
16/09/2025
गोर्खा जनमुक्ति युवा मोर्चाका शीर्ष नेतृत्व साथै दार्जीलिङका सांसद राजू विष्टबीच भेटघाट !
१६ सेप्टेम्बर २०२५ सिलिगुडी
बिगत २००९ देखि वर्तमान २०२५ सम्म गोर्खा जनमुक्ति मोर्चाले गोर्खाहरूको निम्ति भारतीय जनता पार्टीले केहि गर्छ भन्ने विश्वास लिएर चुनावी गठबन्धन गरेर लगातार रूपमा सहयोग गरि भाजपाका बिधायक साथै सांसदहरूलाई जिताइरहेका छन् ! तरै पनि केन्द्र भाजपाले भने अहिले सम्म पनि गोर्खाहरूको निम्ति केहि नगरेको भन्दै युवा मोर्चाले आज दार्जिलिङ लोकसभा सांसद राजू विष्टसँग भेटवार्ता गरेको छ।
उक्त भेटमा सांसद विष्टले हालै केन्द्रीय गृहमन्त्री अमित शाहसँग भएको त्रीपक्षीय वार्ता विषयमा कुराकानी भएको साथै गृहमन्त्रीसँगको वार्तामा पहाड, तराई र डुवर्सलाई समेट्ने गरी गोर्खाल्याण्ड प्रादेशिक क्षेत्र (GTR) को नयाँ आधार तयार पार्ने विषयमा छलफल भएको र त्यसका लागि interlocutor नियुक्त गर्ने कुरालाई केन्द्र सरकारले अघि बढाएको जनाइएको छ।
सांसद विष्टले केन्द्र सरकार यस विषयमा गम्भीर रहेको र चाँडै नै अर्को चरणको वार्ता तय हुने भनी विश्वास दिलाएको छ भने गोर्खा जनमुक्ति युवा मोर्चाले भने २०२६ को बिधानसभा चुनाउ अघि भारतीय जनता पार्टीले ठोस निर्णय नलिए गोजमुमो ले पनि चुनावी गठबन्धन तोड्न सक्ने कुरा इस्पष्ट राखेका छन् ।