03/09/2022
हाम्रो व्यवहार, आचरण, अरुलाई हेर्ने दृष्टिकोण सानोमा जस्तो छ ठूलो हुँदा या हामी वृद्ध अवस्थामा पुग्दा पनि त्यही हुन्छ भन्ने मैले सुनेको।
नानीहरुमा गलत आचरण छ, नकारात्मक प्रकारको स्वभाव छ भने सानो हुँदा नै सुधार्ने कोशिश गर्नु पर्छ भन्छन् नि। तर नानीको व्यवहार सुधार्नको निम्ति अभिभावक या ठुलाहरु भने सही हुनु पर्छ। नभए नानीले मनमा सोच्ने गर्छन् आफु चैं गलत छ मलाई चैं गलत नहुने शिक्षा दिन्छ भनेर।
मुख लाग्यो भने ठुलाको हातको कुटाई खाने डरले मात्र त्यो नानी चुप लागेर बसेको हुन्छ।
म यस्तै मनमा ठुलाहरुलाई प्रश्न गर्ने नानी थिए सानोमा। मलाई आफु गलत भएर अरुलाई सहीको पाठ पढ़ाएको सानैदेखि पटक्कै मन नपर्ने। मेरो आमा बाबाको गल्तीलाई पनि मनमा लिने गर्थे तर भन्न सक्थिन।
तर जब म कक्षा नौ मा पुगे मेरो मनको प्रश्नहरु मूखबाट निस्किन थाल्यो। मैले ठुलाहरुको गलत एडभाइस् अनि उनीहरुको गलत व्यवहारलाई डरभित्र लुकाएर राख्न सकिन।
मेरा अभिभावकहरुले मैले मुख चलिएको मन पराउँदैनथे। मलाई गाली गरेर मुख नलाग्ने डर देखाउँथे।
तर मेरो पछि मलाई भन्ने गर्थे अरे पछि गएर यो वकील बन्छे।
खै वकील त भइन। पत्रकारिताले भने मलाई समातेर राखेको छ। आज पनि मान्छे आफु गलत भएर नाना भाँतीको उपदेश दिँदा मलाई सहन गर्न गाह्रो पर्छ। मैले यो भन्न खोजेको होइन म सँधै सही हुन्छु।
तर सबैलाई गलत र सहीको भिन्नता थाहा हुँदा हुँदै पनि पद, पावर अनि पैसाको भरमा सहीलाई गलत भन्नु अनि प्रमाण गर्न खोज्ने प्रचलन भने मेरो निम्ति मेरो अन्तिम स्वास रहेसम्म मलाई असाहय हुने छ।
Gud morning.