Digdarshankhabar/ दिग्दर्शन खबर

Digdarshankhabar/ दिग्दर्शन खबर Digdarshankhabar for systematic research and creative journalism नेपाली अनलाइन समाचार को दुनियाँमा एक उत्कृष्ट अनलाइन

29/12/2024

किन जीवन! कसरी जीवन
यी झस्किरहने प्रश्नहरूको,सामना गर्दै
रहर हराएको शहरमा,

अध्यारो चकमन्न कोठाबाट
उज्यालो आशाको आकास देख्ने
अबोधहरुलाई सोध

अनन्त धुवाँधुलो गाडी कोलाहल
, मूर्खहरूले भरिएका सहरको गल्लीहरुलाई सोध
आफुलाई सदाको लागि बदनाम गर्ने,
कुन्चित मानसिकता भएकाहरुलाई सोध

म भन्दा मूर्ख को छ, र को हो

उज्यालोको लागि व्यर्थै चाहने आँखाहरू,
संघर्षको लागी तट्पिएका दिनहरु
सँधै नवीकरण हुने संघर्षको कथाहरु
तर सबैको , नराम्रो नतिजा
, आफ्नो वरिपरि देखेको
चहलपहल र उग्र भीडबाट,
टाढा गएर हिडेको आफ्नै बाटो

म भन्दा मूर्ख को छ, र को हो

रहेको खाली र बेकार वर्षहरू मध्ये,

बाँकी म संग जोडिएको, प्रश्न
किन जीवन कसरी जीवन
अनुत्तरित प्रश्नहरुको लागि भौतारिएको म

जिवनको लागि जिवन कि
सौन्दर्यताको लागि जीवन
काम क्रोध लोभ मोह र
अङ्हकारको लागि जिवन कि
त्याग र समर्पनको लागि जीवन
यी सबै फोकट बकवास जस्तो लाग्छ

किन कि हिड्नु छ आफ्नै बाटो
तय गर्नु छ प्रेमिल यात्रा
विगतका यादहरुलाई भुलेर
जिउनु छ खुसीको सुनौलो बिहान सम्म
सिद्धान्तको लाागी जिवन भन्दा
जिवनको लागि सिद्धान्त नै ठिक छ
तर्नु छैन रतानको जंघार
भुलेर आफ्नो
वास्तविक आधार

सुख्खा जमिनको कुरुप चरित्र बनेर
आउने र जाने दुबैलाई
नम्रता र कठोरता दुबैको प्रर्यावाची सिकाउनु छ
मर्यादाको र सिमाको बाध भत्काउनेहरुलाई
मुस्कानले फिडा बनाउनु छ
जे सुकै लेखियोस्
जे सुकै देखियोस्

विलियम सेक्सपियरको पर्दा
भन्दा पनि माथी
टिएस इलियटको सुख्खा जमिनको
रचना भन्दा पनि माथी
सबैको सबै भन्दा पनि माथी
व्यक्तिगत सफलता नै छ
आसुँहरुको भेललाई
भावनामा बगाएर
हतास कुण्ठा र आक्रोसमा पनि
म जीवन देखेको हुन्छु
अध्यारोमा पनि म आसाको
किरण देखेको छु
पुस्तक भन्दा ठूलो म जीवन देखेको छु
उपन्यासको पाना भन्दा
जिन्दगीको पाना सुन्दर देखेको छु
अब सबैले भन्न सक्छन
म भन्दा मूर्ख को छ, र को हो ।

21/12/2024

टिकटक वनाउने क्रममा तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकाको खोरुङगा खोलाको खोंचमा खसेर शिक्षिका र एक छात्राको शनिबार अपराह्न मृ त्यु भएको छ ।

६५ वर्षको उमेरमा सुदूरपश्चिम प्रदेशका अर्थमन्त्री बहादुरसिंह थापाले विवाह गरेका छन्। नेपाली काँग्रेसका नेतासमेत रहेका था...
13/12/2024

६५ वर्षको उमेरमा सुदूरपश्चिम प्रदेशका अर्थमन्त्री बहादुरसिंह थापाले विवाह गरेका छन्। नेपाली काँग्रेसका नेतासमेत रहेका थापाले शुक्रबार विवाह गरेका हुन्। झन्डै ६५ वर्षको उमेरमा मन्त्री थापाले कञ्चनपुर सिसैयाकी भावना बिष्टसँग विवाह गरेका हुन्।

हार्दिक बधाइ।कालिकोट तिलागुफा ४ को वडा अध्यक्षमा नेपाल मजदुर किसान पार्टीका खड्गराज शाही  बिजयी हुनुभएको छ । हार्दिक बधा...
02/12/2024

हार्दिक बधाइ।
कालिकोट तिलागुफा ४ को वडा अध्यक्षमा नेपाल मजदुर किसान पार्टीका खड्गराज शाही बिजयी हुनुभएको छ । हार्दिक बधाइ।

01/12/2024

शिवालय माध्यमिक विधालय ढोरपाटन ५ बागलुङमा कक्षा ११ का विधार्थीहरुले नवआगन्तुक विधार्थीहरुलाई स्वागत कार्यक्रममा कक्षा १२ अध्ययनरत छात्रा सङ्गिता पौडेलको एक विशेष नृत्य ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानप्रदत्त अधिकार प्रयोग गरी नयाँ नयाँ अनुहारहरु राजनीतिक मञ्चमा उदाइरहेका छन्। ...
30/11/2024

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानप्रदत्त अधिकार प्रयोग गरी नयाँ नयाँ अनुहारहरु राजनीतिक मञ्चमा उदाइरहेका छन्। जनताको अभिमत लिएर आएका नयाँ अनुहारलाई मैले लोकतन्त्ररुपी बगैंचामा फूलेका सुन्दर फूल भन्दै आएको छु। लोकतान्त्रिक प्रक्रिया अवलम्बन गर्दै पुराना भनिनेहरुको कमजोरीको जगमा जन्मेका नयाँ शक्ति र अनुहारलाई सरापेर हैन, आफ्ना कमजोरीलाई स्वीकार गरेर मात्र पुरानाहरुले आफूलाई रुपान्तरण गर्न संभव छ। बगैंचामा फक्रिरहेका कोपिलालाई निमोठेर हैन, फूल्न दिएर मात्रै त्यसको सही पहिचान हुन्छ। सही र गलतको पहिचान जनताले गर्छन, शासकको डण्डाले हैन। यही प्रक्रियाले मात्रै हामीले लडेर ल्याएको लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्न सकिन्छ भन्ने मेरो विश्वास छ।

14/11/2024

सबै कुरा सबैको अगाडि भन्न मिल्दैन । त्यसकारण भवन सहितको अदालतले बन्द ईजलास गठन गरेको हुन्छ ।

कालिकोटको खाँडाचक्र नगरपालिका-१ मा रहेको कालिकोट जिल्लाको सदरमुकाम मान्म बजार । २०३२ साल मङ्सिरमा तत्कालीन जुम्ला जिल्ला...
13/11/2024

कालिकोटको खाँडाचक्र नगरपालिका-१ मा रहेको कालिकोट जिल्लाको सदरमुकाम मान्म बजार । २०३२ साल मङ्सिरमा तत्कालीन जुम्ला जिल्लाबाट विभाजित भई कालिकोट जिल्ला बनेपछि मान्म बजार सदरमुकामका रूपमा स्थापित भएको हो ।

तस्वीर: सुरेश आचार्य/रासस

गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे पक्राउ परेका छन् ।प्रहरीले मनाङेलाई आज काठमाडौंको सानो भर्‍याङबाट पक्राउ गरेको ह...
12/11/2024

गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे पक्राउ परेका छन् ।

प्रहरीले मनाङेलाई आज काठमाडौंको सानो भर्‍याङबाट पक्राउ गरेको हो ।

भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मिनबहादुर गुरुङले जग्गादान घोषणा गरेको करिव एक महिनापछि उक्त जग्गा बल्ल आफ्नो नामम...
11/11/2024

भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मिनबहादुर गुरुङले जग्गादान घोषणा गरेको करिव एक महिनापछि उक्त जग्गा बल्ल आफ्नो नाममा लिएका छन् ।

एमालेले जग्गादान लिएको विवादमा सर्वोच्च अदालतमा सुनुवाइ हुनुअघि अर्कै व्यवसायीको नाममा रहेको जग्गा भाटभटेनी डिपार्टमेन्ट स्टोरका नाममा पास भएको छ ।

माईपोखरीरामसार क्षेत्रमा सूचीकृत इलामको पर्यटकीय क्षेत्र माईपोखरी । सन्दकपुर गाउँपालिका-३ मा पर्ने माईपोखरीको पर्यटन प्र...
11/11/2024

माईपोखरी

रामसार क्षेत्रमा सूचीकृत इलामको पर्यटकीय क्षेत्र माईपोखरी । सन्दकपुर गाउँपालिका-३ मा पर्ने माईपोखरीको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सोमबारदेखि दुई दिने बहुधार्मिक (हिन्दु, बौद्ध र किरात धर्म) महोत्सव आयोजना भएको छ ।

तस्वीर: रामकुमार लिम्बू/रासस

11/11/2024

Aja ko Date 11/11 lai Singles Day vanera celebrate garchhan vane dherai desh ma single harule afai lai gift ra treat dine chalan cha. 😬😍

11/11/2024

बागलुङको जैमिनी नगरपालिकामा सोमबार बिहान पीकअप जीप दुर्घटना भएको छ । ग २ च ९२४७ नम्बरको पीकअप जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको र १ जना घाइते भएको घट्ना स्थलमा पुगेका वडा न. ७का वडा सदस्य भुपेन्द्र रानाले बताए ।

जैमिनी नगरपालिका–८ छिस्तीदेखि बागलुङ तर्फ आउँदै गरेको पीकअप जीप छिस्ती र जैदीको सिमा ढुङ्गाखानी नजिक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

प्रहरी टोली घट्नास्थल तर्फ जाँदै गरेको बताइएको छ । घट्नाको थप विवरण आउन बाँकी छ ।

08/11/2024

Breaking sad news: ढोरपाटन ३ टारीमा बोलेरो पिकअप दुर्घटना भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले २०५६ सालदेखि २०७७ सालसम्म कक्षा ११ र कक्षा १२ मा विभिन्न विषयहरूमा अनुतीर्ण भएका विद्यार्थीहरू...
08/11/2024

राष्ट्रिय परीक्षा बोर्डले २०५६ सालदेखि २०७७ सालसम्म कक्षा ११ र कक्षा १२ मा विभिन्न विषयहरूमा अनुतीर्ण भएका विद्यार्थीहरूलाई अन्तिम एकपटक उत्तीर्ण गर्ने अवसर प्रदान गरेको छ। फारम मङ्सिर २७ गतेसम्म सम्बन्धित विद्यालयमा भरिसक्नुपर्ने सूचनामा उल्लेख छ।

08/11/2024

"जित्ने मान्छे त्यहीँ हो जसलाई मैले जित्न सक्छु भन्ने विश्वास छ "।
#राल्फा वाल्डो इमर्सन

म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा बुधबार धान भित्र्याउदै गरेका किसान र पृष्ठभूमिमा देखिएको धौलागिरि हिमाल । तिहार स...
07/11/2024

म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा बुधबार धान भित्र्याउदै गरेका किसान र पृष्ठभूमिमा देखिएको धौलागिरि हिमाल । तिहार सकिएसँगै म्याग्दीका किसानलाई धान भित्र्याउने चटारो छ ।

तस्वीर: सन्तोष गौतम/रासस

07/11/2024

नसा नै गर्नु छ भने मेहनतको गर्नुस
अनि बिमार पनि सफलताको लाग्छ ..

Address

Dublin

Alerts

Be the first to know and let us send you an email when Digdarshankhabar/ दिग्दर्शन खबर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Digdarshankhabar/ दिग्दर्शन खबर:

Videos

Share