DSTV Darjeeling

DSTV Darjeeling First Indian GORKHA news Channel.

14/01/2025

৩১শে জানুয়ারি কন্টাই কো-অপারেটিভ ব্যাংকের ডাইরেক্টর নির্বাচন। ১৬ই জানুয়ারি ডাইরেক্টর নির্বাচনের মনোনয়নপত্র প্রত্যাহারের শেষ দিন। ডেলিকেট নির্বাচনে ১০৮ জনের মধ্যে তৃণমূল সমর্থিত ১০১ জন ডেলিকেটেড জয়ী হয়। যেখানে ১৫ জন ডাইরেক্টর নির্বাচিত হবে সেখানে 30 জন মনোনয়নপত্র তুলেন, আজ মনোনয়নপত্র দাখিল করেন ২৮ জন। যা নিয়ে অস্বস্তিতে শাসক দল তৃণমূল কংগ্রেস। ডাইরেক্টর নির্বাচন নিয়ে ঘোষিত হয়েছে দলীয় প্যানেল। কিন্তু এই প্যানেলের বৈধতা নিয়ে উঠছে প্রশ্ন। এই নির্বাচন নিয়ে হিমশিম খেতে হচ্ছে রাজ্য নেতৃত্বদের।
মনোনয়নপত্র জমা দেওয়ার শেষ দিনে অখিল গিরির হুঁশিয়ারি- দলীয় প্যানেলের ১৫ জনের বাইরে, যারা মনোনয়ন করেছে তারা মনোনয়ন প্রত্যাহার না করলে- তাদের ও তাদের পিছনের যে নেতৃত্ব আছে তাদের বিরুদ্ধে ব্যবস্থা নেওয়ার জন্য রাজ্য সভাপতি ও দলের সুপ্রিমোর কাছে আমরা সুপারিশ করব, তাদের কাছে যা যা পোর্টফোলিও আছে তা কেড়ে নেওয়ার জন্য।

14/01/2025

৩১শে জানুয়ারি কন্টাই কো-অপারেটিভ ব্যাংকের ডাইরেক্টর নির্বাচন। ১৬ই জানুয়ারি ডাইরেক্টর নির্বাচনের মনোনয়নপত্র প্রত্যাহারের শেষ দিন। ডেলিকেট নির্বাচনে ১০৮ জনের মধ্যে তৃণমূল সমর্থিত ১০১ জন ডেলিকেটেড জয়ী হয়। যেখানে ১৫ জন ডাইরেক্টর নির্বাচিত হবে সেখানে 30 জন মনোনয়নপত্র তুলেন, আজ মনোনয়নপত্র দাখিল করেন ২৮ জন। যা নিয়ে অস্বস্তিতে শাসক দল তৃণমূল কংগ্রেস। ডাইরেক্টর নির্বাচন নিয়ে ঘোষিত হয়েছে দলীয় প্যানেল। কিন্তু এই প্যানেলের বৈধতা নিয়ে উঠছে প্রশ্ন। এই নির্বাচন নিয়ে হিমশিম খেতে হচ্ছে রাজ্য নেতৃত্বদের।
মনোনয়নপত্র জমা দেওয়ার শেষ দিনে অখিল গিরির হুঁশিয়ারি- দলীয় প্যানেলের ১৫ জনের বাইরে, যারা মনোনয়ন করেছে তারা মনোনয়ন প্রত্যাহার না করলে- তাদের ও তাদের পিছনের যে নেতৃত্ব আছে তাদের বিরুদ্ধে ব্যবস্থা নেওয়ার জন্য রাজ্য সভাপতি ও দলের সুপ্রিমোর কাছে আমরা সুপারিশ করব, তাদের কাছে যা যা পোর্টফোলিও আছে তা কেড়ে নেওয়ার জন্য।

বাইটঃ অখিল গিরি (প্রাক্তন মন্ত্রী, রামনগরের বিধায়ক তথা কন্টাই কোঅপারেটিভ ব্যাংক নির্বাচনের অবজারভার)

14/01/2025

কাঁথি কো - অপারেটিভ ডাইরেক্টর নির্বাচন নিয়ে কার্যত সচল করতে রাজ্য নেতৃত্বরা দফায় দফায় চলল বৈঠক। পূর্ব মেদিনীপুরে একাধিক বিধায়ক থেকে রাজ্য নেতৃত্বদের সেচ বাংলাতে দফাই দফায় বৈঠক। সাংবাদিকদের মুখোমুখি হয়ে রাজীব বন্দ্যোপাধ্যায় বলেন " সমবায় নির্বাচন তাই, তৃণমূলের প্রতীক দিয়ে প্যানেল দেওয়া হয় না। জয়ী ডেলিগেটরা নমিনেশন করেছেন। প্রত্যাহারের দিনও রয়েছে। নেতৃত্বদের নিয়ে দলীয় মতবিরত যাতে খুব সমাধান হয় তার চেষ্টা চালানো হচ্ছে। শুধু তাই নয় দু একটি জায়গায় বন্ধুত্বপূর্ণ লড়াই হবে "। যদিও সূত্র জানা গেছে তৃণমূল নেত্রী তথা সুপ্রিয় মমতা বন্দ্যোপাধ্যায় সেই লিস্ট কে মান্যতা দিয়েছেন।
যদিও কাঁথি সাংগঠনিক জেলার তৃণমূলের সভাপতি জানিয়েছেন দলীয় তরফ থেকে কোন তালিকা তৈরি করে দেয়া হয়নি, সেক্ষেত্রে যারা সমবায় সম্পর্কে বোঝেন তাদেরকে আমরা সহযোগিতা করেছি যাতে তারা সুষ্ঠুভাবে ব্যাংক পরিচালনা করতে পারেন.... সেক্ষেত্রে যারা সমবায় সম্পর্কে বোঝেন না.... তারা যদি নমিনেশন কোরান সেক্ষেত্রে ভোটাভুটি হবে

14/01/2025

खरसाङ "हाउजिङ फर अल" याेजनाका उपभोक्ताहरु, नगरपालिका अनि विभागीय अधिकारी सँग अनित थापाको बैठक आगामी 20 जनवरीमा हुने

खरसाङ नगरपालीकामा "हाउजिङ फर अल" याेजनाका उपभोक्ताहरूले विभिन्न समस्या भोग्नु परेको गुनासोलाई मैले मिडिया मार्फत नै जानकारी पाएको हुँ । यस विषयमा मलाई भेट्न उपभोक्ता अनि अधिकारीहरू कोही पनि आएका छैनन्।

मैले नगरपालिकाका अध्यक्ष, एसडीओ सँग पनि कुरा गरे। उपभोक्ताहरूले समयमा पैसा नपाएको कारण के हो भनी आज सम्म मैले स्पष्ट कारण बुझ्न सकेको छैन्।

यही विषयलाई लिएर आगामी 20 जनवरी 2025 को दिन उपभोक्ताहरू, नगरपालिका, सभासद अनि सम्बन्धित विभागका अधिकारी सँग बैठक डाक्न निर्देश दिएको छु। बैठक नयाँ बजार स्थित टाउन हलमा दिनको 11 बजे हुनेछ।

बैठक विषय मैले खरसाङ एसडीओलाई अवगत गराई सकेको छु। त्यही बैठकमा सम्पूर्ण समस्या बुझ्न सकिनेछ साथै हामी सबै मिलेर समस्याको समाधान पनि निकाल्ने छौं।

यदि सम्बन्धित विभागले उपभोक्ता माथि अन्याय गरेका छन् भने, सरकारले पैसा दिएर पनि त्यो पैसा उपभोक्ताको घरमा पुगेको छैन भने, उनीहरूले नगरपालिकालाई सोधेको प्रश्नको जवाब पाएन भने उनीहरु सडकमा उत्रने नै छन्। सोध्ने अनि खोज्ने उनीहरूको अधिकार हो। तर उपभोक्ताहरु मध्ये एकजना पनि म कहाँ आएका छैनन्। मेरो जिम्मेवारी हो कि समस्या सुने पछि त्यसको समाधान मैले निकाल्नु नै पर्छ।

अनित थापा
मुख्य कार्यपाल
जीटीए

14/01/2025

दार्जीलिंगस्थित जी डी एन एस हलमा जोइन्ट फारम पहाड़ तराई ख्रिस्टियन वेल्फेर अर्गानाइजेसनको एक महत्वपूर्ण सभा रेभ पास्टर अजय छेत्री (कर्सि्यांग ) को अध्यक्षतामा सम्पन्न गरियो l सभामा जिटिए अन्तर्गत रहेका विभिन्न क्षेत्रहरु मिरिक, खरसाङ, पंखाबारी, सौरेनी /पानीघट्टा, गाड़ी धुरा, सिलिगुड़ी /सालबारी, सुकिया पोखरी, बिजनबारी, सुनादह, धोत्रे /रंगबुल, लेबुङ्ग भेली, बदमताम /फुपसेरिंग, सोम /सिंगताम, रङ्गली /रङ्ग्लियट, दार्जीलिंग टाउन आदि क्षेत्रहरु लगायत कालेबुङ जिल्लाबाट पनि उपस्थिति जनाएका थिए l दार्जीलिंग जिल्ला अनि कालेबुङ जिल्लाका सबै ब्लक एवं खण्डबाट सदस्य /सदस्याहरु लिएर जोइन्ट फारमको केन्द्रिय कमिटी गठन गरियो l सर्व समितिद्वारा फारमको अध्यक्ष पास्टर रमेश गुरुङ्गलाई चयन गरियो भने मूल सचिव पास्टर असिम राई लाई चयन गरेको छ l हाल केन्द्रिय कमिटीमा ४२ जना सदस्य / सदस्याहरु छन् भने आज अनुपस्थित अगुवालाई पुनः समावेश गरिने छ l वृहत रुपमा केन्द्रिय कमिटी तयार गरिए पश्चात यसै कमिटी मार्फत जिटिए क्षेत्रका पैतालिस वटा समष्टिमा ४५ जना सदस्य अनि १३ वटा ब्लकमा १३ जना सदस्य चयन गरेर ब्लक अनि समष्टिमा जिम्मेवारी प्रदान गरिनेछ l यो कमिटी स्थायी रुपले अनुशासित भई पहाड़ /तराई क्षेत्रमा रहेका सम्पूर्ण अल्प- संख्याक समुदायहरुलाई जोड्दै अगाड़ी लिएर जानेछ l
यस जोइन्ट फारम एबं साझा मन्च को मूल उदेस्य GTA क्षेत्र एबं
पहाड़ /तराई मा छरिएर बसो/बासो गरिरहेका अल्प संख्याकहरुलाई एक सुत्रमा बाध्नु एबं एकीकरण गर्नु हो अनि समाजमा शान्ती, प्रेम र भाई चाराको संदेश बाड्नु हो l

14/01/2025

सिक्किम विधानसभाका अध्यक्ष एमएन शेर्पासँग जोरथाङमा आजदेखि आयोजनामा भइरहेको ८ दिने लामो मकर संक्रान्ति मेलाको पहिलो दिनको सन्दर्भमा डीएसटीभी इण्डिया न्युज साथै डीएसटीभी दार्जीलिङका प्रमुख सम्पादक मिलन बहादुर छेत्रीले विशेष अन्तर्वार्ता लिए। अन्तर्वार्तामा एम एन शेर्पाले के भने त हेर्नुहोस् पूरा भिडियो-

14/01/2025

तिब्बती महिला संगठनले ७ जनवरी २०२५ मा तिब्बतमा आएको भूकम्पका पीडितहरूको सम्झना अनि उनीहरूमाथि सहानुभूति जनाउँदै एक शान्ति र्‍यालीको आयोजना गरेको जानकारी प्राप्त भएको छ। यस र्‍याली चौरास्ताबाट सुरु भई शहरभरि परिक्रमा गर्दै पुन: चौरास्तामै आएर समापन गरिएको जानकारी प्राप्त भएको छ।

14/01/2025

जिल्ला पुलिसका डीएसपी भानु राईले आज पत्रकार सम्मेलनमा कालेबुङ जिल्ला पुलिस अन्तर्गत दुईवटा एनडीपीएस मुद्दा दर्ता भएको जानकारी दिए। राईले हिजो दिउँसो र अबेर साँझ दुई छुट्टाछुट्टै घटनामा १०६ र ८१५ लागूऔषध बरामद गरिएको बताए। दिउँसो १.३० बजे, टिस्टा पुरानो पुल नजिकै अनुश विश्वकर्मा (२१) को झोला खानतलासी गर्दा, भिन्सपास्मो १०६ ट्याब्लेटहरू बरामद गरियो। अनुश विरुद्ध एन डी पी एसको धारा २२(B)/२९ अन्तर्गत मुद्दा दर्ता गरिएको छ। पछि, साँझ ७ बजेतिर, विशेष स्रोतबाट प्राप्त सूचनाको आधारमा, पुलिसले घर जाँदै गर्दा टिस्टाको गफुर बस्तीका गणेश थापा (३३) लाई खोजतलास गर्दा कालो प्लास्टिकको झोलामा प्याक गरिएका ८१५ भिन्सपास्मो ट्याब्लेटहरू बरामद गर्यो। उनीविरुद्ध एनडीपीएस ऐन अन्तर्गत मुद्दा पनि दर्ता गरिएको छ। राईले भने कि दुवै अभियुक्तलाई आज कालिम्पोङ जिल्ला अदालतमा पेश गरिएको थियो तर हालैको अदालती बिदाका कारण वर्तमान न्यायाधीशले उनीहरूलाई न्यायिक हिरासतमा पठाएको छ। डिएसपी राईले अदालतको बिदा सकिएपछि दुवै जनालाई पुलिस हिरासतमा राख्न माग गर्दै थप अनुसन्धानको बारेमा जानकारी पनि दिएका छन्।

14/01/2025

आज यहाँको रमणीय पर्यटक स्थल जामुनेमा खम्बु किराती राईहरूले नयाँ वर्ष याले दोङ तथा माघे संक्रान्ति भव्य रूपमा पालन गरे। याले दोङ पुल बिजन बारी कमिटी द्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथि उधेन राई केन्द्रीय समिति अनि कार्यक्रम अध्यक्ष विरेन राई विशिष्ट अतिथीहरु आलोक कान्तमनि थुलुङ, मदन थुलुङ, के बी वातार, एम सी राई आदि उपस्थित थिए। यसदिन कमिटीका अध्यक्ष विरेन राईले अब आउने दिनहरुमा सम्पूर्ण मानिसहरूमा सुख शान्ति र समृद्धि बढेर जावोस भन्ने विशेष ध्याय राखेर सुम्निमा पारुहाङ लगायत विभिन्न देवी देवताहरुको पूजा अर्चना गरिएको बताए। यसरी नै के के आर एस पुल बिजनबारी क्षेत्र कमिटीका सचिव मण्डल राईले किराती राईहरूले आफ्नो संस्कृति र पर्वहरू भुल्न नहुने बताउँदै किराती राईहरूको नयाँ वर्ष 5085 वर्ष पुगेको जनाए।मण्डल राईले पनि सबै सबैलाई सुबे फापी होस् भन्ने हेतुले आज जामुने परिसरमा पूजा अर्चना गर्दै सम्मानको कार्यक्रमहरु गरिएको अवगत गराए। दिवस राई द्वारा संचालित कार्यक्रममा यसदिन सिली नृत्य , गीत अनि धेरै सम्मान गर्ने कार्यक्रम गरियो।

14/01/2025

उदय संघ घैयाबारी घैयाबारीमा भइरहेको नगदराशि फुटबल टुर्नामेन्टको सेमी फाइनलमा पुग्ने तेस्रो टिम बनेको छ। घैयाबारी स्पोटर्स एसोसिएसनको आयोजनामा घैयाबारीको नेताजी हाई स्कूलको खेल मैदानमा भइरहेको नगदराशि फुटबल टुर्नामेन्ट अन्तर्गत आज उदय संघ घैयाबारी र सिविटार युनाइटेडमाझ तेस्रो क्वाटर फाइनल खेल सम्पन्न भएको छ।

14/01/2025

लोवर तकलिङ्ग मैदानमा सिक्किम-दार्जीलिङ एकीकरण मञ्चले आफ्नो १६औं स्थापना दिवस पालन गरेको थियो। जसमा मुख्य गरी सङ्गठनका सचिव शङ्करहाङ सुब्बा, तकलिङ्ग शाखाका अध्यक्ष बेञ्जामीन घिसिङ, केन्द्रीय समितिका सदस्य दिलीप तिखत्रीको उपस्थिति रहेको थियो। जसमा मङपु शाखाका सदस्य सौरभ लोहारले सिक्किम-दार्जीलिङ एकीकरणको आवश्यक्ता किन छ भन्ने बारेमा उपस्थित जनतामा आफ्नो वक्तव्य दिएको जानकारी हाम्रा विशेष प्रतिनिधि अल्ताफ हुस्सैनले जानकारी दिएका छन्।

14/01/2025

सिक्किमको जोरथाङमा आजदेखि माघे मेला २०२५ आरम्भ भएको छ। आज मकर संक्रान्तिको अवसरमा जोरथाङ खेल मैदानमा दशौँ अल इन्डिया चिफ मिनिस्टर गोल्ड कप फुटबल टुर्नामेन्ट पनि सम्पन्न भएको छ। यस कार्यक्रममा सिक्किमका मुख्यमन्त्री प्रेम सिंह गोले प्रमुख रूपमा उपस्थित रहेका थिए।

14/01/2025

आज जीटीए मुख्य कार्यपाल अनित थापाले रोहिणी ग्राम पञ्चायत अन्तर्गत घैयाबारी ३ को चिसो पानीमा सार्वजनिक भवनको उद्घाटन गरे। सार्वजनिक भवनको नामकरण स्वर्गीय साइला गुरुङ अनि स्वर्गीय निर्मला गुरुङको स्मृतिमा राखिएको छ। भवनलाई समाजको हातमा सुम्पिनदैं अनित थापाले भने, "सार्वजनिक भवन बनियो। भवन बनिनु भन्दा पनि महत्वपूर्ण भवनको स्याहार सुसार गर्नु हो। भवन बनाउँनु अघि जुन आतुरता देखाउनु भएको थियो , त्यही जोश लिएर भवनको स्याहार गर्नुहोस। भवनलाई बिहे, मरौकाे निम्ति मात्र प्रयोग होइन तर गाउँकाे अन्य कार्यक्रम साथै नानीहरूको कार्यक्रमको निम्ति पनि प्रयोग गर्नुहोस्।"

भवन उद्घाटन कार्यक्रममा सभासदहरू कल्पना प्रधान, अनोस थापा, खरसाङ पञ्चायत समिति सभापति अनु प्रधान, घैयाबारी ३ का प्रधान सुष्मा वाईबाको उपस्थिति रहेको थियो।

14/01/2025

खरसाङमा आगामी २४ देखि २६ जनवरीसम्म हुने वाइट अर्किड फेस्टिभल अन्तर्गत आगामी २६ जनवरीको दिन खुल्ला म्याराथनको पनि आयोजना गरिने भएको छ। यसै विषयलाई लिएर आज खरसाङमा आयोजक समितिको तर्फबाट पत्रकार सम्मेलनमा जानकारी गराइएको छ। उक्त म्याराथन विषयमा पत्रकारहरुसित कुराकानी गर्दै खरसाङ वाइट अर्किड फेस्टिभलको म्याराथन तर्फको सभापति निर्मल गुरुङले वाइट अर्किड फेस्टिवल अन्तर्गत २६ जनवरीमा खुल्ला म्याराथनको आयोजना गरिएको र यसमा सहभागीहरुले नि:शुल्क भाग लिन पाउने बताएका छन्।

14/01/2025

घूम सुके राेड मुन्तिर भर्खरै एक महिनाअघि वार्ड नम्बर ४ मा घूम खासमल ग्राम पञ्चायतद्वारा नाला बनिसकेको जसमा जानुकी डुक्पाकाे जमीनमा नाै घर परिवारकाे शाैचालयकाे निम्ति पाइप जडान गरिएको सचिव सांगे डुक्पाले बताएका छन्।

यसरी जडान गरिसकेको तीनवटा साेल पाइप १३ जनवरी राती असामाजिक तत्वहरुद्वारा चाेरी गरिएको समितिले जानकारी गराएका छन्। समितिले यसरी पाइपहरू चाेरी भएकोमा गहिरो चिन्ता व्यक्त गरेका छन्। जाेरबङलाे थानामा पनि यस बिषयमा प्राथमिक दर्ता गरेको डुक्पाले बताएका छन्। यसरी चाेरेर गाउँमा याे पाइप कसैले नकिनी दिने अनुरोध पनि समितिले राखेको छ।

बजारमा मात्रै चाेरकाे रगरगी नभएर अहिले भने गाउँ-बस्तीमा धरि यस्तो घटना बढिरहेकोमा डुक्पले गहिरो चिन्ता व्यक्त गरेका छन्।

14/01/2025

ग्लेनबर्ण चियाबारी बडा गाउँको आयोजनामा तीन दिवसीय श्रीमद् भागवत महापुराण, बिश्वशान्ती महायणको आजको प्रथम दिन पूजापाठ र कलश यात्रा गरी आरम्भ गरियो। कार्यक्रममा प्रमुख पण्डित आर्चार्य दिनार्थ सिग्देल, सहायक दुर्गा आचार्य, रमक पोखरेलको उपस्थित थिए। भजन अनि प्रवचन गरेर कार्यक्रम सम्पन्न गरियो। तीन दिवसीय कार्यक्रमको समापन १६ जनवरीको दिन हुने आयोजक समितिले बताएका छन्।

14/01/2025

चिसो पानीमा सार्वजनिक भवनको उद्घाटन

भवन बनिनु भन्दा पनि महत्वपूर्ण भवनको स्याहार सुसार गर्नु हो।: अनित थापा

आज जीटीए मुख्य कार्यपाल अनित थापाले रोहिणी ग्राम पञ्चायत अन्तर्गत घैयाबारी ३ को चिसो पानीमा सार्वजनिक भवनको उद्घाटन गरे। सार्वजनिक भवनको नामकरण स्वर्गीय साइला गुरुङ अनि स्वर्गीय निर्मला गुरुङको स्मृतिमा राखिएको छ।

भवनलाई समाजको हातमा सुम्पिनदैं अनित थापाले भने, "सार्वजनिक भवन बनियो। भवन बनिनु भन्दा पनि महत्वपूर्ण भवनको स्याहार सुसार गर्नु हो। भवन बनाउँनु अघि जुन आतुरता देखाउनु भएको थियो , त्यही जोश लिएर भवनको स्याहार गर्नुहोस। भवनलाई बिहे, मरौकाे निम्ति मात्र प्रयोग होइन तर गाउँकाे अन्य कार्यक्रम साथै नानीहरूको कार्यक्रमको निम्ति पनि प्रयोग गर्नुहोस।"

भवन उद्घाटन कार्यक्रममा सभासदहरू कल्पना प्रधान, अनोस थापा, खरसाङ पञ्चायत समिति सभापति अनु प्रधान, घैयाबारी ३ का प्रधान सुष्मा वाईबाको उपस्थिति रहेको थियो।

14/01/2025

खरसाङ गोर्खे हाट र खरसाङ नगरपालिकाको संयुक्त पहलमा आजदेखि खरसाङ गोर्खे बजार शुरु गरिएको छ। खरसाङ बजारको पुरानो एफसीआई गोदामदेखि केही मुनि रहेको स्थानमा आजदेखि गोर्खे बजार शुरु गरिएको छ जुन अब बिहीबारबाहेक दैनिक रुपमा लाग्ने भएको छ। आज उक्त गोर्खे बजारको उद्घाटन खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधानको बाहुलीबाट रिबन काटेर शुरु गरिएको छ।

Address

7th Drive Zakir Hussain Road
Darjeeling
734101

Alerts

Be the first to know and let us send you an email when DSTV Darjeeling posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to DSTV Darjeeling:

Videos

Share