युरोप गतिबिधी फेसबुक पेज

  • Home
  • Cyprus
  • Nicosia
  • युरोप गतिबिधी फेसबुक पेज

युरोप गतिबिधी फेसबुक पेज सोमबार बेलुकी साइप्रस समय ठिक ९:०० बजे

इसाई धर्मावलम्बीहरुको महान पर्व Christmas Day को अवसरमा यहाहरु सम्पुर्णमा हार्दिक शुभकामनाMerry Christmas  🎄🎄🎄🎄🎄
25/12/2024

इसाई धर्मावलम्बीहरुको महान पर्व Christmas Day को अवसरमा यहाहरु सम्पुर्णमा हार्दिक शुभकामना
Merry Christmas 🎄🎄🎄🎄🎄

साइप्रसमा लिम्बू जातिको प्रमुख चाड "चासोक तङ्नाम" सम्पन्न:डिसेम्बर १५ (मंसिर ३० गते) आइतबार  मंसिरे पूर्णेका दिन "किराँत...
16/12/2024

साइप्रसमा लिम्बू जातिको प्रमुख चाड "चासोक तङ्नाम" सम्पन्न:

डिसेम्बर १५ (मंसिर ३० गते) आइतबार मंसिरे पूर्णेका दिन "किराँत याक्थुङ चुम्लुङ साइप्रस" ले लिम्बू जातिको प्रमुख चाड "चासोक तङ्नाम" "उधौली" ईष्टदेवी "युमा साम्माङ्"को आरधाना गरि साइप्रस लगायत देश बिदेशमा छरिएर रहनु भएका सम्पुर्ण लिम्बू समुदाय साथै नेपाली जनसमुदाय सङ्ग शुभकामना आदानप्रदान तथा सास्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।
लिम्बु जातिहरुले बिशेष रुपमा प्रकृतिको पुजा आजा गर्दै समाज दर्शन, चाडपर्वको रुपमा मात्र नभएर आत्म दर्शन, प्रकृतिभाव, परंपरा, भेटघाट, मनोरञ्जन, जल, वायु,अग्नि, प्रकृति प्रतिको सद्भाव, आफूलाई अरुले गरेका नकारात्मक कर्म, गाली-श्राप, पाप मूलक भावहरुबाट मोक्ष प्राप्त गरी स्फुर्ती, ताजगी चिन्तन गर्ने साथै आफूले वर्षभरि गरेका कर्मको बाली,फल-आहार देवीदेवतालाई चढाई प्रशन्नता प्राप्त गर्ने अवसरको रुपमा यो पर्व मनाउने गरिन्छ ।
५०८४ चासोक तङ्नामको शुभ अवसरमा "किरात याक्थुङ चुम्लुङ साइप्रस" ले आयोजना गरेको कार्यक्रम संस्था को अध्यक्ष चुम्नता लिम्बुको सभापतित्वमा भएको थियो भने प्रमुख अतिथि UNFICYP Mission साइप्रसमा खटिनुभएका Nepali Contingent Commander डिएसपी रबिन्द्र मान गुरूङ, बिशिष्ट अतिथि इनिस्पेक्टर हेम बस्नेत साथै साइप्रसमा क्रियाशिल विभिन्न संघ संस्थाका पदाधिकारीहरुको आतिथ्य तथा साइप्रसवासी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुको सहभागितामा शुभकामना आदनप्रदान तथा साँस्कृतिक कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ ।

साइप्रसको लिमासोल स्थित ब्रीटानिया म्युजिक हलमा युके बाट आमन्त्रित चर्चित कलाकार तथा गायक नरेश तुम्बाहाङ्फे (फुर्के लाउरे) को विशेष प्रस्तुति साथै साइप्रसका स्थानीय नेपाली कलाकारहरुको साथमा "के लाङ्" (च्याब्रुङ नाच) "या लाङ्" (धान नाच) विभिन्न जात जातिको झाँक्री ,भेष भुषा, गायन तथा नृत्यहरु सङ्गै कार्यक्रममा सहभागी सम्पुर्णले मनोरञ्जन लिनुभएको थियो ।

प्रवासमा रहेर पनि आफ्नो परम्परागत धर्म संस्कृतिलाई संरक्षण तथा प्रबर्द्धन गर्ने उदेश्यले आयोजना गरिएको कार्यक्रममा आफ्नो अमुल्य समय मिलाएर पाल्नुहुने साइप्रसवासी सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनीहरु, प्रमुख अतिथि, बिशिस्ट अतिथि, विभिन्न संघ संस्थाका पदाधिकारीहरु, प्राबिधिक रुपमा साथ दिने लाखे क्रीएसन, मिडिया पाट्नर "साइप्रस नेपाल डट कम", "सेफ्नो टिभी", "युरोप गतिविधि" तथा कार्यक्रममा विभिन्न क्षेत्रबाट सहयोग पुर्याउनु हुने सम्पुर्ण महानुभावहरु प्रति संस्थाले हार्दिक आभार, कृतज्ञता प्रकट गरेको छ । साथै कार्यक्रममा केही कमि कमजोरीहरु भए आउने दिनहरुमा सुधार गर्ने बाचाका साथ सम्पुर्ण प्रति क्षमायाचना पनि गरेको छ ।

साइप्रसमा तिहार बिशेष साङ्गितिक कार्यक्रम हुँदै:              शुभ दिपावाली २०८१ तथा छठ पर्वको शुभ अवसरमा "अन्तर्राष्ट्रि...
28/10/2024

साइप्रसमा तिहार बिशेष साङ्गितिक कार्यक्रम हुँदै:


शुभ दिपावाली २०८१ तथा छठ पर्वको शुभ अवसरमा "अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटी साइप्रस" ले साइप्रसको लिमासोलमा बृहत् साङ्गितिक कार्यक्रम आयोजना गर्ने भएको छ । साइप्रस तथा देश-बिदेशमा छरिएर रहनुहुने समस्त नेपालीहरुमा शुभ दिपावली तथा छठ पर्वको शुभकामना अर्पण गर्दै यहि आउदो नोभेम्बर १० तारिक आइतबारका दिन कार्यक्रम आयोजना भईरहेको आयोजक टिमले बताएको छ ।
साइप्रसमा रहनुहुने सम्पुर्ण दाजुभाइ तथा दिदिबहिनीहरुमा शुभ दिपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान गर्दै, नेपालीहरुको महान चाडमा बिदेशमा नै रहे पनि भरपुर मनोरञ्जन प्रदान गर्ने तथा नेपाली गित सङ्गीत, परम्परा, रितिरिवाजको प्रबर्द्धन गर्ने उदेश्यका साथ हाल साल मात्र गठन भएको "अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटी" (भान्से घर) ले पहिलो पटक नेपालबाट ख्यातिप्राप्त कलाकारहरू लाई निमन्त्रणा गरि "तिहार विशेष सांस्कृतिक कार्यक्रम" गर्न लागेको हो । सीप र मिठासले भरिएको नेपाली सेफहरुकै हातबाट बनिने नेपाली खाना, राष्ट्रिय कलाकारहरु तथा स्थानीय नेपाली कलाकारहरुको बेजोड गायन तथा नृत्य प्रस्तुतिहरुले कार्यक्रममा सहभागी हुनुहुने सम्पुर्ण दर्शक महानुभाव हरुलाई भरपुर मनोरञ्जन प्रदान गर्ने तयारी आयोजक टिमले शुरु गरिसकेको छ ।
कार्यक्रमको मुख्य आकर्षकमा नेपालका चर्चित कलाकारहरु रामजी खाँड र दिपक लिम्बुको गायन प्रस्तुतिहरु रहने छन भने साइप्रसका स्थानिय नेपाली कलाकार हरुको नृत्य तथा गायन प्रस्तुतिहरु ले सहभागी सम्पुर्ण दर्शकहरुलाई भरपुर मनोरञ्जन प्रदान गर्ने अन्तर्राष्ट्रिय सेफ सोसाइटी भान्से घर साइप्रसले जानकारी दिएको छ । कार्यक्रम साइप्रसको लिमासोलको Trikkis Palace मा भईरहेको र साइप्रसको विभिन्न क्षेत्रमा छरिएर रहनुभएका नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु, विद्यार्थीहरु, संघ-संस्थाहरु, अग्रज तथा बुद्धिजीवीहरु सम्पुर्णमा आयोजक टिमले सादर निमन्त्रणा गर्दै २०८१ सालको शुभदिपावली तथा छठ पर्बको आदानप्रदान र मनोरञ्जन गर्नको लागि हार्दिक निमन्त्रणा गरेको छ ।

बिजय दशमी २०८१ को पावन अवसरमा देश तथा बिदेशमा छरिएर रहनुभएका समस्त नेपाली जनसमुदायमा सुख शान्ति साथै समृद्धिको हार्दिक म...
11/10/2024

बिजय दशमी २०८१ को पावन अवसरमा देश तथा बिदेशमा छरिएर रहनुभएका समस्त नेपाली जनसमुदायमा सुख शान्ति साथै समृद्धिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ 🙏

साइप्रसमा निशुल्क: तिज बिशेष कार्यक्रम सम्पन्न:       नेपाली दिदीबहिनीहरुको बाहुल्यता रहेको साइप्रसमा नेपाली नारीहरुको ब...
03/09/2024

साइप्रसमा निशुल्क: तिज बिशेष कार्यक्रम सम्पन्न:

नेपाली दिदीबहिनीहरुको बाहुल्यता रहेको साइप्रसमा नेपाली नारीहरुको बिशेष चाड गत सेप्टेम्बर १ तारिख आइतबारका दिन निशुल्क: तिज बिशेष कार्यक्रम भब्य रुपमा समपन्न भएको छ ।
कार्यक्रमका मुख्य अतिथि अवैतनिक वाणिज्य दूतावास निकोसिया साइप्रका प्रमुख राम जीवन पन्जियार, मुख्य अतिथि निलम पन्जियार, NRNA, ICC सदस्य कुन्दन कार्की, समाजसेवी सुरेश शाह लगायतले पानसमा दियो बाल्दै पुजा-आजा सहित कार्यक्रम शुरु भएको थियो ।
Centar for Social Innovation (CSI) र लाखे क्रीएसन साइप्रस मुख्य आयोजक रहेको कार्यक्रममा "नेपाल मगर संघ साइप्रस" सहकार्य बचत समूह साइप्रस" "प्रदेशी दिदिबहिनी बचत समूह, लिमासोल साइप्रस" "रुपन्देही सेवा समाज साइप्रस" सह-आयोजकको भुमिका खेलेको थियो ।
कार्यक्रममा स्वागत मन्तव्यको साथमा आशा मगरले सम्पुर्ण अतिथि तथा सहभागीहरुलाई स्वागत गर्नु भएको थियो, मुख्य अतिथि राम जीवन पन्जियारले साइप्रसवासी समस्त नेपाली दिदिबहिनीहरु लगायत देश बिदेशमा छरिएर रहनुभएका समस्त नेपाली नारिहरुलाई हिन्दु नारीहरुको महान चाड हरितालिका तिजको शुभकामना दिदै सुख, शान्ति समृद्धिको कामना गर्नु भएको थियो ।
औपचारिक कार्यक्रम बिबा गहतराज र सास्कृतिक कार्यक्रम मनिशा अर्यालले सन्चालन गर्नुभएको थियो । मिडिया पाट्नरमा "युरोप गतिविधि" "सेफ्नो टिभी" र "न्युजलाइन नेपाल" रहेको थियो।
औपचारिक कार्यक्रम पछि Centar for Social Innovation ले बिदेशमा बसोबास गर्ने नेपाली महिलाहरुले गर्न सक्ने विभिन्न अभिमुखीकरण तालिम तथा ईन्टरनेट हेल्थ, "प्रवासी स्वास्थ्य एप", "MIG-HEALTH APP" कसरी प्रयोग गर्ने र यसको उपयोगको बारेमा प्रस्तुति (Presentation) दिएको थियो । CSI को प्रस्तुति सकिएपछी साइप्रसका स्थानिय महिला कलाकारहरुको तिज बिशेष नृत्य र गायन प्रस्तुति सहित सास्कृतिक कार्यक्रम सम्पन्न भएको थियो साथै कार्यक्रममा सहभागी सम्पुर्ण दाजुभाइ तथा दिदिबहिनीहरुले नाच्दै गाउदै मनोरञ्जन लिदै तिजको शुभकामना आदानप्रदान गर्नु भएको थियो ।
कार्यक्रम आयोजकले बिदेशमा रहनुहुने नेपाली दिदिबहिनीहरुलाइ सिपमुलक तथा अभिमुखीकरण तालिम र प्रवासमै भए पनि नेपाली मौलिक परम्परा, संस्कृति, रितिरिवाजलाइ सम्मान गर्दै संरक्षण र प्रबर्द्धन गर्ने उदेश्यले निशुल्क: आयोजना गरिएको तिज बिशेष कार्यक्रम सफल बनाउन सहयोग तथा मुख्य भुमिका निभाउने निरु राना, ईश्वर थापा, यजन राना, जोया अर्याल, बिष्णु थापा, सरिता काब्य, टि.बी. राना, मोना राई, प्रकाश बराइली, रौनक शर्मा, कृष्ण मगर, अमृता मगर,आशा बुढा मगर, सबिता, शितल, सुरज लगायत कार्यक्रममा सहभागी समस्त दाजुभाइ तथा दिदीबहिनीहरु प्रति आयोजक टिम हार्दिक कृतज्ञता अर्पण गर्दै आभारी रहेको र गत वर्षको सहभागीको लेखाजोखा गर्दै यस वर्ष पनि सोही (२०० देखि २५० सम्म अटाउन सक्ने) हलमा कार्यक्रम आयोजना गरिएको तर यस वर्ष ४०० जना भन्दा माथी उपस्थिति रहेको कारण नगरपालिका र पुलिस प्रशासन बाट हलको क्षमता भन्दा धेरै हलमा प्रवेश नगराउनु भन्ने खबर आएकोले गर्दा धेरै जना दिदीबहिनीहरु प्रवेश नै गर्न नपाउनु भएको र प्रवेश गरिसक्नु भएका दिदीबहिनीहरु पनि बिचमै निस्किनु पर्ने बाध्यता भएकोमा कार्यक्रम आयोजक टिम हृदयदेखि नै क्षमाप्रार्थी रहेको र अर्को वर्ष अझ ठूलो हलमा कार्यक्रम आयोजना गर्ने बाचा लाखे क्रीएसन साइप्रसका प्रमुख बिकास श्रेष्ठले बताउनु भएको छ ।

18/07/2024

साइप्रस
नेपाली महिलाहरुको बिशेष चाड तिज हरितालिकाको अवसरमा साइप्रसको राजधानी निकोसियामा निशुल्क: तिज कार्यक्रम आयोजना भईरहेको छ ।
साइप्रसको विभिन्न क्षेत्रमा कार्यरत, विद्यार्थी तथा अन्य भिसामा बिशेष गरि नेपाली महिलाहरुको सङ्ख्या धेरै रहेको साइप्रसमा गत वर्ष पनि नि:शुल्क तीज कार्यक्रम भएको थियो र सोही कार्यक्रममा आउने अरु वर्षहरुमा पनि निशुल्क: तिज कार्यक्रम गर्ने गरिएको वाचा सहित यस वर्ष पनि नेपाली महिला दिदिबहिनीहरूलाई मध्यनजर गर्दै "तीज बिशेष" कार्यक्रम हुन लागेको आयोजक टिमले बताएको छ ।
CSI सस्था सँगको सहकार्यमा यहि आउदो सेप्टेम्बर १ आइतबारका दिन हुने यो विशेष कार्यक्रमले साइप्रसमा रहनुहुने समस्त नेपाली महिला दिदिबहिनीहरूलाई मनोरञ्जन प्रदान गर्दै उहाँहरुको आत्माबिश्वास र मनोबल बढाउन साथै प्रवासको भुमीमा पनि आफ्नो रितिरिवाज, सस्कृती तथा चाडबाडको प्रबर्द्धन गर्ने र नेपाली समाजमा महिला दिदिबहिनिहरुको महत्त्वपूर्ण भुमिका, योगदान र अटल भावनाको सम्मान हुनेछ भन्ने आयोजकले बिश्वास लिएको छ ।
परम्परागत संगीत, नृत्य र सांस्कृतिक उत्सवहरू प्रस्तुत गर्दै, कार्यक्रमले नेपालको कला सस्कृती, सम्पदालाई विश्व सामु चिनाउनेछ र यो कार्यक्रम बिशेष गरि साइप्रसको विभिन्न क्षेत्रमा रहनुहुने महिला दिदिबहिनीहरू प्रति समर्पित रहेको छ । जो अत्यन्त सम्मान योग्य रहनेछ ।
साइप्रसवासी सम्पुर्ण दाजुभाई तथा दिदिबहिनीहरु, संघ सस्थाहरु, अग्रज तथा बुद्धिजिबीहरुमा आयोजक हार्दिक निमन्त्रणा गर्दछ ।

मिति; सेप्टेम्बर १ तारिक आइतबार
स्थान: एन्थोनाकिस हल Nicosia
समय: 11 बजे देखि 4 बजे सम्म।

चर्चित र्‍यापर भिटेन र कथा बाचक साग्रेस पोख्रेल साईप्रसमा : मार्च ३
14/02/2024

चर्चित र्‍यापर भिटेन र कथा बाचक साग्रेस पोख्रेल साईप्रसमा : मार्च ३

साइप्रस/ प्रकाश बराइली ।समिर घिसिङ (भिटेन) को “युरोप टुर २०२४” को सिलसिलामा साइप्रसको विभिन्न क्षेत्रमा आबद्ध रह.....

साइप्रस/        समिर घिसिङ (Vten) को "युरोप टुर २०२४" को सिलसिलामा साइप्रसको विभिन्न क्षेत्रमा आबद्ध रहेर काम गरिरहनु भए...
13/02/2024

साइप्रस/
समिर घिसिङ (Vten) को "युरोप टुर २०२४" को सिलसिलामा साइप्रसको विभिन्न क्षेत्रमा आबद्ध रहेर काम गरिरहनु भएका नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु, अध्ययनरत विद्यार्थीहरु, बुद्धिजीवीहरु लगायत समस्त नेपाली जनसमुदायलाई मनोरञ्जन प्रदान गर्दै नेपाली जनसमुदायमा आत्मीयता तथा भाईचारा बढाउने उदेश्यका साथ युवा पिढी माझ चर्चित नेपाली कलाकार समिर घिसिङ (Vten), कथा वाचक साइग्रेस साथै स्थानिय कलाकारहरुको प्रस्तुती सहितको कार्यक्रम साइप्रसको लिमासोलमा आयोजना भईरहेको ।

Vten को युरोप टुर अन्तर्गत यहि फेब्रुअरी ११ मा पोर्चुगल, फेब्रुअरी १३ मा फ्रान्स, फेब्रुअरी १७ मा फिनल्यान्ड, फेब्रुअरी २१ पोल्यान्ड, फेब्रुअरी २३ माल्टा, मार्च १० मा बेल्जियम मा कार्यक्रम आयोजना भईरहेको छ भने, लाखे क्रीएसन साइप्रसको आयोजनामा यहि मिति मार्च ३, २०२४ आइतबारका दिन साईप्रसमा रहेको सर्वोत्कृष्ट भेन्युमा पर्ने लिमासोलको नोटस् लाईभ (NOTES LIVE) भेन्युमा कार्यक्रम हुने आयोजक टिमले जानकारी दिएको छ ।

मानिसको जीवनमा गास बास र कपास जति अपरिहार्य छ, त्यति नै मनोरञ्जनले पनि मानिसको दैनिकिलाई सहज र उत्साहपुर्ण बनाउछ भन्ने उदेश्यका साथ, साइप्रसको जीवनशैली, हरेकदिनको काम र अनेकौ तनाबहरुको दैनिकीबाट यस्ता मनोरञ्जनात्मक कार्यक्रमहरुले केहि हद सम्म भए पनि राहत दिदै नेपाली नेपाली बिच भेटघाट गराई एकअर्कामा आत्मीयता बढाउनेछ भन्ने आशाका साथ स्थापना भएर साइप्रसको नेपाली समाजको दु:खसुखमा एकजुट भएर अगाडी बढ्न कम्मर कसेको "लाखे क्रीएसन" ले सम्पुर्ण साइप्रसवासी नेपाली दाजुभाई तथा दिदिबहिनीहरु, विद्यार्थीं भाईबहिनिहरु, संघ संस्थाहरु, बुद्धिजीवीहरु, अग्रज महानुभाबहरु लगायत आम नेपाली समुदायलाई मार्च ३ आइतबार हुन गईरहेको कार्यक्रममा उपस्थित हुनको लागी अनुरोध पनि गरेको छ ।

साइप्रस/       समीर घिसिङ्ग Vten को Europe Tour 2024 को सिलसिलामा March 3 मा साइप्रसमा बृहत् कार्यक्रम आयोजना भईरहेको छ ...
30/01/2024

साइप्रस/
समीर घिसिङ्ग Vten को Europe Tour 2024 को सिलसिलामा March 3 मा साइप्रसमा बृहत् कार्यक्रम आयोजना भईरहेको छ । साइप्रसमा विशुद्ध मनोरञ्जनात्मक कार्यक्रम हरु प्रस्तुत गर्दै आईरहेको Lakhecreations को आयोजनामा नेपाली युवाहरुको माझमा अत्यन्तै लोकप्रिय र्‍यापर Vten को प्रस्तुति सहितको कार्यक्रम हुन लागेको आयोजक टिमले बताएको छ ।

बिदेशको बसाई, हरेको दिनको काम, अनेकौं परिस्थितिहरुबाट तनाब झेलिरहेको हाम्रो दिनाचार्यलाई कहिलेकाहीँ मनोरंजन पनि आवश्यक छ । बिदेशमा नै रहेर पनि यस्ता कार्यक्रमहरुले नेपालमा नै रहेको महसुस गराउने र विभिन्न तनावहरुबाट बाधिएको दिनाचार्यलाई केही हद सम्म भए पनि मनोरञ्जन प्रदान गरि तनाब मुक्त गराउनेछ भन्ने उदेश्यका साथ Vten को कार्यक्रम आयोजना गर्न लागेको आयोजकले बताएको छ ।

साइप्रस/       गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साइप्रसले आउदै गरेको नेपाली नयाँ  बर्ष २०८१ को पावन अवसरमा स...
16/01/2024

साइप्रस/
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साइप्रसले आउदै गरेको नेपाली नयाँ बर्ष २०८१ को पावन अवसरमा सांगीतिक तथा सास्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ ।
साइप्रसमा रहनुभएका समस्त नेपाली जनसमुदायको नयाँ वर्ष २०८१ लाई विशेष रमाइलो र अविस्मरणीय बनाउन नेपाली लोकप्रिय गायिका एलिना चौहान तथा साइप्रसका स्थानिय कलाकारहरुको विभिन्न प्रस्तुतिहरुका साथमा यहि April 14, 2024 मा कार्यक्रम आयोजना गरेको जानकारी गैर आवासीय नेपाली संघ साइप्रसले दिएको छ ।
नयाँ वर्षको आगमनसंगै संस्थाको संस्थागत विकास र सवलीकरणको तथा संस्थाको आर्थिक उन्नतिको लागि आर्थिक अभियान संचालन गरिएको विषयलाई सम्पुर्ण साइप्रसवासी नेलालीहरुमा जानकारी गराउदै, "सामुहिक आवाज नै हाम्रो बल हो" भन्ने आशयका साथ संस्थालाइ क्रियाशील रुपमा अगि बढाउन सम्पुर्ण साइप्रसवासी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुको साथ, सहयोग, माया र आशीर्वादको अपेक्षा राखेको संस्थाकी महिला प्रतिनिधि मनिषा अर्यालले जानकारी दिनुभएको छ ।

साइप्रस       माघे सङ्क्रान्ति २०८० को अवसरमा देश तथा बिदेशमा छरिएर रहनुभएका समस्त नेपाली जनसमुदायमा माघे सङ्क्रान्ति २०...
10/01/2024

साइप्रस
माघे सङ्क्रान्ति २०८० को अवसरमा देश तथा बिदेशमा छरिएर रहनुभएका समस्त नेपाली जनसमुदायमा माघे सङ्क्रान्ति २०८०को शुभकामना आदानप्रदान गर्दै नेपाल मगर संघ युरोप शाखा साईप्रसले यहीँ आउदो १४ जनवरी मा साइप्रसको सुन्दर शहर लिमासोल को फंटास्टिक हल (Fantastic hall) मा चर्चित नेपाली गायिका ज्योति मगरको साथमा साइप्रसका स्थानीय नेपाली कलाकार हरूको गायन,नृत्य तथा विभिन्न सास्कृतिक कार्यक्रमहरुको प्रस्तुतिको साथमा माघे सङ्क्रान्ति सास्कृतिक कार्यक्रम २०८० आयोजना गरिरहेको छ ।

कार्यक्रम आयोजक नेपाल मगर संघ युरोप शाखा साईप्रसले साईप्रसबासी सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई उक्त कार्यक्रममा उपस्थिति भई माघे सक्रान्ती २०८० शुभकामना आदानप्रदान गर्दै कार्यक्रमको शोभा बढाईदिन हार्दिक अनुरोध गरेको छ ।

नेपाली टोपी दिवस तथा अङ्ग्रेजी नयाँ वर्ष 2024 को यहाहरु सम्पुर्ण ग्रुपका मेम्बरहरु लगायत देश-बिदेशमा छरिएर रहनु भएका समस...
01/01/2024

नेपाली टोपी दिवस तथा अङ्ग्रेजी नयाँ वर्ष 2024 को यहाहरु सम्पुर्ण ग्रुपका मेम्बरहरु लगायत देश-बिदेशमा छरिएर रहनु भएका समस्त नेपालीहरुमा हार्दिक शुभकामना 💐💐

क्रिश्चियन धर्मवलम्बीहरुको चाड "क्रीसमस डे" को सम्पुर्णमा हार्दिक शुभकामना 💐💐💐💐 💐💐
25/12/2023

क्रिश्चियन धर्मवलम्बीहरुको चाड "क्रीसमस डे" को सम्पुर्णमा हार्दिक शुभकामना 💐💐💐💐 💐💐

14/11/2023

शुभ-दिपावली तथा छट्पर्व २०८० को पावन अवसरमा देश तथा बिदेशमा छरिएर रहनुभएका समस्त नेपालीहरुमा हार्दिक शुभ-कामना व्यक्त गर्दछौ ।।

साइप्रसमा तिहार बिशेष साङ्गीतिक कार्यक्रम
08/11/2023

साइप्रसमा तिहार बिशेष साङ्गीतिक कार्यक्रम

साइप्रस / प्रकाश बराइली । यहि आउँदो नोभेम्बर १२ तारिक साइप्रसको राजधानी निकोसियाको डाइमण्ड हलमा बृहत् तिहार बिशे...

जाजरकोट र रुकुम पश्चिममा मध्यरातमा आएको शक्तिशालि भूकम्पमा परी नलगाढ नगरपालिका की उपप्रमुख सरिता सिंह सहित १३० बढीको निध...
04/11/2023

जाजरकोट र रुकुम पश्चिममा मध्यरातमा आएको शक्तिशालि भूकम्पमा परी नलगाढ नगरपालिका की उपप्रमुख सरिता सिंह सहित १३० बढीको निधन भएको र ठूलो मात्रामा जनधनको क्षति भएको समाचारले अत्यन्तै स्तब्ध बनाएको छ । भुकम्पमा परी दिवङ्गत हुनेहरुको परिवारलाई राहत प्रदान गरि तत्काल घाइतेहरुलाई उद्दार गरि उचित उपचारको व्यवस्थापन गर्न नेपाल सरकार सँग अनुरोध गर्दछौ ।

तत्काल उद्धारका लागि सम्पर्क

जाजरकोट:
९८५८०७७३३३
९८५८०५७१९०
९८६८९३६६७८
९८४८१२२५८४

रूकुम पश्चिम:
९८५७८३७७७७
९८६१०८७१३२
९८५७८३५५५५
९८५१२५८२१७
९८५७८७२७७७
९८४७९३६११३

बिजय दशमी तथा शुभ दिपावली २०८० को सु-अवसरमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साइप्रसले "खेलकुद स्वास्थ को ला...
02/11/2023

बिजय दशमी तथा शुभ दिपावली २०८० को सु-अवसरमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साइप्रसले "खेलकुद स्वास्थ को लागि" भन्ने नाराको साथ फुटसल तथा दिदीबहिनीको लागि अतिरिक्त कार्यक्रमहरु आयोजना गरेको छ ।

१२ नोभेम्बर मा Strovolos Sports Center मा आयोजना हुन गईरहेको एकदिवसीय फुटसल तथा महिला दिदिबहिनी हरुका लागि अतिरिक्त क्रियाकलाप हरु साथै CSI संस्था द्वारा स्टलहरु राखिने छ । प्रवासी भुमीमा पनि नेपाली चाडपर्वमा स्वास्थ, मनोरञ्जन, नेपाली बिच एकता कायम रहोस भन्ने उदेश्यका साथ आयोजना गरिएको कार्यक्रम निशुल्क: रहनेछ साथै फुटसलको लागि प्रवेश शुल्क पनि निशुल्क: रहेको आयोजकले बताएको छ ।

खेलको बिजेता, उप-बिजेता टिमलाई ट्रफी मेडल तथा प्रमाणपत्र
उत्कृष्ट किपर र अधिक्तम स्कोरर लाई ट्रफी र प्रमाणपत्र
सहभागी टिमहरुलाई प्रमाणपत्र हरु प्रदान गरिने छ ।

फुटसलको लागि यहि नोभेम्बर ७ तारिक सम्म आफ्नो टिम दर्ता गराईसक्नु पर्ने छ ।

नेपाल पत्रकार महासंघ बेल्जियम शाखा का अध्यक्ष तथा चारदिशा अनलाईन का सम्पादक पत्रकार आदरणीय ओम शर्मा माथि NRNA को केन्द्र...
31/10/2023

नेपाल पत्रकार महासंघ बेल्जियम शाखा का अध्यक्ष तथा चारदिशा अनलाईन का सम्पादक पत्रकार आदरणीय ओम शर्मा माथि NRNA को केन्द्रीय कार्यालयमा केही अराजक समुहले गरेको आक्रमण को खबरले अत्यन्तै दुखी बनाएको छ । आक्रमणकारी हरु लाई कानुनी दायरा ल्याएर कडा भन्दा कडा कारबाही को जोडदार माग गर्दै पत्रकार ओम शर्माको सिध्र स्वास्थ्य लाभको कामना गर्दछौ ।

Address

Nicosia

Website

Alerts

Be the first to know and let us send you an email when युरोप गतिबिधी फेसबुक पेज posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to युरोप गतिबिधी फेसबुक पेज:

Videos

Share

Category