शुद्दोधन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरीमाथि राति रकम बाँडेको आरोप, स्थानीयसँग विवाद ।
निर्वाचन आचार संहिता उल्लंघन गर्दै गाउँपालिका अध्यक्ष चौधरी रातीको समयम रकम बाँड्न आएको भन्दै स्थानीयले आरोप लगाउदै घेराउ गरेका थिए । गाउँपालिका अध्यक्ष कमलेश शरण चौधरीले आफू राति विकास हेर्न आएको बताएका छन भने रातिमा के को विकास हेर्न आएको भन्दै स्थानीयले प्रतिवाद गरेको भिडियोमा हेर्न सकिन्छ ।
कपिलवस्तुको शुद्धोदन गाउँपालिका- १ मा उपनिर्वाचनलाई लक्षित गरेर नेकपा एमाले नेताहरूले सरकारी गाडी प्रयोग गरेपछि स्थानीयले अवरोध गरेका छन् । उनीहरुले सरकारी नम्बर प्लेटको गाडी नियन्त्रणमा समेत लिएर प्रशासनलाई बुझाएका छन् । लुम्बिनी प्रदेश विशेष अधिकार समितिका सभापति गिरिधरी लाल न्यौपानेले प्रयोग गर्ने लु.बा १२९७ नम्बरको गाडीमा प्रदेश सभा सदस्य न्यौपाने, एमाले जिल्ला अध्यक्ष बाबुराम खनाल, झविलाल पोखरेललगायत नेताहरूले एमालेका वडाध्यक्षको उम्मेदवार मोहोम्द ताहिर मुसलमानको पक्ष मत माग्दै गरेको पाइएपछि नियन्त्रण लिएको बताइएको छ ।
लक्ष्मणघाट मेला सम्बन्धि एक रिपोर्ट
@top fans
" लागा रामघाट कय मेलवा चला हो गोरिया " बोलको अवधी गीत सार्वजनिक भएको छ । राघवेन्द्र श्रीवास्तवको शब्द रचना सन्दीप कुमार दुवे र शकुन्तला पौडेलको आवाज , राम शंकर राय निजु निर्मलको संगीतमा रहेको गीतमा सागर परियार र अंशु पौडेलको अभिनय रहेको गीत निकै लोकपि्रयता पाई रहेको छ ।
घुससहित पक्राउ परे कपिलवस्तु अदालतका दुई कर्मचारी ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले जिल्ला अदालत कपिलवस्तुका दुई कर्मचारीलाई घुससहित पक्राउ गरेको छ। तहसिलदार सन्तोष कुमार मिश्र र कम्प्युटर अपरेटर विकास पाण्डेले सेवाग्राहीसँग जग्गा सम्बन्धी कार्यका लागि २० हजार रुपैयाँ घुस लिएको अवस्थामा कपिलवस्तुको गौढी चोकस्थित चिया पसलबाट पक्राउ परेका हुन्। अख्तियारका अनुसार घुस रकम अपरेटर पाण्डेको साथबाट बरामद गरिएको हो। @topfans Follower
सनसाइन सामाजिक बिकास आयोजित संस्कृतिक कार्यक्रम द्वारा शैक्षिक सुधारको अभियान मा आफ्नो मन्तव्य राख्दै शुद्दोधन गाउँपालिका प्रमुख कमलेशशरण चौधरी ।।
कपिलवस्तुमा छठ पर्व मनाउनेको संख्यामा वृद्धि, मधेसीसँगै पहाडी समुदायमा पनि उत्साह । @topfans Nirhu Ahir
शिवराज नगरपालिकाको नगर प्रमुख अजय थापाको अवधी भाषामा शुभकामना । Anup Kumar Chaudhary
अनुप कुमार चौधरी ,वडा अध्यक्ष , शिवराज नगरपालिका ७ कपिलवस्तु
Anup Kumar Chaudhary
कपिलवस्तुको गोरुसिङ्गेमा लक्ष्मी सनराइज बैंक अगाडि वृद्धभत्ता लिन जाँदै गर्दा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
प्रहरीका अनुसार, बा प्र–०१–०२९च९१५० नम्बरको स्कर्पियोले लु १ ह ३०९२ नम्बरको अटोलाई ठक्कर दिएको थियो ।