Darjeeling Channel

Darjeeling Channel Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Darjeeling Channel, Broadcasting & media production company, OFFICE : Unique Market Top Floor , Hill Cart Road, Darjeeling.
(1)

Darjeeling Channel द्वारा प्रसारण प्रत्येक कार्यक्रमहरुको ताजा अपडेट अब (Social Media) सोसियल मिडियामा मात्रै नभएर यहाँहरुले � टीभी (Television) माध्यम NXT Box Slots No- 133 मा पनि उक्त कार्यक्रमको लाभ उठाउन सक्नुहुनेछ।

जिटिए क्षेत्रिय प्रशासनद्रारा गरिएको 𝐆𝐫𝐨𝐮𝐩 '𝐂' अनि 𝐆𝐫𝐨𝐮𝐩 '𝐃'  गैर शिक्षण अर्थात् 𝐍𝐨𝐧-𝐭𝐞𝐚𝐜𝐡𝐢𝐧𝐠 गैर-शिक्षण' को नियुक्ति प्...
28/01/2025

जिटिए क्षेत्रिय प्रशासनद्रारा गरिएको 𝐆𝐫𝐨𝐮𝐩 '𝐂' अनि 𝐆𝐫𝐨𝐮𝐩 '𝐃' गैर शिक्षण अर्थात् 𝐍𝐨𝐧-𝐭𝐞𝐚𝐜𝐡𝐢𝐧𝐠 गैर-शिक्षण' को नियुक्ति प्रक्रियामा भएको भ्रष्टाचार बिषयलाई लिएर मैले प्रिन्सिपल सेक्रेटरी, शिक्षा विभागका, विकास भवन, कोलकाता, जिटिए चिफ, अनित कुमार थापा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन, लाल कोठी, दार्जीलिङ, केन्द्रीय अनुसन्धान ब्युरो (𝐂𝐁𝐈), (आपराधिक अनुसन्धान विभाग (𝐂𝐈𝐃), पश्चिम बंगाल (𝐂𝐈𝐃), लाई २६ जनवरी २०२५ को दिन पत्रचार गरेका छु ||

यसै सन्धर्भमा मैले शिक्षक नियुक्तिको प्रक्रियामा भएको भ्रष्टाचार सम्बन्धी विषय, जुन मार्च २, २०१७ मा पश्चिम बंगाल सरकारको शिक्षा विभाग कानूनी शाखा (𝐋𝐚𝐰 𝐁𝐫𝐚𝐧𝐜𝐡) द्वारा संयुक्त सचिवबाट जारी गरिएको थियो, हाल कलकत्ता उच्च अदालतको जलपाइगुड़ी सर्किट बेन्चमा दायर रिट पिटिशनको विषय पनि जनाएका छन् |

उक्त रिट पिटिशनको विवरणले देखाउँछ कि भ्रष्टाचार सम्बन्धी जाँच एजेनसीद्वारा न्यायलयको आदेश अनुसार अनुसन्धान भइरहेको छ। वास्तवमा, सम्बन्धित अधिकारीहरूले दायर गरेका हलफनामाले अवैध नियुक्तिको घटनाहरूलाई स्वीकार गरेका छन्।

महत्वपूर्ण बिषय यस गैर-शिक्षणको नियुक्तिलाई लिएर भ्रष्टाचारले गहिरोसँग जरा गाडिएको छ, र साल २०१६ को न्यायलयको आदेश विरुद्धको अपिल संयुक्त सचिवको माथि उल्लिखित पत्रका आधारमा फिर्ता लिइएको थियो।

हाल जिटिएले कोटको आदेश भन्दै गरिरहेको 𝐆𝐫𝐨𝐮𝐩 '𝐂 𝐆𝐫𝐨𝐮𝐩 '𝐃' गैर शिक्षण अर्थात् 𝐍𝐨𝐧-𝐭𝐞𝐚𝐜𝐡𝐢𝐧𝐠 नियुक्ति प्रक्रियामा सत्य तथ्य बारेमा कुनै पनि कुरा उल्लेख नगरी अदालतलाई झुक्याएर नियमितिकरणको आदेश प्राप्त गरिएका छन्। यो स्पष्ट छ कि अझै 𝐆𝐓𝐀 क्षेत्रभित्र पर्ने विद्यालयहरूको 𝐆𝐫𝐨𝐮𝐩 '𝐂 𝐆𝐫𝐨𝐮𝐩 '𝐃' को नियुक्तिमा भ्रष्टाचारमा संलग्न छ |
अधिकार सम्बन्धी वकिलहरूलाई नियुक्तिको प्रक्रियामा भइरहेको अवस्था र आपराधिक अनुसन्धान चलिरहेको विषयमा जानकारी दिइएको छैन। जसले गर्दा वकिलहरूलाई निर्देशन दिने व्यक्तिहरू पनि नियुक्तिमा भइरहेको भ्रष्टाचारमा संलग्न देखिन्छन्। ती अवैध नियुक्तिहरू प्रचलित नियुक्ति नियमहरूको पालना नगरी अनुचित लाभका आधारमा गरिएका छन्।

उत्त पत्रमा मैले निम्न कदमहरू चाल्न अनुरोध गरेका छन् :

१. भ्रष्ट तरीकाले गरिने नियुक्तिलाई रोक्न उपयुक्त कदम चाल्न,
२. उच्च अदालतमा चलिरहेका मुद्दा र सम्बन्धित आदेशहरूबारे सही जानकारी उपलब्ध गराउन,
३. कुनै पनि न्याययिक प्रक्रियामा रहेका विभिन्न आधारहरूमा समूह-C र समूह-D का नियमितिकरण गरिएका नियुक्तिसम्बन्धी भ्रष्टाचारको घटनालाई तुरुन्तै अदालतको ध्यानाकर्षणमा ल्याउन ||

उत्त पत्रमा मैले यस प्रकारका बिषयहरूको माँग सठीक र सकारात्मक कदम उठाउने सरकार पक्षलाई पत्रचार गरिसकेको छु ताकि जिटिए क्षेत्रमा सम्पूर्ण पढे-लेखेर बसेका शिक्षित बेरोजगार युवाहरूले जिटिए अन्तर्गत रहेको 𝐆𝐫𝐨𝐮𝐩 '𝐂 अनि 𝐆𝐫𝐨𝐮𝐩 '𝐃' मा भएको रित्त पदहरूको नियम कानुनमा रहेको सठीक नियुक्ति प्रक्रियाद्वारा 𝐍𝐨𝐭𝐢𝐟𝐢𝐜𝐚𝐭𝐢𝐨𝐧 गरेर 𝐎𝐩𝐞𝐧 𝐀𝐝𝐯𝐞𝐫𝐭𝐢𝐬𝐞𝐦𝐞𝐧𝐭 होस् अनि बराबर अवसर पावोस् नत्र भने उनले शिक्षक नियुक्ति मात्रै नभएर गैर- शिक्षणमा भएको भ्रष्टाचार बिरूध्द पनि न्यायलयमा सब शिक्षित अनि योग्य बेरोजगार युवाहरूको तर्फबाट मुद्दा हाल्नेछु ||

अब सब युवाहरूले आफ्नो हक र अधिकारको निम्ति अघि आउनुपर्छ!

बिनित : सुदन गुरूङ गोर्खा ......
सत्यमेव जयते!

28/01/2025

#पहाडको परिस्थितिलाई लिएर पिपल्स फोरम संयोजक भानु लामाको भनाई यस्तो छ।

28/01/2025

पुल निर्माणको‌ कार्य बन्द गराउन फेरि पुगे प्रशासन तुङ्गसुङ्ग।
तुङ्गसुङ्गमा जनताले निर्माण गर्दै गरेको पुलको कार्य प्रक्रिया बन्द गराउन आज फेरि प्रशासन तुङ्गसुङ्ग पुगेकोले क्षेत्रमा माहौल तनावपूर्ण भएका छन्। स्थानीय 32 वटा समाजहरु अनि अजय एडवर्ड्सको सहयोगमा‌ निर्माण हुदै गरेको पुलले‌ घुम जोरबंगला समष्टि अन्तर्गत तुङ्गसुङ्ग क्षेत्र अनि पोख्रेबुङ चामोङ समष्टिका समिकपानी जोड्ने छन् ।‌ उक्त पुलको निर्माण कार्य बन्द गराउन दोस्रो पटक प्रशासन स्थानमा पुगेका हुन्।।

28/01/2025

(R.C.L.D) Rashtriya Computer Literacy Drive For Admission - 9434209772

28/01/2025

भर्ना खोलिएको छ -

पारिजात आदर्श विद्यालय, एक Open र Distance Learning School, शैक्षिक वर्ष 2025 को लागि कक्षाहरू (10 र 12) मा भर्नाको लागि आवेदन आमन्त्रित गर्दछ।

उपलब्ध पाठ्यक्रमहरू
१) राष्ट्रिय खुला विद्यालय (NIOS)
२) बोर्ड अफ ओपन स्कूल (BOSSE)

भारत सरकारद्वारा मान्यता प्राप्त र CBSE, ICSE र स्टेट बोर्ड जस्तै अन्य नेश्नल बोर्डहरूसँग समान मानिन्छ।

पारिजात आदर्श विद्यालयले आफ्नै स्थानमा र अनलाइन पाठ्यक्रमहरू प्रदान गर्दछ।
* यसले अनलाइन र डिसटेन्स शिक्षा प्रदान गर्दछ। यसले ड्रप आउट विद्यार्थीहरूलाई आफ्नो शिक्षा जारी राख्नको लागि अवसर प्रदान गर्दछ।
* विद्यार्थीहरू अन्य मान्यता प्राप्त बोर्डहरूबाट क्रेडिट स्थानान्तरण गर्न सकिनेछ।

अन्य उपलब्ध पाठ्यक्रमहरू:

१) B.A र M.A का बोर्डहरू:
१) स्वामी विवेकानन्द युनिभर्सिटी (SVU)
२) इन्दिरा गान्धी नेशनल ओपन युनिभर्सिटी (IGNOU)

२) B.ED का बोर्डहरू:
१) पश्चिम बंगाल शिक्षक प्रशिक्षण, शिक्षा प्रशासन विश्वविद्यालय (WBUTTEPA)

कम शुल्क संरचना र विद्यार्थीहरूको लागि उपलब्ध विकल्पहरू पनि उपलब्ध छन्।

अधिक जानकारीको निम्ति सम्पर्क गर्नुहोस्:
पारिजात आदर्श विद्यालय,
ठेगाना: गेल भञ्ज्याङ्ग बजार।
फोन नम्बर: 7908729801 / 9641826487

28/01/2025

Glenarys@Bakery and Restaurant , Nehru Road Near Clock Tower Darjeeling

28/01/2025

दार्जीलिङ एच°डी° लामा रोड के°सी° डे° बिल्डिङ ग्राउण्ड फ्लोर ब्याक साइड सबै प्रकारका जाडोमा लगाउने होलसेलमा लुगाहरू उचित मूल्यमा उपलब्ध छन्।

All types of Winter Wear Wholesale Clothes available at Reasonable Prices.........

Address - H.D Lama Road K.C Dey Building Ground Floor Back Side, Darjeeling.

दार्जीलिङको चिया बगानमा अचम्मकै कुरा भयो।16 दशकसम्म बराजु–खनाति सबैले रगत–पसिना–आँसु बहाएपछि अब जमिनको हक–पर्चा–पट्टा चा...
28/01/2025

दार्जीलिङको चिया बगानमा अचम्मकै कुरा भयो।16 दशकसम्म बराजु–खनाति सबैले रगत–पसिना–आँसु बहाएपछि अब जमिनको हक–पर्चा–पट्टा चाहियो भन्दा पश्चिम बंगाल सरकारले चिया खेतीमा जमिनहीनलाई 5 डेसिमल (2,175 वर्गफुट) जमिन दिने घोषणा गर्‍यो ।

बंगाल सरकारले अब आँखा देख्नु सराहनीय कुरो हो । कति शोषित–अपहेलित राख्ने यी चिया श्रमिकहरूलाई (डुवर्स र दार्जीलिङमा) जसले पश्चिम बंगाललाई अर्बौंको राजस्व दिए, जसले भारत सरकारलाई चिया निर्यात गरेर अर्बौंकै विदेशी मुद्रा दिए अनि कम्पनी र मालिक वर्गलाई अर्बौंको मुनाफा दिएर विश्वकै प्रसिद्ध उद्योगपतिहरू बनाए ? त्यति मात्रै कहाँ हो र, विश्वमै दार्जीलिङको चियाले ढोल पिट्यो, बंगालको ताज नै भए अनि भारतको एउटा सग्लो निर्यात वस्तु बनेर विश्वबजारमा अडिग रह्यो ! 160 वर्ष ढुंगा–मुढा–हट्टा बाहिर–तिरस्कृत–भोकै–अस्तित्वहीन रहेर आज श्रमिकलाई ५ डेसिमल जमिनको हक दिने रे ! अर्थात एउटा श्रमिकको परिवारले त्यत्रो शोषित भएपछि हरेक वर्ष केवल 163 इन्च जमिन कमाएछ, 16 दशक लामो अवधिमा ! एउटा परिवारमा पाँच–छ सदस्यले त झन् हरेक वर्ष 27 इन्च जमिन आर्जन गरेछन् । यो के हो ? किन यस्तो भयो ?
जमिन मात्रै कहाँ हो र, दैनिक रोज–वेतन, घर–कुलेसो, औषधि–अस्पताल, स्कुल–शिक्षा, खानापिना, पानी–बत्तीको त कसैले कुरै गर्दैनन् ! जुन 2023 मा एक चिया श्रमिकको दैनिक रोज–वेतन 235भारुदेखि बढेर 250 भारु पुग्यो । राष्ट्रमा रहिआएको विकास, महँगी, उन्नति आदिसँग श्रमिकको वेतनको केही सम्बन्धै रहेन ।
सन् 1980 मा पानीपतको सुप्रसिद्ध ‘पञ्चरंग’ अचारको ५ सय ग्रामको टिन 8 भारुमा पाइन्थ्यो, आज त्यही अचार 230 भारु पर्छ।अर्थात जाबो अचारले त 43 वर्षमै लगभग 29 गुणा बढी भाउ पायो भने चिया श्रमिकले त अनेकौं सय गुणा दैनिक वेतन पाउनुपर्थ्यो, त्यसो कहिल्यै भएन। अर्कोपट्टि त्यही बंगालमा आज आटा पिस्ने श्रमिकले दैनिक वेतन 455 भारु पाउँछ: डोरी बनाउने, दाल र तेलको मिलमा काम गर्ने र प्लास्टिक उद्योगमा काम गर्नेले समेत कमसेकम 455 भारु पाउनैपर्छ । यो न्यूनतम वेतन कानुन भारत सरकारले सन् 1948 मा लागू गरेको भए पनि बंगाल सरकारले चिया कमानका श्रमिकलाई कहिल्यै यो कानुनभित्र हालेन ।
दार्जिलिङ र डुवर्सका जमिनहीन चिया श्रमिकलाई 5 डेसिमल जमिनको पट्टा–हक–स्वामित्व दिने घोषणा गर्दै पश्चिम बंगाल सरकारले जारी गरेको सूचना (1 अगस्ट 2023) मा आठ–दस वटा उल्लेखनीय तर अस्पष्ट कुरा लेखिएका छन। कोट्याउँदा–केलाउँदा पनि नबुझिने कुराहरू गाभिएका छन। प्रथमत: जमिन वितरण गर्ने विभागको नाममा ‘भूमिसुधार, शरणार्थी राहत एवं पुनर्वास’ जोडिएको छ । यदि विभागको नामै त्यस्तै भए पनि चिया श्रमिकलाई अलग ढंगमा राख्न सकिन्थ्यो, शरणार्थी र पुनर्वासदेखि । पश्चिम बंगालले सन् 1947 मा भारत–पाकिस्तान विभाजन हुँदा र सन् 1971 मा बंगलादेशको स्वाधीनताको लडाइँमा यो राज्यमा आएका लाखौं शरणार्थी र गत दुई दशकमा बर्माबाट आएका रोहिंग्या शरणार्थीहरूलाई दिइएको र दिइने जमिन–पुनर्वासको सुविधालाई अनि चिया श्रमिकको 160 वर्षको संवैधानिक हक–अधिकार–मागलाई एउटै डोकामा हाल्नुले अर्कै दिशातिर संकेत गर्छ । तसर्थ, श्रमिक वर्गमा असन्तुष्टि र द्विविधाको लहर आउनु स्वाभाविक हो ।
दोस्रो, यो घर–टहरा–कुलेसोको पट्टाचाहिँ चिया कमानमा रहेको आधिक्य (सरप्लस) र प्रयोगमा नल्याइएको (अन युटिलाइज्ड) जमिन सर्वेक्षण गरेर ठिम्याएपछि दिने अरे ! यसलाई सन् 1953 को पश्चिम बंगाल स्टेट्स अधिग्रहण कानुनका दफा ६(१) र 6(3) अन्तर्गत तय गर्ने भनिएको छ। यो नियमको यस विशेष धारामा के लेखिएको छ भने, चिया कमान–मिल–कारखाना आदिको लिजमा दिइएको जमिनमा, लिजमा लिनेले त्यति मात्रै जमिन राख्न सक्छ, जति राज्य सरकारको भनाइ अनुसार चिया कमान आदिका निम्ति चाहिन्छ । अर्थात यदि सरकारको सोचमा लिजमा लिने व्यक्ति वा कम्पनीले चिया कमान–खेतीमा चाहिँदो भन्दा बढी जमिन राखेको खण्डमा, सरकारले वापस लिएर कुनै अरू काममा लगाउन सक्छ । यसै धारा अन्तर्गत जमिन लिजमा लिने कम्पनी–व्यक्तिबाट वापस–फिर्ता लिएर जमिनहीन व्यक्ति–परिवारलाई दिइने भएको छ ।
यसमा सबैले सोध्नैपर्ने प्रश्नहरू दुई–चार वटा छन् ।
1) लिजमा लिइएको भन्दा (मालिक–कम्पनीले) बढी चलाएको जमिनलाई कसरी, कसले र कुन आधारमा खुट्याउने ?
2) के 160 वर्षदेखि श्रमिक परिवारले चलाउँदै आएको घरवरिपरिको कोठेबारी, कटेरो–गाई गोठ–कुखुरा–बाख्रा पालन, कुलेसो अलि परतिरको सुन्तला खेती, स्कुस–बाँस–अलैंची–अम्लिसो घारी, पानी–पँधेरो, घाँस–दाउराको जंगल, कुवा–सिमधाप–मन्दिर–गिर्जाघर–गुम्बा–समाजघर जस्ता लिजभन्दा बढी चलाइएको जमिन यसभित्र गाभ्न सकिन्छ ? यदि गाभिएको खण्डमा 160 वर्षको आआफ्नो अलिखित यस्तो जमिन आदिको स्वामित्व (ओनरसिप) मा केकस्तो प्रभाव–आघात पुग्छ ?
3) सर्वेक्षण गर्ने दललाई कसरी थाहा हुन्छ कि के–कसको–कहिलेदेखि चलाउँदै र हुँदै आएको ? के यस किसिमको सर्वेक्षण–गराइले सामाजिक तनाव र अशान्ति नफैलिएला ?
4) एउटाको बाटो खोसेर अर्कोलाई दिइएला भन्ने आशंका नहोला र ?
तेस्रो, यो सरकारी नोटिसमा सरप्लस र नचलाई–प्रयोगमा नल्याई राखिएको जमिनको सर्वेक्षण गर्न जिल्लाका म्याजिस्ट्रेट अनि कलेक्टरहरूलाई जिम्मा दिइएको छ । उनीहरूले सर्वेक्षण गर्दा, व्यक्ति–मालिक–कम्पनीले सरकारबाट पक्कै लिजमा लिएका छन् वा छैनन् भन्ने कुराको पनि स्वतः जाँच हुन्छ किनकि कमानको जमिन लिज (पट्टा) मा लिएको व्यक्ति–कम्पनी–मालिकले सरप्लस जमिन भेटिएको खण्डमा यसलाई श्रमिकलाई वितरण–हक दिन डिस्ट्रिक्ट म्याजिस्ट्रेटलाई नो अब्जेक्सन सर्टिफिकेट दिनुपर्छ । यसले के पनि देखाउँछ भने, कोही व्यक्ति–कम्पनी–मालिकले नियम–कानुनले माग्ने लिजको कागजपत्रबिनै चिया कमान चलाइरहेको छ, नत्र सरकारले यस किसिमको सर्त–प्रावधान नोटिसमा हाल्ने नै थिएन ।
चौथो, सर्वेक्षण गर्ने दलले अर्को खुट्याउनुपर्ने कुरा के हो भने, यस्तो सरप्लस जमिन र चिया कमानको प्रयोगमा नभएको जमिन कहाँ–कसले ओगटेर बसेका छन् । अर्थात्, सरप्लस जमिन वा प्रयोगमा नभएको जमिनको परिभाषा के हो, यसलाई कसरी तोक्ने भनेर अत्यन्तै वैज्ञानिक ढंगमा आकलन (एसेसमेन्ट) गर्ने र तय गर्ने मापदण्ड बनाइनुपर्ने हुन्छ । यस्तो मापदण्ड बनाइँदा श्रमिक परिवारलाई मात्रै नहेरेर त्यहाँको संस्कृति, इतिहास, पर्यावरण, बसोबास गर्ने प्रथा र विकास, उन्नतिका प्रावधानहरूलाई समेत ख्याल गर्नैपर्छ । किनकि यो 160 वर्षसम्म वञ्चित राखिएका श्रमिक–परिवारको हक हो। एउटै कमानमा दस–बाह्र मालिक–कम्पनी–व्यक्तिले आधिपत्य जमाएको इतिहासको घीनैलाग्दो पन्ना हो; दशकौंसम्म चिया कम्पनी निजी सम्पत्ति हो भन्दै पञ्चायत राज व्यवस्था र त्यहाँबाट सम्पूर्ण राष्ट्रले पाएको फाइदाबाट चिया कमानलाई वञ्चित र तिरस्कृत राखिएको विकासहीन व्यवस्थाको व्यथा हो ।
अझै घतलाग्दो प्रश्न के हो भने, बंगाल सरकारले पर्यटन विकासका निम्ति चिया कमानका मालिक–कम्पनी आदिलाई प्रदान गरेको कमानको मोठ जमिनको 15 प्रतिशतचाहिँ सरप्लस र प्रयोगमा नरहेको जमिनको परिभाषामा पर्छ कि पर्दैन ? पर्छ भने त्यही जमिनबाट जमिनहीनलाई हक–पर्चा किन नदिने ? पर्दैन भने कसरी चियाका निम्ति भनेर लिजमा दिइएको जमिनमा होटल–महल–अट्टालिका बन्दै छन् ? यो श्रमिक वर्गको सूचना–ज्ञानको अधिकार पनि हो, कारण मालिकभन्दा श्रमिकहरू सुरुदेखि नै कमानका कर्ता हुन् ।
पाँचौं, बंगाल सरकारको नोटिसमा लेखिएको छ— अवकाश प्राप्त गरिसकेका र गर्न लागेका श्रमिकहरूलाई यो 5 डेसिमल जमिनको पर्चा दिइनेछ । यही परिभाषा हो भने हरेक परिवारमै चार–दस जना श्रमिकले अवकाश प्राप्त गरिसकेका छन् वा गर्नेवाला छन् । उनीहरूले 160 वर्षमा पाउनुपर्ने हकलाई आज मात्रै किन समाधान दिनतिर सरकार लागेको छ । के पर्‍यो त सरकारलाई यो दिशातर्फ जान ? के जुन 2022 मा भारतको संसदीय स्ट्यान्डिङ कमिटीले दार्जीलिङ चिया कमानबारे संसद्लाई बुझाएको रिपोर्टको प्रभाव हो यो ? वा, पश्चिम बंगालले नै सन् 2015 मा पास गरेको चिया कमानका कर्मचारीहरूको कल्याणार्थ कोषबारे अधिनियम हो ? वा, प्लान्टेसन लेबर एक्ट–1951 मा सन् 1981 र 1986 मा ल्याइएको संशोधनले हो ? वा, सन् 2024 मा हुने लोकसभाको चुनावमा यो नोटिसलाई घुम्टो–पानी छेक्ने घुम बनाउने जमर्को त होइन ?
छैटौं, नोटिसमा यो कुरो पनि उल्लेख गरिएको छ कि, पर्चा बाँड्दा, क्लस्टर एप्रोच (गुच्छा दृष्टिकोण) अपनाउने अरे, जस अन्तर्गत जमिन पाएका 10–15 परिवारलाई एउटै थुम्कामा बसाइने अरे ! अंग्रेजी कम्पनीका मालिकहरूले सिङ्ताम कमानमा धनमान धुरा–पक्की धुरा बसाएजस्तै र नेपालको बेलडाँगीमा भोटाङे शरणार्थीलाई जस्तै बारी–बिरुवा–गोठ–कटेरोबिनै सबै पर्चा पाउने श्रमिकलाई पनि एउटै कुम्लोमा खाँद्ने परियोजना त होइन यो ?
सातौं, यो सर्वेक्षण गर्ने प्रक्रिया कहिले सुरु हुन्छ, कहाँ सकिन्छ र 5 डेसिमल जमिन श्रमिक परिवारले कहिलेसम्म प्राप्त गर्छ, केही तय गरिएको छैन । यसको अर्थ हो— पश्चिम बंगाल सरकारको पहाड र डुवर्समा अहिलेसम्म चलिआएको खुला–अन्त वा कहिल्यै अन्त नहुने नीतिको अर्को प्रयोग हो यो, चिया कमानको प्रयोगशालामा ।
र आठौं, यो नोटिसको एउटा सुन्दर पक्ष के छ भने, जमिन पाउने श्रमिक परिवारले घरपरिवारभित्र मात्रै जमिनको विरासत–हक सार्न सक्छ; अन्य व्यक्ति–परिवार–संस्थालाई कदापि बेच्न वा हस्तान्तरण गर्न पाउँदैन । यसो गरेको खण्डमा सरकारले यो हक–पर्चालाई रद्द गर्न सक्छ ।
सरकारले अघि ल्याएको यो नौलो कदममा कुनै लुकेको–छिपेको एजेन्डा वा सोच छैन भन्ने कुरोलाई सम्बोधन गर्न र 160 वर्षदेखि चिया कमान स्याहार–शुश्रूषा गरेर बसेका, पुर्ख्यौली ज्ञानसमेतको भण्डार बोकेका विश्वलाई नै स्वादिलो–सुवासनाको चिया पिलाउने श्रमिकहरूको पर्चा–पट्टा र घरजमिनको माग–आकांक्षा पूरा गर्न पश्चिम बंगाल सरकारले यी तल दिइएका आठसूत्रीय कार्यक्रम–पद्धति–प्रक्रियालाई आत्मसात् गर्न आह्वान गर्नुपर्छ—
1) अहिले जुन श्रमिक परिवारसित घर, जमिन, कुलेसो, बारी, कटेरो, गाईगोठ, अलैंची–अम्लिसो घारी, जंगल–पानी–कुवा, सिमसार छ, ती सबैको पर्चा–स्वामित्व उनीहरू सबैलाई कानुनी ढंगमा वितरण गरियोस् ।
2) नोटिसमा लेखिएको सरप्लस जमिन र प्रयोगमा नभएको जमिन सर्वेक्षण र जाँच गर्नुअघि, यो जमिन के हो, कस्तो परिभाषा लागू गरिनुपर्छ र खुट्याउने मापदण्ड के हो भन्ने कुरा सरकारी अधिकारी, श्रमिक वर्ग, चिया कमानका मालिक, नागरिक समाजका सदस्य र अन्य विशेषज्ञ मिली तय गरिनुपर्छ ।
3) जमिनको सर्वेक्षण दलमा डिस्ट्रिक्ट म्याजिस्ट्रेट वा कलेक्टरबाहेक कानुन एवं जमिन विशेषज्ञ, हरेक कमानका श्रमिकका तीन जना प्रतिनिधि एवं विश्वविद्यालयका प्रतिनिधि हुनुपर्छ ।
4) खुट्याइएका जमिनहीन श्रमिक परिवारलाई 5 डेसिमल होइन, कमसेकम 20 डेसिमल ( 8, 711 वर्गफुट ) दिनुपर्नेछ ।
5) चिया कमानका मालिकलाई पर्यटन विकासका निम्ति दिइएको 15 प्रतिशत जमिनमा बनाइएको कुनै पनि होटल, रिसोर्ट, होमस्टे आदिमा अनिवार्य ढंगमा ७० प्रतिशत कर्मचारी आदि त्यसै कमानका बासिन्दाहरूबाट नियुक्त गरिनुपर्छ । होटल–होमस्टे–कारखाना आदिका मालिक–कम्पनीले त्यसै कमानका शिक्षित युवायुवतीलाई विभिन्न तालिम–प्रशिक्षण केन्द्रमा पठाई सशक्त दक्ष मानव श्रमशक्ति गठन गर्नुपर्छ । यो भारत सरकारले लागू गरेको कर्पोरेट सोसिअल रेस्पोन्सिबिलिटीको एउटा अभिन्न अंग हो । यस प्रकारको व्यवस्था अन्तर्गत श्रमिक वर्गका निम्ति 15 प्रतिशत जमिन छुट्याउनुपर्छ ।
6) चिया कमानका मालिकले पनि एकपल्ट चिया–जमिन लिजमा लिएपछि कमसेकम 15 वर्ष कमान चलाउनैपर्छ । यो लिखित रूपमा राखिएको सर्तलाई भंग गरिएको खण्डमा मालिकको लिज रद्द मात्रै नगरेर मालिक–कम्पनीलाई ब्ल्याक लिस्टमा समेत राखिनुपर्छ । कमानको लिज व्यक्तिलाई दिन बन्द गर्नुपर्छ, केवल जानेमाने कम्पनीलाई दिनुपर्छ ।
7) अबउसो चिया कमानका मालिक–कम्पनीले श्रमिकलाई वार्षिक नगद बोनस नदिएर कमान चलाउने कम्पनीको सेयर (हकदार) दिनुपर्छ ताकि कम्पनी जहाँ जान्छ, जति नाफा कमाउँछ, श्रमिक त्यही पुगोस् र स्वतः मुनाफाको अंश पाओस् ।
८. दार्जीलिङको चिया खेतीलाई संयुक्त राष्ट्र संघ (युनेस्को) को विश्व विरासतको सूचीमा हाल्नैपर्छ, हाम्रो टोय ट्रेनजस्तै ।

~डा० महेन्द्र पि लामा

27/01/2025

76औं गणतन्त्र दिवसको सुअवसरमा दार्जीलिङ नगरपालिका वार्ड नम्बर 17 मा नगरपार्षद MIC नितेश गुरुङको पहलमा आज ब्याटमिन्टनको अन्तिम फाईनल खेल सम्पन्न गरियो।

सुवास घिसिङ समाधि निर्माण समिति द्वारा अपिल।आगमी दिनाङ्क 29 जनवरी 2025 बुधबारको दिन सुवास घिसिङ समाधि निर्माण समिति द्वा...
27/01/2025

सुवास घिसिङ समाधि निर्माण समिति द्वारा अपिल।

आगमी दिनाङ्क 29 जनवरी 2025 बुधबारको दिन सुवास घिसिङ समाधि निर्माण समिति द्वारा सुवास घिसिङको १०वाँ पुण्यतिथिमा मञ्जु श्री पार्क मिरिकमा समाधि अनावरण साथै श्रद्धाञ्जलि समारोहको आयोजना गरिने जानकारी समाधि निर्माण समितिका संयोजक वाई लामाले आज एक प्रेस बिज्ञप्ति जारी गरि जानकारी दिएका छन् । उक्त दिन समाधि निर्माण समिति अनि सुवास घिसिङको सुपुत्र मन घिसिङ लगायत उनको सवपरिवारको तर्फबाट दार्जीलिङ पहाड , सिलिगुडी , तराई अनि डुवर्सका सुवास घिसिङका अनुयायी ,राजनैतिक , अराजनैतिक पार्टी , संघ- संस्था , बुद्धिजीवी , शिक्षक - शिक्षिका , कवि , चित्रकार , भुतपुर्व सैनिक , साहित्यकार , लेख अन्य समुदाय साथै सम्पुर्ण गोर्खा परिवारलाई वहाँको १०वाँ पुण्यतिथिमा यो भारत देशमा हामी भारतीय हौं भनी पार्टी भन्दा जाति ठूलो जाति भन्दा माटो ठूलो भनी चेतना खुलाउन
गोर्खा पितालाई श्रद्धा सुमन अर्पण गरिदिन २९ जनवरी २०२५ बुधबारको दिन मञ्जु श्री पार्क , मिरिकमा आफ्नो उपस्थिति भइदिने वाई लामाले अपिल गरेका छन् ।
भारतीय राजनीतिमा गोर्खाहरुलाई स्थापित गराउने , गोर्खाल्याण्ड शब्दका जन्मदाता , वहाँले गोर्खा जातिलाई दिनु भएको योगदान स्वरुप सुवास घिसिङलाई श्रद्धाञ्जलि स्वरुप समाधि निर्माण समिति द्वारा समाधि निर्माण गरेका छौं ।साथै वहाँको धर्मपत्नी धनकुमारी सुब्बा घिसिङको पनि समाधि निर्माण गरेका छौं किन भने सुवास घिसिङ सफल हुनमा वहाँको पनि महत्त्वपूर्ण योगदान रहेको छ । हामीले धेरैलाई पत्राचार पनि गरेका छौँ । ज-जसलाई पनि पत्राचार गर्नु सकेनौं आज मिडिया मार्फत निमन्त्रणा दिदैछौं यो समारोह पुर्ण रुपमा अराजनैतिक समारोह हो सबैले एक ठुङ्गा फुल चडाएर सुवास घिसिङको योगदानलाई सम्मान जनाइदिन वाई लामाले अपिल गरेका छन् ।

27/01/2025

"जोइन्ट फरम पहाड़ तराई ख्रिस्टियन वेल्फेर अर्गानाइजेसन " टोलीले North Bengal Region CNI (Church of North India) बिशप रेभ- रोशन थापा संग भेटघाट गरे।

अध्यक्ष पास्टर रमेश गुरुङ्ग अनि जोइन्ट फरम को प्रबक्ता पास्टर लोक विजय सुब्बा सल्लहाकार पास्टर मोजेस मंग्राती टोलीहरुले North Bengal Region , CNI (Church of North India ) बिशप रेभ- रोशन थापा संग दार्जीलिङ स्थित बिशप कार्यलायमा भेट गरेर माइनोरिटी विकास बोर्ड बिषय चर्चा गरे l सरसल्लह पक्ष्यात बिशपले पनि Church of North India को बिशपको हैसियतमा चियर मेन पदको निम्ति रेभ- रमेश गुरुङलाई पूर्ण सहमति प्रदान गर्दै केहि सुझावहरु पनि राखे।
आगमी दिनहरुमा आफ्नो आर्का नछुट्टाई
सबै गाउँ बस्तीमा मिलेर काम गर्ने अनि नेतृत्व गर्ने व्यक्ति नम्र र धिरजी हुनु कहिले रिस नगर्नु हामी तपाईको साथमा छौं भनि प्रथर्ना पनि गरि दिनु भयो। बिशप संग रेभ- पास्टर निर्वान आमोस सुब्बाको पनि उपस्थिति रहेको थियो l

27/01/2025

सेभ ड्राइव सेभ लाभ , रोड सेफ्टीलाई लिएर दार्जीलिङ मोटर स्ट्याण्डमा आर°टी°ओ° अनि पुलिस ट्राफिकको संयुक्त पहलमा 27 To 31 January 2025 जनचेतना कार्यक्रम आजबाट शुरु गरे।

26/01/2025

अजय एडवर्ड्स लेख्छन्, “जोन सरको नेतृत्वमा सामसिङ टिमले सामसिङ, कालीम्पोङको एउटा खोल्सोमाथि पुलको कन्क्रिट स्लाबको पहिलो भाग पूरा गरिसकेको छ। यो पुल अर्को पैंतालीस दिनमा यातायातका लागि खोलिनेछ।”

26/01/2025

.....1995 मा दार्जीलिङ नगरपालिकाले भारी बोक्ने भरियाहरुलाई बिल्ला वितरण गरेका थिए। अहिले फेरि यो बिल्ला लगाउन चालु गरिदिया जावोस् भन्ने लाग्छ : दुर्गा प्रसाद छेत्री(भरिया)

दार्जीलिङका व्यवसायिक टाइकुन तथा समाजसेवी दावा साङ्गे शेर्पालाई रेलिङ युनाइटेड एसोसिएसनद्वारा नागरिक अभिनन्दन! रेलिङ युन...
26/01/2025

दार्जीलिङका व्यवसायिक टाइकुन तथा समाजसेवी दावा साङ्गे शेर्पालाई रेलिङ युनाइटेड एसोसिएसनद्वारा नागरिक अभिनन्दन!

रेलिङ युनाइटेड एसोसिएसनले दार्जीलिङ पहाडका प्रतिष्ठित व्यवसायी तथा समाजसेवी दावा साङ्गे शेर्पालाई नागरिक अभिनन्दन गर्दै उहाँको असाधारण व्यावसायिक योगदान र समाजप्रतिको समर्पणलाई सम्मान गरेको छ।

उद्योग, परोपकार, र नेतृत्वको क्षेत्रमा आफ्नो अद्वितीय पहिचान बनाएका श्री शेर्पाले उत्तर बङ्गालको सबभन्दा ठूलो "साङ्गग्रीला" स्थापना गरेर न केवल आफ्नो व्यवसायलाई उचाइमा पुर्‍याउनुभएको छ, तर हजारौं व्यक्तिलाई रोजगारीको अवसर प्रदान गरी गोर्खा समुदायको आर्थिक तथा सामाजिक सशक्तिकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ।

कार्यक्रममा बोल्दै, रेलिङ युनाइटेड एसोसिएसनका प्रतिनिधिहरूले भने, “श्री शेर्पाको दूरदृष्टि, नेतृत्व क्षमता, र सामाजिक उत्तरदायित्वले दार्जिलिङ क्षेत्रको आर्थिक र सामाजिक प्रगतिमा अद्वितीय योगदान पुर्‍याएको छ। उहाँले देखाउनुभएको परोपकारी भावना र समाजको समग्र विकासप्रतिको प्रतिबद्धता हामी सबैका लागि प्रेरणाको स्रोत हो।”

उक्त अभिनन्दन समारोहमा क्षेत्रीय समुदायका अग्रज, बुद्धिजीवी, र विभिन्न संघ-संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

शेर्पाले आफ्नो सम्बोधनमा यो सम्मान प्राप्त गर्दा अत्यन्त भावुक र प्रेरित भएको बताउनुभएको छ। उहाँले भन्नुभयो, “मेरो प्रयास दार्जीलिङ र यस क्षेत्रका जनताको सेवामा समर्पित छ। यस सम्मानले मलाई आगामी दिनमा अझ प्रभावकारी काम गर्न प्रोत्साहन दिनेछ।”

रेलिङ युनाइटेड एसोसिएसनले शेर्पाको भविष्यका योजनाहरू सफल र उदाहरणीय बनून् भन्ने कामना गर्दै, उहाँको सुस्वास्थ्य र दीर्घायुको शुभेच्छा व्यक्त गरेकि छन्।

26/01/2025

#म जुन पनि दलमा थिए र त्याहाँ बसेर काम गरें त्यो दलको नाईकेलाई थाहा छ ठूलो बृहत परिदृश्यमा बसेर एउटा ठुलो सोच राखेर बिचार राखेर गहिरो चिन्तन गरेर अनि दरिलो गहकिलो रणनीति निर्माण गरेर हामी अगाडि बढ्नुपर्छ भन्ने कोशिशमा थिए म त्यो कोशिश सानोतिनो फ्यातुलो थिएन ठूलो आँटेको थियौं आँटेको थिएँ ब्यक्तिगत स्तरबाट पनि तर दलहरुले बोक्नै सकेनन्। अहिले म IGJF मा सामेल हुन्छ भनेर चिकिरहेको हल्लालाई म सोह्रै आना खारेज गर्छु म कुनै पनि हालतमा त्यस दलमा सामेल हुनेछुईन। भबिस्यमा सकेभर म कुनै पनि राजनीतिक दलहरुमा जोडिने छुईन : बिक्रम् आदि वाङ्देल राई।

26/01/2025

दार्जीलिङ नगरपालिकाले Inox को छेउ देखि क्यापिटल हल अघि सम्म फूटपाथ निर्माण गरेर आज गणतन्त्र दिवसको अवसरमा नागरिकहरुको सुबिधा प्रदान गर्दै बिधिवत गरे उद्घाटन।

Address

OFFICE : Unique Market Top Floor , Hill Cart Road
Darjeeling
734101

Telephone

+917384064554

Website

Alerts

Be the first to know and let us send you an email when Darjeeling Channel posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Darjeeling Channel:

Videos

Share