स्वतन्त्र खबर/ Swatantra khabar

स्वतन्त्र खबर/ Swatantra khabar " स्वतन्त्र खबर" ले नि:पक्षको साथ काम गर्ने छ।जन आवाज नै समयको माग हो।

Good morning.
15/06/2024

Good morning.

14/06/2024

टिस्टा नदीको जलस्तर बड्दैछ

13/06/2024

पीलो सरह दुखी रहेछ सडकको छात्ती।

पत्थरझोडा १३ जून ( निसं ), अबको केही दिनभित्र अषाढ महिना पनि प्रारम्भ हुनेछ । धान रोप्नलाई तयार हुदा भो, सडक भरि रोपी दिउ धान। गाढीभित्र सवार भएका यात्रीहरू खिल्ली उडादै यसो भन्छ।
तपाईंहरूले जुन भिडियो हेरिरहनु भएको छ नि। समाचार लेखन पनि कताबाट सुरू झै लाग्छ । जलपाईगुढी जिल्ला अधिनस्त माल खण्ड भित्र पर्ने सडक हो । ओदलाबाडी देखि पत्थरझोडालाई जोड्ने मुल सडकको रूपमा चिनिन्छ । सन 2016/ 17 मा निर्माण भएको सडकको अवस्थ पुरै खराब भएको छ।
भन्न पनि लाज हुन्छ। बेहाल अवस्थामा छ।
13/14 किलोमिटरको दुरी छ। यत्ति छिटो किन बिग्रीयो सोच्ने विषय पनि हो । 15,55,69,692. पन्ध्र करोड पचप्पन लाख उनसत्तरी हजार छ सय बिरानब्बे रूपियाको लगानीमा निर्माण भएको सडकको यो हाल छ। हिसाब गरि हेर्दा एक किलोमिटरको दुरीमा एक करोडको काम हुनुपर्ने हो। तर भयो य भएन। कन्टेकटर नै जानुन।
पार्टी चलाउनु नै कन्टेनरको आशामा हुन्छ। अब यो विषयमा कन्टेकटर बोल्नु भनेको त आगोमा पेट्रोल हाल्नु बराबर हुनेछ।
बोल्नु पर्ने भनेको त, आम नागरिक हो, प्रसासन हो, सडक मन्त्री हो, ठुला ठुला ओहदामा बसेका बुध्दीजिवीहरू पनि हो।
आम नागरिकको आवजाई सधै सत्ताले दवाब दिरहेका हुन्छन् ।केही दिन अघि चालक संघले पनि सडक बन्द डाकेको खबर प्रकाशि भएको थियो ।
तर निचोड केही पनि हुनसकेन। खासै भन्नू पर्दै सडक भत्किनुको मुल कारण नै ठुला ठुला मालवाहक वाहनहरूको यतायतले हो। दैनिक सैकडौ वाहनहरूले हप्परबाट गिटी ,बालुवा , ढुङ्गा बाहिर लाने गर्छ। तोरीबारी भानुमोड देखि ओदलाबाडी स्टाण्ड सम्मको सडकको रूप नै बेग्लै छ।
दैनिक लाखौं रूपिया कमउने मालिकहरूलाई भने चिलाइ न कनाइ। ठुल ठुला असंख्य खाडलहरू छन। सबै खाडल भरि भरि पानी जमिएको हुदा सा साना दुई चक्के र यात्रु वाहनलाई भने जटिल समस्य भोग्नु परिरहेको छ।
ठुलो दुर्घटना हुने प्रसस्तै सम्भावना देख्न सक्छौ । यस सडक भएर , विधार्थी, विभिन्न कार्यलयमा कार्यरत अनि दैनिक रोजगारीको शिलसिमा रहेका नागरिकको दुर्घटनामा मृत्यु भए दायित्व कसले लिने।
गम्भीरतापूर्वक कसले सोच्ने त। आफ्नै ठाउँको अरबौको सम्पत्ति बेचेर स्थानीय नागरिकले पीडा सहनु पर्ने कस्तो बिडम्बना। दिनको समयमम भन्द पनि रात्रिमा त झन जीवन जोखिममा हाल्नु पर्ने हुन्छ। राजनैतिक दलको काम भनेको भोट फकाउनु मात्रै नहोस् । परेको बेलामा खुलेआम सडकमा निस्कनु पनिसक्नु पर्छ। राजनीति पैसा कमाउने माध्यम मात्र नभए र समाजलाई सुव्यवस्थित अनि मजबुत बनाउनु पनि हो।

Oodlabari to Toribari भानु मोड मुल सडकको बेहाल अवस्थ ।अहिलेलाई फोटो समाचार साँझमा प्रकाशित / प्रसारण हुनेछ ।
13/06/2024

Oodlabari to Toribari भानु मोड मुल सडकको बेहाल अवस्थ ।
अहिलेलाई फोटो समाचार साँझमा प्रकाशित / प्रसारण हुनेछ ।

Advertisement  / विज्ञान ।Documents lost.Name : Abinash RaiS/ o Dil kumar Rai , address : Aalay b***y , Gurubathan, kali...
11/06/2024

Advertisement / विज्ञान ।

Documents lost.
Name : Abinash Rai
S/ o Dil kumar Rai , address : Aalay b***y , Gurubathan, kalimpong.
travelling between Gurubathan pandara to Gbn Petrol pum Ontoday.
If anybody found please contact On:

76028 48805.

10/06/2024

समाज सभ्यता तर्फ बढिरहेको भन्ने भ्रम पालेर बसिरहेका छौँ हामी जस्तो लाग्छ कुनै घटनाहरूबारे थाहा पाउँदा। भरखरै दार्जिलिङमा भएको एक शिक्षकले आफ्नै विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको घटनाले स्तब्ध बनेको छु। उक्त घटनाको घोर निन्दा गर्दछु साथै आरोपीलाई कडा कारवाहीको माग गर्दछु।
-बिरेन्द्र रसाईली

Source : Birendra Rasaily
अधिवक्ता ।

MODERN SHOTOKAN KARATE DO ASSOCIATION (INDIA ) द्वारा ७ जुन देखि १० जुन सम्म (1st TRI NATION KARATE CHAMPIONSHIP  )DIGHA...
10/06/2024

MODERN SHOTOKAN KARATE DO ASSOCIATION (INDIA ) द्वारा ७ जुन देखि १० जुन

सम्म (1st TRI NATION KARATE CHAMPIONSHIP )
DIGHA 2024 ASHIHARA KARATE DO KAI KAN KAMILPONG जिल्ला अन्तर्गत गोरुबाथान खण्ड बाट १२ जना ASHIHARA KARATE DO KAI KAN खेलाडीहरुले अंशग्रहण गरकाे थिए। जसमा " पत्थरझोडा " Puthar jhora , Dooars का भाइ ( Shreyash Chhetri ) son of Nishant Chhetri ले स्वर्ण पदक Gold medal प्राप्त गरेका छन।
सम्पुर्ण ग्रामवासीले हर्ष सहित बधाई दिएका छन।
आगमी जीवनमा अझ धेरै सफलता हासिल गरोस् भन्ने स्वतन्त्र खबर/ Swatantra khabar परिवार कामना राख्दछ।

Green Buds Nursery School.Kharbari , Puthar jhora.माविश्व पर्यावरण दिवस पालन।क्षेत्रको प्राइभेट स्कुलहरू मध्ये धेरै पुरा...
07/06/2024

Green Buds Nursery School.
Kharbari , Puthar jhora.
मा
विश्व पर्यावरण दिवस पालन।
क्षेत्रको प्राइभेट स्कुलहरू मध्ये धेरै पुरानो मानिन्छ ।
शिक्षाको गरिमालाई सफल पार्न धेरै परिश्रम गरिरहेका छन।

स्कुलले विविध कार्यक्रमहरूको आयोजना गरेको थियो ।

07/06/2024

पानी पर्दा पाठशालाको अवस्था यस्तो हुन्छ ।

गैरीबास ४६ धुरा प्राथमिक पाठशाला ।

07/06/2024

हामी पाठशालामा पढाउनु भन्दा पनि साँपको गोठाला गर्नु परिरहेको छ ।

सम्बन्धित बिभागलाई चाडो भन्दा चाडो पाठशालाको समस्याको समाधान गरिदिने आग्रह गर्दछु ।

सलिम गुरुङ ( प्रधान अध्यापक ५६ धुरा प्राथमिक पाठशाला / गैरीबास )

07/06/2024

एउटा प्राथमिक पाठशाला यस्तो अवस्थामा देखियो ।

कालेबुङ जिल्लाको सुदुर ४५ नम्बर समष्टि अन्तर्गत गैरीबास ४६ धुरा प्राथमिक पाठशाला अहिले जीर्ण आवस्थामा देखियो । शिक्षाबर्ग अनि विद्यार्थी नानीहरूलाई पढनमा धेरै समस्याहरू भएका छन् भने अचम्मको कुरो पाठशाला भित्र सर्पको काँचुली फेला पारेको छ । बर्खाको समायमा पाठशाला भित्र पानी नै पानी हुने कुराको जानकारी पाठशालाकै सह शिक्षक मिलन छेत्रीले जानकारी गराएका छन् । जिटिए साथै सम्बन्धित निकाय बिभागले यसको चाडो भन्दा चाडो निराकरण गरिदिने पाठशाला प्रमुख प्रभारी सलिम गुरुङले निवेदन गरेका छन् ।

07/06/2024

हाम्रो पढाई राम्रो छ तर पाठशाला धरापमा छ ।

४६ धुरा प्राथमिक पाठशाला गैरीबास।

07/06/2024

एउटा प्राथमिक पाठशाला यस्तो अवस्था।

कालेबुङ जिल्लाको सुदुर ४५ नम्बर समष्टि अन्तर्गत गैरीबास ४६ धुरा प्राथमिक पाठशाला अहिले जीर्ण आवस्थामा देखियो ।

06/06/2024

5 जून विश्व पर्यावरण दिवस पालन ।

Kinder Joy Nursery school
पत्थरझोडा सिरूबारीले 5 जून विश्व पर्यावरण दिवस पालन गरेको जानकारी प्राप्त भएको छ।
यसै स्कुलका प्रधान अध्यापक ( श्री सुरज प्रधान ) ले नानीहरूलई पर्यावरण सम्बन्धित छोटो तर सुन्दर तरिकाले आफ्नो सम्बोधन राखेका थिए।
वृक्षरोपण र त्यसलाई स्याहारसुसार कसरी गर्नु पर्ने र रूख पातले हामीलाई कत्ति धेरै सहयोग र फाइदा दिरहेका छन ।
यस्ता प्रकृतिको गुणलाई हामीले कहिले भुल्नु नहुने भनी बताए छन।
वन जंगल नै राष्ट्रको ठुलो सम्पत्ति हो। पर्यावरण जति सफा र स्वच्छ हुन्छ, हामी मानिसहरू उति नै स्वस्थ र सबल हुनेछौ भन्ने कुरा हामीले भुल्नु हुन्न भनि बुझाए । प्रकृतिमा भएका जम्मै बस्तुहरू मानव जीवनमा उपयोगी हुन्छ।

विधार्थीहरू सबैले एक एकवटा वृक्ष घरबाट स्कुलमा ल्याएका थिए। शिक्षक शिक्षिकाले रोपन तरिका अनि यसलाई संरक्षण गर्ने बारे बतायो । नानीहरूले यस दिनलाई सार्थक तुलाए।

प्रकृति र पर्यावरणको संरक्षण हुन सकेन भने ठुलो आपदा आउने कुरा हामीले जीवनमा बिर्सनु हुदैन। स्कुलले चित्र बनाउ प्रतियोगिताको आयोजना पनि गरेको थियोे ।
मसिना श्रेणीका नानीहरूलाई बनाएको चित्रमा रङ भर्न सिकायो। यस अवसरमा बाेल्दै स्कूलका प्रधान अध्यापकले स्कूलले विध्यार्थीहरूलाई किताबी ज्ञानमा मात्रै सिमित नराखेर ब्यावहारिक ज्ञान पनि प्रदान गर्ने क्रममा विश्व पर्यवरण दिवसकाे अवसरमा विध्यार्थीहरूलाई सहभागी गराई विभिन्न कार्यक्रमकाे आयाेजना गरेकाे जानकारी गराए।कार्यक्रममा विध्यार्थीहरूलाई ,पर्यावरण संरक्षण,जलस्राेत,सफाई,ओैषधीय बनस्पति आदिबारे पनि विस्तृत जानकारी गराइएकाे बताँउदै विध्यार्थीहरूले मानिसहरूलाई पर्यवरण संरक्षणमा सचेतना गराँउदै प्ला काड पनि प्रर्दशन गरे।
गत 01 जुन देखि 05 जुन सम्म kinder joy ले विभिन्न प्रतियोगिता आयोजना गरे बापत, नानीहरूलई दक्ष अनुसार पारितोषिक वितरण गरिएको थियो ।
प्रतियोगिताको अन्तिम दिन अर्थात पर्यावरण दिवसको दिन जम्मै नानीहरूलाई मध्यान्ह भोजनको पनि व्यवस्था गरिएको थियो ।
केही तस्बिरहरू साझा गरेकाछौ।

पोख्रेबुङ् उच्चतर माध्यमिक विध्यालयमा विश्व पर्यावरण दिवस सम्पन्न।पोख्रेबूङ उच्चत्तर माध्यामिक विद्यालयमा विश्व पर्यावरण...
05/06/2024

पोख्रेबुङ् उच्चतर माध्यमिक विध्यालयमा विश्व पर्यावरण दिवस सम्पन्न।

पोख्रेबूङ उच्चत्तर माध्यामिक विद्यालयमा विश्व पर्यावरण दिवस आज विद्यालयका प्रधान अध्यापक श्री प्रवीण घिसिङको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रमको शुरुवात विद्यालयको इको पार्कको उद्घाटन मुख्य अतिथि पोख्रेबुङ ग्राम पंचायत प्रधान श्री टीकाराम घलेको बाहुलीबाट भएको थियो भने विशिष्ठ अतिथिगणको रूपमा नोम बन् विभागका डिभिजनल अफिसर श्री आशिष बन्दोपाध्य , बिट अफिसर मनोज कुमार देव,धन कुमार मगर विद्यालय सञ्चालन समिति अध्यक्ष श्री पेमा योञ्जन, ग्राम पंचायत उप प्रधान श्रीमती निरा तामाङ, पंचायत समिति सदस्य श्रीमती करुणा छेत्री, आदि उपस्थित थिए। विद्यालयका सह प्रधान अध्यापक श्री विनोद क्षेत्रीले स्वागत भाषण राखेका थिए। उनले आफ्नो सम्बोधनमा पर्यावरणको विशेषता बारे बोल्दै सबै उपस्थित अभिभावकलाई आफ्नो नानीको नाममा प्रत्येक वर्ष एउटा रूख रोप्ने आवहान पनि गरे, जुन रूख नानीहरूको निम्ति बैंकमा पैसा जम्मा गरेको जस्तै संज्ञा दिएका थिए। रूख रोपेर ती रुखहरुलाई संरक्षण गर्ने अपील पनि गरे। कार्यक्रम संयोजक श्री विजेन्द्र क्षेत्रीले यस वर्षको थीम our land our future माथि सबैलाई प्रकाश पारे। विशिष्ट अतिथि श्री आशिष बन्दोपाध्यले पनि खुबै राम्रो ढंगमा उपस्थित अभिभावकहरुलाई बन् संरक्षण गर्दा हुने फायदाहरु बताए अनि उनले आफ्नो पक्षबाट जम्मा २ दर्जन जति बिरुवा विद्यालयलाई प्रदान गरे।

कर्यक्रममा अन्तर सदन भाषण (elocution) प्रतियोगिताको पनि आयोजन गरिएको थियो,जसमा प्रथम उजाला क्षेत्री, दोस्रो दिवाकर तामाङ अनि तेस्रो प्रसंशा सुब्बा भएकी थिइन् भने निर्णायकको भूमिका विद्यालयका शिक्षिका रोहिता देवी छेत्री, शिक्षक सुरेन्द्र राज लामा अनि शिक्षक विमल घिसिङले निभाएका थिए। विद्यार्थीगण क्रमैले प्रतीक्षा छेत्री, प्रीतिका छेत्री, संस्किता मगर, मञ्जु राई आदिले नृत्य प्रस्तुत गरे भने विनय छेत्री अनि प्रीतिका क्षेत्रीले सुन्दर गीत प्रस्तुत गरेका थिए। प्रधान अध्यापक श्री प्रवीण घिसिङले प्रतियोगिताको फालाफाल घोसना गर्दै आफ्नो सम्बोधनमा विद्यालयले प्रत्येक वर्ष यसरी पर्यवरण दिवस मनाउँदै व्यावहारिक रूपमा जनचेतनामुलक कार्यक्रम पनि आयोजन गरेको अनि सबै सबैलाई संदेश पनि दिएका थिए।

कार्यक्रम सञ्चालन संयुक्त रूपमा शिक्षक श्री दिवस छेत्री अनि प्रवीण घिमीरेले गरेका थिए।

5 जून विश्व पर्यावरण दिवस पालन ।children's Home Nursery school छोटामागजिङले 5 जून विश्व पर्यावरण दिवस पालन गरेको  जानकार...
05/06/2024

5 जून विश्व पर्यावरण दिवस पालन ।

children's Home Nursery school
छोटामागजिङले 5 जून विश्व पर्यावरण दिवस पालन गरेको
जानकारी प्राप्त भएको छ।
शिक्षक शिक्षिकाको उपस्थिति र सहयोगमा विधार्थी नानीहरूले वनविभागका कर्मचारीहरूलाई खदा लगाएर सम्मान जनाए ।
वनविभागका बिट अधिकारीले नानीहरूलई पर्यावरण सम्बन्धित छोटो तर सुन्दर तरिकाले भनाइ प्रस्तुत गरेका थिए।
वृक्षरोपण र त्यसलाई स्याहारसुसार कसरी गर्नु पर्ने र रूख पातले हामीलाई कत्ति धेरै सहयोग र फाइदा दिरहेका छन ।
यस्ता प्रकृतिको गुणलाई हामीले कहिले भुल्नु नहुने भनी बताए ।

वन जंगल नै राष्ट्रको ठुलो सम्पत्ति हो। पर्यावरण जति सफा हुन्छ, हामी मानिसहरू उति नै स्वस्थ र सबल हुनेछौ भन्ने कुरा हामीले भुल्नु हुन्न भनि बुझाए ।

विधार्थीहरू सबैले एक एकवटा वृक्षरोपण पनि गरेर यस दिनलाई सार्थक तुलाए।

प्रकृति र पर्यावरणको संरक्षण हुन सकेन भने ठुलो आपदा आउने कुरा हामीले जीवनमा बिर्सनु हुदैन। स्कुलले चित्र प्रतियोगिताको आयोजना पनि गरेको थियोे ।
मसिना श्रेणीका नानीहरूलाई बनाएको चित्रमा रङ भर्न सिकाएको थियोे ।
यो स्कुलको गरिमा धेरै पुरानो हो।
जसलाई हामीले सम्मान गर्नुपर्नेछ ।

स्कुलले र्यालीको आयोजना पनि गरेको थियो ।

केही तस्बिरहरू साझा गरेकाछौ।

04/06/2024

कालिम्पोङ जिल्लाको अन्तिम चरणको पनि मतगणनाको स्वतन्त्र खबरबाट प्रस्तुत गरिरहेका छौँ।

04/06/2024

कालिम्पोङ जिल्लाको दशौं चरणसम्मको मतगणना भैसकेको स्वतन्त्र खबरबाट प्रस्तुत गरिरहेका छौँ।

03/06/2024

I ❤️ PUBUNG को उदघाटन समारोह सम्पन्न ।

कालेबुङ जिल्लाको दुर्गम ठाउँ हो पुबुङ।
पोख्रेबुङ ग्राम पञ्चायत भित्र पर्ने गर्छ। त्यहाँको भौगोलिक , साहित्यिक , समाजिक वातावरण खुबै सुन्दर अनि मनमोहक छ।
परिश्रमी र पौराखी मन अनि हात दुवै पाइन्छ त्यहाँ ।
केही सालको प्रतीक्षा लगनशीलता , खटनी र श्रमदानबाट निर्मित I ❤️ PUBUNG को गत 02/06/2024/ आइतबारको को दिन विधिवत रूपमा उदघाटन हुन सफल बन्यो ( फेताङ्बा डाडा) को पर्याटक केन्द्र ।

फेताङ्बा भनेको लिम्बु समुदायको पुजारी हो ।
जसले शुभ अशुभ कार्यमा लिम्बू मुन्धुमले पार लगाउने गर्छ।
फेताङ्बा डाडा भ्यु पोइन्टले त्यहाँको क्षेत्रीयत बाचेको हुन्छ।
विकास र समृद्धि सधैं मौलाएको पइन्छ।

यहीँ उदघाटन समारोहमा आफ्नो लिम्बू भाषाको गीतलाई प्रस्तुत गर्दै शिक्षक " अनिल राई ".

Kinder Joy Nursery School पत्थरझोडाले, 01/06/2024 मा ( sweets day) को छेक पारेर Reading competition पठन प्रतियोगिता आयोज...
01/06/2024

Kinder Joy Nursery School
पत्थरझोडाले, 01/06/2024 मा ( sweets day) को छेक पारेर Reading competition पठन प्रतियोगिता आयोजना गरेको थियोे ।

प्रतियोगितामा विजय बनेका प्रतियोगिलाई ट्रपी प्रदान गरेको थियो । सबै विधार्थीहरूको सुन्दर प्रस्तुतिलाई सम्मान सहित मेडल पनि प्रदान गर्यो।

यस्ता अनेकौं प्रतियोगिता आयोजना गर्नुको मुल उदेश्य भने नानीहरूलाई सबै पक्षमा सबल बनाउनु साथै ताजा पन आत्मा सन्तुष्टि र आनन्दित गराउनु पनि हो भनि, स्वतन्त्र खबरलाई,
बताउछन् ।
प्रधान अध्यपक " सुरज प्रधान " ।

टिस्टा ब्रीज हायर सेकेन्डरि स्कुलमा रक्तदान शिविर हुने       रक्तदान गरौं कसैको अमुल्य जीवन बचाउ भन्ने उक्तिलाई चरितार्थ...
29/05/2024

टिस्टा ब्रीज हायर सेकेन्डरि स्कुलमा रक्तदान शिविर हुने

रक्तदान गरौं कसैको अमुल्य जीवन बचाउ भन्ने उक्तिलाई चरितार्थ गर्दै अनि नानीहरूलाई उचित समयमै यस्तो पुण्य काम सिकाउनु पर्छ भन्ने कुरोलाई मध्य नजर राख्दै आगामी ३१ मई २०२४ शुक्रवारको दिन गोर्खा च्यारिटेबल हस्पिटल र हिमालयन वेल्फेयर अर्गनाइजेसनको सयुक्त आयोजनामा टिस्टा ब्रीज हायर सेकेन्डरि स्कुलमा रक्तदान शिविरको आयोजना गरिएको छ। रक्तदान बारेमा बिस्तृत रूपमा जानकारी गराउन गत २८ मइ २०२४ मङ्गलबारको दिन सुरेन प्रधान टिस्टा ब्रीज हायर सेकेन्डरि स्कुल पुगेर क्लास टेन, इलेभेन र टुवेल्भ का नानीहरूलाई ब्लड डेनेसन बारेमा जागरुक गराउदै ब्लड डोनेसन गर्दा ब्लड डोनरलाई के कस्तो फाइदा हुन्छ सो बारेमा बिस्तृत जानकारी गराए पछि सबै नानीलाई उत्साहित छन् ब्लड डोनेट गर्न।
स्कुलका प्रधान अध्यापक श्री टि टि लेप्चाले सर्व प्रथम बिध्यार्थी अनि स्कुलका शिक्षक शिक्षिका बर्गलाई सम्बोधन गर्दै यो पुण्य काम स्कुलले गर्दैछ सबैले ध्यान दिने र ब्लड डोनेट गर्ने भनि बताए। कार्यक्रमको संचालन सह शिक्षक श्री विशाल राइले गरेका थिए।
सुरेन प्रधान सग कदमताला निवासी युवा सामाजिक कार्यकर्ता श्री आलोक खवास अनि पेशोक टाइम्स कि रिपोर्टर श्रीमती बबिता मङ्गर उपस्थित थिए।
सुरेन प्रधान
महासचिव
गोर्खा च्यारिटेबल हस्पिटल साङठनिक समिति तथा
अध्यक्ष
हिमालयन वेल्फेयर अर्गनाइजेसन

News Source: जन फ्रन्ट।

29/05/2024

रजत तामाङ मामलाबारे के भन्छन त।

भिडियो स्रोत : Amrit singh sinchury.
advocate supreme court , Delhi.

28/05/2024

मिरिक महकुमा अन्तर्गत पर्ने तराईको लोहागढ चियाबारीको प्राथामिक पाठशालामा शिक्षकको लापरबाही

KKRSS.Mungpong Branch.किराँती खम्बु राई सांस्कृतिक संस्थान, मङपङ शाखा द्वार आयोजित साकेवा पर्व  2024 ( उभौली ) पुजा सम्प...
26/05/2024

KKRSS.Mungpong Branch.
किराँती खम्बु राई सांस्कृतिक संस्थान, मङपङ शाखा द्वार आयोजित साकेवा पर्व 2024 ( उभौली ) पुजा सम्पन्न ।
किराँतहरूको सांस्कृतिक पहिरणमा उपस्थित सदस्यहरू ।

26/05/2024

KKRSS.Mungpong Branch.
किराँती खम्बु राई सांस्कृतिक संस्थान, मङपङ शाखा द्वार आयोजित साकेवा पर्व 2024 ( उभौली ) पुजा सम्पन्न ।
माङपा बिजुवाद्वारा पुजा अर्चन गर्दै ।

26/05/2024

KKRSS.Mungpong Branch.
किराँती खम्बु राई सांस्कृतिक संस्थान, मङपङ शाखा द्वार आयोजित साकेवा पर्व 2024 ( उभौली ) पुजा सम्पन्न ।
किराँतहरूको प्रमुख नृत्य सिली प्रस्तुत गर्दै ।

➡️सभ्य समाजले कहिले पनि विभाजन अनि छुवाछुतको भाषा अनि विचार फैलाउँदैन। ➡️'मानिस ठूलो दिलले हुन्छ, जातले हुँदैन।' रजत ताम...
26/05/2024

➡️सभ्य समाजले कहिले पनि विभाजन अनि छुवाछुतको भाषा अनि विचार फैलाउँदैन।

➡️'मानिस ठूलो दिलले हुन्छ, जातले हुँदैन।' रजत तामाङ्गको अनुसूचित जाति माथिको अश्लिल अनि अपशब्द सुन्दा महाकवि लक्ष्मीप्रसाद देवकोटाको यो वाक्यांश याद आयो। युगले कति कोल्टे फेरि सक्यो तर हामी अझ पनि जातपात कै भुवँरीमा नै बस्ने?

➡️शिलोङ निवासी युट्युबर रजत तामाङ्गको भाषा प्रयोग अनि अनुसूचित जाति प्रतिको उपेक्षित अपशब्द निन्दनीय छ। हामी जनशक्ति फाउन्डेसन त्यसको घोर विरोध गर्दछु।

➡️ दार्जीलिङ पहाडका कलाकारहरूले उ विरूद्ध थानामा प्राथमिकी दर्ता गरिसकेका छ्न्। पुलिस प्रशासनले उपयुक्त कदम उठाउने नै छन्। र, रजत माथि कारवाही गर्नेछन् भन्ने हामिलाई विश्वास छ

➡️कलाकार होस या व्यक्ति विशेष, जब मीडिया अनि सोसियल मीडियामा आउँछन्, आफूले बोल्ने कुरा अनि भाषा माथि ध्यान दिएको हुनुपर्छ।

➡️मिडिया अपशब्द अनि अश्लिल भाषा प्रयोग गर्ने प्ल्याटफर्म होइन। झन् सार्वजनिक हुने कुराहरूले समाजमा बिभाजन ल्याउने, एकअर्कालाई होच्याउने मन्तव्य राख्ने ठाउँ नै होइन।

➡️हामी गोर्खा जाती अल्प संख्यक त छौं नै, अझ आफै भित्र विभाजित बन्यौं भने हाम्रो स्थिति कस्तो हुनेछ? सोच्नु पर्छ।

➡️सभ्य समाजले कहिले पनि विभाजन अनि छुवाछुतको भाषा अनि विचार फैलाउँदैन।

➡️रजत तामाङ्गले सार्वजनिक रूपमा अपशब्द अनि अश्लिल भाषा प्रयोग गरेर अनुसूचित जातिलाई चोट पुर्याएका छ्न्। प्रथम त उसले सार्वजनिक रूपमा माफ मागेको हुनुपर्छ। दोस्रो, पुलिस प्रशासनले चाँडो भन्दा चाँडो उ माथी कारवाही गरेको हुनुपर्छ। यही नै अनुसूचित जातिको निम्ति न्याय हुनेछ।

Source,

जनशक्ती फाउन्डेसन बेंगलूरु।

सिक्किमका कवि( सिमियोन सुकिता राई) नेपालको चर्चित रियालिटी सो 'द पोयट आइडल' सिजन 2-का विजेता बनेका छन्।
25/05/2024

सिक्किमका कवि( सिमियोन सुकिता राई) नेपालको चर्चित रियालिटी सो
'द पोयट आइडल'
सिजन 2-का विजेता बनेका छन्।

25/05/2024

पश्चिम डुवर्सको बाग्राकोट एमईएस नजिक भयावह वाहन दुर्घटना
:
निर्माणाधीन अवस्थामा रहेको फ्लाईओभरबाट तल झ्रयो कुदिरहेको कार


स्रोत भिडियो : अमिर सुन्दास।

Address

Via Oodlabari
Gorubathan

Telephone

+919339493102

Website

Alerts

Be the first to know and let us send you an email when स्वतन्त्र खबर/ Swatantra khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to स्वतन्त्र खबर/ Swatantra khabar:

Videos

Share

Nearby media companies