Bijanbari Inside Story

Bijanbari Inside Story Bijanbari Inside Story is the first online news portal in Bijanbari, Darjeeling.

We give you the freshest info, hot off the presses – but because we’re online, we operate 24 hours a day.

Bijanbari Yoga समूहका Instructor सुश्री अनुजा गुप्तले Siliguri मा आयोजन भएको उत्तरबंग योगा च्याम्पियनसिप 2024 को open ca...
22/12/2024

Bijanbari Yoga समूहका Instructor सुश्री अनुजा गुप्तले Siliguri मा आयोजन भएको उत्तरबंग योगा च्याम्पियनसिप 2024 को open category मा उत्कृष्ट प्रदर्शन छैटौं स्थान हासिल गरेकी छिन्। उनको यस सफलताको निम्ति हार्दिक बधाई अनि शुभकामना। 💐🙌

22/12/2024

अजय एडवर्डसको नेतृत्वमा पहाडमा " भारतीय गोर्खा जनशक्ति मोर्चा ' नामक नयाँ राजनैतिक पार्टीको गठन गरेको छ भने आज दार्जिलिङको जिमखानाबाट पार्टीको नामसँगै झण्डाको अधिकारीक रूपमा सार्वजनिक गरिएको छ।

हार्दिक श्रद्धाञ्जली
21/12/2024

हार्दिक श्रद्धाञ्जली

Big shout out to my newest top fans! 💎 Big shout out to my newest top fans! 💎 Purni Kamal, बिमल जमु रिजाल, ओम मीत्र, Cha...
18/12/2024

Big shout out to my newest top fans! 💎 Big shout out to my newest top fans! 💎 Purni Kamal, बिमल जमु रिजाल, ओम मीत्र, Chandan Singh, Miramilan Chhetri, Deo Bir Khatiwada, Ansa Lama Tamang, Asha Tumbapo, Rabin Limbu, Ranjit Baraily, Sudha Yonzone, Surjyadip Thapa, अनु तामङ, Sw****ka Thapa Chettri, Saroj Khati, Sangam S***a

Drop a comment to welcome them to our community,

Please call kasko hola 095471 51986
18/12/2024

Please call kasko hola 095471 51986

कोलकाताका चम्किए बिजनबारीका धावकहरु: दुई दिदीबहिनी सम्झना एव बन्धना सुब्बाको २५ तथा १० किलोमिटरको खुल्ला तथा उमेरवर्गमा ...
16/12/2024

कोलकाताका चम्किए बिजनबारीका धावकहरु: दुई दिदीबहिनी सम्झना एव बन्धना सुब्बाको २५ तथा १० किलोमिटरको खुल्ला तथा उमेरवर्गमा उत्कृष्ट प्रदर्शन

बिजनबारी: कोलकाता महानगरमा सम्पन्न टाटा स्टील वर्ल्ड 25के म्याराथन (TATA STEEL WORLD 25K MARATHON) मा बिजनबारीका क्षेत्रका धावकहरुले उत्कृष्ट प्रदर्शन गर्दै व्यातिगत उपलब्धि सगै क्षेत्रको नाम उचो पारेका छन। यसै क्रममा नयाँ नोर ग्रामको लोवर किजोमका दुई दिदी बहिनी धावकहरु सम्झना तथा बन्धना सुब्बा आ-आफ्नो वर्गमा उत्कृष्ट दौड लगाउदै खुला तथा समुह चरणमा बिजेता बनेका छन। जसमा २५ किलोमीटरको महिला खुल्ला समुहमा सम्झना सुब्बाले तेस्रो तथा अठारदेखि पच्चीस बर्गसमुहमा प्रथम स्थान हसिल गरिन भने उक्त दौड उनले एक घण्टा चौवालिस मिनेट तेयिस(1:44:23) सेकेन्डमा पुरा गरिन। यसैगरी उनकि बहिनी बन्धना सुब्बाले दश किलोमिटर खुल्ला महिला तथा उमेर समुहमा तिर्चालिस मिनेट बत्तीस सेकेन्डमा (43:32) दौड पुरा दुबैमा दोस्रो स्थान हासिल गरिन। यसका साथै सम्झनाले राष्ट्रिय स्तरीय आगमी २६ देखि २८ डिसेम्बरमा उडिसामा हुने इन्डियन इन्टर युनिभर्सिटी एथलेटिक्समा जादवपुर बिश्वबिधालयको प्रतिनिधित्व गर्ने मौका पाएकी छन।

Finished Tata Steel World 25 km in 2 hours 26 minutes Siva Rai Bijanbariआज कलकत्ता महानगरमा सम्पन्न भएको TATA STEEL WORL...
15/12/2024

Finished Tata Steel World 25 km in 2 hours 26 minutes Siva Rai Bijanbari
आज कलकत्ता महानगरमा सम्पन्न भएको TATA STEEL WORLD 25K MARATHON मा बिजनबारीका अथक म्याराथन धावक श्री शिवकुमार राईले 25 KM को दुरी 2 घण्टा 26 मिनेटमा पूरा गरी 16th position हासिल गरेका छ्न्।
यस म्याराथन दौडमा श्री राईले अंश ग्रहण गरी पूर्ण गर्नु अति महत्त्वपूर्ण विषय थियोे कारण अब उनले Mumbai अनि Banglore सम्पन्न हुने Marathon दौड पूर्ण गर्न सके उनी राष्ट्रिय Marathon धावकको रूपमा चयन हुनेछन्। राष्ट्रिय धावक चयन हुनु भनेको अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिताहरुमा अंश ग्रहण सकिने मापदण्ड हो। उनको लगातार मेहनत अनि दृढ़ संकल्पले अवश्य नै एकदिन भारत देशलाई प्रतिनिधित्व गर्नेछ भन्ने विश्वास हामीलाई रहेकोछ। वहाँको लगनशीलतालाई सलाम।

14/12/2024

justice for atul subhash
केही दिन अघि एआइ इञ्जीनियर अतुल सुभाषको रहस्यमय मुत्यु भएको खबर प्रकाशमा आएको थियोे । आज बेलुकी साँझपख उनको न्यायको माग गर्दै बिजनबारी ग्रामीण अस्पतालका सम्पूर्ण कर्मचारीगणद्वारा बिजनबारी बजारमा मोमबत्ती बालेर शान्ति जुलुस गरियो

justice for atul subhash
14/12/2024

justice for atul subhash

14/12/2024

"नफल्ने बन तरूल, बतल त्यहि हो , तर लेबल मात्र अलिक फरक छ " दार्जिलिङ पहाडमा नयाँ पार्टी खोलिने सन्दर्भमा तृणमूल जिल्ला युवाएकाईका महासचिव रमेश कडेरियाको भनाई।

बिजनबारी: दार्जिलिङ पहाडमा नयाँ पार्टी खोलिने कुरा लिएर तृणमूल जिल्ला युवा एकाईका महासचिव रमेश कडेरियाले आज कडा टिप्पणी गर्दै भने "नफल्ने बन तरूल, बतल त्यहि हो , तर लेबल मात्र अलिक फरक छ। "हिजोको दिनमा दार्जिलिङ पहाडमा असफल भएका राजनीति झुण्डले सत्ताको लोभमा फेरि एउटा नयाँ राजनैतिक पार्टी खोल्दैछ। उनलेे अघि कटक्षा प्रहार गर्दै भने दार्जिलिङ पहाडमा सन 1986देखि अहिलेसम्म धेरैवटा पार्टीहरू आए, तर सबै हराए ।किनभने कुनै पनि पार्टीले जातिको हितमा काम गरेनन्। जनताले तिरस्कार गरीसकेका छन। उनीहरू खाली सत्तामा लोभमा मात्र सिमित रह्यो । यो कुरा जनताले राम्ररी थाहा पाइसकेको कडेरियाले बताए । फेरि उनलेे अघि भने गणतन्त्रमा आफ्नो अधिकार हो पार्टी खोल्न पाइन्छ । तर हेर्दै जानुहोस, छ महिनापछि सबैले देख्नेछन। विगतमा यस्तो धेरै राजनैतिक पार्टीहरू आए सबै विलिन भए। मेरो भन्नू केहि छैन। उनीहरूलाई मेरो तर्फबाट बधाई अनि शुभकामना छ ।

13/12/2024
13/12/2024

डा० हुकर तथा तेञ्जिङ नोर्गे लाई स्मरण गर्दै 9 KM लामो "बिजनबारी हुकर हाइक" कार्यक्रम सम्पन्न !

बिजनबारी : बिजनबारी क्षेत्रलाई पर्यटनको मानचित्रमा अघि लैजादै पर्यटनलाई बडवा दिने प्रमुख उदेश्यको साथमा जीटीए पर्यटन विभागको मुख्य सक्रियतासगै दार्जिलिङ पुलिस तथा फ्रेस एयर भेल्ली संस्थाको मुख्य सहयोगमा युथ फर टुरिज्मको आयोजनामा बिश्वबिख्यात उद्भितविद डा० हुकर तथा पर्वातरोही तेञ्जिङ नोर्गे शेर्पालाई स्मरण गर्दै नौ किलोमीटर लामो "बिजनबारी हुकर हाइक "कार्यक्रम आज दार्जिलिङ पुलबजार खण्डको मोडल भिलेज लामागाउँ यक्सो होम स्टे बाट शुरु गरियो। बिहान नौ बजेबाट शुरु गरिएको हाइकमा अप्पर लामागाउँ हुँदै अप्पर साम्सु क्षेत्रका विभिन्न गाउँ भएर सिहलिला राष्टिय आरण्यको प्रवेश ढोका धोत्रेसम्म पुगेर समापन गरियो। जहाँ उनीहरूलाई ठाउँ-ठाउँमा मानिसहरूले भव्य रूपमा स्वागत जनाएका छन। उक्त कार्यक्रममा दार्जिलिङ पुलिसका एसपी प्रविण प्रकाश प्रमुख रूपमा उपस्थित थिए भने उनीबाहेक जीटीए पर्यटन विभागीय सभासद नोर्दैन शेर्पा, जीटिए भुमि अनि भुमि सुधार विभाग तथा कृषि एवम रेशम विभागका कार्यकारी सभासद सतिश पोखरेल लगायतका पुलबजार, लोधोमाका थाना प्रभारी विभिन्न ग्राम पञ्चायतका प्रतिनिधिगण आदिको बिशेष उपस्थिति रहेको थियोे। डा० हुकरलाई स्थानीय स्तरमा परिचित गराउने मुख्य उदेश्य रहेको युथ फर टुरिज्मको पक्षमा मिङमा गिर्मी शेर्पाले बताएका छन। अर्कोतिर, उक्त कार्यक्रम बिषय लिएर जीटिए पर्यटन विभागीय सभासद नोर्देन शेर्पा, कृषि विभागीय सभासद सतिश पोखरेल साथै फ्रेस एयर भेल्लीका प्रतिनिधिगणले थप जानकारी गराएका छन।




11/12/2024

Here’s all you need to know about our homegrown Marathon, the D-Run!
Feasible for beginners and a pro, why haven’t you registered yet?
Register now! Link in bio👋

10/12/2024

पुल बिजनबारी समस्टी गोक खण्ड १ अनि २ मा बाटोहरुको मरमत्ति साथै अन्य कार्यहरु सभासद श्री भुपेन्द्र छेत्री अनि सचिव बिनय सुब्बाको विशेष पहलमा धमाधम सम्पन्न भइ रहेको छ। आज गोक खण्ड २ अन्तर्गत मुर्बिदाङमा बाटो मरमत्तिको कार्य सम्पन्न भयो।

Address

Bijanbari
Darjeeling
734201

Alerts

Be the first to know and let us send you an email when Bijanbari Inside Story posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bijanbari Inside Story:

Share

Category