Khabar Bulletin Tv

Khabar Bulletin Tv Khabar Bulleting Tv is a reputable source of information and news around the world.

Breaking .... इटहरी बजारका धेरै स्थानमा बम फेला परेको छ /  चौक पुरै सिल गरिएको छ भने , क्रमशः  ठाउँहरु खाली गराइँदैछ!Sou...
31/12/2024

Breaking .... इटहरी बजारका धेरै स्थानमा बम फेला परेको छ / चौक पुरै सिल गरिएको छ भने , क्रमशः ठाउँहरु खाली गराइँदैछ!
Source: ग्रीष्म खरेल

दैलेखमा प्राकृतिक ग्याँस भण्डारको सकारात्मक संकेत देखियो
30/12/2024

दैलेखमा प्राकृतिक ग्याँस भण्डारको सकारात्मक संकेत देखियो

१५ पुस, काठमाडौं । दैलेखको भैरवी गाउँपालिका-१ जलजले क्षेत्रमा प्राकृतिक ग्याँस रहेको सकारात्मक संकेत देखिएको छ ।...

रबि लामिछानेको फैसला नेपाल कै कान्छो न्यायाधीशको हातमा।कान्छो वकिलको बयानले अदालतमा सबै चकित परे
23/12/2024

रबि लामिछानेको फैसला नेपाल कै कान्छो न्यायाधीशको हातमा।कान्छो वकिलको बयानले अदालतमा सबै चकित परे

Rabi Lamichhane को कान्छो वकिलको बयानले अदालतमा सबै चकित। रबिलाई फसाउनेहरुको नाम नै सार्वजनिक ...

20/12/2024

रबिको फोटो सार्वजनिक गर्ने,रबि फसाउने गिरोह नै २४ घण्टा मै पक्राउ। मा*र्नेसम्म योजना😭 Rabi Lamichhane | Nicholous Bhusal
https://youtu.be/WYjLXwgFGxU

प्रेमीहरुको हार वा जीत हुँदैन उनिहरुको जीत अनि जीत मात्रै हुन्छ । कोशिस गर्नेहरु कहिले पनि हार्दैनन् । प्रिय सिर्जना जी ...
19/12/2024

प्रेमीहरुको हार वा जीत हुँदैन उनिहरुको जीत अनि जीत मात्रै हुन्छ । कोशिस गर्नेहरु कहिले पनि हार्दैनन् । प्रिय सिर्जना जी तपाईं योध्दा हो । तपाईंले पनि हार्नु भएन । यो कथामा तपाईहरु दुबै जनाले बराबर भूमिका निभाउँनु भयो । जे भयो त्यो लेखान्त थियो । उहाँले जीवनलाई जित्न नसके पनि प्रेमलाई तपाईहरु दुबै जनाले जित्नु भयो । बिबेक जी प्रति हार्दिक श्रध्दा सुमन । सिर्जना जी तपाईलाई बलियो भएर उभ्भिने शक्ती मिलोस् ।😢🙏❤️

17/12/2024

हिरासतमा रबिलाई भेटेर आएपछि अजयले ल्याए खुशीको खबर,बालेन भेट्न जाँदै
पुरा भिडियो लिंकमा - https://youtu.be/xepabZ7TnQM?si=u3nMKSRu6j4ue4Hk

17/12/2024

धर्मगुरु चैतन्य र हरिकेशब सँग पुन्यको आध्यात्मिक संबाद || गाईको पिसाब खानु यती ठुलो महत्व पो रहेछ

16/12/2024

गरिब दुखीका भगवान पुण्य गौतम,
आज नन्दमायालाई रु १० हजार सहयोग गर्नु भएकोमा हाम्रो उच्च सम्मान छ।
सबैले सके सहयोग नसके सेयर गरिदिनुहोला। ठूलो धर्म हुनेछ, मुटुबाट मृगौलामा जाने नशाको अप्रेशन गरेर यतिवेला पैसाको अभावले उपचार गर्न समस्या खेपिरहेकि ओखलढुङ्गाकी नन्दमाया कार्कीलाई सबैले सहयोग गरिदिनुहोला

Name - Nandamaya Karki
Account No - 0010271154900013
Bank Name - Prabhu Bank
Contact - 9849027602

13/12/2024

क्यान्सर देखि किड्नी फेलसम्मको रोग चैट। हस्पिटलले उपचार गर्न नसकेको बिरामी भकाभक निको पार्दै लेन्जेभिटी होम प्रा.ली.। आयुर्वेदले जुनसुकै रोग चट्टै

13/12/2024

३ वर्षे बाबुले जनतालाई यस्तो भने - मासु भातमा बिकेर भोट नहालौ

12/12/2024

दुर्गा प्रसाईंलाई ३ वर्षे बाबुको सन्देश

11/12/2024

रबि लामिछानेलाई खबर पठाए ४ वर्षे बाबुले

11/12/2024

रेडियो नेपालमा खबर बुलेटिन टि भीका संचालकको पहिलो भलाकुसारी। क्रेजी लभ उपन्यासले जोडेको सम्बन्ध

09/12/2024

मुखमा क्यान्सर भएपछि २० ओें लाख रुपैयाँ खर्च लाग्ने भएपछि सहयोग माग्दै आए। टिकटकमा चटकेहरुलाई Coin फाल्न भन्दा यि व्यक्तिलाई सहयोग गरिदिनुहोला।
सक्नेले सहयोग गरौ,नसक्नेले सक्दो सेयर गरौं😭😭

09/12/2024

ढोग दिया😊

09/12/2024

Alizeh Jamali लाई पुलिसले निगरानी गर्दै,नेपालीलाई गाली गरेर भागेपछि Aayush Alizeh
पुरा भिडियो लिंकमा- https://youtu.be/aTf8pt28HII

08/12/2024

एलिजेलाई नायिका सुष्मा कार्कीले दिइन दनक alizeh aayush
पुरा भिडियो लिंकमा- https://youtu.be/aTf8pt28HII

रबिको आजको बयान जस्ताको तस्तै श्रीमान, मलाई रातारात अपहरण शैलीमा पोखरा ल्याइयोः रवि लामिछानेबयानका लागि काठमाडौं लगियो। ...
08/12/2024

रबिको आजको बयान जस्ताको तस्तै

श्रीमान, मलाई रातारात अपहरण शैलीमा पोखरा ल्याइयोः रवि लामिछाने

बयानका लागि काठमाडौं लगियो। काठमाडौंमा तीन दिन बिताएँ। सक्काउन अलि छिटो गरिदिनु भन्नुभयो, मैले समयको प्रवाह गरिन। अन्तिम दिन रातिसम्मै बयान भयो। भोलिपल्ट दस बजे चितवन लैजाने भनिएको थियो। तर, बिहानै उठाएर खेदाउने काम भयो।

भन्नलाई त मलाई पोखरा पु¥याएर चितवन लैजाने भनिएको थियो। तर, रातारात निर्णय परिवर्तन भएर चितवन लगिएको रहेछ। जिल्ला प्रहरी कार्यालय, चितवन पुगेपछि मेरो स्वास्थ्य परीक्षण गराउनु पथ्र्यो। तर, त्यहाँ मैले कुनै अस्पताल देखिन, परीक्षण त परको कुरा!

चितवन पु¥याएकै दिन बयान सुरु भयो। टाउको दुखिरहेको थियो। तरपनि बयान दिएँ। भोलिपल्ट पनि बिहानबाटै बयान भयो। बिहान करिब साँढे ८ बजेबाट राति ९ बजेसम्म बयान भयो। दोस्रो दिन पनि टाउको दुखेको निको भएको थिएन, मैले एसपी÷डीएपीकै औषधि खाएको थिएँ। गाह्रो हुँदा पनि बयानमा सहयोग गर्दिन भनिन। राति अबेर मलाई सरकारी वकीलको कार्यालयबाट जिल्ला प्रहरी कार्यालय फर्काइयो। पार्टीका साथी र शुभचिन्तक आउनु भएको रहेछ, एकछिन कुराकानी गरे। करिब दस बजेतिर म आराम गर्न गएँ।

केही समयपछि मलाई बोलाउन आउनु भएका एसपी प्रहरी महानिरीक्षकको फोन आयो भनेर कोठाबाट बाहिरिनु भयो। बाहिरिँदै गर्दा एसपी साप’को फोनमा आएको आवाज मैले सुनें र चिने पनि। उहाँले मलाई नै इंगित गरी अपशब्द प्रयोग गरेर ‘अहिल्यै लिएर जा ...’ भन्नुभयो।

‘माथिबाटै दबाब आयो हजुर, यसरी लान मिल्दैन भन्दा पनि जसरी नि लैजा भनिएको छ’ एसपीले भन्नुभयो। डीएसपीले पनि त्यसैगरि तथानाम गाली खाएको मैले सुनें।

मलाई गाह्रो भएको छ आरम गर्न दिनुस् भनेर पटकपटक आग्रह गरे। बिहान तपाईंकै अगाडि औषधि खाएको छु, मेरो प्रेसरको अवस्था त्यो अवस्थामा थियो, तपाईंहरुले थाहा पाइहाल्नुभयो होला। मलाई अस्पताल लगेर चेक गर्नुस् भनें। तर, उहाँहरुले सुन्नु भएन। लैजाने नै भए मेरो परिवार, वकील र पार्टीका साथीहरुलाई जानकारी दिनुस्, एक कल मात्र गर्न दिनुस् भनें तर उहाँहरुले दिनुभएन। कसैलाई खबर गर्न दिनु भएन।
त्यसपछि केही प्रहरी आएर जाउँजाउँ भन्दै मेरो हात तान्न थाले। आएकामध्ये एकजना बोल्दा मदिराको गन्ध आयो, मलाई नछुनुस् भन्दै म बिस्तारै तल ओर्लिएँ। मलाई प्रहरी हिरासतबाटै उठाइयो। मेरो अवस्था सामान्य छैन, एकपटक स्वास्थ्य परीक्षण त गरिदिनुस् भनेर न भनें। तर, मानेनन्। मैले बरु भोलि साँढे दस बजेको फ्लाइट रहेछ, तपाईं ७ बजे नै एयरपोर्ट गइदिनुहोस् भन्नुहुन्छ भने पनि गइदिन्छु भनें। तर पनि उहाँहरु मान्नु भएन। म आराम गर्दा जुन कपडामा थिएँ त्यसैमा गाडीमा हालियो।
चितवनबाट कास्की जबरजस्ती ल्याइयो श्रीमान।
मलाई लिएर आउने प्रहरी बाटोभरि निदाए। ननिदाउन भनेर चालकसँग गफ गर्दै आएँ। चालकलाई कहाँ लैजाँदै हुनुहुन्छ भनेर सोधेपछि मात्रै पोखरा ल्याउँदै गरेको थाहा पाएँ।त्यसपछि प्रहरीलाई एक कल फोन गर्न दिनुस् भनें, दिनुभएन। अनि मलाई डर भयो, के गर्न खोजिएको हो भनेर!

पोखरा ल्याएपछि अस्पताल लगियो। अस्पताल पुगेपछि मलाई त्यहाँ सोधियो, तपाईं कुनै औषधि खानुहुन्छ?, कुनै दीर्घरोग छ?, कतै चोटपटक छ? मैले छैन भनें। हस् भनियो। मैले ब्लड प्रेसर चेक गर्नुहुन्न? भनेर सोधे। त्यसपछि नापियो। १८०/९० रहेछ।
बिहानदेखि बेलुकासम्मको बयान अनि मिडिया ट्रायल! ठाउँठाउँमा उजुरी हाल्न लगाइएको छ। अदालतले म्याद थपेको थप्यै छ। परिवारलाई, वकीललाई खबर गर्न दिइएको छैन। यी सबै कुराले प्रभावले पनि स्वास्थ्य अवस्था बिग्रिएको थियो होला।
पोखरामा ल्याएर पनि बोलेको भरमा मेडिकल जाँच गर्न लाग्दा मेरो प्रेसर पनि चेक गरिदिनुहोस् न भनेपछि मात्रै चेक भयो।

बयानका लागि ठाउँठाउँ लैजाँदा गरिएको ‘मिडिया ट्रायल’ तपाईंले थाहा पाइराख्नु भएको नै छ। परिवारलाई समेत दोष लगाएर समाचार लेखिए। हुँदै नभएको विषयका समाचार आए। निरन्तरको दबाद र ‘मिडिया ट्रायल’का बाबजुद मैले अनुसन्धानलाई सघाइरहेको छु।

मेरा परिवार, वकिल र पार्टीलाई समेत जानकारी नदिई मलाई रातारात अपहरण गरेको शैलीमा पोखरा ल्याइयो। यसले पनि प्रष्ट हुन्छ, यो मुद्दामा कति दबाब छ भन्ने।मैले लेखेका चीजहरु, डायरीहरु हराएको छ। फिर्ता नपाए त्यो फेरि लेख्न सक्छु।

यति लामो समय मलाई थुन्दा, मैले नष्ट गर्न सक्ने खै के प्रमाण भेटियो श्रीमान? मविरुद्ध निरन्तर राज्य लागेको देख्दा दुःखका साथ भन्नैपर्ने हुन्छ, सत्यका लागि न्यायालयको कठघरामा आएको छु। मलाई सरकारले कुल्चेको न्यायालयले हेरिरहेको छ। त्यसैले म निराश भएको छैन। म निरन्तर राज्यको खेदाईमा परिरहेको छु श्रीमान।

मुद्दा कसरी गएको छ, राज्य कसरी लागेको छ भन्ने कुरा संसारले बुझेकै छ। त्यो सत्य सम्मानित अदालतले पनि चिन्ला, हेर्ला र देख्ला भन्ने ठानेको छु। मेरो अन्तिम आश न्यायालय मात्र हो।

संसदीय छानबिन विशेष समितिको प्रतिवेदनको निचोड छ कि, सहकारीबाट रकम ल्याउने सम्पूर्ण प्रक्रियामा रवि लामिछानेको सहभागिता र संलग्नता देखिएन। विशेष समितिको त्यो निश्कर्ष विपरीत सहकारी ठगी भनेर पक्राउ गरिएको छ। अनुसन्धान गर्न २५ दिन पर्याप्त नभएको भन्दै ६० दिन पु¥याइयो। त्यसले पनि नपुगेपछि ९० भनियो। त्यतिले पनि नपुगेपछि ठाउँठाउँमा जाहेरी हाल्न लगाएर, जिल्ला–जिल्ला हिंडाएर दुःख दिएको कुरालाई सम्मानित इजलासले कसरी हेरेको छ श्रीमान्?

म निरिह कहिल्यै पनि हैन, म सौहार्द वातावरणमा निश्पक्ष छानबिन होस् भन्ने चाहेर सबैकुरा सहेर बसेको छु। ममाथि राज्यले षड्यन्त्र गरेको छ। ममाथि गम्भीर मानव अधिकारको हनन भएको छ। यो कुरा मैले श्रीमानलाई नभनेर कसलाई भन्ने?

आज राष्ट्रिय–अन्तर्राष्ट्रिय विषयका महत्वपूर्ण छलफल भइरहँदा, मुलुकको चौथो राजनीतिक पार्टीको सभापति, सबैभन्दा धेरै मत ल्याएर निर्वाचित भएको सांसद म्याद थपमाथि थप भएर थुनिएको छ।
उहाँहरुले ममाथि ‘मिडिया ट्रायल’ गर्नुहुन्छ। मेरो परिवारमाथि चरित्र हत्या गर्ने होडबाजी चलेको छ। यति धेरै अन्याय, यति धेरै अत्याचार किन? मेराविरुद्ध प्रमाण देखाउ, राजनीति छोड्छु भनेको छु। आजसम्मको अनुसन्धानमा छ भनिएको त्यो प्रमाण काहीँ त आउला भन्ने सोचेको थिएँ। तर, आएन।
मैले बयानका क्रममा बोलेका कुरा र गरिएका प्रश्नलाई लिएर म आत्तिएँ, राएँ र हड्बडाएँ रे। फोन गरें रे भन्दै कथा बनाएर सञ्चार माध्यममा आउँछ। ग्जब भइरहेको छ श्रीमान।
000
जाहेरीकर्ता कृष्णप्रसाद जैसीले इजलासमा लगाएको आरोप खण्डन गर्दै रवि लामिछानेले इजलासमा थप भन्नुभयो–

म आज नभनौ भनेको कुरा पनि भन्नुपर्ने अवस्थामा आएँ श्रीमान। जोहरवालाका तर्फबाट पटकपटक इजलासमा आएर उहाँ भनिरहनु हुन्छ कि म ....।
उहाँको अधिकारको रक्षाका लागि प्रमाणित रुपमा सबैभन्दा बढि लाग्ने मान्छे म। सहकारी पीडितका लागि लडेको मान्छे म, सञ्चारकर्मी हुँदा पनि राजनीतिमा आएपछि पनि। उहाँहरुको समस्या समाधानका लागि ‘डकुमेन्ट’ नै बनाएर सरकारलाई दिने पार्टीको सभापति हुँ म।

म मिल्छु, मलाई मेरो पैसा पाए केही चाहिन्न भनेर मेरा पार्टीका मान्छेसँग ‘वार्गेनिङ’ गर्ने मान्छे उहाँ (कृष्णप्रसाद जैसी) हो। त्यसको अडियो छ। पीडितका नाममा यस्तो दोहोरो चरित्र, के भन्नु!
श्रीमान्, एउटा आन्दोलनकारी हुन्छ, अर्को आन्दोलनजीवि हुन्छ। सहकारी समस्या समाधान भए केही मान्छेको जीविका चल्दैन, उहाँको हो कि होइन मलाई थाहा छैन। उहाँको पीडाप्रति हामीलाई सहानुभूति छ। र, त्यसमा हामी सँगै लड्न चाहान्छौं। अहिले हिरासतमा बस्ने समय म बाहिर भएर लड्न पाएको भए सहकारी पीडितले पैसा पाउने क्रमको सुरुवात गर्ने गरी दबाब बढाउन सक्थें। तर, यो समय मैले हिरासतमा बिताइरहेको छु।

एकातिर मेरो पैसा फिर्ता भए मिल्छु भन्ने अर्कातिर मलाई थुनिरहनु पर्छ भन्ने! यस्तो दोहोरो चरित्र देखाउन पाइन्छ? पीडितहरुमाथि यो हदको वेइमानी गर्न मिल्छ।

ऋनि, हिरासत बाहिर रहे भने मैले के प्रभाव पार्छु? के प्रभावित गर्छु मैले ? न्यायलयलाई प्रभावित पार्न सक्ने भएको भए पचास दिनदेखि म हिरासतमा कोचिएर बस्थे होला? म अनुसन्धानलाई सघाउँदै आफूप्रतिको राजनीतिक प्रतिशोध विरुद्ध लड्न आएको हुँ, लड्छु। श्रीमानलाई साँची राखेर सम्मानीत इजलासमा भन्छु कि, जुन दिन यहाँबाट बाहिर निकाल्छु त्यही दिनबाट सहकारी पीडितको पक्षमा झनै दह्रो भएर लाग्छु। पीडित हुँ भन्दै राजनीतिक स्वार्थका आधारमा काम नगर्न उहाँ (कृष्णप्रसाद जैसी)लाई आग्रह गर्छु।
धन्यवाद श्रीमान।

नोटः रवि लामिछानेले आज (मंसिर २३ गते) कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासमा राख्नुभएको धारणाको टिपोट (सम्पादित अंश)

Address

High Street
Uxbridge
UB81GA

Website

Alerts

Be the first to know and let us send you an email when Khabar Bulletin Tv posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share