Darjeeling Today

Darjeeling Today Regd No. S0016006
Affiliated to the Reporters' Club of Mirik
हरपल हर क्षण तपाईको साथमा Darjeeling today follow us

अन्त्यष्टि कार्य मेरो प्यारो छोरा हमन प्रधानको निधन गत 6 जनवरी 2025 को दिन हुन गयो। त्यसर्थ दिवंगत आत्माको शान्ति  खातिर...
15/01/2025

अन्त्यष्टि कार्य
मेरो प्यारो छोरा हमन प्रधानको निधन गत 6 जनवरी 2025 को दिन हुन गयो। त्यसर्थ दिवंगत आत्माको शान्ति खातिर प्राथना गरिदिनु हुने सम्पुर्ण आफन्तजन, छर छिमेक, बन्धु बान्धव तथा अन्तिम यात्रामा सामेल हुनुभएका सम्पुर्ण मलामीगणलाई यो सुचित गर्दछौ कि अन्तिम कार्य यही जनवरीको 17 तारिख शुक्रबारको दिन निजी निवास ओकेटी नौ नम्बर गाउँमा हुने भएको छ।
विनित:
बुद्धिमाया प्रधान (आमा)
सिमा प्रधान(पत्नी)
सिल्पा प्रधान-प्रवेश राई(छोरी-ज्वाईं )
शिल्पाली प्रधान (छोरी) एंव सम्पुर्ण प्रधान परिवार।

15/01/2025

मलट एभनग्रोभबाट एक सय परिवार आइ जी जे एफ -मा सामेल

जोइन्ट फारम पहाड़ तराई ख्रिस्टियन वेल्फेर अर्गानाइजेसन "को सभा सम्पन्न आज दिनांक 14/01/2025 मंगलबार दार्जीलिंग स्थित GDNS...
14/01/2025

जोइन्ट फारम पहाड़ तराई ख्रिस्टियन वेल्फेर अर्गानाइजेसन "को सभा सम्पन्न

आज दिनांक 14/01/2025 मंगलबार दार्जीलिंग स्थित GDNS हलमा "जोइन्ट फारम पहाड़ तराई ख्रिस्टियन वेल्फेर अर्गानाइजेसन "को एक महत्व पूर्ण सभा रेभ पास्टर अजय छेत्री (कर्सि्यांग ) को अध्यक्षतामा सम्पन्न गरियो l सभामा GTA अन्तर्गत रहेका विभिन्न क्षेत्रहरु : मिरिक, कर्सि्यांग, पंखाबारी, सौरेनी /पनिघट्टा, गाड़ी धुरा, सिलिगुड़ी /सालबारी, सुकिया पोखरी, बिजनबारी, सुनादह, धो्तरिया /रंगबुल,लेबुङ्ग भेली, बदमताम /फुपसेरिंग, सॊम /सिंगतम, रङ्गली /रङ्ग्लियाट,दार्जीलिंग टाउन आधि क्षेत्रहरु लगायत कलिम्पोंग जिल्ला बाट पनि उपस्थिति जनाएका थिए l दार्जीलिंग जिल्ला अनि कलिम्पोंग जिल्लाका सबै सबै ब्लक एबं खण्ड खण्ड बाट सदस्य /सदस्याहरु लिएर जोइन्ट फारम को केन्द्रिय कमिटी गठन गरियो l सर्ब समिति द्वारा फारमको अध्यक्ष पास्टर रमेश गुरुङ्गलाई चयन गरियो भने मूल सचिव पास्टर असिम राई लाई चयन गरेको छ l फिल हाल केन्द्रिय कमिटीमा 42 जाना सदस्य / सदस्याहरु छन् भने आज अनुपस्थित अगुवाजन हरुलाई पुन समाबेश गरिने छ l बृहत रुपमा केन्द्रिय कमिटी तयार गरिए पक्ष्यात यसै कमिटी मार्फत GTA क्षेत्र का पैतालिस वटा समष्टिमा 45 जाना मेम्बरस अनि 13 वटा ब्लक मा 13 जाना मेम्बरस चयन गरेर ब्लक अनि समष्टिमा जिम्मेवारी प्रदान गरिनेछ l यो कमिटी स्थायी रुपले अनुशासित भई पहाड़ /तराई क्षेत्रमा रहेका सम्पूर्ण अल्प- संख्याक समुदायहरुलाई जोड्दै अगाड़ी लिएर जानेछ l
यस जोइन्ट फारम एबं साझा मन्च को मूल उदेस्य GTA क्षेत्र एबं
पहाड़ /तराई मा छरिएर बसो/बासो गरिरहेका अल्प संख्याकहरुलाई एक सुत्रमा बाध्नु एबं एकीकरण गर्नु हो अनि समाजमा शान्ती, प्रेम र भाई चाराको संदेश बाड्नु हो l

आज दिनांक १४/०१/२०२५ को दिन मन्जुश्री पार्कमा गोर्खा जातिको महान् ऐतिहासिक पर्व माघेसंक्रान्ति पूजा भव्य रुपमा गोरामूमो ...
14/01/2025

आज दिनांक १४/०१/२०२५ को दिन मन्जुश्री पार्कमा गोर्खा जातिको महान् ऐतिहासिक पर्व माघेसंक्रान्ति पूजा भव्य रुपमा गोरामूमो मिरीक महकुमा समिति को तत्वावधानमा विधिपूर्वक सम्पन्न भयो! गत वर्षहरू झैँ यसवर्ष पनि गोरा मूमो पार्टी का शीर्षस्थ नेत्रित्व हरू लगायत दार्जिलिङ) खरसाङ/ मिरीक/ सोनादा साथै सौरेनी पानिघटटा समषटी का सम्पूर्ण प्रतिनिधिहरू को उपस्थिति मा बुंगकुलुंग शिव मन्दिरका पुजारी श्रीमान धन कुमार योंगहांग ( लिम्बु ( को मन्त्रोच्चारण द्वारा शुरू भएको पूजा। समारोहमा व्यापक रूप मा जनसाधारणको उपस्थिति रहेको थियो ! आजकै माघेसंक्रान्ति पूजा समारोहमा दार्जिलिङ का विधायक श्री नीरज तामांग जिम्बा लगायत खरसाङ महकुमा समिति अध्यक्ष श्रीमान नीमा लामा प्रमुख सल्लाहकार श्रीमान पारस गुरूंग सचिव श्री युद्ध छेत्री गोरामूमो केन्द्रीय समिति का प्रवक्ता श्री वाई लामा मिरीक महकुमा समिति अध्यक्ष श्रीमान महेन्द्र खड्गा महासचिव श्री राज कुमार रिजाल मिरीक महकुमा समिति का वरिष्ठ सल्लाहकार श्रीमान विरेन कार्की कार्यालय सचिव सहदेव रणपंहेली भूतपूर्व सैनिक संगठनका सभापति श्रीमान् समीर तामांग प्रमुख सल्लाहकार श्रीमान ड०बी०घिसिंग श्रीमान कुमार छेत्री लगायत सिंगबुली / फुवागडी / धुसेनी/ खरबनी चियाबारी / पानीघटटा / जबडा/ निरपानी का सयौं कार्य कर्ता हरुको जमघट रहेको गोरामूमो सौरेनी पानीघट्टासमषटीका मीडिया सेल प्रभारी ‌श्री एश०बी०लिमबुले प्रेश विज्ञप्ती मार्फत जानकारी दिए काछन

14/01/2025

खप्तावली किराँत परिवार संस्थाको रजत जयन्ती कार्यक्रम सम्पन्न

दाेर्जे तामाङ  अब रहेनमिरिक थर्बु चार नम्बर गाँउका समाजसेवी अनि अवकाशप्राप्त  हाेम गार्ड  दाेर्जे तामाङकाे निधन भएकाे छ।...
14/01/2025

दाेर्जे तामाङ अब रहेन

मिरिक थर्बु चार नम्बर गाँउका समाजसेवी अनि अवकाशप्राप्त हाेम गार्ड दाेर्जे तामाङकाे निधन भएकाे छ। उनकाे दाह संस्कार भाेलि 15 जनवरीमा गरिनेछ।

14/01/2025

किराँत राईहरूले हरेक पर्वमा प्रयोग गर्ने तोङबाको विशेषता

माघे सक्रान्तिको शुभकामना विश्वभरि छरिएर बसेका नेपाली भाषी गोर्खा समुदायमा माघे सक्रान्तिको हार्दिक शुभकामना व्यक्त गर्द...
14/01/2025

माघे सक्रान्तिको शुभकामना

विश्वभरि छरिएर बसेका नेपाली भाषी गोर्खा समुदायमा माघे सक्रान्तिको हार्दिक शुभकामना व्यक्त गर्दछु। यस पर्वले तपाईहरूको जीवनमा सुख, खुशी अनि समृद्धि छाओस्। सम्पूर्णमा ईश्वरले आशिर्वाद प्रदान गरून्।

विवेक गोले
जनसम्पर्क अधिकारी,मिरिक महकुमा जीटीए।

"चोरको शोर " नेपाली चलचित्र आगामी 19 जनवरीको दिन ताबाकोशी फार्म  होम स्टेमा बेलुकी 5 बजे प्रदर्शन हुनेछ। यसका साथै पेन्त...
14/01/2025

"चोरको शोर " नेपाली चलचित्र आगामी 19 जनवरीको दिन ताबाकोशी फार्म होम स्टेमा बेलुकी 5 बजे प्रदर्शन हुनेछ। यसका साथै पेन्तेरेङ, पुकुली, झ्याउकिरी अनि भङगेरीको ड्रामा पनि हुने भएको छ।

14/01/2025

मलामीले किन प्रयोग गर्छन् तितेपाती? यस्तो छ यस्को गुण

माघे सक्रान्तिको शुभकामना सम्पूर्ण नेपाली भाषी गोर्खा समुदायमा माघे सक्रान्तिको हार्दिक शुभकामना व्यक्त गर्दछु। यस पर्वल...
14/01/2025

माघे सक्रान्तिको शुभकामना

सम्पूर्ण नेपाली भाषी गोर्खा समुदायमा माघे सक्रान्तिको हार्दिक शुभकामना व्यक्त गर्दछु। यस पर्वले तपाईहरूको जीवनमा सुख, खुशी अनि समृद्धि छाओस्। सम्पूर्णमा ईश्वरले आशिर्वाद प्रदान गरून्।

एस. पी. शर्मा
जनसम्पर्क अधिकारी, जीटीए।

13/01/2025

माघे सक्रान्तिको शुभकामना

प्रेषित विज्ञप्ति चिया श्रमिकहरूको  रहल 4% बोनस बारे चाँड़ो  फैसला गरियोस भनेर हिमालयन प्लान्टेशन वर्कर्स युनियनले श्रम ...
13/01/2025

प्रेषित विज्ञप्ति

चिया श्रमिकहरूको रहल 4% बोनस बारे चाँड़ो फैसला गरियोस भनेर हिमालयन प्लान्टेशन वर्कर्स युनियनले श्रम मन्त्री श्रोत मलय घटकलाई पत्राचार गरेको छ। दार्जिलिङको चियाबारी श्रमिकहरूको 2023-2024 को बोनस दर अझसम्म फैसला भएको छैन। सम्पूर्ण श्रमिकहरूले 20% को दरले बोनस दिनु पर्छ भनी मालिकहरूलाई चाप दिनलाई आन्दोलनमा उत्रेका थिए। मालिकहरू 11% बोनस दिने अड़ान लिएर बन्दा स्थिति तनावपूर्ण भएको थियो। अन्तमा 1 अक्टुबर, 2024 को दिन श्रमिक भवन सिलगड़ीमा भएको सभामा अतिरिक्त श्रम आयुक्तले सरकारको तर्फबाट एडभाइजरी जारी गरेर 16% को दरले बोनस बितरण गर्ने घोषणा गर्दा सबै युनियनहरूले घोर बिरोध गरेका थिए, चारै तिरबाट ब्यापक बिरोध गरिएको थियो र निकै उत्तेजना सृष्टि भएको थियो। पछि 6 नोभेम्बरको दिन श्रम मन्त्रीले कलकत्तामा सभा राखेर यस महत्त्वपूर्ण बिषयलाई समाधान गर्ने प्रयास गर्नु भएको थियो तर मालिकहरू सभामा उपस्थित नहुँदा कुनै निर्णय हुन सकेन। फेरि 16 नोभेम्बर, 2024 को दिन सिलगडी डागापुर स्थित श्रमिक भवनमा श्रममन्त्रीको उपस्थितिमा एउटा त्रिपक्षीय सभा भयो, तर त्यो सभामा पनि 20% बोनस बारे निर्णय हुन सकेन। सभा असफल भएपछि मन्त्री महोदयले उक्त बिषय लिएर पन्ध्र दिनभित्र केहि निर्णय लिइनेछ भनी आश्वासन दिनु भएको थियो तर आजसम्म पनि कुनै खबर नआउँदा श्रमिकहरूमा असन्तुष्टि बड़दै गइरहेछ अनि चाँड़ै समाधान नगरे यस बर्षको पहिलो फसल उठाउने समयमा श्रमिक दिवस आन्दोलनले तीब्र रूप लिने सम्भावना छ। मालिकहरूको मनमानी दिनदिनै बडदै जाँदैछ। आज पनि दार्जीलिङ र तराईमा सातवटा कमानहरू बन्द छन्। खर्च र तलब समयमा नदिएको घटनाहरू हालमा पनि भइरहेछ अनि कति वटा कमानहरूमा भविष्यनिधि कोष सम्बन्धी भइरहेको अनेकौं अनियमितताहरू बारे जान्नमा आइरहेछ । त्यसरीनै श्रमिकहरु अवकाश ग्रहण गरी सकेर पनि
ग्रेच्युटी पाउनुबाट बञ्चित रहन्छन् अनि कति जनाको
ग्रेच्युटी नपाई मृत्यु भएको घटनाहरू पनि थुप्रै छन् ।पत्रमा मन्त्री महोदयलाई रहल 4% बोनसको मुद्दा चाँड़ै समाधान गरियोस भनेर निवेदन गरिएको छ ।
बि के राई
हिमालयन प्लान्टेसन वर्कर्स युनियन , केन्द्रिय समिति ।

सुरक्षालाई ध्यानमा रख्दै सेलरोटी पुलमा गाडी रोक्न अनि फोटो खिच्न कालेबुङ जिल्ला प्रशासनले लगायो प्रतिबन्ध |
13/01/2025

सुरक्षालाई ध्यानमा रख्दै सेलरोटी पुलमा गाडी रोक्न अनि फोटो खिच्न कालेबुङ जिल्ला प्रशासनले लगायो प्रतिबन्ध |

हायमनदास राई किरात स्मृति पुरस्कार शुरु गरिने घोषणा जीटीए सूचना एवं सांस्कृतिक विभागप्रति आभार प्रकट गोर्खाल्याण्ड क्षेत...
13/01/2025

हायमनदास राई किरात स्मृति पुरस्कार शुरु गरिने घोषणा
जीटीए सूचना एवं सांस्कृतिक विभागप्रति आभार प्रकट

गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन अन्तर्गत सूचना एवं सांस्कृतिक विभागले आज नेपाली भाषा साहित्यका मूर्धन्य साहित्यकार तथा शताब्दी पुरुष हायमनदास राई किरातको नाममा आगामी वर्षदेखि पुरस्कार दिइने घोषणा गरेकोमा साझा साहित्य संरक्षण संस्था, गोरुबथानले आभार प्रकट गरेको छ।
साहित्य लेखनसँगैसँगै प्रकाशनको क्षेत्रमा पनि उतिकै उल्लेखनीय योगदान दिएर सिङ्गै नेपाली समाजलाई उपकृत तुल्याउने स्व. हायमनदास राई ‘किरात’-को नाममा जीटीए सूचना एवं सांस्कृतिक विभागद्वारा पुरस्कार घोषणा गरिनुपर्ने मागलाई साझा साहित्य संरक्षण संस्थाले धेरै वर्ष अघिदेखि उठान गर्दै आइरहेको थियो। गत 28 दिसम्बर 2024 को दिन एक टोलीले डुवर्सको साहित्यिक कार्यक्रममा जीटीए सूचना एवं सांस्कृतिक विभागका कार्यकारी सभासद अनोस थापासित भेट गरेर यस विषयबारे पुनः स्मरण गराएका थिए। कार्यकारी सभासद थापाले नै १३ जनवरी घोषणा गरिने जानकारी गराएका थिए। त्यसरी नै गत जनवरी पहिलो साता सिलगढीस्थित पिंटल भिलेजमा जीटीए मुख्य कार्यपाल अनित थापासित भेट गर्दा पनि यस विषयमा मुख्य कार्यपाल थापालाई पुनः जानकारी गराइएको थियो। मुख्य कार्यपाल थापाले यस विषयमा चाँडै घोषणा गरिने बताएका थिए।
जीटीएले नेपाली भाषा साहित्यका श्रीपेच हायमनदास राई किरातको स्मृतिमा पुरस्कार शुरु गरिने घोषणा गरेर महान कार्य गरेको मन्तव्य गर्दै साझा साहित्य संरक्षण संस्था गोरुबथानका सभापति तरूण राई अनि सचिव रूस्तम शर्माले गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन मुख्य कार्यपाल अनित थापा, सूचना एवं सांस्कृतिक विभागीय कार्यकारी सभासद अनोस थापाप्रति कृतज्ञता प्रकट गरेका छन्। जीटीएकै सहयोगमा गोरुबथानमा आगामी १६ जनवरीको दिन पूर्णाङ्ग सालिकको पनि अनावरण भइरहेको छ।
स्मरण रहोस् आज जीटीए सूचना एवं सांस्कृतिक विभागद्वारा गाडीधुरामा आयोजित एक कार्यक्रममा नेपाली भाषा साहित्यका शताब्दी पुरुष हायमनदास राई किरात अनि एमएम गुरुङको स्मृतिमा आगामी वर्षदेखि पुरस्कार शुरु गरिने भारप्राप्त सभासद अनोस थापाले घोषणा गरेका छन्।
स्रोत :- Souraj Butang Rai

13/01/2025

गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन सूचना एवं सांस्कृतिक विभाग अनि नेपाली अकादमीको संयुक्त तत्त्वावधानमा गाड़ीधुरा रंगशाला भवन, खरसाङमा पुरस्कार अलंकरण समारोह आयोजना भयो।

हाम्रा स्रष्टा हाम्रा गौरव हुन्। उहाँहरूले विभिन्न विधामा दिनु भएको योगदान हाम्रो भाषा, साहित्य, कला, सङ्गीतको जगेर्नाको निम्ति कोशे ढुङ्गा नै हुन्। यिनै योगदानहरू कालान्तरमा हाम्रो इतिहास बन्छ। जातीय गौरवको कथा बन्छ। भावी पिडिले आफ्नो जातिको इतिहास पढ्छ। जातित्व यसरी बाँच्छ। हाम्रो भाषा, साहित्य, कला, सङ्गीतको प्रवाह बढेर जान्छ।

हामीले आज निम्न स्रष्टाहरुलाई सम्मान पूर्वक पुरस्कारले अलंकरण गर्यौ। सबैलाई बधाई दिनु चाहन्छु।

१. छुजाङ डुक्पा स्मृति पुरस्कार 2024 युवा प्रतिभा (सङ्गीत विधा) – श्रीमती ल्हमु छिरिङ भोटिया, कालेबुङ
२. अरूणा लामा स्मृति पुरस्कार 2024 (सङ्गीत विधा) – श्री दीप वाइबा, दार्जीलिङ
३. शिवकुमार राई पुरस्कार 2024 (नाट्य विधा) - श्रीमती मेनुका प्रधान, दार्जीलिङ
४. गिरी पुरस्कार 2024 (साहित्य विधा) - श्री चन्द्रकुमार प्रधान 'विचन्द्र', मिरिक

अनित थापा
प्रमुख कार्यपाल
जीटीए

13/01/2025
13/01/2025

२७ जनवरी देखि सात दिवसीय मिरिकमा चलचित्र निर्माण कार्यशाला हुने

Address

Mirik
Darjeeling
734214

Alerts

Be the first to know and let us send you an email when Darjeeling Today posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Darjeeling Today:

Videos

Share