![प्रेस विज्ञप्ति 13.01.2025सिटिजन एक्सन पार्टीले लगाएको निराधार आरोपको सिक्किम क्रान्तिकारी मोर्चा पार्टी घोर निन्दा तथा ...](https://img4.medioq.com/858/183/1135540878581834.jpg)
13/01/2025
प्रेस विज्ञप्ति
13.01.2025
सिटिजन एक्सन पार्टीले लगाएको निराधार आरोपको सिक्किम क्रान्तिकारी मोर्चा पार्टी घोर निन्दा तथा भर्तसना गर्दछ। गत चुनावमा केवल 6 प्रतिशत भोट प्राप्त गरेर आफ्नो दलको संरक्षण गर्न कस्रत गरिरहेको पार्टीले हरेक दिन उही पुरानो आरोप दोहोऱ्याएर आफूलाई राजनीतिक शक्तिको प्रदर्शन गर्ने कोथो प्रयास गरिरहेको छ। तर प्रेस बयान जारी गर्दै हावाबाजी बाहेक अर्को कुनै थोक गर्न नसक्ने पार्टीले राज्यको कल्याणका लागि के पो गर्न सक्ला र ? बरू उल्टै राज्य र जनतालाई घात पुग्ने किसिमका फत्तुर पिटेर चोथो च्यातिरहेको छ। सिक्किमका सम्माननीय मुख्यमन्त्री श्री प्रेमसिंह तामाङद्वारा व्यक्त गरिएको मेला आयोजना र राष्ट्रिय अनि अन्तर्राष्ट्रिय कलाकारलाई निम्त्याउनका लागि गरिएको वित्त व्यवस्थापनको बयानलाई लिएर क्यापले व्यर्थ टाउको दुखाइरहेको छ। क्यापकाहरू अहिले सिक्किम क्रान्तिकारी मोर्चा पार्टीले शुभचिन्तकहरूबाट प्राप्त गर्ने आर्थिक, धनराशिको पछि परेर खोइरो खन्न व्यस्त छ। तर एसकेएम पार्टी भन्न चाहन्छ, क्यापले सबैभन्दा पहिला शुभचिन्तक र इष्टमित्र भन्ने कुरा के हो बुझुन्। जनता सम्हालेर राख्न नसक्ने पार्टीले अर्कालाई पनि उस्तै देख्नु स्वभाविक नै हो तर एसकेएम पार्टी सबैसँग समन्वय गर्ने भएकाले शुभचिन्तकहरूको लावालस्कर रहेको जानकारी दिँदछ। सम्माननीय मुख्यमन्त्री श्री प्रेमसिंह तामाङको कुशल नेतृत्व क्षमता र अन्य राज्य र नेताहरूसँगको सुमधुर सम्बन्धकै कारण एसकेएम पार्टीको सरकारलाई शुभचिन्तकहरूको सुदृष्टि परेको हो। राजनीतिक रूपमा असफल भएको क्याप अहिले राजनीतिमा सक्रियताको नाटक गरिरहेको छ। यसरी केवल झुटो आरोप लगाएर गाली गर्दै असन्तोष फैलाउने क्यापको खैराँते खेल सिक्किमेली जनताले बुझेकै छन्। क्याप अहिले एसकेएम सरकारले राम्रो व्यवहार नगरे आन्दोलन गर्ने धम्की दिन थालेको छ। तर एक दुई शुभचिन्तक र समर्थक समेत नभएको दलले आन्दोलन गर्ने रे ? यो कस्तो ठट्यौली कल्पना। जनसमर्थन नै नरहेको पार्टीले अब वार्टस्एप, ट्विटर र फेसबुके आन्दोलन गर्ने ? यो केवल हाँस्यास्पद नाटक मात्र हो, राजनीति होइन। क्यापले सरकारले सबै जातिका चाड़, पर्व भव्य रूपमा मनाउन किन प्रेरित गर्छ भन्ने बेतुके प्रश्न उठाएको छ। यसले थाहा हुन्छ कि सिटिजन एक्सन पार्टी सिक्किमका जाति विरोधी हो, धर्म विरोधी हो, समुदाय विरोधी हो। साथै क्यापले अन्तर्राष्ट्रिय कलाकारलाई निम्तो दिने कुरालाई लिएर पनि हावादारी प्रश्न उठाइरहेको छ। क्यापले बुझ्न आवश्यक छ कि, अन्तर्राष्ट्रिय कलाकारलाई राज्यमा निम्त्याइँदा सिक्किमको मान, सम्मान, प्रतिष्ठा र गौरव बढ़ेर जानेछ। हामी क्यापलाई जानकारी दिन्छौँ – यस्ता कार्यक्रमहरू निजी आयोजकले गर्ने हो, टिकट बिक्री गरेर कार्यक्रम सञ्चालन गरिन्छ, सरकारले एक रूपियाँ पनि खर्च गर्ने छैन। एड शिरनको कन्सर्टमा पनि उनका फ्यानहरूले टिकट किनेर जान्छन्. सरकारले भुक्तान गर्दैन। तर क्यापका नेताहरूले यति बुझ्नका लागि पनि दिनभरि गुगल सर्च गर्नुपर्ला। क्यापको आन्दोलन गर्ने धम्कीलाई हामी स्वीकार गर्छौँ। आन्दोलन गरेर देखाउनु, हामी हिम्मत हेर्छौँ। जनसमर्थन नभएको, केवल 6 प्रतिशत भोट पाएको ठुटे पार्टीको आन्दोलन कति दिन टिक्ला ? सिक्किमेली जनताले पनि बुझ्न आवश्यक छ कि, यस्तो तुच्छ र घृणित विचार बोकेको क्याप कुनै राजनीति दल हुन सक्दैन। यदि हुन्छ भने बुझिलिनुहोस् यसले सिक्किमको हित गर्नेवाला छैन, बरू उल्टै हानी बेहोर्नुपर्ने स्थिति आइपर्छ। तपाईँ, हामी सचेत बन्नुपर्छ। यस्तो पार्टी र नेताका कुरा सुन्नु विवेकपूर्ण काम हुने छैन। यस्ताको बयानलाई सोझै बहिस्कार गर्नुपर्नेछ।
विकास बस्नेत
प्रवक्ता
सिक्किम क्रान्तिकारी मोर्चा।