Hamro Khabar

Hamro Khabar साँचो,सही र समानतामा आधारित सामाचार माध्यम नेपाली भाषामा आफ्नो खबर पढ्न पढौं हाम्रो खबर

सुन्दर माछापुच्छ्रे हिमालको मनोरम दृश्य Hamro Khabar Pokhara
08/01/2025

सुन्दर माछापुच्छ्रे हिमालको मनोरम दृश्य
Hamro Khabar Pokhara

08/01/2025

सिक्किमको चर्चित पर्यटकीय स्थल छाङ्गु नाथुलामा व्यापक हिमपात ठूलो खोलामा ख्याप्का जमेर वहान चलाउन नसकिने भएर पर्यटकलाई आज परमिट दिइएन
Hamro Khabar Sikkim Tourism India Tsomgo or Changu Lake Changu Lake, Sikkim

08/01/2025

दार्जिलिङको चर्चित पर्यटकीय स्थल सन्दकफुमा नयाँ सालको पहिलो हिमपात पर्यटकहरूमा खुशीको लहर ।
Hamro Khabar

07/01/2025

पूर्व सिक्किमको पर्यटकीय स्थल छाङ्गु सेरेथाङ र नाथुलामा
नयाँ सालको पहिलो हिमपात पर्यटकहरूमा खुशीको लहर
Hamro Khabar Sikkim Tourism India Tsomgo or Changu Lake Changu Lake, Sikkim

पूर्व पुलिस महानिरीक्षक, असम पुलिस तथा सेवानिवृत भारतीय पुलिस सेवा (आइपीएस) अधिकारी  देवराज उपाध्याय असम लोकसेवा आयोग ( ...
07/01/2025

पूर्व पुलिस महानिरीक्षक, असम पुलिस तथा सेवानिवृत भारतीय पुलिस सेवा (आइपीएस) अधिकारी देवराज उपाध्याय असम लोकसेवा आयोग ( एपीएससी) को अधक्ष्य पदमा नियुक्त।
Hamro Khabar

07/01/2025

उत्तर सिक्किमको लाचेनमा नयाँ वर्षको पहिलो हिमपात पर्यटकहरूमा खुशीको लहर, लाचेन‌ र गुरुदोङमार पुग्ने बाटो खुला रहेकोले पर्यटकहरूको ओइरो लाग्ने सम्भावना।
Hamro Khabar Sikkim Tourism India Lachen,North Sikkim.India Gurudongmar lake, North sikkim North Sikkim Today North Sikkim Sharing Ltdc Lachen North Sikkim

07/01/2025

पूर्व सिक्किमको पर्यटकीय स्थल जलुकमा
नयाँ सालको पहिलो हिमपात पर्यटकहरूमा खुशीको लहर
Hamro Khabar Snow Lion Zuluk Zuluk Residency Zuluk, Sikkim

असमको डिमाहासवमा कोइलाखानीमा दुर्घटना ९ जना श्रमिक फस्यो ,  सेना,एनडीआरएफ र एसडीआरएफले शुरू गर्यो बचाउको पहल Hamro Khaba...
07/01/2025

असमको डिमाहासवमा कोइलाखानीमा दुर्घटना ९ जना श्रमिक फस्यो , सेना,एनडीआरएफ र एसडीआरएफले शुरू गर्यो बचाउको पहल
Hamro Khabar

आज बिहानै गएको तिब्र भुइँचालोले तिब्बतमा ३२ जनाको ज्यान गएको छ। उद्धार कार्य शुरू भएको छ।  Hamro Khabar
07/01/2025

आज बिहानै गएको तिब्र भुइँचालोले तिब्बतमा ३२ जनाको ज्यान गएको छ। उद्धार कार्य शुरू भएको छ।
Hamro Khabar

आदिवासी गोर्खा एकता मञ्चका प्रतिनिधिहरूले गरे गोजमुमो अध्यक्ष विमल गुरुङसित भेट गुरुङसित मिलेर गर्ने काम  Hamro Khabar G...
07/01/2025

आदिवासी गोर्खा एकता मञ्चका प्रतिनिधिहरूले गरे गोजमुमो अध्यक्ष विमल गुरुङसित भेट गुरुङसित मिलेर गर्ने काम
Hamro Khabar Gorkha Janmukti Morcha
धेरै लामो समय देखि पर्खाईमा बसेका दार्जीलिङ तराई डुवर्सको समस्यालाई लिएर भारतका गृहमन्त्री अमित शाहद्धारा त्रिपक्षीय वार्ताको ढोका खोल्ने कुरा चल्न साथ दार्जीलिङ तराई डुवर्सका धेरै राजनैतिक दलहरू सलबलाउन थालेका छन् । जसको फलस्वरुप डुवर्स क्षेत्रका आदिवासी गोर्खा एकता मञ्चका प्रतिनिधिहरूपनि सक्रिय बनेर गोजमुमो अध्यक्ष विमल गुरुङसित मिलेर काम गर्ने निर्णयमा पुगेर भेटघाट गरेका छ्न्। यो मञ्चमा डुवर्स क्षेत्रका धेरै सामाजिक संस्थाहरू जस्तै कालचिनी २ बीरपाडा १ एथेलबारी २ कथालगुडी २ चमर्ची १ दलमोर ३ अनि बिनागुडी २ का सदस्य टोलीद्धारा गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष बिमल गुरुङ संग भेट गरी बातचीत गरेकोछ । आजको भेटघाट संगै डुवर्सका आदिवासी गोर्खा एकता मञ्च द्धारा डुवर्सको जनहित अनि जन अधिकारको निम्ति गोर्खा जनमुक्ति मोर्चा एवं अध्यक्ष बिमल गुरुङसंग जुडेर काम गर्ने बचनवद्ध बनेका छन्।

07/01/2025


तिब्बत सिगात्छे केन्द्र रहेको भुइँचालोले नेपाल,भुटान, सिक्किम दार्जिलिङलाई पनि हल्लायो।

दार्जिलिङका सांसद राजु विष्टले भेटे भरतका गृहमन्त्री अमित शाह  Hamro Khabar Raju Bista Amit Shah Bimal Gurung Official G...
06/01/2025

दार्जिलिङका सांसद राजु विष्टले भेटे भरतका गृहमन्त्री अमित शाह
Hamro Khabar Raju Bista Amit Shah Bimal Gurung Official Gorkha Janmukti Morcha Anit Thapa Ajoy Edwards BJP Darjeeling Mondal
सांसद विष्टले गृहमन्त्री भेटे पछि यस्तो लेखेका छन्:
आज मैले माननीय गृहमन्त्री अमित शाह जी नयाँ दिल्लीमा भेट गरें। उनले केन्द्रीय सरकारले चाँडोभन्दा चाँडो केन्द्र सरकार, पश्चिम बंगाल सरकार र गोरखा समुदायका प्रतिनिधिलाई समावेश गरी त्रिपक्षीय वार्ता गर्ने बताए ।
अमित शाह जीले हाम्रो क्षेत्रका जनतासँग सम्बन्धित सबै समस्याहरू वार्ताको माध्यमबाट समाधान गर्न र सबै सरोकारवालाहरूका सरोकारहरूलाई विचार गर्न समग्र दृष्टिकोण अपनाउने केन्द्र सरकारको प्रतिबद्धता दोहोर्याए। त्रिपक्षीय वार्तालाई निरन्तरता दिने तयारी गृह मन्त्रालयले गरिरहेको र छिट्टै बैठकको मिति घोषणा गरिने छ ।

नन्द हाङ्खिमलाई बद्रीनारायण प्रधान स्मृति पुरस्कार Hamro Khabar Ajay Kr. Kharka  #बद्रीनारायण_स्मृति_प्रतिष्ठान    #नेपा...
06/01/2025

नन्द हाङ्खिमलाई बद्रीनारायण प्रधान स्मृति पुरस्कार
Hamro Khabar Ajay Kr. Kharka #बद्रीनारायण_स्मृति_प्रतिष्ठान #नेपालीसाहित्य
बाग्राकोट, ६ जनवरीः मूर्धन्य साहित्यकार नन्द हाङ्खिमलाई यस वर्षको बद्रीनारायण प्रधान स्मृति पुरस्कार अर्पण गरिने भएको छ। पश्चिम डुवर्सको बाग्राकोटमा आइतवार बसेको बद्रीनारायण प्रधान स्मृति प्रतिष्ठानको बैठकमा हाङ्खिमलाई १४ औँ बद्रीनारायण प्रधान स्मृति पुरस्कार २०२५ द्वारा पुरस्कृत गरिने निर्णय लिइएको हो। पुरस्कार चयन समितिका संयोजक डा. मोहन पी. दाहालको अध्यक्षता बैठक सम्पन्न भएको थियो। बैठकमा हाङ्खिमको नामलाई सर्वसम्मतिले अनुमोदन गरेको प्रतिष्ठानका सचिव रूपेश शर्माले जानकारी दिएका छन्। आगामी २ फरवरी, २०२५ मा बाग्राकोटमा एक भव्य पुरस्कार अलङ्करण समारोह आयोजन गरी हाङ्खिमलाई पुरस्कार अर्पण गरिने प्रतिष्ठानले जनाएको छ। पुरस्कारमा प्रशस्ति-पत्र, अङ्ग वस्त्र र नगद राशि सम्मिलित रहनेछन्। उल्लेखनीय छ, विशिट साहित्यकार बद्रीनारायण प्रधानको स्मृतिमा गठित प्रतिष्ठानले सन् २०१२ देखि भारतीय नेपाली साहित्यका प्रतिभाशाली हस्तीहरूलाई प्रत्येक वर्ष बद्रीनारायण प्रधान स्मृति पुरस्कार अर्पण गर्दै आएको छ।
११ नोभेम्बर, १९४४ मा दार्जीलिङको मार्गरेट्स होप चियाबारीमा जन्मिएका नन्द हाङ्खिमले छ दशकभन्दा लामो समयदेखि निरन्तर रूपमा कलम चलाउँदै आएका छन्। उनले उपन्यास, नाटक, लघु कथा, कथा, कविता, समालोचनासहित चलचित्र क्षेत्रमा पनि कलम चलाएका छन्। उनका डेढ़ दर्जनभन्दा अधिक कृति प्रकाशित छन्। दार्जीलिङका एक ख्यातिप्राप्त प्रगतिवादी साहित्यकारका रूपमा उनको सुनाम छ। उनका प्रकाशित कृतिहरूमा ‘लाश’ (१९६४), ‘अर्को अनुहार’ (१९७१), विडम्बना (२०१९) उपन्यास; ‘उन्मुक्ति’ (१९७०), ‘सत्ता ग्रहण’ (२०१२) र ‘प्रीतिका चिट्ठीहरू’ (पत्रात्मक कथा सङ्ग्रह, १९७९) कथा सङ्ग्रह; ‘प्रेमालाप’ (१९७१), ‘चियाबारीमा’ (खण्डकाव्य, १९७२), ‘हिमपुरीको देशमा’ (खण्डकाव्य, २०१६), मैनबत्तीको आत्मकथा (खण्डकाव्य, २०१६) काव्य; ‘मृत्यु दिवस’ (एकाङ्की, १९७६), ‘युद्धहरू’ (१९९३), ‘अभिषेक’ (१९९५), ‘लीला-अ-लीला’ (२००६) ‘शिव-सती’ (काव्यात्मक नाटक, २०२०) नाटक; ‘नन्दन निबन्धन’ (२०१५) निबन्ध; ‘गीतानन्द’ (२०१७) गीत; ‘कहीं अँध्यारो कहीं उज्यालो’ (चलचित्रको पटकथा, संवाद, गीत रचना, १९८५), ‘१९५५ साल’ (टेलिफ्लिम, २००६), ‘सपना’ (दार्जीलिङको पहिलो धारावाहिक लघु चलचित्र, २०००) चलचित्र; ‘नेपाली आधुनिक कविता सङ्कलन’ (सम्पादन, साहित्य अकादमी/१९९२) आदि प्रमुख छन्। परि प्रकाशन, सिक्किमले हालै तीनवटा खण्डमा उनका कृतिहरूलाई ‘नन्द हाङ्खिमः कृति कुञ्ज’ (२०२४) नाम दिएर प्रकाशित गरेको छ। ८१ वर्षको उमेरमा पनि सक्रिय रूपले कलम चलाइरहेका हाङ्खिमका चारवटा कृति ‘एकदिन जङ्गलमा’ (बाल नाटक), ‘हाम्रा केही नाङ्गा कथाहरू’ (कथा सङ्ग्रह), ‘चिन्तक चरित्रहरू’ (लेख सङ्ग्रह) र संस्मारिका (लेख सङ्ग्रह) प्रकाशोन्मुख रहेका छन्। ‘चियाबारीमा’ खण्डकाव्य उनको चर्चित कृति हो भने ‘सत्ता ग्रहण’ कथा सङ्ग्रहका लागि उनलाई २०१४ मा साहित्य अकादमी पुरस्कार प्राप्त भएको थियो।
नेपाली साहित्यमा एक गतिशील, निष्ठावान र सक्रिय स्रष्टालाई १४ औँ बद्रीनारायण स्मृति पुरस्कार अर्पण गरिने बद्रीनारायण प्रधान स्मृति प्रतिष्ठानले लिएको निर्णयबारे प्रसन्नता जाहेर गर्दै पुरस्कार चयन समितिका संयोजक डा. मोहन पी. दाहालले भने, “प्रतिष्ठानको यो निर्णयले पनि विगतमा पुरस्कार चयनमा गरिएको सटीक मूल्याङ्कनलाई गरिमामय ढङ्गमा निरन्तरता दिएको छ। नन्द हाङ्खिम नेपाली साहित्यका एक विशिष्ट प्रतिभा हुन्। साधना, समर्पण, साहित्यप्रेम, दायित्वबोधले उनलाई आजसम्म सक्रिय राखेको हामीले पाएका छौँ। उनलाई सम्मानित गर्न पाउँदा अत्यन्त हर्षित छौँ।” यसैगरी, प्रतिष्ठानका सचिव रूपेश शर्माले पनि बद्रीनारायण प्रधान र नन्द हाङ्खिमहरूले सत्तर-अस्सीको दशकमा सँगै मिलेर प्रगतिवादी साहित्यिक धारालाई गति दिएको अनि यस धाराबाट पलायित नभई निरन्तर वैचारिक सङ्घर्ष चलाएको बताए। बद्रीनारायण प्रधानको प्रकाशोन्मुख पुस्तक ‘१९४७’ (संस्मरण)-मा हाङ्खिमले २००६ मा नै भूमिका लेखेको पनि शर्माले जिकिर गरे। समाजका निम्न तप्का एवं खटिखाने वर्गका पक्षमा साहित्य लेख्ने एक चिन्तनशील अग्रणी साहित्यकारलाई सम्मानित गर्न पाउनु प्रतिष्ठानकै लागि सम्मानको विषय भएको उनको भनाई थियो। डुवर्स नेपाली साहित्य विकास समितिका मूलसचिव रविन खवासले प्रतिष्ठानले सही व्यक्तिको चयन गरेर यसपटक पनि पुरस्कार चयनको गरिमालाई उच्च राखेको मन्तव्य पोखे। साहित्य परिक्रमा परिवारले पनि हाङ्खिमको चयनप्रति खुशी जाहेर गर्दै उनलाई बधाई दिएको छ।

06/01/2025

सुकेपोखरी सिमाना बजार भ्यू पोइन्ट गोलिटारका दोकानहरु आज सोमबारको दिन बन्द गरि दोकानदारहरूले सरसफाइ अभियान चलायो। सिमाना बजार भ्यू पोइन्ट गोलिटार परिसरमा झाडु लगाएर तथा कुना काप्चामा रहेको फोहोर-मैलाहरुलाई सफा गरेर सिमाना भ्यू पोइन्ट गोलिटार परिसरलाई स्वच्छ, सुन्दर बनाएका छन्।सिमाना भ्यू पोइन्ट गोलिटारका सभापति सचिव अनि सम्पूर्ण सदस्यहरु द्वारा गोलिटार परिसर सफा सुन्दर बनाइएको छ।
Hamro Khabar

मुख्यमन्त्री प्रेमसिंह तामाङले गरे राभाङलामा सिक्किम गरीब आवास योजना अन्तर्गत निर्माण गरिएका ६० वर्षिया वृद्धा जशमाया रा...
06/01/2025

मुख्यमन्त्री प्रेमसिंह तामाङले गरे राभाङलामा सिक्किम गरीब आवास योजना अन्तर्गत निर्माण गरिएका ६० वर्षिया वृद्धा जशमाया राईको घर उद्घाटन ।
Hamro Khabar Prem Singh Tamang-Golay

दिनदिनै नजिकिँदैछ जोरथाङमा आयोजना हुने बहुप्रतीक्षित माघे मेला तयारीबारे छलफल गर्न सम्मान भवनमा सम्माननीय मुख्यमन्त्रीले...
05/01/2025

दिनदिनै नजिकिँदैछ जोरथाङमा आयोजना हुने बहुप्रतीक्षित माघे मेला
तयारीबारे छलफल गर्न सम्मान भवनमा सम्माननीय मुख्यमन्त्रीले गरे समन्वय बैठकको आयोजना
Hamro Khabar Prem Singh Tamang-Golay Yougen Tamang
बहुप्रतिक्षित जोरथाङ माघे संक्रान्ति मेलाको तयारीबारे छलफल गर्न सम्मान भवनमा समन्वय बैठक सम्पन्न भएको छ। मुख्यमन्त्री प्रेमसिंह तामाङको अध्यक्षतामा सम्पन्न बैठकमा क्षेत्र विधायक तथा मेला आयोजक समितिका प्रमुख संरक्षक मदन सिञ्चुरी, समितिका सदस्यहरू र सम्बन्धित अधिकारीहरू उपस्थित थिए। सभामा अहिलेसम्म तयारी कार्यबारे भएको प्रगतिको समीक्षा गरियो भने कार्यक्रमको निर्बाध कार्यान्वयन सुनिश्चित गर्न आवश्यक पर्ने मुख्य क्षेत्रहरू पहिचान गरियो। सफल उत्सवका लागि मार्ग प्रशस्त गर्न विशेष आवश्यकताहरू पनि छलफल गरियो। बैठकमा मुख्यमन्त्री तामाङले सामूहिक प्रयासबाट मात्रै जीवन्त र स्मरणीय उत्सव सिर्जना गर्न सकिन्छ भन्नेमा जोड दिँदै सहकार्य र साझा जिम्मेवारीको महत्त्वलाई जोड दिए। "यो एउटा पर्व मात्र होइन, हाम्रो राज्यका जनतामा एकता र गौरवको भावना जगाउने सांस्कृतिक सम्पदाको पोषित अभिव्यक्ति हो" - मुख्यमन्त्रीले भनेका छन्। जोरथाङ माघे संक्रान्ति मेलाले समृद्ध सांस्कृतिक विरासतलाई समकालीन आकांक्षाहरूसँग मिश्रण गरी परम्पराको प्रकाशकको रूपमा काम गर्दछ। यस वर्ष समुदायको सामञ्जस्यपूर्ण भावना देखाउँदै स्थानीय र अतिथि दुवैमा अमिट छाप छोड्ने लक्ष्य राखेको मुख्यमन्त्रीको भनाइ छ। सावधानीपूर्वक योजना र सम्पूर्ण हृदयदेखिको सहभागिताका साथ यस वर्षको कार्यक्रमले साझा पहिचान र परम्परालाई मनाउन नयाँ आकार सुनिश्चित गर्ने मुख्यमन्त्रीले बताएका छन्। बैठकबाट यस भव्य उत्सवतर्फको यात्रामा एउटा रोमाञ्चक कोसेढुङ्गाको रूपमा कार्यक्रमको आधिकारिक लोगो र प्रचार सामग्रीहरू अनावरण गर्न पाउँदा मुख्यमन्त्रीले खुशी प्रकट गरेका छन् । यो उल्लेख उनले सामाजिक सञ्जाल, फेसबुकको आधिकारिक पेजमा उल्लेख गरेका छन्।

गाङग्यापमा नाम अल नामसुङ समारोह विविध रंगारंग सांस्कृतिक कार्यक्रमका साथ भव्यतापुर्वक पालनसमारोहमा मुख्य अतिथिको रूपमा उ...
04/01/2025

गाङग्यापमा नाम अल नामसुङ समारोह विविध रंगारंग सांस्कृतिक कार्यक्रमका साथ भव्यतापुर्वक पालन
समारोहमा मुख्य अतिथिको रूपमा उपस्थित सम्माननीय मुख्यमन्त्रीले गर्नुभयो विभिन्न पारम्परिक स्टलहरूको अवलोकन।
पश्चिम सिक्किमको योकसम टाशिडिङ समष्टि अन्तर्गत गाङग्यापमा नाम अल नामसुङ समारोह विविध रंगारंग सांस्कृतिक कार्यक्रमका साथ भव्यतापुर्वक पालन गरियो। गाङग्याप नामसुङ समारोह समितिको तत्वावधानमा आयोजित यस समारोहमा सम्माननीय मुख्यमन्त्री श्री प्रेमसिंह तामाङ मुख्य अतिथिको रूपमा उपस्थित हुनहुन्थ्यो। कार्यक्रमको प्रथम चरणमा मुख्यमन्त्रीले बुङथिङ ली र विभिन्न स्वंय सहायता समुहद्वारा राखिएको जैविक उत्पाद प्रद्रशनी स्टलको अवलोकन गर्नुभयो। कार्यक्रममा सम्माननीय मुख्यमन्त्री लगायत सम्पुर्ण अतिथिगणलाई पारम्परिक टोपी तथा खादाद्वारा स्वागत गरियो। यसरी नै टासिडिङ जीपीयु अनि योकसम टासिडिङ समष्टिको तर्फबाट पनि मुख्य अतिथिलाई माला लगाएर स्वागत गरियो। नामसुङ आयोजक कमेटीका अध्यक्ष ग्याल्छेन लेप्चाले स्वागत सम्बोधन राखेपछि औपचारिक ररूपम कार्यक्रमको शुरूवात भयो। कार्यक्रममा रेन्जोङ मुताञ्ची रोङ तार्जुमका अध्यक्ष छेवाङ नोर्बु लेप्चाले सम्बोधन गर्दै नामसुङ पर्वको ऐतिहासिक महत्बारे प्रकाश पारे। उनले सम्माननीय मुख्यमन्त्री श्री प्रेमसिंह तामाङको कुशल नेतृत्वमा वर्तमान एसकेएम सरकारले लेप्चा समुदायको निम्ति गरेका विविध विकासीय कार्यहरूको उल्लेख गर्दै सम्माननीय मुख्यमन्त्रीप्रति हार्दिक कृतज्ञता व्यक्त गरे। यस अवसरमा विभिन्न क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गर्ने व्यक्तित्वहरूलाई सम्मान जनाइयो।यस अवसरमा मुख्यमन्त्री वित्तीय सहायता कोष अन्तर्गत लाभार्थीहरूलाई चेक हस्तान्तरण गरियो। समारोहमा विभिन्न जाति समुदायको परम्परा झल्काउने सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरियो। समारोह समितिको तर्फबाट मुख्य अतिथि एवं मुख्यमन्त्री श्री प्रेमसिंह तामाङलाई स्मृति चिन्ह सहित सम्मान जनाइयो। कार्यक्रमलाई क्षेत्र विधायक एवं मन्त्री छिरिङ टी भोटियाले सम्बोधन गर्दै सबैलाई नामसुङ पर्वको हार्दिक शुभकामना व्यक्त गरे। सम्माननीय मुख्यमन्त्री श्री प्रेमसिंह तामाङको कुशल मार्गनिर्देशनमा क्षेत्रमा भईरहेका विविध विकासीय कार्यहरूको उल्लेख गर्दै समष्टिका जनताको तर्फबाट मुख्यमन्त्रीप्रति हार्दिक आभार व्यक्त गरे। क्षेत्रका विभिन्न मागहरू पनि उनले मुख्यमन्त्री समक्ष प्रस्तुत गरे। कार्यक्रममा राज्य मन्त्रीमण्डलका सदस्यगण, विधायकगण, पुर्व मन्त्री एवं पुर्व विधायकहरू, विभिन्न विभागीय सल्लाहकार र अध्यक्षगण, विभागीय प्रमुखहरू, समारोह आयोजक समितिका सदस्यहरू लगायत लेप्चा जनसमुदायको भारी संख्यामा उपस्थिति रहेको थियो।

04/01/2025

उत्तर सिक्किमको लाचुङ र कटावलाई जोड्ने बेली ब्रिज भत्कियो
पर्यटकीय र अन्य कुनै वाहन र मान्छे भने नफसेको जिल्लापाल अनन्त जैनले बताए। अड्किएको केही वाहनहरू छेवैको वैकल्पिक ब्रिजबाट निकालिएको जिल्लापालले बताए। कटाव पर्यटकीय स्थल नभएको कारणले पर्यटक नफसेको जानकारी छ।
Hamro Khabar North Sikkim Today Ltdc Lachen North Sikkim Gurudongmar lake, North sikkim North Sikkim Sharing

Address

Gangtok
737101

Website

Alerts

Be the first to know and let us send you an email when Hamro Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hamro Khabar:

Share