Chautari Voice

Chautari Voice Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Chautari Voice, News & Media Website, Hounslow.

तपाईंको आवाज, हाम्रो मञ्च। अन्तर्वार्ता, समाचार, र प्रेरणादायी पोडकास्टहरूमार्फत, हामी विविध विचार, दृष्टिकोण, र कथाहरूलाई एउटै चौतारीमा ल्याउँछौं। जानकारी, संवाद, र प्रेरणाको यो यात्रामा हामीसँगै अगाडि बढ्नुहोस्। चौतारी भ्वाइस —तपाईंको कथा, सबैका लागि।

सङ्खुवासभाको चैनपुर नगरपालिका–१, गुफापोखरीबाट मौसम खुलेसँगै देखिएको मकालु हिमाल लगायतका हिमश्रृङ्खला । Nepal Television ...
21/12/2024

सङ्खुवासभाको चैनपुर नगरपालिका–१, गुफापोखरीबाट मौसम खुलेसँगै देखिएको मकालु हिमाल लगायतका हिमश्रृङ्खला । Nepal Television

तस्बिर : भविन कार्की / रासस

विश्व ध्यान दिवस-२०८१_ टुँडिखेल _२०८१ पुस ६
21/12/2024

विश्व ध्यान दिवस-२०८१_ टुँडिखेल _२०८१ पुस ६

चर्चित क्रिकेट कमेन्टेटर Andrew Leonard भन्छन् , "मलाई आज माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले नेपाल प्रिमियर लिगको...
21/12/2024

चर्चित क्रिकेट कमेन्टेटर Andrew Leonard भन्छन् , "मलाई आज माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले नेपाल प्रिमियर लिगको पहिलो संस्करणको सफलता, नेपालमा क्रिकेटको महत्त्व र यस खेलले नेपाललाई विश्वमञ्चमा कस्तो तरिकाले योगदान पुर्याइरहेको छ भन्ने बारेमा छलफल गर्न निमन्त्रणा दिनुभएकोमा म अत्यन्तै सम्मानित र कृतज्ञ छु।

नेपालका सबै जनताले मलाई बारम्बार देखाउनु भएको निरन्तर माया र सद्भावनाका लागि वर्णन गर्ने कुनै शब्द नै छैन। यहाँका सबै जनाले मलाई अपनाइदिनु र यहाँ मेरो घरजस्तो महशुस गराउनु यो संसारको सबैभन्दा ठूलो उपहार हो। तपाईंहरूको यो उदारता र माया म फेरि प्रतिफल दिन सकूँ, यो देशका अति अद्भुत कुराहरूको प्रवर्द्धन गर्दै।

नेपाली जनताले आफ्नो संस्कृतिमा गर्व गर्नुपर्ने कुरा हो, र म अझै विश्वास गर्छु कि नेपालको अद्भुत क्षमता भविष्यमा अझ वृद्धि हुने छ ।"

हार्दिक धन्यवाद , जय नेपाल 🇳🇵🙏❤️

20/12/2024

मुग्लिन–पोखरा सडकखण्डमा २० किमी कालोपत्र सम्पन्न ।

20/12/2024

टीयू क्रिकेट मैदानमा प्यारापिट र फ्लडलाइट समयमै पूरा गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिबद्धता

#टीयूक्रिकेटमैदान #केपीशर्माओली #फ्लडलाइट #प्यारापिट #क्रिकेटनेपाल #स्पोर्ट्सनेपाल #प्रधानमन्त्री

काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फ्लड लाइट जडान र प्यारापिट निर्माणका लागि टेण्डर आह्वान भएको छ।
20/12/2024

काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फ्लड लाइट जडान र प्यारापिट निर्माणका लागि टेण्डर आह्वान भएको छ।

पर्यटकीय गाउँ सिक्लेसकास्की जिल्लाको मादी गाउँपालिकास्थित ऐतिहासिक तथा पर्यटकीय गाउँ सिक्लेस र  मनोरम हिमश्रृङ्खलाको दृश...
20/12/2024

पर्यटकीय गाउँ सिक्लेस
कास्की जिल्लाको मादी गाउँपालिकास्थित ऐतिहासिक तथा पर्यटकीय गाउँ सिक्लेस र मनोरम हिमश्रृङ्खलाको दृश्य । समुद्री सतहबाट दुई हजार मिटरको उचाइमा अवस्थित गुरुङ जातिको उद्धगमस्थल सिक्लेसमा पछिल्लो समय आन्तरिक तथा बाह्रय पर्यटकको आकर्षण बढेको छ । तस्बिर : हरिप्रसाद बास्तोला / रासस

19/12/2024

काठमाडौंको धापासीमा आगलागी क्षतिको विवरण आयन बाँकी (भिडिओ श्रोत Sharada Gaire)

19/12/2024

बन्दैछ नेपाल: फास्ट ट्रयाकको प्रगतिको नयाँ युग

19/12/2024

समयमै सम्पन्न गर्न के उपायहरू छन् | Kp sharma oli

19/12/2024

राष्ट्रिय गौरवको आयोजनाः फास्ट ट्रयाक प्रगतिको ग्राउन्ड जीरोबाट रिपोर्टिङ | Chautari Voice

#राष्ट्रियगौरव #नेपालकोविकास

19/12/2024

बन्दैछ नेपाल, फास्ट ट्रयाक | Chautari Voice

#बन्दैछनेपाल

19/12/2024

के साँच्चै नेपालमा केही नभएकै हो त ? | बन्दैछ नेपाल | Chautari voice
video :- NTV

आहा! सुन्दर चुँ गाउँ || डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका- ९ मा अवस्थित चुँ गाउँको मनमोहक दृश्य । Nepal Television     ...
19/12/2024

आहा! सुन्दर चुँ गाउँ || डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका- ९ मा अवस्थित चुँ गाउँको मनमोहक दृश्य । Nepal Television

तस्बिरः रामचन्द्र न्यौपाने/ रासस

18/12/2024

त्रिभुवन विश्वविद्यालयको जग्गा हिनामिना गर्नेलाइ कानुनी कारबाही गर्दै सबै जग्गा फिर्ता ल्याउने सरकारको घोषणा
#चौतारिभ्वईश

प्रधानमन्त्रीसँग युएइका राजदूतको शिष्टाचार भेटकाठमाडौँ, ३ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि संयुक्त अरब...
18/12/2024

प्रधानमन्त्रीसँग युएइका राजदूतको शिष्टाचार भेट
काठमाडौँ, ३ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएइ) का राजदूत अब्दुल्ला अल शम्सीले आज शिष्टाचार भेट गर्नुभएको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा राजदूत शम्सीले आगामी फेब्रुअरी दोस्रो साता दुबइमा हुने ‘वल्र्ड गभरमेन्ट्स समिट’ मा भाग लिन युएइका उपराष्ट्रपति एवं प्रधानमन्त्री मोहम्मद बिन रसिद अल माक्टुमले पठाउनुभएको निमन्त्रणा हस्तान्तरण गर्नुभयो ।
सो अवसरमा दुई देशबीचको आपसी मित्रवत सम्बन्धलाई अझ प्रगाढ र मजबुद बनाउने विषय छलफल भएको थियो । भेटका अवसरमा दुई देशबीच यसअघि भएका सम्झौताहरुको प्रभावकारी कार्यान्वयन र आगामी दिनमा व्यापार, लगानी, कृषि, जलविद्युत्, पर्यटन, हाइड्रो इनर्जी आदि क्षेत्रमा हुन सक्ने सम्झौता र सहकार्यका विषयमा पनि छलफल भएको थियो । भेटका अवसरमा परराष्ट्र मन्त्रालयका अधिकारीलगायतको उपस्थिति रहेको थियो ।

photocopy machine ले print गरेर 1000, 500 को नोट धनगढीमा होसियार रहनु होला है ।
17/12/2024

photocopy machine ले print गरेर 1000, 500 को नोट धनगढीमा होसियार रहनु होला है ।

ललितपुर महानगरपालिका १०६ औं स्थापना दिवस _ २०८१ पुस ०२
17/12/2024

ललितपुर महानगरपालिका १०६ औं स्थापना दिवस _ २०८१ पुस ०२

Address

Hounslow
TW59DS

Alerts

Be the first to know and let us send you an email when Chautari Voice posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Chautari Voice:

Videos

Share