबारीमा साहित्यकार इन्द्रबहादुर राईको ९७ औँ जन्म जयन्ती पालन खरसाङ ( 5 फरवरी ): भारतेली नेपाली साहित्यका शिखर पुरुष एव...
05/02/2024

सालबारीमा साहित्यकार इन्द्रबहादुर राईको ९७ औँ जन्म जयन्ती पालन

खरसाङ ( 5 फरवरी ): भारतेली नेपाली साहित्यका शिखर पुरुष एवम् 'तेस्रो आयाम' र 'लीला लेखन' साहित्य अभियानका प्रणेता साहित्यकार इन्द्रबहादुर राईको ९७ औँ जन्म जयन्ती सालबारीमा पालन गरियो। उक्त समारोहमा कवि सञ्जय बान्तवा, वरिष्ठ कथाकार बिन्द्या सुब्बा र वरिष्ठ कवि, अध्येता ज्ञानेन्द्र खतिवडाका बाहुलीबाट स्व इन्द्रबहादुर राईको तस्विर अघि दीप प्रज्ज्वलन गरिएपछि उपस्थित सम्पूर्ण साहित्यिक सर्जकहरूले खदा, पुष्पद्वारा श्रद्धासुमन अर्पण गरेका थिए।
कार्यक्रमलाई कवि हेमन्त काफ्लेले सञ्चालन गरेका थिए। उनले उपस्थित सम्पूर्ण वरिष्ठ साहित्यकार, कवि र साहित्य प्रेमीहरूलाई स्वागत जनाए। उनले यस कार्यक्रमको उद्देश्य र औचित्यबारे प्रकाश पार्दै खरसाङको बालासन खोलाको बगरमा ३ फरवरी १९२७ को दिन जन्मेका इन्द्रबहादुर राई सशरीर हामीमाझ नरहे तापनि उनका 'विपना कतिपय', 'आज रमिता छ', 'कठपुतलीको मन' र अन्य धेरैवटा प्रसिद्ध कृतिले उनलाई अजर अमर बनाएर राख्नेछ भन्ने तथ्यलाई प्रस्ट पारे। उनले इन्द्रबहादुर राईको भाषासाहित्य प्रतिको प्रतिबद्धताबारे बोल्दै नेपाली भाषालाई 'विदेशी' चिन्हित गरिँदा इन्द्रबहादुर राईले प्रथमोप्रथम इ स १९७७ मा उनलाई प्राप्त भएको 'साहित्य अकादमी पुरस्कार' जस्तो सम्मान फिर्ता गरिदिएको सत्यबारे पनि सभालाई बताए। समारोहमा कवि सञ्जय बान्तवाले इन्द्रबहादुर राईको साहित्यकार व्यक्तित्वमाथि प्रकाश पार्दै राईको अपूर्व योगदानबारे चर्चा गरे। सञ्जय बान्तवाले आफ्नो मन्तव्यमा भने, - 'इन्द्रबहादुर राईले रोमान्टिक कालदेखि उत्तरआधुनिक कालसम्म नेपाली साहित्य विकासका प्रत्येक तहमा केन्द्रीय भूमिका निभाएका छन् । नेपाली साहित्यमा 'तेस्रो आयाम' साहित्यलेखन-अभियानको प्रस्तावनाले युगान्तकारी कार्य गरेको छ भने यसका सिद्धान्त प्रतिपादनले नेपाली साहित्यलाई एक आवर्तक चिन्तन-पद्धति प्रदान गरेको छ। 'तेस्रो आयाम' बाट विस्तारित 'लीला लेखन' ले उत्तर संरचनावादी चरित्रको विकास गर्दै भाषिक, वस्तु तथा भावजन्य अवकासको माध्यमबाट उत्तर आधुनिकतावादी स्वरूप ग्रहण गरेको छ। इन्द्रबहादुर राईले आफ्नो जीवन साथै साहित्य लेखनको अन्तिम कालमा आएर नेपाली साहित्यको रचना र ग्रहण प्रक्रियामा 'बुटस्ट्रयापिङ थिअरी' लाई अनुगमन गर्न सकिने सम्भावना तथा आग्रह देखाएका छन् । 'बुटस्ट्र‌यापिङ' को अवधारणालाई आधुनिक ज्ञानानुशासनका प्रत्येक प्रायोगिक क्षेत्रले ग्रह‌ण गरेर उल्लेखयोग्य परिणाम प्राप्त गरेको छ। कुनै बाह्य शक्ति‌को अनुपस्थितिमा पनि वस्तुको सूक्ष्म एकाङ्शले आन्तरिक उर्जालाई अपरिमित विस्तारमा बढाउन सक्दछ भन्ने 'बुटस्ट्रयापिङ सिद्धान्त' को आशय छ। इन्द्रबहादुर राईले आफ्नो चिन्तन अनुसार यस क्षेत्रलाई नेपाली साहित्यमा प्रयोग गरेर चिनाउन भ्याएनन् । 'लीला लेखन' मा प्रमात्रा भौतिकीको अनुप्रयोग गर्ने राईको सर्जक साथै समालोचकले त्यसकै विस्तार गर्ने उपक्रम सुरु गरेको अनुमान लगाउन सकिन्छ। इन्द्र‌बहादुर राईले मौलिक साहित्य सिर्जना गरे, समालोचना लेखे। मौलिक लेखनमा साहित्य सिद्वान्तलाई प्रजननात्मक चरित्र प्रदान गरे। समालोचनामा समकालीनता, आधुनिकता, काव्यभाषा, कवितामा काल-अवकास लेखन आदि विषयमाथि गम्भीर बहस चलाए अनि दिशा देखाए।इन्द्रबहादुर राईको साहित्य अपरिमित छ। उनको साहित्य माथि उल्लेखनीय रूपमा शोध, अनुसन्धान, चर्चा आदि हुन सकेको छैन। इन्द्रबहादुर राईको साहित्यमाथि पर्याप्त चर्चा हुनसके त्यहाँ अनेकौँ तह खोलिने छन्।समाजलाई लाभ पुग्नेछ।'
यस अवसरमा कथाकार बिन्द्या सुब्बाले आफ्नो मन्तव्यमा भनिन् - 'इन्द्रबहादुर राई एकजना सजग एवम् अथक साहित्यकार हुन् । जीवन - जगत, साहित्य-कलालाई अनन्य दृष्टिकोणबाट व्याख्या गरेर उनले व्यवहार्य्य बनाए।' बिन्द्या सुब्बाले अझ भनिन्- 'यस दृष्टिकोणले उनका साहित्यकार व्यक्तित्व साथै कृतित्व महान् छन्। इन्द्रबहादुर राईलाई स्मरण गर्नु अब साहित्य-समाजको उत्तरदायित्व हो।यो वर्ष पनि सालबारी, सविता गोम्देन साहित्य कक्षको तत्त्ववधानमा '९७ औँ इन्द्रबहादुर राई जन्मजयन्ती' पालन गरिएको छ। यो अवसर अत्यन्त सुखद् एवम् उदाहरणीय घटना हो।' समारोहमा वरिष्ठ कविहरू मोहन ठकुरी, नोर्जाङ स्याङदेन, गोपीचन्द्र प्रधान, साहित्य अनुरागी चन्द्रप्रकाश राई, कथाकार मणिकुमार प्रधान, साहित्यकार मोनिका प्रधान, वरिष्ठ कथाकार जीतबहादुर सोनार, कवि लीलबहादुर सोनार, निर्मल सिन्चुरी, चित्रकार, कवि सुवास छेत्री, वरिष्ठ लेखक आइएन शर्मा लगायत वरिष्ठ समाजसेवी पूर्ण मगर आदिको विशेष उपस्थिति रहेको थियो।

Good morning!
05/02/2024

Good morning!

भोलि २ फरवरीदेखि शुरु हुन गइरहेको यस वर्षको माध्यमिक परीक्षा केन्द्रहरूमा परीक्षार्थीहरूको निम्ति रुम हिटरको व्यवस्था गर...
01/02/2024

भोलि २ फरवरीदेखि शुरु हुन गइरहेको यस वर्षको माध्यमिक परीक्षा केन्द्रहरूमा परीक्षार्थीहरूको निम्ति रुम हिटरको व्यवस्था गरिएको छ।
आगामी लोकसभा चुनावलाई केन्द्रित गरेर यस वर्षको सबै परीक्षा समयभन्दा अघि सारिएको छ। तसर्थ, पहाडका परीक्षा केन्द्रहरूमा विभागले नै रुम हिटरको व्यवस्था गरेको छ।

गोरुबथानमा स्व. किरातको सालिग अनावरण गरिने...नेपाली भाषा साहित्यका मूर्धन्य स्रष्टा तथा शताब्दी पुरुष स्व. हायमनदास राई ...
30/01/2024

गोरुबथानमा स्व. किरातको सालिग अनावरण गरिने...

नेपाली भाषा साहित्यका मूर्धन्य स्रष्टा तथा शताब्दी पुरुष स्व. हायमनदास राई किरातको पूर्णाङ्ग सालिग आगामी ११ फरवरी, आइतबारका स्व. किरातको जन्म जयन्तीको अवसरमा भव्य कार्यक्रमबीच अनावरण गरिनेछ। यस ऐतिहासिक समारोहको साक्षी बन्न दार्जिलिङ, कालेबुङ, सिलगढी, डुवर्स, सिक्किमलगायतका साहित्यकारहरूलाई आमन्त्रित गरिनेछ। साझा साहित्य संरक्षण संस्था, गोरुबथानको आह्वानमा मंगलबार बसेको सभाले उपर्युक्त प्रस्तावमाथि मोहर लगाउँदै कार्यक्रमको निम्ति तयारी शुरु गरेको आयोजक कमिटिको पक्षबाट अध्यक्ष तरुण राई, सचिव रुस्तम शर्मा र साहित्य अकादमी नयाँ दिल्ली, नेपाली भाषा परामर्श समितिका सदस्य सुवास सोताङले जानकारी गराएका छन्।

साहित्य अकादमी पुरस्कार, राष्ट्रिय शिक्षक पुरस्कार जस्ता गरिमामय सम्मानले विभूषित भारतीय नेपाली साहित्यकै एक विभूति हायमनदास राई किरातको ११ फरवरी १०६ औँ जन्म जयन्ती परेकोले पनि उक्त कार्यक्रमको विशेष महत्व रहने आयोजक कमिटिले जनाएको छ। १९५६ तिर नवयुग नेपाली पुस्तक मन्दिर नामक प्रकाशन संस्था गोरुबथानमाा स्थापित गरेर किरातले भारतेली नेपाली भाषा साहित्यलाई ठुलो गुण लगाएका छन्। उक्त पूर्णाङ्ग सालिग स्थापनाले भारतेली नेपाली भाषा साहित्यप्रति किरातले पुराएको योगदानको केही कदर हुने आयोजक कमिटिको ठम्याइ छ।
यसै विषय लिएर आयोजन समितिको पक्षमा सुवास सोताङ, तरुन थुलुङ, रुस्तम शर्मा,लेनिन राई, सौराज राई, सन्जय प्रधान आदिको एक टोलीले बाग्राकोट गएर मूर्तिकार अमीर सुन्दाससँग भेट गर्यो भने निर्माणाधीन सालिगको पनि निरीक्षण गर्यो। स्व. किरात गोरुबथानको मात्रै साहित्यिक सम्पति नभएर सारा नेपाली समाजकै साहित्यिक निधि भएका हुनाले उनको सालिग अनावरणका दिन सम्पूर्ण नेपाली साहित्यिक समाजको उपस्थिति हुनेछ भन्ने आयोजक समितिको अपेक्षा छ।

मिरिकमा Flipkart को लागि "Delivery boy" चाहियो।अधिक जानकारीको लागि 9547237719/9749282420 नम्बरमा सम्पर्क गर्नु होला।
28/01/2024

मिरिकमा Flipkart को लागि "Delivery boy" चाहियो।अधिक जानकारीको लागि 9547237719/9749282420 नम्बरमा सम्पर्क गर्नु होला।

नर्थ सिक्किम मंगन निवासी ५० वर्षीय Bamboo Craftsman जोर्डन लेप्चालाई पद्मश्री पुरस्कार 2024 द्वारा विभूषित गरिइने......प...
26/01/2024

नर्थ सिक्किम मंगन निवासी ५० वर्षीय Bamboo Craftsman जोर्डन लेप्चालाई पद्मश्री पुरस्कार 2024 द्वारा विभूषित गरिइने......

प्रख्यात लेप्चा बाँसका कलाकार मङ्गनका जोर्डन लेप्चाले परम्परागत शिल्प र सांस्कृतिक संरक्षणमा गरेको असाधारण योगदानको कदर गर्दै यस वर्षको प्रतिष्ठित पद्मश्री पुरस्कार पाउने भएका छन् ।
उनी एक दक्ष लेप्चा बाँस कलाकर्मी हुन्। जो परम्परागत लेप्चा शिल्पमा आफ्नो विशेषज्ञताका लागि परिचित छन्। Dzongu निर्वाचन क्षेत्रभित्र लिंग्डन क्षेत्रमा आधारित, उनले बाँस एकाइको नेतृत्व गर्दै आइरहेका छन्। उनकै कारण धेरैले अहिले आफ्नै बाँसको शिल्प स्थापना गरेर आफूलाई स्वनिर्भर बनाएका छन्। परम्परागत कला र संस्कृतिले चुनौतिको सामना गरिरहेको समयमा उनी लेप्चा परम्परालाई जीवित राख्दै आफ्नो समुदायको निम्ति एक दियोको रूपमा उभिएका छन्।
स्रोत - Souraj Butang Rai

नेताजी सुभाषचन्द्र बोसको १२७ औं जन्मजयन्ती आज दार्जिलिङको चौरास्तामा भव्यताका साथ पालन गरियो। जीटीए चिफ अनित थापाले दिप ...
23/01/2024

नेताजी सुभाषचन्द्र बोसको १२७ औं जन्मजयन्ती आज दार्जिलिङको चौरास्तामा भव्यताका साथ पालन गरियो। जीटीए चिफ अनित थापाले दिप प्रज्वलन गरेर कार्यक्रमको शुभारम्भ गरे।

Missing Name- Bishal Biswakarma Missing-9th Jan Age- 41Dress Code Last Day- Black Jumper with White Tshirt Golden Colour...
18/01/2024

Missing

Name- Bishal Biswakarma
Missing-9th Jan
Age- 41
Dress Code Last Day- Black Jumper with White Tshirt Golden Colour Logo & Brown Colour Pant.

Address- Chandmari, Harimohan Road,
Co/ Botinical Garden, Darjeeling
Pin- 734101

Phone- 9734909151 ( Subhash Biswa )7584969231 ( Dilip Biswakarma )
7045815961 ( Bharat Biswa )

मकर संक्रान्तिकाे सम्पूर्णलाई हार्दिक मंगलमय शुभकामना
15/01/2024

मकर संक्रान्तिकाे सम्पूर्णलाई हार्दिक मंगलमय शुभकामना

मरमा काेठीधुरामा संचालनमा आयाे विध्या साधना निकेतन।मिरिक १५ जनवरी ( निसं) मिरिक महकुमा अन्तर्गत  मरमा चियाकमानकाे काेठीध...
14/01/2024

मरमा काेठीधुरामा संचालनमा आयाे विध्या साधना निकेतन।

मिरिक १५ जनवरी ( निसं) मिरिक महकुमा अन्तर्गत मरमा चियाकमानकाे काेठीधुरा गाँउमा यही शैक्षिक सत्रदेखि निजी अग्रेजी स्कुल विध्या साधना निकेतन संचालनमा आउने भएकाे छ। क्षेत्रकाे शैक्षिक विकास साथै नानीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उदेश्यले संचादनमा ल्याइएकाे उक्त स्कूलकाे निर्माण कार्यमा मिरिक थर्बु डुप्टिन समष्टिका सभासद मिलेस राईले पनि श्रमदान दिदै निर्माण कार्यमा सहयाेग गरे। मरमा काेठीधुरामा यही शैक्षिक सत्रदेखि संचालनमा आउने विध्या साधना निकेतन स्कुल हाल नर्सरीदेखि चाैथाे श्रेणीसम्म संचालनमा आउने स्कूलका संचालक विषम राईले बताँउदै स्थानीय नानीहरूलाई आफ्नै ठाँउमा युग सापेक्ष शिक्षा दिने उदेश्यले उक्त स्कुल संचालनमा ल्याइएकाे बताए।यता सभासद मिलेस राईले वर्तमान समयमा शिक्षा अति नै महत्त्वपूर्ण कुराे रहेकाे मनतब्य पाेख्दै मरमा चियाकमानकाे काेठीधुरामा निजी स्कुल संचालनमा आउनु राम्राे हाे भने।तिनले गाेर्खाल्याण्ड क्षेत्रीय प्रशासन सभाका मुख्य कार्यपाल अनित थापाले पनि शैक्षिक विकासमा जाेड दिइरहेकाे जानकारी गराँउदै नानीहरूले आफ्नै ठाँउमा समय सापेक्ष शिक्षा पाउन सके राम्राे हुने बताए।तिनले स्कुल निर्माण कार्यमा श्रमदान गर्न पाउँदा ओैधी खुशी लागेकाे पनि बताए।

पूर्वी नेपालको बाहुनडाँगी बजारमा आजबाट दुई दिवसीय तरूल उत्सव आरम्भ
14/01/2024

पूर्वी नेपालको बाहुनडाँगी बजारमा आजबाट दुई दिवसीय तरूल उत्सव आरम्भ

गोर्खाहरूको पक्ष राख्न भारत जोडो न्याय यात्रामा अंश ग्रहण गर्न एडवाडर्स इम्फाल प्रस्थान।भारत जोडो न्याय यात्रामा अंश ग्र...
13/01/2024

गोर्खाहरूको पक्ष राख्न भारत जोडो न्याय यात्रामा अंश ग्रहण गर्न एडवाडर्स इम्फाल प्रस्थान।

भारत जोडो न्याय यात्रामा अंश ग्रहण गर्न हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्स इम्फाल भए प्रस्थान।काग्रेस संसद राहुल गाँधीले भोली 14 जनवरी 2024 देखि मणिपूर राज्यको राजधानी इम्फाल देखि भारत जोडो न्याय यात्रा शुरू गर्ने भएको छ।काग्रेसी संसद राहुल गाँधीको भारत जोडो न्याय यात्रा मा अंश ग्रहण गर्न हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्स आज विहान इम्फाल प्रस्थान भएको छ।हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले दार्जीलिङदेखि 969 किलो मिटरको लामो यात्रा गर्दै इम्फाल पूग्नेछ अनि भोली आइताबार देखि शुरू हुने भारत जोडो न्याय यात्रामा अंश ग्रहण गर्ने भएको छ।काग्रेस संसद राहुल गाँधीको भारत जोडो न्याय यात्रामा हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले अंश ग्रहण गर्नुको मुख्यकारण गोर्खाहरूको पक्ष राख्न हो। दार्जीलिङ पहाड एंव भारतीय गोर्खाहरूले आफ्नो हक र अधिकारको मांग विगत धेरै बर्ष अधिदेखि गर्दै आई रहेको छ तर आजसम्म दार्जीलिङ पहाड एंव गोर्खाहरू ले न्याय पाउँन सकेको छैन।हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले दार्जीलिङ पहाड साथै समस्त गोर्खाहरूलाई न्याय दिलाउँन उनी भारत जोडो न्याय यात्रामा अंश ग्रहण इम्फाल प्रस्थान भएका हुन् ।

भोइस अफ नेपाल  सिजन 5 का बिजेता बने बिनोद राई!
13/01/2024

भोइस अफ नेपाल सिजन 5 का बिजेता बने बिनोद राई!

12/01/2024
भोले कैलाश गुप्तेश्वर शिव धाम पुन: निर्माण कार्य अन्तिम चरणमा , एक मार्चदेखि शुरू हुने महा पुराण मिरिक नगरपालिकाको वार्ड...
11/01/2024

भोले कैलाश गुप्तेश्वर शिव धाम पुन: निर्माण कार्य अन्तिम चरणमा , एक मार्चदेखि शुरू हुने महा पुराण

मिरिक नगरपालिकाको वार्ड नम्बर छ काउले सनराईज पोइन्ट नजिक रहेको भोले कैलाश गुप्तेश्वर शिव धामको अवस्था जीर्ण भएपछि मन्दिर सञ्चालन समितिले धामको पुन: निर्माण गर्ने कार्य अन्तिम चरणमा रहेको मन्दिर सञ्चालन समितिले जानकारी गराएको छ। जसका लागि उनीहरूले विभिन्न ठाउँका भक्तजनबाट आर्थ संकलन गरेको र उक्त रकम सही ठाउँमा नै प्रयोग भइरहेको पनि बताएका छन्। बिहीबार पत्रकारहरूसँग कुराकानी गर्ने क्रममा उनीहरूले भक्तहरूको सहयोगले नै आफूहरूले यतिसम्म मन्दिर निर्माण गर्न सकेको बताएका छन्। तथापि अझ पनि निर्माण कार्य थातीमा रहेको कारण आर्थिक वा शारीरिक रूपले भए पनि सहयोग गर्न सकिने बताएका छन्। यसका साथै आगामी एक मार्चदेखि मन्दिरको उद्घाटन हुने जानकारी गराउदै आठ मार्चसम्म महापुराण हुने पनि बताए। उनीहरूले सम्पूर्ण भक्तहरूलाई पुराणमा उपस्थित भइदिने आह्वान गर्दै पुराणमा पनि सहयोग गर्न इच्छुक भक्तजनले सहयोग गर्न सकिने बताएका छन्। उनीहरूले हाल पनि मन्दिर निर्माण कार्य जारी रहेको बताउदै सहयोग गर्ने सम्पूर्ण भक्तहरूप्रति आभार पनि प्रकट गरेका छन्।

नेपाली क्रिकेटरलाई 8 बर्षको जेलनेपाली क्रिकेटर सन्दीप लामिछानेलाई अदालतले ‍‍८ वर्ष कैद र ३ लाख जरिवाना सजाय सुनाएको छ। उ...
10/01/2024

नेपाली क्रिकेटरलाई 8 बर्षको जेल
नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई अदालतले ‍‍८ वर्ष कैद र ३ लाख जरिवाना सजाय सुनाएको छ। उनीमाथि बलात्कारको आरोप लागेको थियो। कुनै समय सेन वर्नसित दाजो हुने नेपालका यी लेग स्पिनरले नेपाललाई अन्तर्राष्ट्रिय क्रिकेटमा प्रतिनिधित्व मात्रै गरेनन् तर आइपिएल लगायत बिश्वका ठूला ठूला क्रिकेट लीगमा उनीले खेलेका छन।

सिटोङमा 21 करोडको लागतमा बनिने बाटोको शिलान्यास"विदेशले चिन्ने सिटोङ बनाउँनु पर्छ।" अनित थापासिटोङ लाटपञ्चर समष्टि अन्तर...
10/01/2024

सिटोङमा 21 करोडको लागतमा बनिने बाटोको शिलान्यास

"विदेशले चिन्ने सिटोङ बनाउँनु पर्छ।" अनित थापा

सिटोङ लाटपञ्चर समष्टि अन्तर्गत बागौडा देखि कालीझोडा सम्म पुग्ने 19 किलो मिटर लामो बाटोको शिलान्यास जी टी ए चिफ अनित थापाले गरे। बाटो 21 करोड 36 लाखको लागतमा पिड्ब्लुडीको देखरेखमा बनाइने छ।

शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै थापाले भने, "सिटोङका मानिसहरू पौरखी छ्न्।सिटोङलाई बङ्गालले चिन्छ। देशले चिन्छ। अब विदेशले चिन्ने सिटोङ बनाउँनु पर्छ। यहाँ होमस्टेहरू धेरै छन् । विदेशी पर्यटकलाई आकर्षित गर्न अब ठूला ठूला होटल निर्माण गर्नुपर्छ।"

उनले थप भने, "सिटोङ समष्टिमा विगत एक वर्ष भित्रमा 100 करोडको काम भएको छ। बाटो राम्रो नभएको कारण यहाँ दुर्घटना घटी रहन्थ्यो। आज पर्यटनको सिजनमा यहाँ गाडी जाम हुन्छ।"

जनतालाई राम्रो बाटो चाहिएको छ। बाटो राम्रो बनिएको हुनुपर्नेछ भन्दै उनले भने, "पिड्ब्लुडीलाई बाटो जिम्मा लगाउनुको मुख्य कारण विभागको गुणात्मक काम अनि कामको निरन्तरताको कारण हो।"

सिटोङका खेलाडीहरू भ्याली देखि बाहिर नगएको गुनासो गर्दै थापाले सल्लाह दिँदै भने, "हाम्रो नानीहरूलाई खेलकुदमा प्रोत्साहन गर्नु अण्डर 13 फुटबल खेल आयोजना गर्नुहोस्। हाम्रा नानीहरू खेलकुद देखि टाढिएको कारण नै आजकल खेलकुद कोटामा हाम्रा नानीहरूले नौकरी सम्म पाउनु छाडेका छन्। त्यही माथि आजकल हरेक परिवारमा माइला, कान्छा सबै हराई सके।"
पञ्चायतका सदस्यहरुलाई इंगित गर्दै उनले भने, "पञ्चायतका सदस्यहरू गाउँको मुखिया हुन्। पञ्चायतमा धेरै योजनाहरू आउँछन्। सदुपयोग गर्नुहोस। जनतालाई योजनाहरू विषय जानकारी दिनुहोस्। अब पञ्चायतमा पैसा पनि आएको छ। पैसा गाउँले सँग मिलेर योजना बनाई प्रयोग गर्नुहोस।
पञ्चायतका सदस्यहरू हाम्रा स्थानीय नेताहरु हुन्। भविष्यका नेतृत्वको विकास गर्ने ठाउँ पञ्चायत हो। व्यवस्थामा को ठूलो को सानो हुनुहुँदैन। अधिकारी अनि नेताहरुले एक आपसमा समन्वयन बनाएर काम गर्नुपर्छ।"

दु:खद खबर हिजो राती नक्सलबाड़ी थाना अन्तर्गत सतभैया हाइवेमा एक अज्ञात ब्याक्तीलाई क्षत बिक्षत हुने गरि गाड़ीले पेलेर गएक...
10/01/2024

दु:खद खबर
हिजो राती नक्सलबाड़ी थाना अन्तर्गत सतभैया हाइवेमा एक अज्ञात ब्याक्तीलाई क्षत बिक्षत हुने गरि गाड़ीले पेलेर गएको छ।
अज्ञात ब्याक्तीको शरीर सडकभरि धेरै पर पर सम्म टाँसिएर पुगेको छ रातभरि हिड्ने गाडीहरु त्यहि ब्याक्तीको शरीर माथि हिड़ेको स्पष्ट बुझ्न सकिन्छ।
भर्खरै प्राप्त जानकारी अनुसार नक्सलबाड़ी ओ सी अग्नि शमन बिभागका कर्मचारीहरु आएर बाटो सफाई गर्ने काम भइरहेको छ भने मृतक ब्याक्तीको कुनै पत्तो लागेको छैन।

पोख्रेबोङ ग्राम पंचायत‌ II मा प्लास्टिक ब्याग निषेध सम्बन्धि सभाजोरबङलो सुके पोखरी खण्डको पोख्रेबोङ ग्राम पंचायत II मा आ...
09/01/2024

पोख्रेबोङ ग्राम पंचायत‌ II मा प्लास्टिक ब्याग निषेध सम्बन्धि सभा

जोरबङलो सुके पोखरी खण्डको पोख्रेबोङ ग्राम पंचायत II मा आज पंचायत प्रधान अरबिन्द पाख्रीनको अध्यक्षतामा प्लास्टिक ब्याग निषेध गर्न बारे एक महत्वपूर्ण सभा पोख्रेबोङ सार्वजनिक भवनमा बसियो। उप प्रधान चन्द्र राईले संचालन गरेको उक्त सभामा पंचायत सेक्रेटरी कर्न राई, मानवाधिकार आयोग सदस्य दर्शना राई,ट्याक्स कलेकटर पवन प्रधान, संचालक आनन्द लिम्बु, संचालिका जानकी सुब्बा, अञ्जना प्रधान, निर्वाचित पंचायत सदस्य दर्शन मोथे, दिपेन राई, छेकी तामाङ, निमा ल्हमु तामाङ, रिना दर्नाल, पोर्थो बिभाग कर्मध्यक्ष बिनोभा ओझा, स्वास्थ्य बिभाग कर्मध्यक्ष बिन्दु प्रधान अनि शिवम थापा, गोल्डन पाईन प्रडक्सन हउस, घुम (बायो डिग्रेडेबल प्लास्टिक ब्याग उत्पादक)को पक्षमा भरत यल्मो अनि प्रमोद तामाङ लगायत पोख्रेबोङ बजार‌का‌ सम्पुर्ण व्यापारीहरुको उपस्थिति रहेको थियो। प्लास्टिकको प्रयोगले वातावरणमा परिरहेको असर बारे छलफल गर्दै अब उसो पोख्रेबोङ ग्राम पंचायत‌ II को क्षेत्रभित्र पर्ने ठाउँहरुमा लगायत बजारमा प्लास्टिक ब्यागलाई पुर्ण रुपले बन्द गरिनु पर्ने सभाले निर्णय लिएको पनि बताएका छन्। पुलिस प्रशासनको उपस्थितिमा लिइएको यो निर्णयलाई कसैले पनि उल्लङ्घन गरे कानुनी कार्वाही गर्ने बताएका छन्। गाउँ समाज अनि ग्राम पंचायत स्तर देखिनै प्लास्टिक ब्याग प्रयोग गर्न हटाउनु पर्छ भन्ने सोचले यो कदम चलाउनुमा सहायता पुर्याउदै आईरहेको पोख्रेबोङ चामोङ समष्टि सभासद भुपेन्द्र बम्जन साथै नागरी धजे‌ समष्टि सभासद अञ्जुल चौहानप्रति आभार प्रकट गर्दै उप प्रधान चन्द्र राईले यसरी जानकारी गराएका छन्।

विन्टर फेष्ट सिजन तीनकाे सेमी फाइनल सम्पन्न । न्यु वेब स्टुडियो  एण्ड स्कुल अफ म्युजिकले शुरू गरेकाे विन्टर फेष्ट सिजन त...
08/01/2024

विन्टर फेष्ट सिजन तीनकाे सेमी फाइनल सम्पन्न ।

न्यु वेब स्टुडियो एण्ड स्कुल अफ म्युजिकले शुरू गरेकाे विन्टर फेष्ट सिजन तीनकाे सेमी फाइनल सिलगढी स्थित प्लानेट महलकाे द ट्राइभा भयाे। बीस जना प्रतियाेगीहरू माझ सम्पन्न भएकाे सेमीफाइनलकाे साेलाे गीतमा सुभदीप सुत्रधर,याेजना राई,निलम तामाङ ,श्रेया मजुमदार अनि आर्यन विश्वकर्मा फाइनलकाेलागि चयन भए।उसरी नै एकल बासुरी वादनमा साेमबीर राई,प्रणेश छेत्री अनि सुदेन छेत्री फाइनलकाेलागि चयन भए।न्यु वेब स्टुडियो एण्ड स्कुल अफ म्युजिकका संचालिका प्रतिमा राईले न्यु वृब स्टुडियोले प्रत्येक वर्ष प्रतिभाहरूकाे खाेजी गर्न विन्टर फेष्ट प्रतियोगिताकाे आयाेजना गर्ने गरेकाे जानकारी गराँउदै सिजन एक अनि दुईकाे सफलतापछि सिजन तीन आयाेजना गरिएकाे जसमा दार्जिलिङ ,डुवर्स,सिलगढी ,गान्ताेक आदि ठाँउका प्रतियाेगीहरूले भाग लिएकाे बताए।तिनले विन्टर फेष्ट सिजन तीनकाे फाइनलकाे मिति चाँडै तय गरिने पनि जानकारी गराएका छन। उक्त प्रतियोगिताको निर्णायकहरू अन्तर्राष्ट्रिय लाेक कलाकार देवशिष माेथे अनि संगीतकार स्वामी काध्मोइल शर्मा थिए।

सिक्किमका पूर्व मुख्यमन्त्री पवन कुमार चामलिङकी श्रीमति धनमाया चामलिङ (ठुलो मेडम) की आमा हस्तमाया चामलिङको आज ९८ वर्षको ...
05/01/2024

सिक्किमका पूर्व मुख्यमन्त्री पवन कुमार चामलिङकी श्रीमति धनमाया चामलिङ (ठुलो मेडम) की आमा हस्तमाया चामलिङको आज ९८ वर्षको उमेरमा असमायिक निधन भएको छ। बर्तमान अन्लाईन परिवार उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै यस दु:खद घडीमा शोकाकुल परिवारप्रति संवेदना प्रकट गर्दछ!!

युवती हराएको सुचनानाम : सन्तोषी लामा उमेर :19 हराएको ठेगाना  : मिरिक स्थायी ठेगाना आसामकसैले देखे या भेटे नजिकैको पुलिस ...
05/01/2024

युवती हराएको सुचना

नाम : सन्तोषी लामा
उमेर :19
हराएको ठेगाना : मिरिक
स्थायी ठेगाना आसाम
कसैले देखे या भेटे नजिकैको पुलिस थाना अथवा तल दिएको नम्बरमा सम्पर्क गरिदिनु होला ।
Mobile :8001182449

अंतराष्ट्रीय तथागत सृजन सम्मान कार्यक्रममा  मिरिकका पाँजना सष्ट्रा सम्मानित  हुने ।मिरिक    ३ जनवरी   ( निसं) सिद्धार्थ ...
03/01/2024

अंतराष्ट्रीय तथागत सृजन सम्मान कार्यक्रममा मिरिकका पाँजना सष्ट्रा सम्मानित हुने ।

मिरिक ३ जनवरी ( निसं) सिद्धार्थ तथागत कला साहित्य संस्थान उत्तर प्रदेश इटवा बजारद्वरा गठित चयन समितिका सदस्यहरूद्वारा प्रस्तावित नामहरू मधये नवाै अन्तर्राष्ट्रिय तथागत सृजन सम्मान 2024 काे घाेषणा गरेकाे छ।उक्त सम्मान कार्यक्रममा मिरिकका नारी हस्ताक्षर डाक्टर कमला तामाङलाई अन्तर्राष्ट्रिय तथागत भूषण सम्मान 24 ले सम्मानित गरिने घाेषणा गरिएकाे छ भने कवि पत्रकार मुस्कान राई खेसहाङ,पत्रकार गजलगाे मनाेहर शर्मा,कथाकार ,शिक्षक दीप प्रधान अनि सिने कलाकार सकिला गुरूङलाई अन्तर्राष्ट्रिय तथागत सृजन सम्मान पुरस्कारले सम्मानित गरिने भएकाे छ। संस्थाका अध्यक्ष डाक्टर भास्कर शर्माद्वारा उक्त घाेषणा गर्दै साहित्यकारहरूलाई उक्त सम्मानकाेलागि निमन्त्रणा गरिने जसकाे मिति चाँडै तय गरिने बताइएकाे छ। डाक्टर भास्कर शर्माद्वरा जारी विज्ञप्तिमा उक्त सम्मान कार्यक्रममा वरिष्ठ साहित्यकार एवं आयकर आयुक्त गोरखपुर अमलेन्दु नाथ मिश्र,(आई.आर.एस) एवं विशिष्ट अतिथिकाेरूपमा वरिष्ठ साहित्यकार एवं सीवान ( बिहार)का अतिरिक्त जिला न्यायाधीश सुश्री प्रतिभा चौहान तथा नेपालका चर्चित साहित्यकार एवं सांसद डाक्टर रेखा यादव डाक्टर कमला तामाड,( मिरिक,दार्जीलिङ ) चर्चित लेखिका, अनुवादक एवं सिने कलाकार, डाक्टर रघुवीर शर्मा, सहायक निदेशक, राजभाषा(दिल्ली),डाक्टर ठाकुर प्रसाद चौबे ,संचालक, परिन्दें प्रकाशन( दिल्ली)
चर्चित साहित्यकार एवं सहायक निदेशक,केन्द्रीय हिन्दी निदेशालय दिल्ली दीपक पाण्डेय, चर्चित लेखिका एवं सहायक निदेशक, केन्द्रीय हिन्दी निर्देशालय दिल्ली डाक्टर नूतन पाण्डेय, किशन प्रधान, साहित्यकार ( नागरी फार्म, दार्जीलिङ ) , श्रीमती अमृता राणा, साहित्यकार ( डुवर्स , पश्चिम बंगल, भारत ) श्रीमती सकिला गुरूङ , सिने कलाकार (मिरिक दार्जीलिङ) , दीप प्रधान कथाकार (मिरिक दार्जीलिङ ) मुस्कान 'खेसाङ' राई, कवि , पत्रकार (मिरिक दार्जीलिङ) श्रीमती मञ्जुला तामाङ, साहित्यकार (दार्जीलिङ)श्रीमती अमला सुब्बा छेत्री,साहित्यकार (दार्जीलिङ)श्रीमती पवित्र राई , कवि ( खरसाङ, दार्जीलिङ) मनोहर राई , समाजसेवी (खरसाङ, दार्जीलिङ) लुईस विष्ट , कवि (गान्तोक,सिक्किम) ललित लोहार, कवि (गान्तोक, सिक्किम) प्रदीप बिहारी, वरिष्ठ साहित्यकार (बेगूसराय) श्री मनोहर शर्मा , कवि , गजलकार (मिरिक दार्जीलिङ)श्रीमती बेबी करफमा , साहित्यकार (कलकत्ता, पं.बगाल )श्री बिकास कार्की , वरिष्ठ सम्पादक, साहित्यकार ( सलुवा,पश्चिम बंगाल, भारत ) अशोक रोका , वरिष्ठ साहित्यकार ( डुवर्स , पश्चिम बंगाल , भारत ) रुद्र बराल ,कवि,अनुवादक, समालोचक, सम्पादक, नेपाली/असमीयामा लेखन - ( शोणितपुर, असम ) अनुपमा कट्टेल , असम (कवि, अनुवादक, हिन्दी/नेपाली/असमीयामा लेखन) डाक्टर मंजू मणि शईकीया(,लखिमपुर, असम),हिन्दी, असमिया लेखन एवं अनुवादक, रामबाबु दाहाल,साहित्यकार( नेपाल) आकाश अधिकारी"बालहरी",साहित्यकार, (नेपाल) अंशु झा ,साहित्यकार (,नेपाल)मधु पोख्रेल ,साहित्यकार, (नेपाल)देवकी निरौला,साहित्यकार, (नेपाल) चर्चित साहित्यकार एवं सम्पादक रूपेश कुमार चौहान (दिल्ली)काे उपस्थिति रहने बताइएकाे छ। कार्यक्रमकाे उक्त घाेषणाप्रति
डाक्टर कमला तामाङ, कवि पत्रकार मुस्कान राई खेसहाङ,पत्रकार गजलगाे मनाेहर शर्मा,कथाकार ,शिक्षक दीप प्रधान अनि सिने कलाकार सकिला गुरूङले हर्ष प्रकट गर्दै अन्तर्राष्ट्रिय तथागत सृजन सम्मान पुरस्कार चयन समितिप्रति आभार प्रकट गरेका छन।

दुःखद् खबर-:जापानमा विमान ठोक्किँदा ५ जनाको मृत्युजापानको टोक्योको हानेदा विमानस्थलको धावनमार्गमा विमान दुर्घटना हुँदा ५...
02/01/2024

दुःखद् खबर-:
जापानमा विमान ठोक्किँदा ५ जनाको मृत्यु

जापानको टोक्योको हानेदा विमानस्थलको धावनमार्गमा विमान दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । जापान एयरलाइन्सको विमान कोस्टकार्ड विमानसंग ठोक्किँदा कोस्टकार्ड विमानमा सवार ५ जना यात्रुको मृत्यु भएको र एयरबस विमानमा सवार ३८९ यात्रुको सकुशल उद्धार गरिएको छ ।

Required Science Teachers
02/01/2024

Required Science Teachers

Address

Gorubathan
735231

Alerts

Be the first to know and let us send you an email when वर्तमान Online Bartaman Online posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to वर्तमान Online Bartaman Online:

Videos

Share


Other Social Media Agencies in Gorubathan

Show All

You may also like