Sajan's Page

09/12/2024
09/12/2024

कमाई
हामी सबैको जिन्दगीमा
कमाई अवश्य हुने गर्दछ,
कसैको धेरै कसैको थोरै
काममाथि भर पर्दछ।
कमाई अनुसार हाम्रो खर्च
पनि उत्तिकै हुने गर्दछ,
जिन्दगी हाम्रो यसरी नै
यो संसारमा चल्ने गर्दछ।
कमाई गर्नु सकिएन भने
जीवन हाम्रो बेहाल हुनेछ,
कसैले पनि हामीले भनेको
सुनिदिनेवाला छैन।
जति कमाई बढाउँदै लान्छौँ,
जिम्मेवारी पनि उति नै बढ्छ,
यसकारण हामीले कमाई
सही काममा लगाउनुपर्छ।
जथाभावी खर्च गरेर
कमाइँदै खेर फाल्नु हुँदैन,
सधैंभरि हाम्रो जीवनमा
कमाई भइरहनेवाला छैन।
कमाई भरपुर भयो भनेर
लफङ्गा काम गर्नु हुँदैन,
कुनै पनि समय कमाई हाम्रो
ठप्पसँगले रोकिन पनि सक्छ।
हाम्रो इज्जत पनि मान्छेले
कमाई हेरेर गर्ने गर्छ,
कमाई नभएको मान्छेलाई
गन्तीसम्म लगाउनेवाला छैन।
बलले मात्र गरेको कमाइले
हामीलाई पुग्नेवाला छैन,
यसैले बुद्धिबल दुवै मिलाएर
हामीले कमाई गर्नुपर्छ।
आफ्नो काममा लागि परेर
कमाई राम्रो गर्ने गरौं,
अनि हाम्रो जिन्दगीलाई
रमाइलोसँग बिताइराखउं।

आफै कमाउने नभएसम्म हामीले अर्काको कमाइको मूल्य बुझ्नेवाला छैनौ।

08/12/2024

मजबुरीले

जीवनमा हामीलाई मजबुरीले
के के गराउँछ थाहा हुँदैन,
यसै कारण हाम्रो जीवन
कहिले पनि एकनाश हुँदैन।
मजबुरीले गर्दा मान्छे
नसोचेको कुरा पनि गर्नुपर्छ,
हाम्रो जीवन यो संसार
सोचेको जस्तो कहाँ छ र।
मजबुरीले जस्तै मान्छेलाई नि
जीवनमा अवश्य नै समात्छ नै
त्यो समयको लागि हामी
तयार भएर बस्नुपर्छ।
मजबुरीले पक्रिएपछि
राजालाई पनि भिकारी बनाउँछ,
यसैकारण हामी मान्छे
फुटनी नलाकै वेष हुन्छ।
मजबुरीले पक्रिसकेपछि
सजिलै छोड्नेवाला छैन,
डटेर यसको सामना गरेर
हामी अघि बढ्नुपर्छ।
मजबुरीले नै हामी सबैलाई
तीतो मिठो अनुभव दिलाउँछ,
यी कुराहरू नै हाम्रो जीवनको
सम्पत्ति हामीले मान्नुपर्छ।
मै हुँ भन्ने मान्छेलाई पनि
मजबुरीले झुकाउँछै झुकाउँछ,
किनकि यो संसारमा हामीले
सबै अनुभव गरेर जानुछ।
मजबुरीले दिएको ज्ञानले
जिन्दगी यहाँ जिउन सिकाउँछ,
अनि हाम्रो आउने दिनलाई
सही बाटोमा डोराउनेछ।
मजबुरीले गर्दा हाम्रो
फाइदा उठाउने धेरै भेटिन्छ,
यसकारण आफूलाई सधैँ हामीले
सकुशल अनि मजबुत राखौं।

मजबुरीले दिएको ज्ञान संसारमा अत्यन्तै तितो अनि यथार्थ हुनेछ।

07/12/2024

Fencing the Children's park with school staff.......

07/12/2024

सोच्ने क्षमता

हामी सबैको आफ्नो आफ्नै
सोच्ने क्षमता हुने गर्छ,
कसैको थोरै कसैको बेसी
मान्छे पिछे भर पर्दछ।
सोच्ने क्षमता जिन्दगीमा
जसको धेरै राम्रो हुन्छ,
उसैले जीवनमा प्रगति पनि
धेरै राम्रो गरेर लान्छ।
कमजोर भएमा सोच्ने क्षमता
कहिले नसोचेको दुःख पाइन्छ,
यसो हुँदा हाम्रो जीवन
नर्कसरी भएर जानेछ।
सोच्ने क्षमता बढाउनको निम्ति
ध्यानमा हामी बस्नुपर्दछ,
यसो हुँदा हामीले सोचलाई
हजारौँ तरिकाले खेलाउनु पाइन्छ।
सोच्ने क्षमता नभएको मान्छेले
कुनै पनि समय काम बिगार्छ,
यस्तो मान्छेसँग हामी सधै
सतर्क रहनु पर्ने हुन्छ।
सोच्ने क्षमता बढाउनको निम्ति
अध्ययन भरपुर गर्नुपर्छ,
साथसाथै मनन चिन्तन गरेर
जिन्दगी सफल बनाउनुपर्छ।
आज सोच्ने क्षमताकै कारण
मान्छे तलमाथि हुने गर्दछ,
यसैले हाम्रो सोचलाई सधैँ
बढाउने कोसिस गर्नुपर्दछ।
जति सोच्ने क्षमता हाम्रो
बढेर अघि जानेछ,
उति नै हाम्रो जिन्दगी पनि
सुखमय अनि सफल हुनेछ।
साँगुरिएको सोच बोकेर
जिन्दगी हाम्रो चल्ने छैन,
यसैले हाम्रो सोचलाई हामीले
जति सक्दो बढाएर लानु पर्दछ।

सोच्ने क्षमता कम भएमा जीवनमा नराम्रो दुःख मिल्नेछ।

06/12/2024

फाइदा

हामी सबैले जिन्दगीमा
आफूले जाने काम गर्छौं,
त्यसकै फाइदाले हाम्रो जीवन
यो संसारमा चल्ने गर्छ।
काम गर्दा फाइदा भएन भने
हामीले घाटा खप्नुपर्छ,
यसो हुँदा हाम्रो जीवनमा
दुःख भित्रिएर आउने गर्छ।
फाइदा हुने काममा पनि
बुद्धि नपुगेमा बेफाइदा हुन्छ,
यसैले हामीले हाम्रो बुद्धिलाई
सधैँ निखार्नुपर्ने हुँन्छ।
आफ्नो फाइदा मात्र हेरेर
अर्कालाई बिगार्ने काम नगरौँ,
यसको परिणाम अवश्य भविष्यमा
नराम्रो हामीले भोग्नुपर्नेछ।
जति सक्दो हामीले आफ्नो
समयलाई सही काममा लगाउ,
फाइदा त अवश्य नै हाम्रो
हातमा फेला परेरै छाड्नेछ।
नाफा नोक्सान हामी आफैले
सक्दो यहाँ खप्नुपर्छ,
अनि बातमा गएर अवश्य नै
हामीलाई फाइदै फाइदा हुनेछ।
सजिलोसँग कहाँ मिल्छ र
हामीलाई फाइदा जिन्दगीमा
यसको निम्ति हामीले सधैँ
परिश्रम त गर्नैपर्छ।
हामीलाई जति फाइदा हुन्छ,
आम्दानी अझ धेरै बढ्दै जान्छ,
हामीले सधैँ आफूलाई
तन्दुरुस्त राख्नु पर्दछ।
आफूले गरेको कामले यहाँ
सबैलाई फाइदा मिल्ने गरोस्,
अनि मात्र हाम्रो गाउँ समाज
अघि बढेर जानेवाला छ।

धेरै फाइदा कमाउनु छ भने बुद्धिबल लगाएर परिश्रम पनि धेरै गर्नुपर्छ।

05/12/2024

Sadhai sadhai ahi raha cha......

Third day annual examination going on......
05/12/2024

Third day annual examination going on......

04/12/2024

काम गर्दै जाँदा

हामीले काम गर्दै जाँदा
नयाँ नयाँ कुराहरू सिक्दै जान्छौँ,
यही कुराहरूले हामीलाई
अघि बढाउँदै लैजानेछ।
आफूमा भएको कमजोरीहरू
सुधार्ने मौका हामीले पाइन्छ,
यसो हुँदा हामीले आफूलाई
सक्षम मान्छे बनाउन सकिन्छ।
काम गर्ने कला हामीले
राम्रोसँगले सिक्न पाइन्छ,
अनि हामीले आफूलाई जीवनमा
सफल व्यक्ति बनाउन सकिन्छ।
हुन त काम गर्दै जाँदा
बीचमा कतिपय गल्ती हुन्छ,
सुधार्दै फेरि आफ्नो गल्तीलाई
जीवनमा अघि बढिरहनुपर्नेछ।
काम गर्दै जाँदा बीचमा
कठिनाइहरू अवश्य आउँछ,
त्यही कठिनाइहरू पार गर्नुमै
हाम्रो सफलताहरू लुकेको हुन्छ।
काम गर्दै जाँदा बिस्तारै
हाम्रो दिमाग बढ्दै जान्छ,
यसो हुँदा हामीलाई जीवनमा
फाइदै फाइदा हुन जानेछ।
काम गर्दै जाँदा हाम्रो
आफूमा परिपक्वता बढ्दै जान्छ,
यसो हुँदा हामीलाई जीवनमा
आनन्द त महसुस अवश्य नै हुन्छ।
काम गर्दै जाँदा हामीमा
कल्पना शक्ति पनि बढेर जान्छ,
हामीले अझ धेरै नयाँ कुराहरू
सिक्दै जाने मौका मिल्छ।
यसरी काम गर्दै जाँदा
बेफाइदा हुने त कुरै आएन,
सक्दो नयाँ नयाँ अनुभव लिँदै
जीवनमा अघि बढेर जाउँ।

काम गर्दै जाँदा लिएको अनुभव नै हाम्रो जीवनको सही ज्ञान हो।

Children's park setting program under the great initiative of 17000 ft foundation organisation at Jhusingthang JHS on 04...
04/12/2024

Children's park setting program under the great initiative of 17000 ft foundation organisation at Jhusingthang JHS on 04/12/2024.

04/12/2024

Children's park setting at Jhusingthang JHS.....

Address

Chittagong Division

Alerts

Be the first to know and let us send you an email when Sajan's Page posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sajan's Page:

Videos

Share

Category

Nearby media companies